विश्व सिमसार दिवसको अवसरमा फोटोहरूमा क्यारिबियन सिमसार क्षेत्रहरू
हरेक वर्ष फेब्रुअरी २ मा मनाइने विश्व सिमसार दिवस-जुन दिन सन् १९७१ मा इरानको रामसारमा सिमसार सम्बन्धी महासन्धि पारित गरिएको थियो-जीवनमा सिमसारको महत्त्व र हाम्रो ग्रहको दिगोपनको वार्षिक जागरूकता कार्यक्रम हो। विश्वको बहुमूल्य र सङ्कटापन्न सिमसार पारिस्थितिक प्रणालीहरू पुनर्स्थापना र थप ह्रास हुनबाट सुरक्षित छ भनी सुनिश्चित गर्न सन् २०२२ को नाराले व्यवहार, सक्रियता, मौद्रिक लगानी, र राजनीतिक समर्थन मार्फत कार्य गर्न अपिल गरेको छ।
पृथ्वीको १० प्रतिशतभन्दा कम भू-भाग सिमसार क्षेत्रले ओगटेको भएतापनि सबै वनस्पति र जनावरका प्रजातिहरूको ठूलो संख्या ४० प्रतिशत त्यहाँ बस्छन् वा प्रजनन गर्छन्। मानिस र जनावरहरूको लागि खानाको स्रोतको अलावा, सिमसार भूमिहरूले पानी नियन्त्रण, सफाइ र बाढी व्यवस्थापनमा योगदान गर्ने हुनाले ती जलवायु सन्तुलनका लागि महत्त्वपूर्ण छन्।
क्यारिबियन जस्ता साना द्वीप विकासशील राज्यहरू (SIDS) मा, जुन जलवायु परिवर्तनको सबैभन्दा खराब प्रभावहरूको अप्रिय स्थितिमा छन्, सिमसार क्षेत्रहरू हरितगृह ग्यास उत्सर्जनलाई स्थिर गरेर र आफ्नो बायोमास र माटो (कार्बन सञ्चय) मा कार्बन भण्डारण गरेर विश्वव्यापी उष्णीकरण विरुद्धको लडाइँको अभिन्न अंग हुन्। यो तथ्यको बाबजुद जलवायु परिवर्तनले पहिलेदेखि नै आफूसँग ताजा पानीको घट्दो स्तर, वन फँडानी र समुद्री सतहमा वृद्धि लगायतका नकारात्मक असरहरू ल्याएको छ।
दुर्भाग्यवश, द्वीपसमूहको दक्षिणी सीमामा रहेको त्रिनिडाड र टोबागोको झाडी जस्ता धेरै क्षेत्रीय सिमसार क्षेत्रहरू प्रदूषण र समुद्री झारले खतरामा छन्, जसको तीव्र वृद्धि जलवायु परिवर्तनको परिणामस्वरूप हुन गएको तातो समुद्री तापक्रमसँग जोडिएको छ।
देशको सबैभन्दा प्रसिद्ध सिमसार संरक्षकहरूमध्ये एक त्रिनिडाडको पोइन्टे ए पिएरे वाइल्डफाउल ट्रस्टले विश्व सिमसार दिवसको अवसरमा आफ्नो फेसबुक पृष्ठमा तस्वीरहरू पोस्ट गर्यो जसले “सिमसार र त्यहाँ बस्ने सबैको संरक्षण र हेरविचार” जारी राख्ने वाचा पनि गरेको छ।
त्रिनिडाड स्थित एक अन्य एनजीओ स्पेसिसले ट्वीट गर्यो:
As part of #WorldWetlandsDay, we would like to draw attention to sustainable use of our very own wetlands, the Nariva Swamp, Caroni Swamp & Buccoo Reef/ Bon Accord Lagoon complex and encourage their protection and conservation efforts pic.twitter.com/Y8okrVVkbL
— SpeSeas (@SpeSeas) February 2, 2022
#WorldWetlandsDay को एक हिस्साको रूपमा, हामी हाम्रो आफ्नै सिमसार भूमि, नरिवा धाप, कारोनी धाप र बुको रीफ/बोन अकोर्ड जलाशय कम्प्लेक्सको दिगो उपयोगमा ध्यान आकर्षित गर्न चाहन्छौं र तिनको हेरविचार र संरक्षण प्रयासहरूलाई प्रोत्साहित गर्न चाहन्छौं।
समुद्री जीवशास्त्री जेसन बी. अलेमुले थपे:
This #wetlandsday I've been thinking a lot about the awareness-action gap & what I can do better to #ActForWetlands and #climatechange. I think for starters I'd like to build more inclusive narratives around OUR identity & wetlands.
Happy wetlands day #rewet #reforest #restore
— Jahson B. Alemu I, Ph.D (@jahson_alemu) February 2, 2022
म यो #wetlandsday भनाइ र गराइमा अन्तर बारे र #ActForWetlands र #climatechange मा के गर्न सक्छु भन्ने बारे धेरै सोचिरहेको छु। मलाई लाग्छ कि सुरुवात गर्नेहरूका लागि म हाम्रो पहिचान र सिमसार बारे थप समावेशी कथाहरू रच्न चाहन्छु।
सिमसार दिवसको शुभकामना
#rewet #reforest #restore
आफ्नो कार्यक्षमताको अतिरिक्त, सिमसार ज्यादै सुन्दर पनि हुन्छन्। विश्व सिमसार दिवसको उपलक्ष्यमा यहाँ क्यारिबियनका सबैभन्दा मन लोभ्याउने सिमसार क्षेत्रहरूमध्ये केहीको झलक प्रस्तुत गरिएको छ, मुख्य भूमिको गुयानाबाट सुरु भएर द्वीप श्रृंखलाको उत्तरतर्फको दृश्यहरू।
गुयाना
गुयाना क्यारिबियन क्षेत्र मानिएतापनि यो धाप र सिमसार क्षेत्रहरू कैयौँ माइलसम्म फैलिएको दक्षिण अमेरिकी महाद्वीपमा रहेको एक विशाल देश हो।
ट्रिनिडाड र टोबागो
घाइते चराहरूलाई समाउन र पुनर्स्थापना गर्नुको अतिरिक्त, पोइन्टे-ए-पियरे वाइल्डफाउल ट्रस्टले वातावरण र विशेष गरी सिमसारको बारेमा धेरै अनुसन्धान, वकालत र शैक्षिक गतिविधिहरू गर्छ।
आफ्नो पर्याप्त जलीय झाडी प्रणाली सँगै त्रिनिडाडको पश्चिमी तटमा पारिया खाडीको सिमानामा रहेको कारोनी धाप द्वीपको छानिएका दुई रामसार क्षेत्रहरूमध्ये एक हो। दोस्रो मुख्य रूपमा ताजा पानीको नारिवा धाप हो, जुन पूर्वी तटमा अवस्थित छ। (टोबागोको बुको रीफ देशको तेस्रो रामसार क्षेत्र हो।)
सिमसार क्षेत्रहरूले पानीलाई शुद्ध गर्ने र तटीय क्षेत्रलाई कटानबाट जोगाउने मात्र नभई आँधी र बाढीको प्रतिकूल प्रभावबाट जोगाउँछन्, ती पर्या-पर्यटन र वातावरणीय शिक्षाका लागि उत्कृष्ट स्थानहरू हुन्।
टोबागो प्लान्टेशन रिसोर्टमा रहेको यस सुरम्य जलाशयमा बाक्लो झाडी क्षेत्र छ जसको माध्यमबाट झाडीको जराहरू माथि काठ राखेर पैदल मार्ग निर्माण गरिएको छ। जलाशय आफैमा ताजा र नुन पानीको मिश्रण हो।
बार्बाडोस
विश्व सिमसार दिवसको करिब एक हप्ता अघि, बार्बाडियनहरूको एक सम्बन्धित समूहद्वारा अनलाइन याचिका सुरु गरिएको थियो जसले बार्बाडोसको अन्तिम झाडीलाई सदाको लागि लुप्त हुनबाट बचाउनको लागि वकालत गरिरहेको छ। याचिकाले ग्रीम हल धापलाई OS-2 संरक्षण क्षेत्रको रूपमा घोषणा गर्न सार्वजनिक समर्थन जुटाउन खोजेको छ। प्रकाशनको समय सम्ममा याचिकामा करिब ४,००० हस्ताक्षर संकलन गरिएको थियो।
जमैका
क्षेत्रीय सिमसार क्षेत्रहरूका लागि केही खतराहरूमा आवास परियोजनाहरू, पर्यटन विकासहरू, र कृषिका लागि यी पारिस्थितिक रूपमा संवेदनशील क्षेत्रहरू कब्जा गर्नु रहेको छ। धेरै सिमसार क्षेत्रका वनस्पति र जीवजन्तु पनि विषादी र मलबाट हुने रासायनिक प्रदुषणको प्रतिकूल प्रभावबाट जोखिममा छन्।
सिमसार क्षेत्रहरू चरा, सरीसृप, गँगटा, गोही, भ्यागुता र सिपी लगायत जैविक विविधताका लागि आश्रयस्थल हुन्, ती सबैलाई मिचाहा प्रजातिहरूको उपस्थितिले खतरामा पार्न सक्छ।
क्यारिबियन सिमसार संरक्षणमा सबैभन्दा ठूला चुनौतीहरूमध्ये एक प्रदूषण हो, विशेष गरी ठोस फोहोर मैलाको रूपमा, जुन एक पटक जरामा अल्झिएपछि झाडीका सम्पूर्ण क्षेत्रहरूलाई नष्ट गर्न सक्छ। झाडीले भुरा माछा र अन्य समुद्री जीवहरूको लागि नर्सरीको रूपमा पनि काम गर्छ।
क्यारिबियनमा सिमसार भूमिहरू धेरै विविधतापूर्ण छन्। मेसन नदी संरक्षित क्षेत्रको क्लारेन्डन पहाडमा अवस्थित जमैकाको एकमात्र अन्तर्देशीय सिमसार भूमि (माथि) लाई मृत वनस्पति जम्मा गर्ने एक प्रकारको सिमसारको रूपमा वर्णन गरिएको छ, जबकि टापुको दक्षिणी तटमा रहेको सल्ट नदी (तल) मा समुद्री किनारको अनुभूति हुन्छ।
ती जहाँ भए पनि वा जस्तोसुकै देखिएतापनि विश्व सिमसार दिवस २०२२ को सन्देश भनेको सिमसारहरू हाम्रो ध्यान र संरक्षण दुवैका लागि योग्य छन्।