सन् १९९० ताका बंगलादेशमा कार्टुन मनपराउने युवा र उमेर पुगेका व्यक्तिमाझ टिनटिन एक लोकप्रिय कमिक पात्र थिए। धेरै किशोरहरू लाइब्रेरीबाट टिनटिनका कमिक लिएर पढ्ने गर्थे वा यस लोकप्रिय युरोपियन कमिकका बंगाली अनुवाद किन्न पाकेटखर्च बचाउने गर्थे।
हालका महिनामा बंगलादेशमा टिनटिनका साहसिक कार्यहरूबारे कोरिएका चित्रहरू लोकप्रिय भएका छन् र सोसल मिडियामा धेरैपल्ट सेयर भएका छन्। कार्टुनिस्ट जाहिदुल हक आपुले आफ्ना अवधारणा चित्रकला श्रृंखला “बंगलादेशमा टिनटिन” मार्फत् टिनटिनको याद पुनः ताजा गराएका छन्। यस चित्रकलाअन्तर्गत धेरैका प्यारा पात्र टिनटिनलाई देशभरिका प्रतिष्ठित स्थानहरूमा देखाइएको छ।
द एडभेन्चर्स अफ टिनटिन हर्जका नामले प्रख्यात बेल्जियन कार्टुनिस्ट जर्जेस रेमीले सिर्जना गरेको फ्रेन्च भाषाको कमिक श्रृंखला (बिडि) हो। यस श्रृंखलामा साहसिक युवा बेल्जियन रिपोर्टर उनका कुकुर स्नोवी (मिलु) का साथ सोभियत संघ, बेल्जियन कोंगो, पेरु, भारत, मोरक्को, इन्डोनेशिया, नेपाल, तिब्बत, चीन तथा अन्य धेरै देश पुग्छन्। दुःखको कुरा, उनी कहिल्यै पनि बंगलादेश पुगेनन्।
सन् १९९० ताका टिनटिन श्रृंखलाका प्रख्यात बंगाली अनुवाद भारतको आनन्द प्रकाशनले प्रकाशित गरेको थियो। टिनटिनका प्रशंसक तथा ब्लगर रसेल जोनले आफ्नो ब्लगमा अनुवादित श्रृंखलाका मूल कभर चित्र संकलन गरेर राखेका छन्। उनी भन्छन्ः
The first title published in Bengali was “Tintin in Tibet” 1988 followed by “The Castafiore Emerald” the next year, the last title was “Tintin in Congo”, published in 2006.
“टिनटिन इन टिबेट” सन् १९८० मा बंगालीमा प्रकाशित पहिलो अंक हो। त्यसपछि अर्को वर्ष “द कास्टाफिओर एमराल्ड” र अन्तिम अंक सन् २००६ मा प्रकाशित “टिनटिन इन कंगो” हो।
जाहिदुल हक आपु बंगलादेशमा टिनटिन प्रशंसक चित्रकला पुनः प्रवर्तन गराउने कलाकार हुन्। विगतका १५ वर्षदेखि उनले स्थानीय रेडयो स्टेशनमा कार्यक्रम संचालन गरेकाले उनी आरजे (रेडियो जकी) आपुका नामले बढी चिनिन्छन्। हाल उनी त्यहाँ कार्यक्रम प्रमुखका रूपमा कार्यरत रहेका छन्। उनी फुर्सदको समयमा चित्र कोर्छन्।
ग्लोबल भ्वाइसेजसँगको फोन अन्तर्वार्तामा उनले यी चित्र कोर्नुपछाडिको प्रेरणाकाबारे खुलाए।
ছোটবেলা থেকে আঁকাআঁকির ঝোঁক ছিল। কিন্তু সেটায় সময় দিতে পারছিলাম না। করোনা এসে সেই সুযোগ করে দেয়। কারণ, তিন মাস আগে আমি করোনায় আক্রান্ত হয়েছিলাম। টানা ২১ দিন সবার থেকে আলাদা ছিলাম। এ সময় মানসিকভাবে, শারীরিকভাবে ভালো ছিলাম না। কিছুই ভালো লাগতো না। যেহেতু কিছুই করার নেই, ভাবলাম, আঁকাআঁকিতে একটু সময় দিই।
হঠাৎ একদিন কৈশোরের পছন্দের চরিত্র টিনটিনের কথা মাথায় এলো। ছোটবেলায় টিনটিনের খুব ফ্যান ছিলাম। টিনটিন তখন বাংলা অনুবাদে বের হতো। বাংলায় পড়তাম। কিন্তু রাস্তাঘাট, গাড়ি-ঘোড়া, মানুষজন সবকিছুই বিদেশি। বাংলাদেশি কিছু নাই। তখন বুঝতাম না কিছু। তাই মনে প্রশ্ন আসতো, টিনটিন কেন বাংলাদেশে আসে না
[..] সেই ভাবনা থেকেই টিনটিনকে আঁকতে শুরু করি।
म बाल्यकालदेखि नै चित्र कोर्थे। मैले यसलाई आफ्नो पढाइ र कामका कारण यथेष्ट समय दिन सकिन। यो महामारी पनि एउटा कारण हो। मलाई केही महिनापहिले कोभिड भएको थियो। मैले लगातार २१ दिन आइसोलेशनमा बस्नुपर्यो। त्यसबेला म मानसिक र शारीरिक हिसाबले ठिक थिइन। केही पनि ठिक लागिरहेको थिएन। केही गर्नपर्ने नभएकोले, मैले सोँचे, चित्र कोर्न केही समय खर्चौ न त।
एकदिन मेरो दिमागमा बाल्यकालको मनपर्ने पात्र टिनटिन आयो। सन् १९९० ताका म टिनटिनको ठुलो प्रशंसक थिए र बंगाली अनुवाद पढ्ने गर्थे। तर त्यहाँ सबै पात्र, जनावर र ठाउँ विदेशी हुने गर्थे। मैले आफू धेरै थोकसँग सम्बद्ध नभएको पाएँ। मेरो दिमागमा यो प्रश्न आइरहन्थ्यो ‘टिनटिन किन बंगलादेश आउँदैनन्?'… त्यसपश्चात् मैले टिनटिन प्रशंसक श्रृंखला ‘बंगलादेशमा टिनटिन’ सिर्जना गर्न शुरु गरे।
आपुले टिनटिन प्रशंसक चित्रकला पहिले आफ्नो फेसबुकको टाइमलाइनमा पोस्ट गरे। पाठकले ती चित्रकला मन पराए र उनका कला सेयर हुन थालियो, फेसबुकमा रहेको टिनटिन प्रशंसक समूहमा समेत। उनले धेरैबाट प्रोत्साहन पाए र आर्ट्स बाइ आपु नामक फेसबुक पेज शुरु गरे। उनको प्रशंसक चित्रकलाले ८,००० बढी फलोअर पाइसकेको छ।
उनले धेरै व्यक्तिबाट, खास गरेर फेसबुकमा आफ्ना कलाप्रति प्रतिक्रिया पाइरहन्छन्। चाँदपुरका अद्नान सैकत दुई ठुला नदी पद्मा र मेघनाको संगमनिर रहेको चाँदपुरमा आधारित उनको चित्रकलाको प्रशंसा गर्छन्ः
আমাদের চাঁদপুরের লঞ্চঘাটের সাথে বেশ মিলে গেলো। গেইট দিয়ে ঢুকে হাতের ডান পাশ ঠিক এমনই! সুন্দর…
यो चित्र चाँदपुर टर्मिनलसँग मिल्छ। यदि तपाईं मुख्य द्वारबाट प्रवेश गर्नुहुन्छ भने दाहिनेतिर यो दृश्य देख्नुहुन्छ — ठ्याक्कै त्यस्तै! सुन्दर…
उनले नौला सम्मिश्रणहरू पनि सिर्जना गर्न शुरु गरे — स्थानीय संस्कृति र काल्पनिक पात्रहरूको सम्मिश्रण। उनको नवीनतम कभरमध्ये एकमा टिनटिन बेकर भाइ र उनका साथीहरूसँग देखिन्छन्। उपन्यासकार तथा फिल्मनिर्माता हुमायुँ अहमदले सन् १९९० ताका ख्यातिप्राप्त टिभी कार्यक्रमका लागि सिर्जना गरेका पात्र बेकर भाइ बंगलादेशका सर्वाधिक लोकप्रिय पात्रमध्ये एक हुन्।
फेसबुक प्रयोगकर्ता जसरत अल अतुन भन्छन्ः
ইশ যদি এই কনসেপ্ট আর্ট এর উপর সত্যি একটা কমিক বুক বানানো হত!
यस अवधारणा चित्रकलामा टेकेर पूरै कमिक सिर्जना गर्न पाए हुने!
यस अन्तरजनरा प्रशंसक चित्रकला सिर्जना गर्नका लागि कसले प्रेरित गर्यो भन्नेबारे आपु भन्छन्।
আমার একটা মেয়ে আছে। ৬ বছর বয়স। ভীষণ কৌতুহলী। ওকে আমি আমার ছেলেবেলা, নব্বই দশকের কথা বলি, কিছু বোঝে; আবার অনেক কিছুই বোঝে না। করোনার কারণে দীর্ঘদিন ধরেই ঘরে বন্দি আছে। বাংলাদেশকেও ওকে ঘুরিয়ে দেখাতে পারি নাই। তখন মাথায় এলো, বাচ্চারা যেটা পছন্দ করে, সেটার মাধ্যমে যদি চেনানো যায়। আমার মেয়ে টিনটিন পছন্দ করে। তাই টিনটিনের থ্রুতে ওকে বাংলাদেশ চেনানো শুরু করি।
मेरी छ वर्षीया छोरी छिन्। एकदमै जिज्ञासु। म उनलाई मेरो बाल्यकालबारे भन्छ, सन् १९९० ताकाका पात्रहरू, नायकहरूका बारे। उनी केही बुझ्छिन, तर धेरै बुझ्दिनन्। साथै उनी यस महामारीका कारण धेरै समयदेखि घरमै छिन्। हामी अहिले भ्रमणमा जान सक्दैनौं। त्यसैले मैले सोँचे बालबालिकाले उनीहरूका मनपर्ने पात्रमार्फत् सिक्न सके हुन्थ्यो। टिनटिन उनको पनि मनपर्ने पात्र हुन्। त्यसैले मैले ‘बंगलादेशमा टिनटिन’ श्रृंखला बनाउन शुरु गरे जसले गर्दा उनले यी ठाउँ र पात्रबारे सिक्न सकून्।
धेरै प्रशंसकका लागि यी चित्रले पुराना याद र न्याना अनुभूति लिएर आएका छन् — धेरैले टिनटिन उनीहरूका शहर आइदिए हुन्थ्यो भन्ने चाहेका छन्।
টিনটিনকে নিয়ে আমার ফ্যান আর্ট দেখে অন্যরাও যখন নস্টালজিক হন, তখন মনে হয়, আমি একা নই, আমার মতো আরো অনেকেই আছেন। টিনটিনকে বাংলাদেশের আরো বিভিন্ন জায়গায় নিয়ে যাওয়ার ইচ্ছে আছে। দেখা যাক, কতোটা পারি।
जब मेरा प्रशंसक चित्रकला हेरेर अरु आफ्ना अतीतका कुरा सम्झन्छन्, मलाई लाग्छ ममात्र एक्लो रहेनछु। मजस्ता अरु धेरै छन्। म टिनटिनलाई बंगलादेशका अरु धेरै ठाउँ लग्न चाहन्छु। हेरौं म कत्तिको गर्न सक्दो रहेछु।