
फुकुओका बस्ने रुथ (देब्रे) र ग्रेस (दाहिने)। युट्युब च्यानल ब्ल्याक इन जापानको “देयर्स लाइफ बियोन्ड ह्वाइट सुप्रिमेसी न्यारेटिभ“को स्क्रीनक्याप।
लोकप्रिय युट्युब च्यानल र वेबसाइट द ब्ल्याक एक्सपिरियन्स जापानले जापान निवासी दर्जनौं अश्वेतहरूको अन्तर्वार्ता लिएका छन्।
सन् २०१७ मा जापानमा बस्ने जमैकन लाराञ्जो “राञ्जो” दाक्रेसले लोकार्पण गरेको द ब्ल्याक एक्सपिरियन्स जापानले विभिन्न पृष्ठभूमिका व्यक्तिसँग अन्तर्वार्ता लिएको छ। जसमध्ये “जापानमा आफूलाई ठ्याक्कै चाहिने कुरा फेला पार्ने पुरुष“देखि जापानको राष्ट्रिय प्रशारक एनएचकेका मौसम वैज्ञानिक तथा मौसम समाचारवाचक सिएत्सी मोनारे पनि छन्।
In this clip taken from one of our MFiles episodes, Tsietsi, a South African Meteorologist and Weatherman at NHK World Japan, shares his journey from South Africa to the Japanese news channel, with us.
FULL interview: https://t.co/yYbKrT6BIO@naomiosaka #nhk #日本@TsietsiMonare pic.twitter.com/nCOomRtAEy
— The Black Experience Japan (@theblackexjp) July 11, 2020
हाम्रो एमफाइल्सका एपिसोडमध्ये एकको यस क्लीपमा एनएचके वल्र्ड जापानका दक्षिण अफ्रिकी मौसम वैज्ञानिक तथा मौसम समाचारवाचक सिएत्सी हामीसँग उनको दक्षिण अफ्रिकादेखि जापानी न्यूज च्यानलसम्मको यात्राको अनुभव बाँड्दैछन्।
यो वेबसाइट तथा युट्युब च्यानल सन् २०१७ मा राञ्जोको डकुमेन्ट्री “द ट्रुथ अबाउट बिइङ ब्ल्याक इन जापान” पश्चात् शुरु गरिएको थियो। यसमा उनी जापानमा उनको दैनिक जीवनमा उनलाई सोधिने सामान्य प्रश्नहरूका उत्तर दिन्छन्।
शुरुदेखि नै द ब्ल्याक एक्सपिरियन्स जापान आफ्नो एउटै लक्ष्य लिएर अघि बढिरहेको छ:
We still have a burning desire to share a plethora of experiences (and all things black in Japan) in an effort to paint a more accurate picture of life in Japan for the black individual.
हामी अझै अनुभवको (जापानका सबै अश्वेत चिजबारे) पेटारो खोल्न चाहन्छौ, जापानमा अश्वेतहरूको जीवनको सही चित्र प्रस्तुत गर्न।
द ब्ल्याक एक्सपिरियन्स जापानको वेबसाइटमा लाइभ पोडकास्ट प्रसारण, सदस्यहरूले यात्राका लागि सल्लाह दिनसक्ने वा जापानमा जीवनयापनबारे कुराकानी गर्नसक्ने फोरम र अश्वेतहरूद्वारा एशियाभरि सञ्चालित व्यवसायको डाइरेक्टरी भएको एपको लिंक पनि रहेको छ।
यस भिडियोमा फुकुओका निवासी केन्याकी रुथ र तान्जानियाकी ग्रेस उनीहरू जापान कसरी आए, परम्परागत जापानी पब वा इजाकायामा काम गर्दाको अनुभव, जापानी भाषा राम्रोसँग बोल्न र जापानले कसरी “श्वेत वर्चस्वभन्दा अलग पनि जीवन छ” भन्ने देखाउँछ भन्नेबारे कुरा गर्छन्।