साहित्यमार्फत भारतीय–नेपाली पहिचानको खोजः लेखक प्रज्वल पराजुलीसँगको अन्तर्वार्ता

नेपाली–भारतीय लेखक प्रज्वल पराजुली। अनुमतिमा प्रयोग गरिएको।

भारत र नेपालले दुवैतर्फका नागरिकका लागि खुला १,७५० किलोमिटर लामो सिमाना बाँड्छन्। यो सामिप्यताले जटिल सांस्कृतिक तथा आर्थिक सम्बन्ध सिर्जना गर्नुका साथै नागरिकता, सीमांकन तथा पाकिस्तान र चीनसँगको राजनैतिक संतुलनजस्ता सवालहरूमा द्वन्द्व निम्त्याएको छ।

यस सम्बन्धका बारेमा थप जान्नका लागि मैले भारतीय–नेपाली लेखक प्रज्वल पराजुलीसँग कुरा गरे। उनी नेपाली र भारतीय नेपाली पहिचानलाई विश्वमा कसरी फरक फरक तरिकाले हेरिन्छ भन्ने बारेमा लेख्छन् र यस सवालका बारेमा उनले आफ्ना घारणा यस सम्पादित अन्तर्वार्तामा व्यक्त गरेका छन्।

फिलिप नुबेल (नुबेल): तपाईं अंग्रेजीमा लेख्ने नेपाली भारतीय लेखक हुनुहुन्छ। तपाईं सिक्किममा हुर्कनु भयो र मार्चमा आयोजना हुने पेरिस सालोन दु लिभ्रमा भारतीय साहित्यको प्रतिनिधित्व गर्नका लागि आमन्त्रित हुनुहुन्छ। तपाईंले यस सांस्कृतिक तथा भाषागत सम्बन्धको मिश्रणलाई कसरी हेर्नुहुन्छ?

प्रज्वल पराजुलीको उपन्यास “ल्यान्ड ह्वेर आइ फ्ली”को फ्रेन्च अनुवादको कभर। अनुमतिमा प्रयोग गरिएको तस्वीर।

Prajwal Parajuly (PP): I am of Indian of Nepalese heritage, with parents from two different countries. I also grew up in a former Himalayan kingdom—Sikkim, that was annexed by India in 1975. I think it’s perfectly okay to get goosebumps when one hears Jana Gana Mana, the Indian national anthem, but to feel more at home in Kathmandu, the Nepalese capital, than one does in any big Indian city. It’s okay to pledge allegiance to one country and have a lot in common with another.

प्रज्वल पराजुली (पराजुली): म नेपाली मूलको भारतीय हुँ। मेरा अभिभावक दुई फरक देशका हुन्। म पहिलाको हिमाली राज्य सिक्किममा पनि हुर्किए। सन् १९७५ मा यस राज्यलाई भारतमा गाभियो। कसैले भारतीय राष्ट्रिय गान जन गण मन सुन्दा आङ सिरिङ्ङ हुनु, तर कसैलाई कुनै पनि ठुलो भारतीय शहरभन्दा नेपालको राजधानी काठमाडौं आफ्नो घर जस्तो लाग्नुलाई म ठिकै हो भन्ने ठान्छु। कुनै पनि देशप्रतिको निष्ठा व्यक्त गर्नु र अर्को देशसँग धेरै समानता हुनु स्वाभाविक हो।

I consider both English and Nepali my first languages. I think and dream in English but often pray in Nepali. Nepali is a beautiful language: I can speak endlessly about the onomatopoeic deliciousness you find in abundance in it. We laugh galala. We spit pyachcha. We sit thyaachakka. I have on more than one occasion called my novel “Land Where I Flee” a love letter to the Nepali language.

What a privilege it is to represent Indian literature at a book fair in Paris. I like this idea about a festival having a guest country of honour. It brings a spotlight on books one wouldn’t have ordinarily picked up, it brings up the importance of translations. Translations will keep the world sane.

म अंग्रेजी र नेपाली दुवैलाई मेरा पहिला भाषाका रूपमा हेर्छु। म अंग्रेजीमा सोच्छु र सपना देख्छु तर धेरै जसो नेपालीमा प्रार्थना गर्छु। नेपाली भाषा मिठो छः म नेपाली भाषाका अनगिन्ति अनुकरणात्मक शब्दहरूको मिठासबारे कुरा गरिरहन सक्छु। हामी गललल हाँस्छौ। हामी प्याच्च थुक्छौ। हामी थचक्क बस्छौ। मैले आफ्नो उपन्यास “ल्यान्ड ह्वेर आइ फ्ली” लाई धेरै पटक नेपाली भाषाका लागि प्रेमपत्र भनेको छु।

पेरिसको पुस्तक मेलामा भारतीय साहित्यलाई प्रतिनिधित्व गर्न पाउनु मेरो सौभाग्य हो। मलाई यो महोत्सवमा विशिष्ट अतिथि देशको अवधारणा मन परेको छ। यसले साधारणतया कसैले नछान्ने किताबहरूमा प्रकाश पार्दछ, यसले अनुवादको महत्वलाई उजागर गर्दछ। अनुवादले विश्वलाई सन्तुलित राख्नेछ।

नुबेलः तपाईंको प्रथम पल्ट प्रकाशित पुस्तक “द गुर्खाज डटर” भुटानदेखि न्यु योर्कसम्म छरिएर रहेका प्रवासीसमेत नेपालीहरूका जीवनीबारे लघुकथाहरूको संगालो हो। तपाईंको दोश्रो पुस्तक “ल्यान्ड ह्वेर आइ फ्ली” सिक्किममा आधारित छ र यसले प्रवासन र घरफिर्तिको कथा भन्नुका साथै लैङ्गिक परिभाषाका सवालमा पनि बोल्छ। किन मिश्रित वा परिवर्तनशील पहिचानका सवालहरू तपाईंका लागि यति महत्वपूर्ण प्रेरणाका स्रोत रहेका छन्?

PP: Let me tell you a story. In 2001, a group of us visited Bombay and Goa. It was an exciting time, but we often confronted confused looks from “heartland” Indians. Gangtok, the capital of Sikkim, may loosely rhyme with “Bangkok,” but that was still no reason for a fellow Indian not to know where it was. We were thought of as being from Thailand or Bhutan. Many Indians didn’t even know that Sikkim was a part of India. Anyone who grows up in the northeast of the country will have encountered questions of identity more than the average Indian. There’s no escaping it for the Nepali-Indian who has to stress her nationality every time she mentions her ethnicity. That’s the reason a map prefaces every story in “The Gurkha’s Daughter” and why all editions of “Land Where I Flee” also have maps. It was as much to inform my reader in Missouri as it was for the benefit of my average Indian reader. The northeast is almost always a footnote in the average Indian’s consciousness.

पराजुलीः तपाईंलाई म एउटा कथा भन्छु। सन् २००१ मा हाम्रो समूहले बम्बै र गोवा घुम्यो। त्यो रमाइलो क्षण थियो, तर हामीले आफूलाई “भित्रैदेखि भारतीय” ठान्नेहरूको अस्पष्ट हेराइको पटकपटक सामना गर्नुपर्यो। सिक्किमको राजधानी गान्तोक उच्चारणमा “बैंकक”सँग मिल्दोजुल्दो होला, तर त्यसो भनेर त्यो ठाउँ कहाँ छ भन्ने एउटा भारतीयले जान्नु पर्दैन र। हामीलाई थाइल्याण्ड वा भुटानबाट आएका झै गरेर हेरियो। कति भारतीयलाई त सिक्किम भारतकै भू–भाग हो भन्ने नि थाहा रहेनछ। भारतको नोर्थइष्ट (उत्तरपूर्व) मा हुर्किएका जो कोहीले पनि सामान्य भारतीयभन्दा धेरै नै पहिचानका सवालहरूका सामना गरेका हुन्छन्। नेपाली–भारतीय पनि यसबाट अछुतो छैनन्, उनीहरूले आफ्नो पहिचान खुलाउनु पर्दा हरेक पल्ट आफ्नो राष्ट्रियतामा जोड दिनु पर्ने हुन्छ। यसै कारण “द गुर्खाज डटर” का पत्येक कथाभन्दा पहिला एउटा नक्शा पाउनुहुनेछ र “ल्यान्ड ह्वेर आइ फ्ली” का हरेक संस्करणमा नक्शा राखिएको छ। मिजोरीका मेरा पाठकलाई जानकारी दिनुका साथै सामान्य भारतीयको बुझाइका लागि पनि नक्शा राखिएको हो। सामान्य भारतीयको बुझाइमा नोर्थइष्ट सधैं नै अलिक कम महत्वपूर्ण रहिआएको छ।

I've always been fascinated by gender identity, by fluidity in sexual identity. “Land Where I Flee” has a eunuch character. I can think of at least two other books that were published in the last several years with prominent eunuch characters. I think every South Asian wants to write about eunuchs.

लैङ्गिक पहिचान, यौनिक पहिचानमा परिवर्तनशीलताले मलाई सधैं नै आकर्षित गर्छ। ल्यान्ड ह्वेर आइ फ्ली मा एउटा तेस्रोलिङ्गी पात्र छन्। मलाई विगतका वर्षहरूमा तेस्रोलिङ्गी मुख्य पात्र भएका कम्तिमा दुई किताब मैले थाहा पाएको छु। मलाई लाग्छ प्रत्येक दक्षिण एशियन तेस्रोलिङ्गी व्यक्तिका बारेमा लेख्न चाहन्छन्।

नेपालका सबैभन्दा ठुला स्तुपमध्ये एक काठमाडौंको प्रतिष्ठित बौद्धनाथ। तस्वीरः फिलिप नुबेल, अनुमतिमा प्रयोग गरिएको।

नुबेलः तपाईंको विचारमा, सम्भवतः अनुवादमार्फत अन्तर्राष्ट्रिय स्तरमा चिनिनु पर्ने नेपाली र भारतीय लेखक को–को हुन्।

PP: Where do I begin? Narayan Wagle, who is likely the biggest-selling Nepali-language writer in the world, deserves to be translated widely. I would also mention Nepali-language writer Indra Bahadur Rai. Tashi Choppel, whose “How to Collect a Folktale“, was recently published by Rachna Publications, deserves global readers. He’s undoubtedly one of the best poets in the country. Others include Chetan Raj Shrestha, Sandip Roy and Sumana Roy. For us to understand Nepal through non-fiction, Sujeev Shakya’s Unleashing the Vajra is a must-read. I am also looking forward to Amish Raj Mulmi’s new book on Nepal and China. Sanu Lama and Bir Bikram Gurung—Nepali-language writers from Sikkim and Darjeeling—also deserve a worldwide readership.

पराजुलीः म कहाँबाट शुरु गरौं? सम्भवतः विश्वभरि सर्वाधिक बिक्री भएको नेपालीे पुस्तकका लेखक नारायण वाग्लेका कृति अनुवाद गरिनु पर्छ। अर्को नाम लिनुपर्दा नेपाली भाषाका लेखक इन्द्र बहादुर राई। ताशी छोपेलद्वारा लिखित र रचना पब्लिकेशन्सद्वारा हालसालै प्रकाशित हाउ टु कलेक्ट अ फोकटेल अन्तर्राष्ट्रिय स्तरमा लग्न जरुरी छ। उनी निस्सन्देह भारतका श्रेष्ठ कविमध्ये एक हुन्। अन्यमा चेतन राज श्रेष्ठ, सन्दीप रोय र सुमना रोय हुन्। गैर–आख्यानमार्फत नेपाल जान्नका लागि सुजीव शाक्यको अनलिशिङ द बज्र पढ्नैपर्ने कृति हो। म अमीश राज मुल्मीको नेपाल र चीनबारे नयाँ किताबको पनि प्रतीक्षामा छु। सिक्किम र दार्जिलिङका नेपाली भाषाका लेखक सानु लामा र वीर विक्रम गुरुङका कृति पनि अन्तर्राष्ट्रिय पाठकसामु लग्न जरुरी छ।

काठमाडौंको सडकको दृश्य। तस्वीरः फिलिप नुबेल, अनुमतिमा प्रयोग गरिएको।

नुबेलः तपाईंका कृतिहरू अनुवाद भएका छन् र गरिंदै छन्। तपाईं आफ्ना अनुवादकहरूसँग कति सामीप्यमा काम गर्नुहुन्छ?

PP: I work very closely with the translators. I enjoy the process, a translator’s interpretation of my work. Benoîte Dauvergne, my French translator, and I had worked before for a wonderful French magazine called Jentayu. Collaborating with her on “Fuir et revenir” felt like being reunited with a close friend. My parents translated my book into Nepali. My characters often speak in Nepali, so for their conversation to be rendered in English by me entailed a process of translation. In many ways, my translators are translating conversations that are already translated. Translators are such amazing people. To translate is a selfless act.

पराजुलीः म अनुवादकहरूसँग एकदम नजिक रही काम गर्छु। मलाई अनुवादकको प्रस्तुतीकरण र सम्पूर्ण प्रक्रिया मन पर्छ। मेरो फ्रेन्च अनुवादक बेन्वा दोभर्गनसँग मैले एउटा फ्रेन्च पत्रिका जेन्तायुका लागि पहिला नै काम गरेको थिए। “फुइह ए खोभनियह” का लागि उनीसँग सहकार्य गर्दा नजिकको साथीसँग पुनर्मिलन भएझै लागेको थियो। मेरा अभिभावकले मेरो किताब नेपालीमा अनुवाद गर्नुभयो। मेरा पात्रहरू प्राय गरी नेपालीमा बोल्छन्, त्यसैले उनीहरूको कुराकानीलाई अंग्रेजीमा भन्नका लागि अनुवाद गर्नुपर्यो। धेरै पटक मेरा अनुवादकले पहिले नै अनुवाद गरिएका कुराकानीलाई अनुवाद गर्छन्। अनुवादकहरू गज्जबका हुन्छन्। अनुवाद गर्नु भनेको एउटा निस्वार्थ गरिने कार्य हो।

काठमाडौं नजिकको पाटन शहरको एक किताब पसल। तस्वीरः फिलिप नुबेल, अनुमतिमा प्रयोग गरिएको। 

नुबेलः अहिले नेपाल र भारतमा किताब पढ्ने संस्कृति कस्तो छ? हामीले पश्चिममा स्वतन्त्र किताब पसलहरू संघर्षरत रहेको कुरा सुन्छौ। के दक्षिण एशियामा केही फरक छ?  

PP: You’ve caught me at a strange time. I just discovered that pirated copies of my books have infiltrated the market. I guess I should be flattered because the bottom line is that people are reading. Of the hundreds of challenges I face as a writer, I never thought tackling counterfeit copies would be right up there. I have spent the last few days exchanging emails with my publishers and distributors about what actions they will take. It is a most exciting time to be a writer in India if the proliferation of literary festivals is any indication. I am amazed by what I see at Rachna Books, my hometown bookstore. The store has become a tourist destination. Imagine a bookstore being on every must-visit list! People are reading, and books sell. When in Kathmandu recently, I went to Nepalaya, my Nepali-language publishers, and saw that the Nepali translation of “The Gurkha’s Daughter” had sold over 10,000 copies. Isn’t that wonderful? The book being read by the very people it was about in the very language the characters speak in? Heart-warming. The book has reached the most remote corners of Nepal.

पराजुलीः तपाईंले मलाई अनौठो समयमा यो प्रश्न गर्नु भयो। मैले भर्खरै मेरा किताबका जाली प्रति बजारमा आएको थाहा पाए। मेरो विचारमा म खुशी हुनुपर्ने हो किनभने मानिसहरू मेरा किताब पढ्दैछन्। लेखकका रूपमा सामना गर्नुपर्ने सयौं समस्याहरूमध्ये जाली प्रति पनि पर्लान भनेर सोचेको पनि थिइन। गत केही दिन मैले मेरा प्रकाशक र वितरकसँग उनीहरूले के कदम चाल्छन् भन्नेबारे इमेल आदानप्रदानमा बिताए। यो भारतमा लेखकका लागि सबैभन्दा गज्जबको समय हो, यदि यति विध्न आयोजित साहित्यिक सम्मेलनका कुरा गर्ने हो भने। मेरो गृहशहरको रचना बुक्स अगाडिको दृश्य देखेर म अचम्म मान्छु। यो पसल पर्यटकीय गन्तव्य भएको छ। सोच्नुस् एउटा किताब पसल पुग्नै पर्ने ठाउँको सूचीमा परेको ! मानिसहरू पढ्दैछन्, र किताब बिक्छन्। हालसालै म काठमाडौं गएको बेला नेपाली भाषाका प्रकाशक नेपालय पुगेको थिएँ र मेरो किताब “द गुर्खाज डटर” को नेपाली अनुवादको १०,००० प्रति बिक्री भइसकेको पाए। के यो गज्जब हैन? पढ्ने व्यक्तिका लागि उसकै बारे उसैले बोल्ने भाषामा पात्रहरूले बोल्ने किताब। कति आत्मीय। यो किताब नेपालका कुनाकाप्चामा पुगेको छ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.