
योगेत्सु आकासाका। उनको आधिकारिक युट्युब च्यानलबाट लिइएको स्क्रीनक्याप।
“चिन्ता र पीडा कम गर्न” संगीत सिर्जना गर्ने एक जापानी भिक्षुका लाखौं श्रोता छन्। सैँतिस वर्षीय जेन बौद्ध भिक्षु योगेत्सु आकासाका लुप स्टेशन प्रयोग गरी बिटबक्सिङमा बौद्ध जाप मिसाउँछन् र थप्छन्, अनि युट्युबमा अपलोड गर्छन्। उनको सर्वाधिक लोकप्रिय भिडियो “हार्ट सुत्र लाइभ लुपिङ रिमिक्स“ले हालसम्म २० लाख भ्यू बटुलिसकेको छ।
ऐतिहासिक रूपले सबभन्दा प्रख्यात र लोकप्रिय सुत्रमध्ये एक हार्ट सुत्र (般若心経) को आकासाकाले बनाएको आधुनिक संस्करण युट्युबमा मे २०२० मा भाइरल भयो। युट्युबमा उनी विभिन्न परम्परागत बौद्ध सुत्र जाप गर्दा बिटबक्सिङका लुप तथा ताल मिसाउँछन्। आकासाकाका अनुसार उनी पीडा कम गर्न यसो गर्छन्।
I make ‘music for less anxiety’.
I chant for ‘less suffering’.May all beings be happy.
不安や苦しみが少しでも和らぐように、音楽にお経をのせて歌っています。
すべての生きとしいけるものが幸せでありますように。
full moviehttps://t.co/0Vde5Xgxhf#beatbox #handpan #loopstation pic.twitter.com/mIdYJRUAQ5
— Yogetsu Akasaka-赤坂陽月- (@yochanting) October 2, 2020
म चिन्ता कम गर्नका लागि संगीत सिर्जना गर्छु।
म पीडा कम गर्नका लागि जाप गर्छु।
सबै जना सुखी होउन्।
भिक्षु बन्नुअगाडि आकासाका विदेश बस्थे र गीत गाएर धन आर्जन गर्थे। सन् २००९मा आकासाकाले बिटबक्सिङमा स्वर र बौद्ध जाप मिसाउन थाले।
हाल आकासाका टोक्योमा बस्छन् र उनी सन् २०१५ मा बौद्ध भिक्षु बने। उनका बुबा पनि बौद्ध भिक्षु हुन् र ग्रामीण इवाते प्रिफेक्चरको एक मन्दिरमा प्रमुखको भूमिका निर्वाह गर्दै छन्।
भाइससँगको अन्तर्वार्तामा आकासाका भन्छन्:
Usually in Japan, people become monks because their family lives in a temple. But for my father, he was just a normal person who decided to become a monk. […] I was inspired, and decided I wanted to succeed in my father’s current role as an abbot in a temple in the Iwate Prefecture.
जापानमा सामान्यतया मन्दिरमा बस्ने परिवारका मानिस भिक्षु बन्छन्। तर मेरो बुवा साधारण व्यक्ति हुनुहुन्थ्यो र उहाँले भिक्षु बन्ने निर्णय गर्नुभयो। […] म प्रेरित भए र इवाते प्रिफेक्चरको एक मन्दिरमा मेरो बुवाको हालको जिम्मेवारी मैले लिने निधो गरे।
उनको हार्ट सुत्रको संस्करण भाइरल हुनुअघि नै आकासाकाको संगीतले जापानमा ध्यान बटुल्न थालिसकेको थियो। यसलाई टेक्नो होशो कन्सर्टमा प्रस्तुत गरियो। यो कन्सर्ट बौद्ध रीतिरिवाज, टेक्नो संगीत तथा प्रोजेक्शनको सम्मिश्रण भएको चोकाइगी कार्यक्रमको एउटा भाग हो।
समकालीन संगीतमा बौद्ध धर्मको सम्मिश्रण गर्ने कलाकार आकासाकामात्र होइनन्। सन् २०१८ को टेक्नो होशो कार्यक्रममा ग्या नाम गरेका कलाकारले यहाँ टेक्नो र ट्रान्स संगीतमा बौद्ध जाप मिसाउँछन्:
超テクノ法要×向源では、ユーザーが投稿した「テクノ法要」をマッピングしています。
▼マッピングした動画#Gya さん
【テクノ法要】讃仏偈(さんぶつげ)【Psy-Trance Remix】https://t.co/FjqRuJ5CEV#テクノ法要 #向源 #ニコニコ超会議 #超会議 #chokaigi pic.twitter.com/zZ3sOmFsHu— ニコニコ超会議@2021はリアル&ネット開催? (@chokaigi_PR) April 29, 2018
टेक्नो होशो (अप्रिल २०१८) मा गरिएको प्रोजेक्शन म्यापिङको एक प्रयोगकर्ताले अपलोड गरेको भिडियो।
ग्याले प्रस्तुत गरेको प्रोजेक्शन म्यापिङ। गीत: “सानबुत्सु” (“बुद्धको सम्मानमा गुणगान“)।
योगेत्सु आकासाकाको भाइरल “हार्ट सुत्र लाइभ लुपिङ रिमिक्स” तथा अन्य गीतहरू युट्युबमा हेर्न सकिन्छ।
योगेत्सु आकासाका ट्वीटरमा सक्रिय छन् र उनको संगीत युट्युब, स्पटिफाइ तथा अन्य अनलाइन सेवामा सुन्न सकिन्छ।