विराेधसम्बन्धी कला निःशुल्क वितरणका लागि एक भए म्यानमारका चित्रकारहरू

Yangon.design बेवसाइटकाे स्क्रिनसट ।

याे लेख चाइनाबाट प्रकाशित स्टाण्ड न्यूजमा २०२१ फेब्रुअरी २५ मा प्रकाशित भएकाे लेख हाे । स्टाण्ड न्यूजसँगकाे सामग्री साझेदारीका आधारमा याे लेख अङ्ग्रेजीमा ग्लाेबल भ्वाइसेजमा प्रकाशित गरिएकाे हाे । 

म्यानमारका ३० कलाकारहरूकाे समूहले yangon.design मा सय भन्दा बढी विराेधसम्बन्धी पाेस्टरहरू राखेका छन् । म्यानमारमा भएकाे सैन्य ‘कू'काे विराेधमा उत्रिएका प्रदर्शनकारीहरूले निःशुल्क रूपमा ती पाेस्टरहरू छापी प्रयाेगमा ल्याउन सकुन् भन्नका लागि ती कलाकारहरूले उक्त पाेस्टरहरू साे वेबसाइटमा राखेका हुन् । 

द स्ट्याण्ड न्यूजसँगकाे एक अन्तर्वातामा कलाकारहरूका समूहका एकजना प्रतिनिधिले बताएः

Like all other Myanmar citizens, artists want to contribute to the national struggle… [we] can assist other protesters with our art. [Protesters] can bring the posters to the streets or hang them on walls.

म्यानमारका अन्य नागरिकहरू झै, कलाकारहरू पनि यस राष्ट्रिय संघर्षमा याेगदान पुर्याउन चाहन्छन्…[हामी] अन्य प्रदर्शनकारीहरूलाई हाम्राे कलामार्फत् सहयाेग पुर्याउन सक्छाैं । [प्रदर्शनकारीहरू] ले विराेधका कार्यक्रमहरूमा पाेस्टरहरू ल्याउन सक्छन् वा पर्खालहरूमा टाँग्न सक्छन् ।

धेरै प्रदर्शनकारीहरूले विराेधका कार्यक्रमहरूमा चित्रसहितका प्लेकार्डहरू बाेकेकाे  याे समूहले याद गरेकाे थियाे । त्यसै कारण पनि धेरै कलाकारहरूले स्वतःस्फूर्त रूपमा आफ्ना कलाकृतिहरू निःशुल्क रूपमा अनलाइनमा राखेका हुन् ।

यद्यपि, याे अभियान विकेन्द्रिकृत भैसकेकाे छ र नयाँ वेबसाइटमा समेत संसाेधन हुनेछ । “हामी यसलाई उच्च गुणस्तरिय डिजाइनहरू सङ्कलन गरिने साझा थलाेका रूपमा विकास गर्न चाहन्छाैं ।” द स्ट्याण्ड न्यूजसँगकाे अन्तर्वातामा कलाकारहरूका समूहका एकजना प्रतिनिधिले बताए ।

Yangon.design केही हप्ता अघि मात्र सञ्चालनमा आएकाे हाे । याे वेबसाइटका सञ्चालकहरूले प्रदर्शन वा विराेधसम्बन्धी कुनै डिजाइन अनलाइनमा प्रकाशन भएकाे थाहा पाउनासाथ त्यसकाे सर्जकलाई सम्पर्क गरी उक्त डिजाइनलाई आफ्नाे वेबसाइटमार्फत् वितरणका लागि सम्झाैता गर्दछन् ।

मिल्क टी अलायन्स” अनलाईनलाई समेत यी पाेस्टरहरूले आर्कषित गर्न सफल भएकाे छः

हामी ##MilkTeaAlliance सदस्यहरू भएकाले हामीलाई  #WhatsHappeningInMyanmar भनी सन्देश प्रवाह गर्नका लागि केही पाेस्टरहरू चाहिन सक्छ ।

बर्मेली कलाकारहरूले डिजाइन गरेका विराेध प्रदर्शनी सम्बन्धी पाेस्टरहरू यहाँबाट डाउनलाेड गर्न सकिन्छः yangon.design

विराेध सम्बन्धी कलाकृतीहरूका आधारमा दर्शकहरूले म्यानमारका नागरिकहरूका चाहना बुझ्न सक्नेछन् । तल केही पाेस्टरहरू प्रस्तुत गरिएका छन्ः

You messed with the wrong generation” । याे नारा सैन्य ‘कू’ काे विराेधमा भएकाे विराेध प्रदर्शनीहरूमा प्रयाेग भएकाे अत्याधिक चर्चित नारा हाे; जसमा युवाकाे अत्याधिक सहभागिता देखाउँदछ । याे नारा १९८८ अपराईजिङ का सन्दर्भमा प्रयाेग भएकाे “No! Not 88 anymore!” नारासँग पनि सम्बन्धित छ । याे चित्र Yangon.design बाट निःशुल्क डाउनलाेड गर्न सकिन्छ ।

म्यानमारकी प्रजातन्त्रिक नेतृ, आङ सान सू चीले विद्यमान विराेधहरूमा अध्यात्मिक नेतृका रूपमा भूमिका निभाइन् । निर्वाचनमा धाँधली गरेकाे आराेपमा  उनलाई बन्दी बनाइएकाे छ । याे चित्र Yangon.design बाट निःशुल्क डाउनलाेड गर्न सकिन्छ ।

सैन्य ‘कू’ काे विराेधमा उत्रिएका प्रदर्शनकारीहरूले सैनिकका सेनानी मीन अङ्ग ह्लइङलाई हिटलरसँग तुलना गरेका छन् । सरकार अपदस्थ भएपश्चात् ह्लइङले शक्तिलाई हातमा लिएका छन् । संयुक्त राष्ट्र मानवाधिकार आयोगकाे एक प्रतिवेदन अनुसार  राेहिङ्ग्या नागरिकहरूका जातीय संहारमा उनकै अह्म भूमिका थियाे । याे चित्र Yangon.design बाट निःशुल्क डाउनलाेड गर्न सकिन्छ ।

सैन्य ‘कू’ काे विराेधमा तयार गरिएकाे पाेस्टर । म्यानमारका वहुसंख्यक जनसङ्ख्या बाैद्ध धर्मावलम्वीहरू छन् तर त्यहाँ धेरै क्रिश्चियन तथा मुस्लिम धर्मावलम्बीहरू पनि छन् । याे पाेस्टरले अपदस्थकाे विराेधमा विभिन्न धर्मावलम्बीहरू बिचकाे एकता झल्काउँदछ । याे चित्र Yangon.design बाट निःशुल्क डाउनलाेड गर्न सकिन्छ ।

याे पाेस्टर म्यानमारकाे सैन्य कूमा चाइनिज सरकारकाे संलग्ननताकाे विराेधमा तयार पारिएकाे हाे । कैयन् प्रदर्शनकारीहरू चाइनाले सैन्य सरकारलाई विज्ञहरू तथा उपकरणहरू प्रदान गरेकाे विश्वास गर्छन् । याे चित्र Yangon.design बाट निःशुल्क डाउनलाेड गर्न सकिन्छ ।

हङ्गर गेम्स युनिभर्सकाे तीनऔंलाकाे सलाम, जसले निराशावादी विश्वमा एकताकाे विम्व झल्काउँदछ । याे पहिले थाईल्याण्डका प्रदर्शनकारीहरूले प्रयाेगमा ल्याएका थिए र पछि म्यानमारका सैन्य कूका विराेधीहरूले यसलाई प्रयाेगमा ल्याएका हुन् ।  याे चित्र Yangon.design बाट निशुल्क डाउनलाेड गर्नसकिन्छ ।

सहरी बासिन्दाहरूले सैन्य कूका विराेधमा राती ताप्के र पन्यू बजाएर विराेध गरे । यसले बाैद्ध परम्पराकाे “दुष्ट आत्मा” भगाउने कार्यकाे झल्काे दिलाएकाे थियाे । याे चित्र Yangon.design बाट निःशुल्क डाउनलाेड गर्न सकिन्छ ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.