जमैकाले किन अहिलेसम्म बब मार्लीलाई राष्ट्रिय नायक बनाएको छैन?

हक्सटन स्ट्रीट, लन्डन स्थित बब मार्लीको भित्ते चित्र। फ्लिकर फोटो ल्यूक म्याककर्नन CC BY-SA 2.0.

जमैका भन्नासाथ तपाईँ बब मार्लीलाई सम्झनुहुन्छ। चार दशक भन्दा पहिले उनको निधन भए पनि मार्ली सम्भवतः क्यारिबियन टापु राष्ट्रको सबैभन्दा प्रसिद्ध निर्यात हुन्। उनी रेगी सङ्गीत प्रर्वतकको रूपमा चिनिन्छन् जसले जमैकाको सङ्गीत, संस्कृति र विश्व दृष्टिकोणलाई विश्व मञ्चमा ल्याए। मार्लीको प्रभावशाली आकर्षणको बारेमा परिचित जमैकाका प्रत्येक सरकारले पर्यटन विज्ञापनहरूमा उनको सङ्गीत प्रयोग गरेका छन्, बब मार्ली संग्रहालयलाई हेर्नैपर्ने आकर्षणको रूपमा प्रवर्द्धन गरेका छन् र गाँजालाई वैधीकरण (मार्ली एक कट्टर रास्ताफारी थिए, एक धर्म जसले गाँजालाई आध्यात्मिक उत्सवको अभिन्न अंगको रूपमा प्रयोग गर्दछ) समेत गरेका छन्।

बब मार्ली विश्वभर सम्मानित भएतापनि आजसम्म उनलाई आफ्नो मातृभूमिमा सर्वोच्च सम्मान-राष्ट्रिय नायकको उपाधि प्राप्त भएको छैन। लामो समयदेखि स्वीकार गरिएको यो त्रुटिलाई मार्लीको शान्तिको सन्देश, अश्वेत चेतनाको विकासमा उनको भूमिका र अन्यायको व्यवस्था विरुद्धको उनको स्पष्टवादीता, उनको “गरिब र आवाजविहीनहरूका लागि साङ्गीतिक अभियान,” लाई उल्लेख गर्दै उनलाई राष्ट्रिय नायकको रूपमा अनुमोदन गर्न पूर्व संस्कृति मन्त्री लिसा हन्नाले अप्रिल ५ मा औपचारिक रूपमा संसदमा प्रस्ताव पेश गरिन् । हन्नाले रेगी र रास्ताफारी दुवैमा उनको शानदार प्रतिनिधित्व साथै उनको दयाशील र “वन लभ” दर्शन जस्ता कारणहरूले उनलाई मरणोपरान्त यो सम्मान दिनु पर्ने बताइन्।

जमैकाका राष्ट्रिय नायकहरू एउटा सानो र विशेष क्लबसँग सम्बन्धित छन् ; तीमध्ये हाल सात जना मात्र छन्। पान-अफ्रिकन मार्कस गार्वे यो सम्मान प्राप्त गर्ने पहिलो व्यक्ति थिए। अन्य नायकहरूमा १९ औं शताब्दीका पादरी तथा अभियन्ता पाउल बोगल जसले मोरान्ट बे विद्रोहको नेतृत्व गरे र औपनिवेशिक अधिकारीहरूको हातबाट मृत्युवरण गरे; जर्ज विलियम गोर्डन, दास अफ्रिकीहरूको पक्षपोषक; सामुएल शार्प जसले विद्रोहको समन्वय गरे जसको कारण अन्ततः जमैकामा दासप्रथाको उन्मूलन भयो; जमैकाको स्वतन्त्रताका संस्थापकहरूमध्ये एक नर्मन म्यानले, देशको प्रथम प्रधानमन्त्री अलेकजेन्डर बुस्टामान्टे; र एकमात्र महिला नायक, नानी अफ द मरुन्स, १८ औं शताब्दीको मरुन नेता जसको उचित सैन्य रणनीतिहरूले उनको जनताहरूलाई स्वतन्त्रता सुरक्षित गर्न मद्दत गर्‍यो। राष्ट्रिय नायक सम्मानको व्यवस्था देशको राष्ट्रिय सम्मान र पुरस्कार ऐनमा विस्तृत रूपमा उल्लेख छ, जुन १९६९ मा पारित भएको थियो।

फेसबुकमा हन्नाले अगाडि भनिन्:

Our National Honours and Awards Act describes the national hero motto: ‘He built a city which hath foundations.’
Today, as the world seems more embattled with geopolitical conflict and nation states worrying about their people's economic survival, we need Bob's guidance, reassurance, and revolutionary empowerment to reset our humanity to one another.

If we are serious about becoming republic, let us first demonstrate it by embracing our own, recognising the monumental impact they've made on our lives and the global village. It's time to make Bob Marley our eighth national hero.

हाम्रो राष्ट्रिय सम्मान र पुरस्कार ऐन अनुसार राष्ट्रिय नायकको आदर्श वाक्य “उनले एउटा सहर निर्माण गरे जसको जग छ,” भन्ने रहेको छ।

आज, संसार भू-राजनीतिक द्वन्द्वमा अरू बढ्ता फसेको र अलग अलग राष्ट्रहरू आफ्ना जनताको आर्थिक अस्तित्वको चिन्तामा परेको देखिन्छ, हामीलाई हाम्रो मानवता एकअर्कामा पुन: स्थापित गर्न बबको मार्गदर्शन, आश्वासन र क्रान्तिकारी सशक्तिकरण चाहिन्छ।

यदि हामी गणतन्त्रको लागि गम्भीर छौं भने, हामीले हाम्रो जीवन र सञ्चारमा पारेको ठुलो प्रभावलाई स्वीकार्दै यसलाई आत्मसात गरेर प्रदर्शन गरौं। बब मार्लीलाई हाम्रो आठौं राष्ट्रिय नायक बनाउने समय आएको छ।

सामाजिक सञ्जालमा प्रतिक्रियाहरू तत्काल आए, मार्लीलाई पहिले नै यो राष्ट्रिय सम्मान प्रदान नगरिएको विषयमा धेरैले आश्चर्य व्यक्त गरे। कतिपयले राजनीतिक लाभ प्राप्त गर्न  यस  मुद्दालाई प्रयोग गरेको हन्नालाई आरोप लगाए भने, अन्यले यो कदम विशेष गरी स्थानीय रास्ताफारी समुदायहरूसँग अधिकारीहरूको तनावपूर्ण सम्बन्धलाई विचार गर्दै “लामो समयदेखि थाती रहेको” महसुस गरे

हु शट द शेरिफ डकुमेन्ट्री हेरियो र बब मार्लीको बारेमा नयाँ कुराहरू पत्ता लाग्यो। देशमा शान्तिलाई बढावा दिन उनले साँच्चीकै आफ्नो जीवन दाउमा राखे। हामी र हाम्रो देशको अधिकारको लागि सङ्गीतको माध्यमबाट पक्षपोषण …. निःसन्देह राष्ट्रिय नायक।

— Dahlia Harris (@DahliaHarris) April 6, 2022

मार्लीको सङ्गीतको स्थायी सान्दर्भिकताको बारेमा मानिसहरूले छलफल गरेका भएतापनि धेरैले राष्ट्रिय नायकको उपाधिको लागि फरक मापदण्डको आवश्यकता भएको महसुस गरे। फेसबुक प्रयोगकर्ता युनिकयान प्राइसको व्यक्त विचार:

I have absolutely no issues with the national and international accolades bestowed upon Bob Marley, Professionally he deserved it all. However as a national hero NOPE NOPE. far from it. The seven there now gain their title selflessly. Died fighting for this country and generation[s] to come so we may be free in every way […] without any personal gain. […] So to put Bob Marley and Usain Bolt in this category is madness.

बब मार्लीलाई प्रदान गरिएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानसँग मेरो कुनै आपत्ति छैन, व्यावसायिक रूपमा उनी यी सबैका लागि हकदार छन्। तथापि राष्ट्रिय नायकको रूपमा किमार्थ होइन। उनी यसका लागि योग्य छैनन्। सात जना राष्ट्रिय नायकले नि:स्वार्थ रूपमा आफ्नो उपाधि प्राप्त गरे। यो देश र आगामी पुस्ता [हरू] को लागि लड्दै गर्दा मृत्युवरण गरे ता कि हामी कुनै पनि व्यक्तिगत लाभ बिना हरतरहले स्वतन्त्र हुन सकौं। त्यसैले बब मार्ली र उसेन बोल्टलाई यो श्रेणीमा राख्नु पागलपन हो।

डिसेम्बर २०२१ मा विपक्षी सिनेटर फ्लोयड मोरिसले जमैकाका चार संस्कृति तथा खेलकुद व्यक्तित्वहरू – मार्ली, जिमी क्लिफ, उसेन बोल्टलुइस बेनेट-कभर्लीलाई बेलायतको उपनिवेशबाट देशको स्वतन्त्रताको ६० औं वार्षिकोत्सव अगस्ट ६, २०२२ सम्ममा राष्ट्रिय नायकको रूपमा सम्मानित गर्न आह्वान गरे

संयोगवश, एक पूर्व ब्रिटिश उपनिवेशको रूपमा जमैकाको इतिहास मार्लीको नायक छविको तर्क गर्नेहरूका लागि वकालतको आधार बनेको छ। नोभेम्बर ३०, २०२१ मा बेलायतबाट आफ्नै स्वतन्त्रताको ५५ औं वार्षिकोत्सवमा, बार्बाडोसले रानी एलिजाबेथ द्वितीयलाई आफ्नो राज्यको प्रमुखबाट हटायो आधिकारिक रूपमा गणतन्त्र बन्यो र यस अवसरको उपयोग बार्बाडियन पप स्टार रिहानालाई राष्ट्रिय नायकको उपाधि प्रदान गर्न प्रयोग गरियो।

कुनै समय “लिटिल इङ्गल्याण्ड” भनिने एक क्यारिबियन टापु बार्बाडोसद्वारा उपनिवेशवादको त्यस अवशेषलाई यसरी जानिबुझी हटाउने निर्णयले जमैकालाई के र कहिले अनुकरण गर्ने भनेर पुन: जिज्ञासा जगायो। गत महिना क्याम्ब्रिजको ड्यूक र डचेसले देशको असहज भ्रमण पश्चात, जसमा प्रिन्स विलियमले क्षतिपूर्तिको कुरालाई चतुरतापूर्वक पन्छाए, दासत्वको लागि माफी मागेर टारिदिए, जमैकालाई बार्बाडोसको पदचाप पछ्याउन दबाब फेरि बढ्यो गणतन्त्रको हैसियत र उत्कृष्टता प्राप्त नागरिकहरूलाई सम्मान गरेर। बार्बाडियन सिनेटर क्रिस्टल हेन्सले ट्वीट गरे:

आज जमैकाका विपक्षी संसद सदस्य तथा क्षेत्रीय राजनीतिमा मेरो मनपर्ने महिला मध्ये एक @LisaHannamp ले 🇯🇲 संसदमा बब मार्लीलाई राष्ट्रिय नायकको रूपमा अनुमोदन गर्न प्रस्ताव पेश गरिन्।

अन्ततोगत्वा प्रस्ताव पेश भयो ! 👏🏾

बार्बाडोसमा बसोबास गर्ने एक जमैकनले भने:

@LisaHannamp जमैकाको राष्ट्रिय नायकको रूपमा बब मार्लीको सम्मानको लागि भर्खरै प्रस्ताव पेश गरिन्। यो प्रस्तावमा मेरो समर्थन छ तर रीताप्रतिको उनको व्यवहार ज्यादै आपत्तिजनक छ।

— Gerald Lindo (@geraldlindo) April 5, 2022

यसैबीच अर्का जमैकनले प्रश्न गरे:

हामी कति प्रचार गर्न खोज्दैछौं? बब मार्लीको मृत्यु हुँदा रिहानाको जन्म पनि भएको थिएन, तैपनि उनी आफ्नो देशको राष्ट्रिय नायक हुन्। बेबिलोनले कहिलेसम्म रास्तालाई मृत्युमा पनि सताउने? गोंगलाई उनको अधिकार दिऔं। अजिब छ ! समस्या के हो? 🤔

— Jack Mandora⚖️ (@Zemi66) April 6, 2022

फेसबुकमा, रोबिन लिम लुम्सडेनले भने:

Is Jamaica going to be the last country to acknowledge a man who contributed to the improvement and awareness of social justice, world peace and make him a national hero? He will probably be the most famous Jamaican of all time. We as a nation look embarrassingly provincial, still ruled by the backward colonial bullshit and hypocrisy he sang about. Either that or we are incredibly stupid not to embrace him as a son of the soil, the land where Bob Marley is from, because whether people like it or not, he is the main association people from all over the world have with Jamaica.

के जमैका सामाजिक न्याय, विश्व शान्तिको सुधार र चेतनामा योगदान पुर्‍याउने व्यक्तिलाई मान्यता दिने र राष्ट्रिय नायक बनाउने अन्तिम देश बन्न गइरहेको छ? उनी सम्भवतः इतिहासकै सबैभन्दा प्रसिद्ध जमैकन हुनेछन्। हामी एक राष्ट्रको रूपमा लाजमर्दो प्रान्तीय स्वरूपमा देखिन्छौं, अझै पश्चगामी औपनिवेशिक बकवास र पाखण्डद्वारा शासित छ जसको बारेमा उनले गाएका थिए। या त त्यो वा हामी अविश्वसनीय रूपमा मूर्ख छौं, उनलाई देशवासीको रूपमा अँगाल्न नसक्ने, त्यो भूमि जहाँ बब मार्ली जन्मेका थिए किनकि मानिसहरूलाई मन परोस् वा नपरोस्, उनी जमैकासँग संसारभरका मानिसहरूको मुख्य सम्बन्ध सेतु हुन्।

“मुख्य सम्बन्ध सेतु” हुन् वा होइनन् ,जमैकाले आफ्नो सबैभन्दा प्रसिद्ध नागरिकलाई देशको सर्वोच्च सम्मान प्रदान गर्ने निर्णय गर्नेछ या छैन हेर्न बाँकी छ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.