शहरी कृषिलाई दीगो बनाउन प्रयत्नरत एक फिलिस्तीनी

टड रिउबोल्डद्वारा लिखित यो आलेख पहिला Ensia.com पत्रिकामा प्रकाशित भएको थियो। यस पत्रिकाले सक्रीय अन्तर्राष्ट्रिय वातावरणीय उपायहरूलाई प्रकाशमा ल्याउँदछ र यो पोष्ट विषयवस्तु साझेदारी सम्झौताअन्तर्गत यहाँ पुन: प्रकाशित गरिएको छ।

विश्वभरि शहरी कृषिले मध्य अमेरीकादेखि मध्यपूर्वसम्मको बढ्दो विश्वव्यापी जनसंख्याको भरणपोषणमा भूमिका खेल्दै आएको छ।

माथिको भिडियोले भूमध्यसागरको समुद्रतटसँगै फिलिस्तीनको गाजा शहरमा बस्ने र काम गर्ने सइद सलीम अबु नासेरलाई परिचय गराउँदछ। उनी दीगो कृषिका समर्थक हुन्।

अबु नासेरले २०० वर्गमीटर (२,००० वर्गफूट) को सुक्ष्म कृषिक्षेत्र बनाएका छन्। यहाँ उनले हाइड्रोपोनिक प्रणाली अपनाएका छन् र लसुन, मरीच, साबुन आदिले घरमै बनाइएका कीट नियन्त्रक घोलहरू प्रयोग गरेका छन्।

प्रत्येक वर्ष उनी ३० व्यक्तिलाई खुवाउन पुग्ने सालाखाला ३,५०० किलोग्राम (७,७०० पाउण्ड) खाना उत्पादन गर्छन्। शायद अझ महत्वपूर्ण, उनको शहरी कृषिक्षेत्र साना आकारका क्षेत्रमा दीगो तवरले खाना उत्पादन गर्न चाहने अन्य व्यक्तिका लागि नमूना हुनसक्छ।

फिलिस्तीनअवस्थित स्वतन्त्र फिल्ममेकर यासेर अबु वाज्नाले एन्सियाका लागि यो भिडियो निर्माण, छायाँकन तथा सम्पादन गरेका हुन्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.