क्यारेबियनले कसरी पोष्ट-कोभिड-१९ संसारका लागि तयारी गर्न सक्छ?

सामाजिक प्रभावको लागि डिजाइन सोचका लागि सहयोगी निर्देशक र टुलेन विश्वविद्यालयमा अभ्यास प्रोफेसर, लेस्ले-अन्न नोएल। फोटो: नोएल, अनुमतिको साथ प्रयोग गरिएको।


केहि अन्य देशहरूमा जस्तै क्यारिबियनमा नयाँ कोभिड-१९ संक्रमणका साथै भाइरसबाट हुने मृत्यु संख्यामा स्थिरांक देखिन थालिएको छ। केहि क्षेत्रहरू, जस्तै त्रिनिडाड र टोबागोले, लाक्षणिक रूपमा लकडाउन प्रोटोकल हटाउन मानदण्ड पूरा गर्दैछन्।

क्यारिबियन राष्ट्रहरूले भविष्यलाई ध्यान दिन थाल्दा, पहिले नै कमजोर क्षेत्रीय अर्थव्यवस्था पोष्ट-कोभिड संसारमा कसरी समायोजित हुनेछ भन्नेबारे चिन्ता धेरै छ।

सामाजिक प्रभावको लागि डिजाईन सोचका लागि सहयोगी निर्देशक र टुलेन विश्वविद्यालयमा अभ्यासका प्राध्यापक, लेस्ले-अन्न नोएल विश्वास गर्छिन् कि महामारीको पछि क्यारेबियन राष्ट्रहरूको जीवनका धेरै पक्षहरू र प्रशासनलाई पुन: कल्पना गर्न डिजाइन सोच एउटा उत्तम तरिका हो। इ-मेलमार्फत ग्लोबल भ्वाइसेजसँग कुरा गर्दा यो क्यारिबियन सन्दर्भमा कसरी हुन सक्छ भन्नेबारे उनले वर्णन गरिन्।

डिजाइन सोच के हो?

नोएलका अनुसार डिजाईन सोच एक प्रक्रिया हो – मानसिकता हो – जसले डिजाइनरहरूले कसरी समस्याहरूको समाधान खोज्ने तरिकाको रूपमा सोच्दछन् र काम गर्दछन् भन्ने अनुसार कार्यान्वयन गर्छ। यस दृष्टिकोणबाट बाहिर आउने समाधानहरू सामान्यतया मानवीय आवश्यकताहरूप्रति समानुभूतिशील प्रतिक्रिया हुन्।

यस क्षेत्रले सामाजिक र आर्थिक दुवै अनिश्चितताको उच्चस्तरमा सामना गरिरहेको छ, परिवर्तन अपरिहार्य छ र निकट भविष्यको लागि क्यारिबियन सरकारहरूले कसरी योजना बनाउने भन्ने बारेमा धेरै प्रश्नहरू छोडेका छन्।

नोएलका अनुसार, क्षेत्रीय नेताहरूका लागि परिवर्तनको योजना बनाउन र लागू गर्न डिजाइन विचार प्रक्रिया प्रयोग गर्ने यो उत्तम अवसर हो:

We have an opportunity to redesign many things after this pandemic. It's a good time to reengineer social services, education, healthcare, among other areas, particularly because all of the pre-COVID-19 ways [in which] we accessed these services will have to change once the ‘stay-at-home’ orders are lifted.

हामीसँग यस महामारीपछि धेरै चीजहरू पुनः डिजाइन गर्ने अवसर छ। सामाजिक सेवाहरू, शिक्षा, स्वास्थ्यसेवा, अन्य क्षेत्रहरूको बीचमा पुन: निर्माणकर्ताको लागि यो राम्रो समय हो, विशेष गरी किनभने सबै प्रि-काेभिड-१९ तरीकाहरू [जसबाट] हामीले यी सेवाहरूमा पहुँच पाएका थियौं, ती सबै ‘घरमा बस्ने’ निर्देशनहरूको अन्त्य भएपछि परिवर्तन गर्नुपर्नेछ।

डिजाइन सोच, क्यारिबियन शैली

नोएलले सुझाव दिन्छिन् कि क्षेत्रीय सरकारहरूले सर्वप्रथम चिन्ताको बारेमा जान्न र समुदायका विभिन्न सदस्यहरूले प्रस्ताव गरेको समाधानहरूबारे विचार गर्न सक्दछन्:

Designers are […] very good at facilitating cross-disciplinary conversations. One of my favourite parts of the process is talking with people and learning about their concerns and dreams. Designers and design thinkers borrow anthropology skills to understand human needs. So, there is an opportunity to dig deep and check with people about the systems and services that do not serve them well. When we discover and pay attention to these ‘painpoints,’ we can design better solutions.

डिजाइनरहरू […] अन्तर-अनुशासनात्मक कुराकानीहरू सहजिकरण गर्न सिपालु हुन्छन्। मलाई यस प्रक्रियाको एक मनपर्ने अंश भनेको मानिससँग कुरा गर्नु हो र उनीहरूको चिन्ता र सपनाहरूको बारेमा जान्नु हो। डिजाइनर र डिजाइन विचारकहरू मानव आवश्यकताहरू बुझ्नका लागि मानवशास्त्रीय सीपको मद्दत लिन्छन्। त्यसकारण, त्यहाँ मानिसहरूलाई राम्रो सेवा नदिइरहेका प्रणालीहरू र सेवाहरूको बारेमा खोज्ने र जाँच गर्ने अवसर छ। जब हामी यी ‘पेनपोइन्ट्स’ पत्ता लगाउँछौं र यिनमा ध्यान दिन्छौं, हामी अझ राम्रा समाधानहरू डिजाइन गर्न सक्दछौं।

अवश्य पनि, यो उपाय अन्य प्रविधिहरूको साथ समायोजन गर्न सकिन्छ। सरकारले धेरै प्रविधि कम्पनीहरूले प्रयोग गर्न रुचाउने “प्रोटोटाइप” दृष्टिकोण पनि प्रयोग गर्न सक्दछ। उनीहरूले चाँडै नै चुनौतीको समाधान भेट्टाउँछन्, त्यसपछि मानिसहरूसँग “समाधानको प्रभावकारिता” को बारेमा जानकारी लिन्छन्। यो प्रतिक्रिया प्राप्त गरिसकेपछि, तिनीहरूले त्यसपछि डिजाइन सोच प्रक्रियाको “सहभागी र सहयोगी” अंशको रूपमा आवश्यक समायोजनहरू गर्न सक्दछन्।

क्यारिबियन सरकारहरूले फोरमहरूको निर्माणको पनि प्रयोग गर्न सक्दछन् जहाँ मानिसहरू अपेक्षित समाधानहरूको प्रस्ताव गर्छन्। नोएल भन्छिन्, यसले नेताहरूलाई विभिन्न विचारहरू हेर्न र असामान्य स्रोतहरूबाट प्रेरणा लिन सघाउँछ।

यस क्षेत्रमा डिजाइन सोचले काम गर्न सक्छ?

धेरै क्यारिबियन क्षेत्रहरूमा अझै कडा प्रणालीहरू छन् जसले परिवर्तनको सम्भावनालाई उच्चस्तरको ब्यूरोक्रेसीको अधीनमा राखेको छ। नोएल स्वीकार्छिन् कि यस किसिमको रेड टेपले सरकारको डिजाइन सोच प्रयोग गर्ने बाटोमा व्यवधान खडा गर्न सक्छ, उनी विश्वास गर्छिन् कि क्यारिबियनको रचनात्मक र प्रयोगात्मक प्रकृतिले यस किसिमको सोचलाई परिक्षण गर्न र जरुरी मुद्दाहरूको व्यावहारिक समाधानको लागि एक आदर्श वातावरण प्रदान गर्दछ।

तैपनि, उनले “चीजहरू सजिलै र द्रुत रूपमा तय गर्न सकिन्छ” भन्ने सोच्ने प्रलोभनको विरूद्ध सतर्क गराउछिन्, “द्रुत गतिले पनि मान्छेलाई ध्यान दिएर नसुन्ने र गहिराइमा मुद्दाहरूको गहिरो विश्लेषण नगर्ने गराउन सक्छ।”

शिक्षाको लागि आशा छ?

नोएल सोच्छिन्कि डिजाइन सोचले शिक्षाको क्षेत्रमा साँच्चिकै राम्रोसँग काम गर्न सक्छ किनकि यसमा स्कूलको भविष्यको लागि योजना बनाउन मात्र होइन तर यस क्षेत्रको शैक्षिक प्रणालीमा रहेका कमी कमजोरी कम गर्ने क्षमता पनि छ।

एक सहयोगी प्रयासको रूपमा, डिजाइन सोचले सरोकारवालाहरू- शिक्षकहरू, विद्यार्थीहरू, अभिभावकहरू र अन्यलाई सँगै ल्याउन,आवश्यकताहरू र चुनौतीहरू पहिचान गर्न र समाधान प्रस्ताव गर्न र कार्यान्वयन गर्न सक्दछ। यी बिस्तारै समीक्षा गर्न सानो स्तरमा सुरू हुन्छन् र त्यसपछि सरकारले ठूलो क्षेत्रमा कार्यान्वयन गर्दछ।

“डिजाईनरको क्रिटिकल वर्णमाला”, लेस्ली-एन नोएलद्वारा विकसित कार्ड, डिजाइनरहरू र डिजाइन गर्ने विद्यार्थीहरूलाई आलोचनात्मक सिद्धान्तमा परिचय गराउन र उनीहरूको डिजाइन प्रक्रियामा प्रतिबिम्बित गर्न मद्दत गर्न। तस्वीर साभार: लेस्ले-अन्न नोएल, अनुमतिका साथ प्रयोग गरिएको।


उनको दोस्रो प्रयोग पाठ्यक्रममा हुनेछ, यो समस्या आधारित पद्धति कार्यान्वयन गरेर र शैक्षिक साथै दैनिक जीवनमा अधिक रचनात्मक मानसिकता अपनाएर। नोएलको पीएचडी अनुसन्धानले यी सिद्धान्तहरूलाई दक्षिण त्रिनिदादको मोरुगाको ग्रामीण गाउँमा प्राथमिक विद्यालयको ४ कक्षाको प्रसङ्गमा विचार गर्‍यो।

सिंगापुर जस्ता सरकारहरूले यस किसिमको सोचलाई आफ्नो देशको आकार बदल्न पहिले नै प्रयोग गरिसकेका छन – अस्पतालले वृद्ध बिरामीहरूसँग गर्ने व्यवहारदेखि परिवारहरूलाई पारिवारिक अदालतका केसहरूमा मानसिक र भावनात्मक पक्षहरूको सामना गर्न सहयोग पुर्‍याउनेसम्म:

सिंगापुरकी हेफेन वोङ उनीहरू कसरी व्यावहारिक परिज्ञान, डिजाइन सोच र डेटा एनलाइटिक्सको सम्मिश्रणलाई झन् राम्रा नीति र सेवाहरू विकसित गर्नमा प्रयोग गर्छन् भन्ने कुरा प्रस्तुत गर्दै ।

नोएल विश्वस्त छिन् कि यस किसिमको सोचले क्यारिबियनलाई एकजुट भएर भविष्यको विभिन्न किसिमले सोच्न मद्दत पुर्‍याउँछ। चाखलाग्दो कुरा के छ भने, त्रिनिडाड र टोबागोको सरकारले यो डिजाइन सोचको दृष्टिकोण प्रयोग गर्न शुरू गरिसकेको छ: सञ्चार मन्त्रालयको “रोडम्याप टु रिकभरी” वेबसाइटले नागरिकहरूलाई देश पुन: खोल्नु पर्ने सोचाइका लागि प्रस्ताव पेश गर्न अनुमति दिन्छ।

आशावादीता र यथार्थवादबीचको जुन सन्तुलन डिजाइन सोचले प्रदान गर्दछ यसले व्यक्तिगत पोष्ट-कोभिड-१९ मा पनि प्रयोग गर्न सकिन्छ, नोएलले सुझाव दिन्छिन्:

One small way that people can use a design thinking approach in their personal lives might be in asking, ‘How might I create the future that I want post-COVID-19?’ and use the problem-solving approach and the experimentation and creativity to design several possible futures for themselves. That might help people move beyond the fear that this pandemic might create for us […] to a place of hope and possibility.

‘मैले चाहेको कोभिड-१९ पछिको भविष्य म कसरी सिर्जना गर्न सक्छु?’ भनेर सोध्न कुनै व्यक्तिले आफ्नो व्यक्तिगत जीवनमा डिजाईन सोचको दृष्टिकोण प्रयोग गर्न सक्छ र समस्या समाधान गर्ने दृष्टिकोण र प्रयोग र रचनात्मकता प्रयोग गरेर आफ्ना लागि धेरै फ्यूचरहरू डिजाइन गर्न सक्छ। यसले मानिसहरूलाई यो महामारीले सिर्जना गरेको डरबाट उम्किएर […] आशा र संभावनाको ठाउँमा लग्न हामीलाई मद्दत गर्न सक्छ।

आतंक थप्नुको सट्टा, डिजाईन सोचले एउटा ठोस तरीका प्रदान गर्दछ जसमा व्यक्ति र विचारहरूलाई एकसाथ ल्याउँदछ, र राम्रो, बढी उत्थानशील क्षेत्रको (जुन एकसाथ बलियो छ र व्यापक सामाजिक आवश्यकताप्रति सहानुभूतिपूर्ण छ) लागि एक व्यावहारिक, प्राप्य रोडम्यापको साथ आउँदछ ।

नोएल भन्छिन्, यस किसिमको सोचले मात्र राम्रो भविष्यलाई अझ राम्रो बनाउन सक्छ, तर यो पहिलेदेखि नै क्यारिबियन पहिचानको अंश रहेको छ:

Caribbean people design all the time. So, this way of thinking is compatible with our way of life.

क्यारिबियन मानिसहरू हर समय डिजाईन गर्छन्। त्यसैले, यो सोच्ने तरिका हाम्रो जीवन शैलीसँग उपयुक्त छ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.