विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

आफ्ना मातृभाषाहरू लाेप हुनुकाे कारण पहिल्याउँदै स्विडेनदेखि मेक्सिकोसम्मका आदिवासीहरू

आदिवासी स्क्यान्डीनेभिएन मानिसहरू । तस्वीर: Pixabay, क्रिएटीभ कमन्स (CC) लाईसेन्स अन्तर्गत प्रयाेग गरिएकाे ।

हरेक भाषाले वास्तविकता बुझ्ने पृथक तरिकाकाे प्रतिनिधित्व गर्दछ । कुनै पनि समुदायका विचार, परम्परा, रीतिरिवाज, कथा, तथा अनुभवहरूले भाषाकाे माध्यमबाट नै आकार लिन सक्छन् । त्यहाँका भाषा प्रयाेगकर्ताहरूका पहिचान बचाई राख्नका लागि पनि भाषाकाे संरक्षण गर्नु अत्यावश्यक छ ।

युनेस्काेका अनुसार, हाल, विश्वभरका लगभग ३,००० भाषाहरू लाेप हुने खतरामा छन् ।

उदाहरणका लागि, अर्जेन्टिना र चिलीका सुदूर दक्षिणी भेगमा बसाेबास गर्ने पाटागाेनियाका फिरन्ते आदिवासीहरूले प्रयाेग गर्ने  यागान भाषाकाे एकजना मात्र प्रयाेगकर्ता जिवित छन् । मेक्सिकाेकाे आदिवासी भाषाहरूका राष्ट्रिय संस्था (ईनाली) का अनुसार कम्तिमा ६४ भाषाहरू लाेप हुने खतरामा छन् । युराेपमा समेत बीस भन्दा बढी भाषाहरू लाेप हुने खतरामा पुगिसकेका छन् ।

युराेप र अमेरिकामा मात्र हैन, विश्वमै भाषाहरू खतरामा रहेका छन् ।

भाषाहरू किन हराउँछन्?

मेक्सिकाेका भाषाविद् तथा अभियन्ता यास्नाया एलेना आगुइलर र स्विडेनका साेफिया जान्नाेकका अनुसार, आदिवासी समुदायहरू साँस्कृतिक समृद्धिसँगै अनुकूलित हुँदै नजानुले पनि भाषाहरू लाेप हुने वा हराउने गर्दछन् ।

सामी आदिवासीका सन्तान समेत रहेका जान्नाेकले टेडएक्समा बाेल्दै उनका समुदायमा हुने गरेका निरन्तर प्रहारहरूलाई यसरी विश्लेषण गरेकी छिन्ः

This is how things are in my community, and in every indigenous community around the world. A handful of big corporations, run by people whose main interest is money, are invading our homes and forcing us to move, or simply trying to get rid of us.

यस्ताे अवस्था मेराे मात्र नभई प्राय: विश्वभरका सबै आदिवासी समुदायमा व्याप्त छ । पैसामूखी मानिसहरूले चलाएका ठूला संस्थानहरूले हाम्रा घरहरूमा आक्रमण गरी, हामीलाई त्यहाँबाट निस्कासित हुन बाध्य पारेका छन् ।

विश्वका धेरै आदिवासी समूहरूले आफ्ना भूमिबाट बन्चित गराइएकाेमा र मानव अधिकारकाे दुरुपयाेग भएकाे विराेधमा भत्सर्ना गर्दै आइरहेका छन् । मेक्सिकाेमा पर्यावरणविद् रारामुरी जुलियन कारीरिलाेकाे अक्टाेबर २०१८ मा हत्या भयाे; उनले सिएरा माद्रेमा गैरकानूनी रूपमा भएकाे काठकाे तस्करी तथा मेक्सिकन सरकारले खानी खन्नका लागि दिएकाे अनुमतीका विराेधमा बाेलेकाे थिए । त्यस्तै, लेन्का समुदाय, हाेन्डुरसका सदस्य बेर्टा क्यासेरेसकाे मार्च २०१६ मा हत्या भयाे; उनले हाइड्राेइलेक्ट्रिक बाँधकाे निर्माणका विराेधमा बाेलेका थिए । यी दुवैकाे हत्याले विश्वभरका समाचारमा शीर्ष स्थान पाएका थिए ।

यस्ता घटनाहरू बिना कुनै दण्ड बढी नै रहन्छ: यसै वर्षकाे फेब्रुअरी २४ मा काेस्टारिकाकाे ब्राेरान समुदायका एकजना आदिवासी अभियन्ताकाे हतियारधारी जत्थाले हत्या गरेकाे थियाे । यसकाे प्रतिकारमा देखिएकाे सरकारकाे विफलताकाे अभियन्ताहरूले खुलेर विराेध गर्दै आइरहेका छन् ।

मार्च २०१९ मा मेक्सिकन काँग्रेस डेप्युटीहरूका लागि गरिएकाे घाेषणामा बाेल्दै यास्नाया आगुइलरले भने:

Indigenous languages aren't dying. They're being killed by the Mexican state.

आदिवासी भाषाहरू हराएका छैनन् । तिनीहरू मेक्सिकन राज्यद्वारा नष्ट पारिदै छन् ।

अप्रिल २०१९ मा आगुइलरले ग्लाेबल भ्वाइसेजका लागि आफ्नाे भाषणलाई मेक्सिकन र स्पेनिस भाषामा अनुवाद गरिन् जसमा उनले आदिवासी भाषाहरू हराउँदै जानुकाे कारणलाई ‘जमिनकाे क्षति’ सँग जाेडेकी छिन् ।

मेक्सिकाेकाे च्याटिनाे समुदायकी बालिका । तस्वीर: Pxfuel, क्रिएटीभ कमन्स (CC) लाईसेन्स अन्तर्गत प्रयाेग गरिएकाे ।

यसै गरी, ग्लाेबल वीटनेस नामक गैरसरकारी स‌ंस्था तथा नर्वेकाे सामी समुदायका सदस्य इभा एम‍. जेल्हिम ले कृषि व्यवसाय र खानीकाे उत्खननलाई आदिवासी वातावणीय रक्षकहरूका हत्या हुनुका मुख्य गतिविधीहरूका रूपमा उल्लेख गरेका छन् । ल्याटिन अमेरिकामा यस्ता आक्रमणहरू धेरै सङ्ख्यामा हुने गरेकाे पाइन्छ । पिकारा पत्रिकाका लागि जेल्हिमले बताए अनुसार:

In the last ten or fifteen years, the pressure on our land has grown considerably, and in particular the focus on exploiting energy resources. We've come to realise that we don't have any real rights that protect us in any way.

गएकाे १० वा १५ वर्षमा, हाम्रा भूमिमा अत्याधिक चाप बढेकाे छ । यसका साथै उर्जाका स्राेतहरूकाे दाेहनसमेत बढेकाे छ । हामीसँग हामीलाई कुनै पनि अवस्थामा रक्षा गर्ने कुनै पनि वास्तविक अधिकार छैन भनी अनुभूति गर्ने अवस्थामा आइसकेका छाै‌ं ।

आदिवासी समुदायहरूका बिच हुने विभेद पनि मुख्य समस्याकाे जड रहेकाे ठान्ने अलग समूह पनि छन् । सन् २०१७ मा लिमामा भएकाे एक किताब प्रदर्शनीका क्रममा बाेल्दै पेरुभिएन लेखक तथा केचुआ भाषा प्रयाेगकर्ता पाब्लो ल्यान्डिओले भनेका छन्:

Social structures dictate the state of indigenous languages, and this is where discrimination comes in, the feeling of shame that is attached to these languages because they are seen as old-fashioned and backward.

सामाजिक स‌ंरचनाहरूले आदिवासी भाषाहरूकाे अवस्था निर्धारण गर्दछ । र त्यही विभेदहरूकाे सुरुवात हुन्छ । पुराना र पछाैटे मानी ती भाषाहरूकाे प्रयाेग गर्न लाज मान्ने प्रवृति पनि यसैसँग जाेडिएकाे छ ।

भाषाकाे प्रसार तथा प्रवर्द्धनकाे कमी पनि विभेदकाे अर्काे कारण हाे । मेक्सिकाे जस्ता धेरै देशहरूमा साहित्य र कलामा आदिवासी सँस्कृतिसम्बन्धी याेजनाहरूका लागि धेरै कम सहयाेग रकम वा अनुदान छुट्याइने गरिन्छ । स्विडेनमा मातृभाषाहरूभन्दा पनि अ‌ँग्रेजी, फिनीस वा जर्मनी भाषाहरूलाई दाेस्राे भाषाका रूपमा अध्यापन गराइन्छ ।

मेक्सिकाे र पेरूबाट हजाराै‌ं किलाेमिटरबाट टाढा रहेका नाेर्डिक देशहरू जस्तै स्विडेन, नर्वे र फिन्ल्याण्डले भने आदिवासी भाषाहरूमा भएकाे विभेद र पहिचानकाे विनास तथा भाषा प्रयाेग गर्ने व्यक्तिहरूका स‌ंस्मरणहरूलाई समान रूपमा अङ्गिकार गर्दै आएकाे पाइन्छ ।

फिन्ल्याण्डकाे सामी समुदायकाे सदस्य । तस्वीर: Flickr/Youngbrov, under CC license.

अन्तर्राष्ट्रिय आदिवासी भाषाहरूकाे वर्ष २०१९ काे अन्त्य हुनै लाग्दा संयुक्त राष्ट्र सङ्घले यसका उपलब्धीहरूलाई प्रवर्द्धन र पुनर्जागृत गर्नका लागि सन् २०२२ बाट प्रारम्भ हुने गरी ‘आदिवासी भाषाहरूकाे अन्तर्राष्ट्रिय दशक’ काे घाेषणा गरिसकेकाे छ ।

आज, IYL2019 काे समापनसँगै, UNGA ले सन् २०२२–२०३२ लाई आदिवासी भाषाहरूकाे अन्तर्राष्ट्रिय दशकका रूपमा घाेषणा गरेकाे छ, जसले आदिवासी मानिसहरूका अधिकारका कार्यहरूलाई नियमितता दिनेछ ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.