कोलकाता, सेन्ट पिटर्सबर्ग र पेरिस : उपन्यासकार शुमोना सिन्हासँगको अन्तर्वार्ता

शुमोना सिन्हा। तस्वीर फ्रान्सेस्का मान्तोभानी/ गालीमार्ड, अनुमतिमा प्रयोग गरिएको।

शीत युद्धका बेला दुवै राष्ट्रको एउटै विचारधारा रहेकोले सोभियत संघ र भारतबीच सुमधुर मैत्रीसम्बन्ध रहेको थियो। यस क्षेत्रमा आफ्नो उपनिवेशिक आकांक्षाअनुरूप जारशासित रूसले लामो समयसम्म बेलायतविरोधी आन्दोलनहरूलाई समर्थन गर्दै आएको थियो। सन् १९१७ पश्चात् सोभियत संघले कम्युनिष्ट विचारधारामार्फत भारतमा आफ्नो उपस्थिति बढायो र एक विवेचनाअनुसार भारतीय कम्युनिष्ट पार्टी सीपीआईको स्थापना सन् १९२० मा ताशकन्दमा भएको थियो।

कोर्नी चुकोभ्स्कीद्वारा लिखित प्रख्यात बालकथा मोइदोदिरको सन् १९५३ को संस्करणको आवरण पृष्ठ। लेभ क्ल्याच्कोले प्रथम पल्ट सन् १९२० मा आफ्नो रादुगा प्रकाशन गृहमार्फत यो पुस्तक प्रकाशन गरेका थिए। फोटो: फिलिप नुबेल, अनुमतिमा प्रयोग गरिएको।

सन् १९९१ मा आफ्नो अवसानपूर्व सोभियत संघले भारतीय बालबालिका र बुद्धिजीवीका पुस्तालाई प्रभावित गर्ने सोभियत साहित्यको अनुवाद र वितरणमा सहयोग गरेको थियो।

यही रूस भारत सम्बन्ध शुमोना सिन्हाको नवीनतम पुस्तक “ल टेष्टामेन्ट रूस” (रसियाली संकल्प) को मुख्य विषय रहेको छ।

उनका धेरैजसो समकालीनजस्तै उनी ती उपन्यास पढ्दै कोलकातामा हुर्किइन्। अन्त्यमा उनी फ्रान्सतिर लागिन् र आफ्नो मातृभाषाबाहेक अन्य भाषामा आफ्ना कृति प्रकाशन गर्ने नाम चलेकी बाह्यभाषी लेखक बनिन् ।

“ल टेष्टामेन्ट रूस” सन् १९८० ताका कोलकातामा बस्ने एउटी बंगाली किशोरी तान्यामा केन्द्रित रहेको छ। उनी आफ्नो सामाजिक र पारिवारिक पृष्ठभूमि त्यागेर स्थानीय कम्युनिष्ट विद्यार्थी आन्दोलनमा आबद्ध हुन्छिन् र अन्ततोगत्वा रसियन पढ्छिन्। तर उनको खास उत्प्रेरणा यहूदी रसियन पत्रकार लेभ क्ल्याच्को हुन्छन्। सन् १९२० ताका लेभ प्रकाशक बन्ने निधो गर्छन् र राजनीतिबाट स्वतन्त्र प्रकाशन गृह रादुगाको स्थापना गर्छन्। उनले कोर्नी चुकोभ्स्की, कुज्मा पेत्रोभ भोद्किनजस्ता रसियन साहित्य तथा कलाका दिग्गजहरूसँग सहकार्य गरे तर अन्ततोगत्वा उनले सेन्सर हुनुपर्यो सन् १९९३ मा उनको मृत्यु भयो।

कसरी सोभियत बाल पुस्तकहरूले उनको भाषा, संस्कृति तथा पहिचानको यात्रालाई प्रभावित गर्यो भन्ने कुरा जान्नका लागि जीभी लेखक फिलिप नुबेलले शुमोना सिन्हासँग गरेको कुराकानीको संक्षिप्त सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।

फिलिप नुबेल: तपाईंको नवीनतम उपन्यासमा तपाईंले १८ औं शताब्दीसम्मका सम्बन्धहरू खोतल्नु भएको छ ती सम्बन्धहरूले रूस र सोभियत संघलाई विचारधारा र अनुदित बाल साहित्यले बंगालसँग जोडेका छन्। यस धरोहरबारे थप जानकारी दिनुस् न। कोलकातामा हुर्कदै गर्दा के तपाईंले पनि यस्तै अनुभव गर्नुभयो?

Shumona Sinha (SS) L’héritage de la littérature russe au Bengale occidental crée le cadre de mon roman, oui. Beaucoup de Bengalis qui possèdent une collection de livres chez eux, ont un rayon russe. Les livres russes et soviétiques ont joué un rôle important et pourtant délicat, ont influencé les pensées de tant de Bengalis, façonné leur regard sur la vie. Non seulement les classiques mais aussi les auteurs de la jeunesse comme Nicolaï Ostrovski, Arkadi Gaïdar, Dmitri Mamine Sibiriak, Boris Polevoï… C’était pareil chez moi. D’autant que mon père était économiste, professeur d’économie à l’institut équivalent de Science-Po, marxiste et leader communiste des années 1970. Il a failli être assassiné par les hommes de main d’Indira Gandhi. C’est d’ailleurs le sujet de mon troisième roman Calcutta. J’ai grandi avec les livres russes. Mes premiers contes de fées étaient russes, et non bengalis. C’est pourquoi j’ai été éprise de Kliatchko ! En fouillant dans les archives on trouve sa trace, mais rien n’a été écrit sur lui depuis sa mort, personne n’a contacté sa famille. Trouver leur trace et raconter cette histoire était une noyade voluptueuse pour moi.

शुमोना सिन्हा: वास्तवमा यस पुस्तकको खाका पश्चिम बंगालमा रहेको रसियन साहित्यको धरोहरमा आधारित छ। किताब मन पराउने धेरै बंगालीका घरमा रसियन किताबले भरिएका तख्ता हुन्छन्। रसियन र सोभियत किताबले धेरै बंगालीको सोचाइलाई प्रभावित गरे र उनीहरूले जीवनमा लिने निर्णयमा अहम भूमिका खेले। क्लासिक्समात्र नभई निकोलाइ ओस्त्रोभ्स्की, आर्कादी गेदार, दिमित्री मामिन सिबिर्याक, बोरिस पोलेभोईजस्ता बाल साहित्यका लेखकले पनि मेरो घरमा पनि त्यही भएको थियो। त्यो बाहेक, मेरो बुवा अर्थशास्त्री हुनुहुन्थ्यो र त्यही पढाउनुहुन्थ्यो, साथै उहाँ माक्र्सवादी हुनुहुन्थ्यो र सन् १९७० ताकाका कम्युनिष्ट नेता पनि। उहाँलाई इन्दिरा गान्धीका समर्थकले झण्डै सिध्याएनन्। यो मेरो तेस्रो उपन्यास “कलकत्ता”को विषयवस्तु हो। म रसियन किताब पढेर हुर्किए। मेरा शुरुवाती परीकथा रसियन थिए, न कि बंगाली। त्यसैले गर्दा मैले क्ल्याच्कोलाई मन पराउन थाले ! पुराना अभिलेख खोतलेर हेर्ने हो भने उनका बारेमा पत्ता लगाउन सकिन्छ, तर उनको मृत्युपश्चात् उनको बारेमा केही लेखिएको छैन, कसैले पनि उनको परिवारसँग सोधपुछ गरेन। उनीहरूलाई खोज्न र त्यो कथा भन्न मलाई डुब्दाखेरिको आनन्ददायी अनुभूति भयो।

फिलिप नुबेल: तपाईंको किताब किताबहरूको बारेमा लेखिएको किताब पनि हो। सोभियत किताबहरूका साथै हिटलरको मेइन क्याम्प्फ पनि बिक्री गर्ने किताब पसल गर्नेकी छोरी तान्या प्रकाशक लेभ क्ल्याच्कोको भाग्य देखेर आकर्षित हुन्छिन्। आजको समयमा किताब र साहित्यको कस्तो प्रभाव रहेको छ?

SS: La scène d’autodafé de mon roman est imaginaire. La vente libre de Mein Kampf, le fait qu’il soit un best-seller en Inde, surtout parmi les jeunes, m’ont révoltée. Depuis la montée au pouvoir national de Modi alias son parti suprémaciste hindouiste BJP, depuis les déclarations massives et éhontées pro-Hitler, islamophobes de ses électeurs, j’ai voulu en parler dans mon roman. Le pouvoir des livres et de la littérature est majeur. Mais les livres aussi mentent, ce n’est pas mentir-vrai comme a dit Aragon, mais plus compliqué. On propage les idées suprémacistes, sectaires, religieuses, en guise d’une quête personnelle spirituelle. Doit-on bannir ces livres-là ? C’est le piège de la démocratie. Le capitalisme est un totalitarisme à ciel ouvert. On me considère comme un écrivain engagé, mais dans mes livres je cherche à explorer les complexités de la vie, j’ai horreur des discours binaires, dogmatiques. La littérature n’a pas la prétention de changer le monde, mais elle peut dévoiler la condition humaine, elle peut semer les germes d’espoir, de rêve pour un monde meilleur, accompagner le lecteur esseulé et lui donner un élan renouvelé.

शुमोना सिन्हा: मैले मेरो उपन्यासमा किताब जलाइएको दृश्य कल्पना गरे। “मेइन क्याम्प्फ” सजिलैसँग उपलब्ध छ तर भारतमा खास गरेर युवामाझ यो बेस्टसेलर हो भन्ने कुराले मलाई आन्दोलित बनायो। मोदीले आफ्नो हिन्दूवादी पार्टी बीजेपीसँगै शक्तिशाली भएपछि उनका भोटरले हिटलरको समर्थनमा र मुस्लिमको विरोधमा ठुल्ठुला र लाज नभएका अभिव्यक्ति दिएका छन्। म यो कुरा आफ्नो उपन्यासमा भन्न चाहन्थे। पुस्तक र साहित्यको शक्ति विशाल छ। तर किताबले झुठा कुरा पनि भन्छन्। फ्रान्सेली कवि आरागनले कुनैबेला निओलजिज्म सिर्जना गरे मन्तिख भख्याए जसको अर्थ किताबहरूले सत्य भन्नका लागि ढाट्छन्, तर वास्तवमा त्यसभन्दा पनि यो कुरा जटिल छ। मानिसहरू आफ्ना व्यक्तिगत आध्यात्मिक चाहना भन्दै श्रेष्ठता, सम्प्रदाय, धर्मका कुरा फैलाउँछन्। के त्यस्ता किताबमा प्रतिबन्ध लागाउनुपर्छ ? यो लोकतन्त्रको पासो हो। पूँजीवाद सर्वसत्तावादको खुल्ला स्वरूप हो। मानिसहरू मलाई राजनीति र सामाजिक मुद्दामा समर्पित लेखकका रूपमा व्याख्या गर्छन्, तर मेरा किताबहरूमा म जीवनका जटिलताहरू खोज्ने प्रयास गर्छु। म दोहोरो र कट्टरपन्थी विचारधारा मन पराउँदिन। साहित्यले विश्व बदल्न सक्छ भन्ने स्वाङ गर्दैन, तर यसले मानव परिस्थितिबारे प्रकाश पार्न सक्छ, आशाका बिउ रोप्न सक्छ, सुन्दर विश्वको सपना देखाउन सक्छ, एक्लै रहेका पाठकलाई साथ दिन्छ र उनीहरूलाई नयाँ उत्साह दिन्छ।

फिलिप नुबेल: तपाईंका उपन्यासले भारत र रूस समेट्छ – तपाईंले अमेरिकालगायत धेरै ठाउँ घुम्नु भएको छ, तपाईंको उपन्यासबारे अनुसन्धान गर्न र क्ल्याच्कोको इतिहास बुझ्न। के तपाईंको उपन्यास “ल टेष्टामेन्ट रूस”लाई विश्वव्यापी उपन्यास भनेको स्वीकार गर्नुहुन्छ ? के २१ औं शताब्दीमा सबै साहित्य विश्वव्यापी हो ?

SS: Bien sûr, je le prends comme un compliment. C’est même l’aspiration du Testament russe.Même si tous les romans du XXIème siècle ne le sont pas. Il y a des romans français qui s’inscrivent dans le contexte historico-social franco-français. Ce n’est ni une qualité de plus, ni un défaut évidemment.

शुमोना सिन्हा: अवश्य पनि, यो शब्दलाई म सम्मानका रूपमा लिन्छु। मैले मेरो उपन्यासलाई यस्तै बनाउन खोजेको छु। तर २१ औं शताब्दीका सबै उपन्यास विश्वव्यापी छैनन्। केही फ्रेन्च उपन्यास विशेष गरी फ्रेन्च ऐतिहासिक र सामाजिक परिवेशमा आधारित रहेका छन्। यसलाई उनीहरूको विशष्ट गुण वा त्रुटि शायदै भन्न मिल्छ होला।

फिलिप नुबेल: तपाई विश्वव्यापी र बाह्यभाषी लेखक हुनुहुन्छ। तपाईं विभिन्न संस्कृति र भाषासँगै हुर्कनु भएको छ यस प्रक्रियाले तपाईंले कहाँ ल्याइपुर्याएको छ? तपाईंले आफ्ना असंख्य पहिचानलाई कसरी सँगै लग्नु भएको छ? आफ्नो मातृभाषाबाहेक अन्य भाषामा लेख्नुको चुनौती र अवसर के के हुन्?

SS: Je suis venue à la littérature non seulement pour franchir les frontières mais pour les voir effacées. Je n’ai jamais eu de solidarité ethnique ou communautaire. Je me considère comme une métisse culturelle, une nomade et heureuse de l’être. Ce n'est pas l’Inde ou la France qui sont ma patrie, mais la langue française.

Quant à écrire en français, on ne choisit pas la langue, c’est la langue qui nous choisit. Alors on n’a plus le choix. Ça se passe dans le corps. On est habité par la langue. Le français m’était d’abord une langue étrangère, ensuite une langue autre, puis la langue, ma langue. Toutes les autres langues natales de ma vie antérieure sont endormies, comme des rivières souterraines, elles ne sont pas manifestes, et le français est devenue ma langue vitale car je ne sais plus concevoir ma vie dans une autre langue que le français. Écrire en français est révolutionnaire pour moi qui ai écrit en bengali quand j’étais adolescente et jeune femme, et je n’ai jamais écrit en anglais. Contrairement au bengali qui est une langue limpide, le français est une langue rationnelle et analytique, ainsi écrire en français a façonné ma pensée. Les interrogations linguistiques et existentialistes sont devenues la matière de mes livres. Quand on est écrivain en situation d'exophonie, on vit toujours une intranquillité vis-à-vis de la langue autre. Cet état est excitant, propice à la création.

शुमोना सिन्हा: म साहित्यमा बोर्डर पार गर्नका लागि मात्र आएको हैन, तर बोर्डर हटेको हेर्नका लागि हो। मलाई कहिल्यै पनि जातीय वा सम्प्रदायवादी एकता महसुस भएन। म आफूलाई मिश्रित सांस्कृतिक पहिचान भएको एक खुशी यायावर ठान्दछु। भारत वा फ्रान्स मेरो स्वदेश होइनन्, फ्रेन्च भाषा चाहि हो।

म फ्रेन्चमा लेख्छु भन्नुको तात्पर्य हामीले भाषा रोज्ने होइन कि भाषाले हामीलाई रोज्ने हो। र, त्यसपछि हामीसँग रोज्ने अवसर रहँदैन। यो शरीरभित्रै हुने कुरा हो। फ्रेन्च मेरोलागि विदेशी भाषा थियो, त्यसपछि यो अर्को भाषा बन्यो, त्यसपछि भाषामात्र भयो, र अन्त्यमा मेरो भाषा भयो। मेरा पूर्वजन्मका सबै मातृभाषा सुषुप्तअवस्थामा छन्, जमीनमुनिका नदीजस्तै, तिनीहरू देखिन्नन्, र फ्रेन्च महत्वपूर्ण भाषा भयो किनकि म आफ्नो जीवन यो भाषामा मात्र कल्पना गर्न सक्छु। फ्रेन्चमा लेख्नु मेरालागि क्रान्तिकारी कुरो हो, म किशोरी र युवती हुँदा बंगालीमा लेख्ने व्यक्तिकालागि। मैले कहिल्यै अंग्रेजीमा लेखिन। बंगालीको दाँजोमा जुन कि स्पष्ट भाषा हो, फ्रेन्च तर्कयुक्त र विश्लेषणात्मक छ जसले मेरो सोचाइलाई विकसित हुन मद्दत गर्यो। भाषागत तथा अस्तित्ववादी प्रश्नहरू मेरा किताबका लागि प्रेरणा भएका छन्। तपाईं बाह्यभाषी लेखक हुँदा, तपाईंको अन्य भाषासँगको सम्बन्ध सधैं असहज रहन्छ। मनको यो अवस्था सिर्जनाका लागि रोमाञ्चक र सहायक हुन्छ।

फिलिप नुबेल: तपाईंको पुस्तक नानी भौमिकजस्ता अनुवादकमा पनि समर्पित छ। तपाईंले पनि शरण खोज्नेहरूका लागि दोभाषेको काम गर्नुभयो। साहित्यिक अनुवादकको कति महत्व हुन्छ?

SS: Le travail des traducteurs littéraires est d’une valeur inestimable ! Ils jouent un rôle primordial pour construire les ponts et les passerelles entre les pays et les cultures. Nani Bhowmik est d’un talent rare. Il a écrit lui aussi des romans, primés par l’Académie indienne de la littérature. Son œuvre est marquée par son voyage entre deux langues, sa langue d’écriture est innovante, affranchie, fantasque et profonde. Pour ma part je me sens plus heureuse de mes anthologies de poésie française et bengalie contemporaines dont j’ai assuré la traduction. Les traducteurs qui ne sont pas eux-mêmes des écrivains, ils réécrivent les textes d’origine dans la langue d’arrivée. C’est à la fois une contribution linguistique, littéraire et socioculturelle. Les livres traduits qui franchissent les frontières sont les messagers d’espoir et de liberté.

शुमोना सिन्हा: साहित्यिक अनुवादकको कार्य अत्यन्तै महत्वपूर्ण छ ! उनीहरू देश र भाषाहरूबीच सेतुको काम गर्छन्। नानी भौमिक दुर्लभ प्रतिभा भएका व्यक्ति थिए। उनका उपन्यास भारतको साहित्य अकादमीबाट पुरस्कृत भएका छन्। उनका लेखन रूसी र बंगाली दुई भाषाबीचको यात्राबाट प्रभावित, नवीन, उन्मुक्त, स्वच्छन्द र गहिरो छ। म चाहिँ समकालीन फ्रेन्च र बंगाली कविता संग्रहहरूको मैले गरेको अनुवादबाट खुशी छु। अनुवादक आफै लेखक नभए पनि स्रोत भाषाका शब्दलाई गन्तव्य भाषामा पुनर्लेखन गर्छन्। यो भाषागत, साहित्यिक, तथा सामाजिक सांस्कृतिक योगदान हो। सीमाना छिचोल्ने अनुदित पुस्तक आशा र स्वतन्त्रताका संवाहक हुन्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.