ग्लोबल भ्वाइसेजका १५ वर्ष!

डिसेम्बर २००४। फेसबुक चलाउन तपाईं विश्वविद्यालय पढ्ने विद्यार्थी हुनुपर्थ्यो, त्यतिबेला ट्वीटर छँदै थिएन, र ट्रोलबारे परीकथाका पानाहरूमा मात्र पढ्न पाइन्थ्यो। हाम्रा फोनहरू अहिलेको झै स्मार्ट थिएनन्, कतै केही लिक भएको रहेछ भने प्लम्बरलाई बोलाइन्थ्यो, र केही यस्ता चीज पनि थिए जो अमेजनडटकमले बेच्दैनथ्यो। त्यसबेला स्वतन्त्र समाचार साइटहरूमा विविधता थियो, ब्लगिङ उत्कर्षमा थियो भने हामी एक अर्कासँग साच्चिकै अनलाइनमा कुरा गर्थ्यौ। र त्यहीबेला ग्लोबल भ्वाइसेजको जन्म भयो।

यी परिस्थिति हुँदै हामीले १५ वर्ष पार गरिसकेका छौं ! यदि तपाईंले कुकुर पाल्नु भएको छ भने डग इयर्सको बारेमा पक्कै पनि थाहै होला (१ डग इयर झण्डै १५ वर्ष बराबर हुन आउँछ), हो डग इयर्सको कुरा गर्दा हामीले ११० वर्ष पार गरिसकेका छौं। र इन्टरनेट इयरको कुरा गर्ने हो भने झण्डै एक सहस्राब्दी।

आज हामी यसै अवसरमा ग्लोबल भ्वाइसेजलाई यसरी नै अघि बढ्नका लागि शक्ति र ऊर्जा दिने हाम्रा लेखक, अनुवादक र सम्पादक तथा हाम्रा अनन्य पाठक र सहयोगीलाई धन्यवाद दिन चाहन्छौ। सन् २००४ देखि हामीले विश्वकै गहनतम समाचारहरू सम्प्रेषण गर्न मद्दत गरेका छौं। हामीले १००,००० जति आलेखहरू प्रकाशन गरिसकेका छौं, डिजिटल मिडियाको प्रयोगका लागि स्थानीय तथा न्यून प्रतिनिधित्व भएका समुदायको सशक्तिकरणदेखि अनलाइन अधिकारको समर्थनमा समर्पित अध्यायहरू खडा गर्नुका साथै ५१ भन्दा बढी भाषामा अनुवाद गर्ने अनुवादकर्ताका समुदाय निर्माण गरेका छौं। तपाईं बिना ग्लोबल भ्वाइसेजको कुनै अर्थ रहने छैन।

हामीलाई अर्को १५ पुग्नका लागि सहयोग गर्नुहोस्। हामीलाई पक्कै पनि तपाईंको सहयोगको खाँचो छ। व्यक्तिगत अनुदानले हामीलाई आफ्नो स्वतन्त्रता कायम राख्न मद्दत गर्दछ र हामीलाई अघि बढ्न र परिवर्तनका लागि जोखिम उठाउन उद्यत गराउँछ। कृपया हामीलाई सहयोग गर्नुहोस्!

सहयोग गर्नुहोस्!

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.