सुरिनाममा पर्माकल्चर प्रति उत्साह जगाउदै

काममा संलग्न पर्माकल्चर उत्साहीको एक समूह, काम्पोंग बारो, सुरिनाम। फोटो सौजन्य: पर्माकल्चर इन कोमोवेन, अनुमति लिएर प्रयोग गरिएको।

विगत तीन वर्षमा एलेक्स याकुमोले सुरिनाममा प्राकृतिक पर्यावरण बारे मानिसहरूलाई तालिम दिन पर्माकल्चरको ज्ञान उपयोग गरेका छन्।

सुरिनामको कृषि क्षेत्रमा केमिकल व्यापक रूपले प्रयोग गरिने भएतापनि इन्टरन्यासनल ईन्स्टिच्युट फर सस्टेनिबिलिटीको २०१२ को रिपोर्ट अनुसार देशमा दिगो कृषि प्रणाली अपनाउनको लागि अवसरहरू छन्। तथापि, केहि अवरोधहरू छन् र तीमध्ये एक हो तालिमको कमी।

याकुमोले त्यसलाई परिवर्तन गर्न मद्दत गरिरहेका छन्। बार्बाडोसको क्यारेबियन पर्माकल्चर रिसर्च ईन्स्टिच्युटबाट आफ्नो पर्माकल्चर डिजाइन सर्टिफिकेट (पी.डी.सी.) प्राप्त गरे पश्चात उनले आत्मनिर्भर कृषि प्रणाली बारेमा व्याख्यान गर्दै र उनी बसोबास गर्ने कोमोवेन क्षेत्रमा कार्यशाला आयोजना गर्दै आफ्नो समय समर्पण गर्ने निर्णय गरे।

सुरिनाम नदीको दायाँ किनारामा रहेको उनको समुदाय आफ्नो जस्तै उद्देश्य बोकेका अन्य संस्थाहरूसँग सहकार्य गरेर भित्री इलाका साथसाथै आदिवासी ग्रामीण इलाकामा संलग्न रहँदै आएको छ। याकुमो भन्छन्, उनी पर्माकल्चर जीवन शैली अपनाउन मानिसहरूलाई कहिल्यै दबाब दिंदैनन् बरु उनीहरू सिक्न तयार नभएसम्म कुर्छन्-त्यसपछि मात्र तालिम शुरु हुन्छ।

“यो यस्तो चीज हो जुन मानिसको भित्री मनदेखि आउनुपर्छ”, उनी भन्छन्। “त्यसैले मैले वास्तवमा यस बिषयमा बाध्य बनाइरहेको छैन, मैले केवल अवसर प्रदान गरिरहेकोछु र यदि मानिसहरू सिक्न चाहन्छन् भने उनीहरू भाग लिन सक्छन्”।

पर्माकल्चर अपनाउदा मानिसले प्राप्त गर्ने सबभन्दा ठूला केहि प्रतिफलमध्ये आत्मनिर्भरता र उनीहरू आफैंलाई वा पृथ्वीलाई हानिकारक केमिकलको सम्पर्कदेखि बचाउनु हो।

याकुमोको फेसबुक पेज पर्माकल्चर इन कोमोवेनमा मानिसहरूले अपडेट प्राप्त गर्न र यदि उनीहरू व्याख्यान वा कार्यशालामा भाग लिन चाहन्छन् भने सम्पर्क गर्न सक्छन्।

याकुमोले ग्लोबल भोइसेजसँग आफ्नो काम बारेमा गरेका कुराकानी:

पर्माकल्चर विज्ञ एलेक्स याकुमो। फोटो सौजन्य: पर्माकल्चर इन कोमोवेन, अनुमति लिएर प्रयोग गरिएको।

ग्लोबल भोइसेज (जीभी): पर्माकल्चरको फाइदाबारे बताइदिनुहोस् र तपाईले यसमा किन रुचि लिनुभयो।

Alex Yakaumo (AY): I came to Suriname in 2011 to live self-sustainably. Before that, I lived in Holland, but I travelled for a few years, in India mostly, and I really got the taste of being free — just self-supporting — and when I came to Suriname, I eventually started looking for ways to grow [food] in a sustainable way, and this is how I came across permaculture. I started to look for courses, and the second course was just starting in Barbados at the Caribbean Permaculture Research Institute. So, I was quite lucky.

To me, permaculture is bringing the different components of nature together in such a way that they enhance each other for the benefit of all beings.

एलेक्स याकुमो (एवाई): म २०११ मा सुरिनाममा आत्मनिर्भर रहन आएको थिएँ। त्यसअघि, म हल्याण्डमा बसें, तर मैले केहि वर्ष यात्रा गरेँ, धेरै जसो भारतमा। र मैले वास्तवमै स्वतन्त्र हुनुको मज्जा लिएको छु-पूर्णतः आत्मनिर्भर-र जब म सुरिनाममा आएँ, मैले अन्तत: दिगो रूपले खाद्य पदार्थ उब्जाउने तरिकाहरू खोज्न थालें र यसरी पर्माकल्चर शुरु भयो।मैले पाठ्यक्रमहरू खोज्न थालें र बार्बाडोसको क्यारेबियन पर्माकल्चर रिसर्च ईन्स्टिच्युटमा दोस्रो समूहको पढाई भर्खरै शुरु भएको थियो। यसैले, म धेरै भाग्यशाली थिएँ।
मेरो लागि,पर्माकल्चरले प्रकृतिको विभिन्न घटकहरूलाई एक साथ यसरी ल्याइरहेको छ कि सबैको लाभका लागि एक अर्कालाई बढावा दिन्छन्।

कार्यशालामा कोमोवेन समुदायका सदस्यहरूसँग एलेक्स याकुमो। फोटो सौजन्य: पर्माकल्चर इन कोमोवेन, अनुमति लिएर प्रयोग गरिएको।

जीभी: मानिसहरूलाई तालिम दिँदा तपाइँ कुन विशेष क्षेत्रमा ध्यान केन्द्रित गर्नुहुन्छ?

AY: I'm focusing now on teaching people how to grow without [using] synthetic products. It's the starting point — because most people in Suriname only know how to use chemicals — chemical fertilisers and herbicides are so ingrained in the system. My first aim is really to get people to understand the purpose of the soil itself, so they can start to appreciate the benefit of healthy soil and stop spraying.

एवाई: म अहिले कृत्रिम पदार्थ प्रयोग नगरि कसरी खाद्य पदार्थ उब्जाउने भन्ने बिषयमा मानिसहरूलाई सिकाउनमा ध्यान केन्द्रित गर्दैछु। यो शुरुवात हो किनभने सुरिनामका अधिकांश मानिसहरूलाई केमिकल कसरी प्रयोग गर्ने भन्ने मात्र थाहा छ-रासायनिक मल तथा झारपात उम्रिन नदिने केमिकलको प्रयोग गर्ने चलन अत्यधिक छ। मेरो पहिलो उद्देश्य वस्तुत: मानिसहरूलाई माटोको उद्देश्य बुझाउनलाई हो, ताकि उनीहरु उपयुक्त्त माटोको फाइदा बारे प्रशंसा गर्न सक्छन् र केमिकलको प्रयोग गर्न छाड्छन्।

विद्यालयका बालबालिका एउटा स्कूल गार्डेन प्रोजेक्टमा पर्माकल्चर विधि बारे सिक्छन् जहाँ याकुमो संलग्न छन्। फोटो सौजन्य: पर्माकल्चर इन कोमोवेन, अनुमति लिएर प्रयोग गरिएको।

जीभी: तपाइँले कति मानिसहरूलाई संलग्न गराइसक्नु भएको छ?

AY: Up to 1,000 people now. For the last two months I’ve been busy every weekend, training teachers. I'm also doing school garden projects with two organisations. There's a big interest in permaculture here, because most people know that all the vegetables are being sprayed [with chemicals] and they really want to learn an alternative method, but nobody is sharing this knowledge. You just have to know the dynamics of nature, so we can let nature do the work for us instead of fighting against it. For such a small population [in the area], most of the time my lectures are full. Most of the time, a lot of people come because they are so interested in learning how to grow.

एवाई: अहिलेसम्म १,००० मानिसहरूलाई। गत दुई महिना म हरेक सप्ताहान्त व्यस्त रहें, शिक्षकहरूलाई तालिम प्रदान गर्न। म दुई संस्थासँग स्कूल गार्डेन प्रोजेक्ट पनि गरिरहेको छु। यहाँ पर्माकल्चर सम्बन्धी ठूलो अभिरुचि छ किन कि अधिकांशलाई तरकारीमा केमिकल छिटिएको थाहा छ र उनीहरु साँच्चै नै एक वैकल्पिक विधि सिक्न चाहन्छन् तर कसैले पनि यो ज्ञान बाँडिरहेका छैनन्।तपाईंले प्रकृतिको गतिशीलता मात्र थाहा पाउनु पर्छ, ताकि हामी प्रकृतिको विरुद्ध लड्नको सट्टा प्रकृतिलाई हाम्रो निमित्त काम गर्न दिन सक्छौं।यस्तो कम जनसंख्या भएको क्षेत्रमा मेरो व्याख्यान सुन्न प्राय: जसो भरिभराउ हुन्छ। प्राय: जसो धेरै मानिसहरू आउँछन् किन कि उनीहरू कसरी खाद्य पदार्थ उब्जाउने भन्ने सिक्न रुचि राख्छन्।

एलेक्स याकुमो सुरिनाममा पर्माकल्चर बारे व्याख्यान दिँदै। फोटो सौजन्य: पर्माकल्चर इन कोमोवेन, अनुमति लिएर प्रयोग गरिएको।

जीभी: मानिसहरूलाई पर्माकल्चर बारे सिकाउदा तपाईं कस्तो पद्धति अपनाउनु हुन्छ?

स्थानिय साधनको प्रयोग गरेर तयार गरिएको माटोको ढिस्कोमा रोपिएका बिरुवामा पानी हाल्दै एक महिला। फोटो सौजन्य: पर्माकल्चर इन कोमोवेन,अनुमति लिएर प्रयोग गरिएको।

AY: I do it in two ways. I do a lecture, and based on the lecture, they have the opportunity to do a workshop. In the lecture, I am sharing an introduction about just one part of permaculture, which I call ecological gardening. That's the biggest interest now for people: how to grow their own vegetables. In my talk, I stress the importance of taking care of the earth, and explore the different dynamics of Mother Nature in a very basic way.

I explain what soil is and talk about its importance. Then, I show them the pictures from my own garden — including composting — so they see what is possible. I talk about fertilisers; I talk about different herbicides and pesticides, and then I invite them to join the workshops so they can learn — the easy way — to set up their own garden, all with local resources, like branches, stems, and leaves.

It's not so technical; it's really about giving people the experience, so they can relate to the concept a lot better.

It's just opening people's eyes to what they already have — most of them have seen this already, but they couldn't connect the dots. I think permaculture really speaks to people. Still, I'm always surprised at the amount of people who come to the lectures.

एवाई: म यसलाई दुई तरिकाले गर्छु। म व्याख्यान गर्छु, र व्याख्यानको आधारमा उनीहरूले कार्यशाला गर्ने अवसर प्राप्त गर्छन्। व्याख्यानमा, म पर्माकल्चरको एक भाग-जसलाई म इकोलजिकल गार्डेनिङ भन्छु, को बारेमा मात्र प्रस्तुतीकरण दिइरहेको हुन्छु। यो नै अहिले मानिसहरूको सबभन्दा ठूलो रुचि हो: कसरी आफैंले तरकारी उब्जाउने। मेरो व्याख्यानमा पृथ्वीलाई ध्यानमा राख्ने आवश्यकता र प्रकृतिको विविध गतिशीलतालाई मूलभूत रूपले पत्ता लगाउन जोड दिन्छु।

म माटो के हो भनी वर्णन गर्छु र यसको महत्वको बारेमा कुरा गर्छु। त्यसपछि म उनीहरूलाई आफ्नै बगैचाको तस्विरहरू देखाउँछु- कम्पोस्ट मल सहित-ताकि उनीहरूले के सम्भव छ देख्छन्। म मलको बारेमा कुरा गर्छु; म विभिन्न झारपात उम्रिन नदिने केमिकल र कीटनाशकको बारेमा कुरा गर्छु, अनि उनीहरूलाई कार्यशालामा भाग लिन आमन्त्रण गर्छु ताकि उनीहरूले हाँगा, डाँठ र पात जस्ता स्थानिय साधन प्रयोग गरेर आफ्नै बगैचा तयार गर्न सजिलोसँग सिक्न सकुन्।

यो त्यति प्राविधिक कुरा होइन; यो यथार्थमा मानिसहरूलाई अनुभव गराउने कुरा हो, ताकि उनीहरूले यस अवधारणालाई अझ राम्रोसँग अध्ययन गर्न सक्छन्।

यो मानिसहरूका आँखा खोलिदिने काम मात्र हो-अधिकांशले यसलाई पहिले नै देखेका थिए तर उनीहरूले समग्र रूपले बुझ्न सकेका थिएनन्। मलाई लाग्छ,पर्माकल्चरले वास्तव मै मानिससँग संवाद गर्दछ। तैपनि, व्याख्यानमा आउने मानिसहरूको संख्या देखेर म आश्चर्यचकित छु।

जीभी: तपाईंको कामले सबैभन्दा संतुष्टि दिने पक्ष कुन हो?

AY: I enjoy seeing the pictures people share with me of their own gardens. I especially like to see when the children in the community are learning to grow plants in this way. Then is when I really feel the satisfaction that comes from doing all this work.

एवाई: मानिसहरूले उनीहरूका आफ्नै बगैचाको तस्विरहरू मसँग सेयर गरेको हेर्न पाउँदा आनन्द लाग्छ। म विशेष गरी समुदायका बालबालिकाले यसरी बिरुवा हुर्काउन सिकिरहेको हेर्न मन पराउँछु। त्यसबेला मलाई काम गरेर प्राप्त सफलताले साँच्चिकै संतुष्टि मिल्छ।

जीभी: तपाईं जागरूकता बढाउन वा सहभागिता वृद्धि गर्न मद्दतका लागि सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ?

AY: Facebook is the most used social media platform over here. I'm not a big fan of it, but in this case it's the best way to reach people. I'm looking for help from social media professionals who like to do this sort of posting, so I can just oversee what's happening.

एवाई: फेसबुक यहाँ सबैभन्दा बढी प्रयोग गरिएको सामाजिक सञ्जाल प्लेटफार्म हो। म यसको ठूलो प्रशंसक होइन, तर अहिले यो नै मानिसहरूसम्म पुग्ने सबैभन्दा उत्तम तरिका हो। म सामाजिक सञ्जाल प्रयोग गर्ने अनुभवी व्यक्तिहरूको सहयोगको खोजीमा छु जो यस्ता पोस्ट गर्न मन पराउँछन् ताकि म केवल के हुँदैछ भनेर हेर्न सकुँ।

पर्माकल्चर विधि प्रयोग गरेर उब्जाइएका तरकारी बोक्दै युवकहरु। फोटो सौजन्य: पर्माकल्चर इन कोमोवेन, अनुमति लिएर प्रयोग गरिएको।

पर्माकल्चरको सबै भन्दा ठूलो लाभ भनेको यसले सामुहिक भावनालाई बढावा दिन्छ। फोटो सौजन्य: पर्माकल्चर इन कोमोवेन,अनुमति लिएर प्रयोग गरिएको।

जीभी: भविष्यमा तपाईंको कस्ता लक्ष्यहरू छन्?

AY: I am looking to set up an organisation called Wholesome Living. Wholesome Living consists of five pillars: care of the mind, physical exercise, knowledge of food, permaculture or living in harmony with nature, and contributing to society in a beneficial way. This is my way of life.

एवाई: म स्वास्थ्यकर जीवन भन्ने संस्था स्थापना गर्न खोज्दैछु। स्वास्थ्यकर जीवनमा पाँच आधार स्तम्भहरू छन्: ध्यान, शारीरिक व्यायाम, भोजनको ज्ञान, पर्माकल्चर वा प्रकृतिसँग तालमेल र समाजको हित हुने योगदान दिनु।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.