३० वर्षसम्म प्रतिबन्धित सिंगापुरकाे एक मात्र मार्शल आर्ट चलचित्र अब युट्युबमा

‘रिङ् अफ फ्युरी’ चलचित्रकाे एक दृष्य । युट्युबबाट लिइएकाे स्क्रीनशट।

सिंगापुरकाे पहिलाे र एक मात्र मार्सल आर्ट चलचित्र ‘रिङ् अफ फ्युरी’ अब युट्युबमा हेर्नका लागि उपलब्ध छ ।

याे चलचित्र सन् १९७३ मा बनेकाे भए तापनि एशियन फिल्म आर्काइभका अनुसार सिंगापुर आक्रामक रूपमा आफ्नाे राष्ट्रिय सार्वजनिक छवि सफा बनाउन लागीपरेकाे बेला यस चलचित्रले देखाएकाे अपराधिक तथा हिँसात्मक घटनाहरूका कारण यसकाे सार्वजनिक प्रदर्शनीमा राेक लगाइएकाे थियाे ।

सन् २००५ मा एक स्थानीय चलचित्र महाेत्सवमा यस चलचित्रकाे प्रदर्शनी गरिएकाे थियाे र एशियन फिल्म आर्काइभले यसलाई पुनर्स्थापना गरेकाे थियाे ।

भलै यस चलचित्रकाे कमै मात्र वितरण भए तापनि यसलाई ‘सिंगापुरे चलचित्र विधाकाे रत्न’ नै मानिन्छ

याे चलचित्र सन् १९७२ मा प्रदर्शनीमा आएकाे ब्रुस लीकाे ‘फिस्ट अफ फ्युरी’ चलचित्रबाट प्रभावित छ । यसले चाउचाउ बेच्ने एकजना व्यापारीकाे कथा भन्छ जसले आफ्नाे परिवारकाे बदला लिनकाे लागि कुङ्फु सिक्छ र गिराेहकाे जमातसँग भिड्छ ।

याे सिंगापुरकाे चलचित्रकाे कथामा ऐतिहासिक रूपमा अर्थपूर्ण छ र धेरै रमाइलाे छ । बाेन–क्रन्चिङ युद्ध, मुखाैटाकाे तल मुखाैटा, कुकुरले सिधै क्यामेरामा हेरेकाे, रङ्गिन साते क्लब, जुराेङ चरा पार्क, भ्रष्ट अपराधिक गिराेहहरूका भाेज– याे सबै यस चलचित्रमा हेर्न पाइन्छ ।

यस चलचित्रकाे मुख्य कलाकार पिटर चाेङ हुन् । उनी वास्तविक कराँते मास्टर हुन् । जसले साे चलचित्र पुनर्स्थापना हुनु अघि चललचित्रकाे एक मात्र प्रतिलिपि वर्षाैंसम्म रेफ्रिजेरेटरमा लुकाएर राखेका थिए ।

एशियन फिल्म आर्काइभका संग्रहकर्ता च्यू टी पाओले यस चलचित्रका सह–निर्देशक जेम्स सेवास्टनसँग सन् २०१९ मा ‘रिङ अफ फ्युरी’ निर्माण गर्दाका चुनाैतीहरूका बारेमा कुराकानी गरेका थिए ।

संग्रहकर्ता लेख्छन्ः

As a film that portrayed gangsterism in 1970s Singapore, the filmmakers encountered real gangsters just like those who intimidated the local hawkers on set and had to tread carefully not to overstep certain boundaries. Filmed in a guerilla manner, the filmmakers did not obtain official permits to shoot at all the locations.

चलचित्रले सन् १९७० काे अपराधी गिराेहकाे कथा भने तापनि यस चलचित्रका निर्माताहरूले वास्तविक अपराधीक गिराेहकाे सामना गर्नु परेकाे थियाे जसले चलचित्र छाँयाकनस्थलका स्थानीय व्यापारीहरूलाई धम्काउने गर्थे । उनीहरूले ती गिराेहहरूकाे निश्चित नियमहरूका उल्लङ्घन नगरी हाेसियारीपूर्वक सामना गरेका थिए । चलचित्रकाे सबै पूर्वनिर्धारित स्थानहरूमा छाँयाकनका लागि औपचारिक अनुमति नपाएका हुँदा उनीहरूले गुरिल्ला शैलीमा चलचित्रकाे छाँयाकन गर्नुपरेकाे थियाे ।

सन् १९७३ मा याे चलचित्रलाई किन सेन्सरले अस्विकृत गर्याे भन्ने बारेमा कलाकार पिटर चाेङले सन् २०१७ मा एक सञ्चार माध्यममा भनेका छन्ः

It's a real story of Singapore in the late 1960s when we still had gangs around collecting protection money. (But the censors) said that you can't take the law into your hands.

याे सन् १९६० काे अन्त्यतिरकाे सिंगापुरकाे वास्तविक कथा हाे; जुनबेला हाम्रा वरिपरि नै अपराधिक समूहहरू प्राटेक्शन मनी अर्थात सुरक्षाका लागि पैसा उठाइ हिँड्थे । तर सेन्सरले ‘कानुन हातमा लिनु हुन्न’ भन्याे ।

सन् १९६५ मा सिंगापुर मलेशियाबाट स्वतन्त्र देश बन्याे । राज्यकाे स्थापना भएदेखि हालसम्म पनि पिपल्स एक्सन पार्टी शक्तिमा रह्याे । सिंगापुरलाई विश्वका धेरै धनी राष्ट्रहरूकाे दाजाेमा पुर्याउने श्रेय पिपल्स एक्सन पार्टीलाई जान्छ । तथापि यस पार्टिलाई कडा सामाजिक नियन्त्रणहरू लागू गरी वाक् स्वतन्त्रता तथा प्रजातन्त्र कमजाेर बनाएकाे आराेप लाग्ने गरेकाे छ ।

सन् २०१७ मा पुर्नस्थापना गरिएकाे ‘रिङ अफ फ्युरी’ हेर्नेहरूले तत्काल साे चलचित्रकाे साँस्कृतिक अवधारणा बुझ्ने माैका पाएका थिए ।

चलचित्र सम्बन्धी छलफल तथा खाेजका लागि विश्वव्यापी रूपमा चर्चित सामाजिक सञ्जाल लेटरबक्स्डमा टिप्पणी गर्दै सिलेस्टे नामक प्रयाेगकर्ताले उक्त चलचित्रले त्याे बेलाकाे सिंगापुरलाई सर्रियल भावमा झल्काएकाे छ जुन अहिलेकाे भन्दा धेरै फरक रहेकाे बताएका छन् ।

some really incredible cinematography and surreal shots of 60s/70s singapore, a place that is almost another country to me.

this had the makings of a classic… it's such a huge piece of sg chinese cinema history

a real tragedy that it was banned on release until 2005, can you imagine the iconic status this film would have now.

केही चमत्कारिक छाँयाकन एवं ६०/७० काे दशककाे सिंगापुरकाे सर्रियल सटहरूले सिंगापुरलाई नै अर्कै कुनै देशकाे रूपमा देखाएकाे छ ।

याे सिंगापुर चाइनिज चलचित्र इतिहासकै एक उत्कृष्ट उदाहरण हाे ।

तर दुखद् कुरा के भने, यसलाई सन् २००५ सम्म प्रतिबन्धित गरियाे । तपाईं अनुमान गर्नसक्नु हुन्छ, यसकाे विम्वात्मक मूल्य हालसम्म के हुन्थ्याे हाेला ।

यदि याे चलचित्रकाे सेन्सर नभएकाे भए याे चलचित्रले सिंगापुरकाे चलचित्र उद्याेगमा पुर्याउन सक्ने उल्लेखनीय भूमिकाका बारेमा लेखक बेन स्लाटेर बताउँछन्:

…it's an attempt in the early seventies to make a commercial genre film. It was kind of like other things happening in Hong Kong. And it didn’t work because it was banned, obviously didn't get a chance in Singapore. And I think, if let’s say in a parallel universe, the film had been released and it had been a huge commercial hit, there could have been 20 or 30 martial arts films that came out of Singapore. It could have, who knows, kickstarted a new studio or whole proliferation of other filmmaking that could have happened at that time. It's very very sad, in fact, in some ways a great tragedy that it didn’t.

… सत्तरीकाे दशककाे शुरूमा व्यवसायिक विधाकाे चलचित्र बनाउनका लागि गरिएकाे एक प्रयास हाे ।  याे हङकङमा अन्य कुराहरू भएकाे जस्तै हाे ।  याे प्रतिबन्धित भएकै कारण र सिंगापुरमा समेत प्रदर्शनी हुने माैका नपाएकाे कारण साेचे जति सफल हुन सकेन । यदि उही बेला याे चलचित्रले प्रदर्शनीकाे अवसर पाएकाे भए र याे व्यावसायिक रूपमा सफल भएकाे भए, हालसम्ममा सिंगापुरमा २० वा ३० मार्शल आर्ट सम्बन्धी चलचित्र बन्ने थिए । यदि त्यसाे भएकाे भए, कसलाई के थाहा, यसले त्यस बेला चलचित्र निर्माणका लागि चाहिने आधुनिक स्टुडियाे वा सम्पूर्ण संयन्त्रहरू तयार गरिसकेकाे हुने थियाे । तर अत्यन्तै दुखद् कुराे, वास्तवमा, त्यसाे हुन पाएन ।

द लास्ट वर्डका एक समिक्षकले यस चलचित्रलाई व्यङ्ग्यपूर्ण मनाेरञ्जनात्मक रहेकाे भनी विश्लेषण गरेका छन्ः

As a film “Ring Of Fury” is terrible but as something that you can sit back and laugh at the pure absurdity that is being displayed on screen, the film is great. Everything about the film was outdated and over the top, from the training montage to the villain, but to be honest I had a blast watching it.

चलचित्रका रूपमा ‘रिङ अफ फ्युरी’ झुर छ तर स्क्रिनमा देखाइने शुद्ध हास्य–व्यङ्ग्यलाई मात्र हेर्ने हाे भने याे चलचित्र गज्जब छ । याे चलचित्रकाे सबै पक्ष पुराना अर्थात् काम नलाग्ने भइसके तर खलनायकलाई तालिम दिने माेन्टाजदेखि लिएर इमान्दार भएर भन्ने हाे भने मलाई भने याे चलचित्र हेर्न मज्जा आयाे ।

र अन्तमा एउटा महत्वपूर्ण प्रश्न छाडेर समिक्षाकाे अन्त्य हुन्छः

…the film shows the viewer a completely different side of Singapore. It’s almost as if the film is a time capsule into Singapore’s past. After watching the film one question still remained. Why was the film only being shown to us now?

…यस चलचित्रले दर्शकलाई सिंगापुरकाे बिल्कुलै भिन्न पाटाे देखाउँदछ । याे सिंगापुरकाे विगतमा डुबुल्की मार्ने समय क्याप्सुल समेत हाे ।  याे चलचित्र हेरिसकेपछि एक प्रश्न अझै टड्काराे रूपमा उठ्छ । अहिले आएर मात्र किन याे चलचित्र हामीले हेर्न पायाैं?

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.