विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

ट्वीटरमा अश्वेत इतिहासका कथा उतार्ने ब्राजिलियन लेखक

एल सान्तोस, अनुसन्धाता तथा लेखक। फोटो: पालिन्यो, अनुमतिमा प्रयोग गरिएको।

बेओबाब अर्थात अदनसोनिया अफ्रिका, मध्य–पूर्व, तथा अष्ट्रेलियामा पाइने एक प्रकारको रूख हो। यस रूखको एक फन्को मार्नुभयो भने तपाईंले आफ्नो जिन्दगीका बारे केही कुरा बिर्सनु हुनेछ। केही अफ्रिकी यस कुरामा विश्वास गर्थे। त्यसैले अश्वेतहरूलाई बन्धक बनाई दास बनाउन लग्नुपूर्व उनीहरूलाई बेओबाब रूखवरिपरि फन्को लगाउन लगाइन्थ्यो ताकि उनीहरूले आफ्ना संस्कृति र भूतका सबै कुरा त्यही विस्मृतिको रूखमै बिर्सिउन्।

ब्राजिलियन लेखक एल सान्तोस आफ्नो पुस्तक रास्त्रोस दा रेजिस्टेन्सिया (पोर्चुगिजमा “प्रतिरोधका पदचापहरू”) को प्राक्कथनमा यो कथा उल्लेख गर्छन्। ब्राजिलमा अक्टोबरमा प्रकाशित भएको यस पुस्तकमा वास्तविक जीवनका अश्वेत नायकहरूबारे २० कथा संग्रहित छन्।

दास बनाइएका मानिसहरूको जरा र पहिचान मेटाउन युरोपेलीले प्रयास गरे पनि, यस किताबमा सान्तोस भन्छन्, मौखिक परम्पराले अफ्रिका र त्यहाँका प्रवासीको इतिहास जीवित राखेको छ। बेओबाबको कथा जस्ता कथाहरू, हराइसकेको ठानिएका सांस्कृतिक सम्प्रभुत्वको पुनरुत्थानका लागि अत्यन्त महत्वपूर्ण छन्। उनी लेख्छन्:

Na África Ocidental, haviam os griots (ou djéli, na ortografia francesa), guardiões das tradições orais. Eles tinham uma posição de destaque e por vezes também excerciam outras funções, como as de mensageiros, arautos, conselheiros de guerra, artífices. Mas, mais importante, eram registros vivos dos principais acontecimentos de seu povo.

पश्चिमी अफ्रिकामा ग्रिअत भनिने (फ्रेन्चमा जेली) मौखिक परम्पराका अभिभावक हुने गर्थे। उनीहरू प्रतिष्ठित पद धारण गर्थे र सन्देशवाहक, कटुवाल, युद्ध सल्लाहकार, शिल्पकारजस्ता अन्य पेशा पनि अँगाल्थे। तर, विशेष गरेर, उनीहरू त्यहाँका मानिसका जीवनमा घट्ने घटनाका जीवित रेकर्ड थिए।

अफ्रिका र प्रवासीका इतिहासबारे थ्रेडका लागि ब्राजिलमा प्रसिद्ध सान्तोसको ट्वीटर अकाउन्ट @savagefiction मा आधारित यो पुस्तकका लागि डेढ वर्षको अनुसन्धान गरिएको थियो।

सान्तोसले शुरुमा ती एतिहासिक घटनाहरू ह्वाट्सएपमा आफ्ना साथीहरूको सानो समूहलाई सुनाउन थाले। जुन २०१८ मा उनले आफ्ना कथालाई ट्वीटरमार्फत सुनाउने निधो गरे। बेल्जियमका लियोपोल्ड द्वितीयद्वारा हालको प्रजातान्त्रिक गणतन्त्र कंगोमा १९ औं शताब्दीको अन्त्य र २० औं शताब्दीको शुरुवातबीचमा ८० लाखदेखि १ करोडसम्म मानिसको जातिसंहारसम्बन्धी सान्तोसको थ्रेड पहिलो पल्ट भाइरल भयो:

अफ्रिकीविरुद्ध अनेकन् एतिहासिक अन्याय भएका छन्, यहूदीहरूलाई जलाइएको घटनालाई मानवताविरुद्ध भएको सबैभन्दा जघन्य अपराध मान्नु गल्ती हुनेछ। त्यसभन्दा पनि क्रूर रक्तपिपासु दानव थिए लियोपोल्ड द्वितीय। यो थ्रेड दुःखद तर आवश्यक छ, उनीहरूका लागि जसलाई कंगोको मानव दहनबारे थाहा छैन।

सान्तोसलाई कथाहरू ज्ञानका शक्तिशाली हतियार हुँदारहेछन् भन्ने आभास भयो। लियोपोल्डको थ्रेडपश्चात् उनले मानव चिडियाखानाबारे लेखे जहा युरोपका उपनिवेशका आदिवासीलाई जनावरजस्तै प्रदर्शनीमा राखिएको थियो:

उपनिवेश बनाइएका मुलुकहरूको ऐतिहासिक स्मृति नहुँदा युरोपियनहरू पक्कै पनि खुशी होलान्। कसैले कुरा नगरिदिंदा क्रूर र विध्वंसात्मक अतीतलाई बिर्सन सजिलो हुन्छ। यो थ्रेड विश्वभरि रहेका यस्ता अमानवीय जातिवादी चिडियाखानाहरूबारे थाहा नहुनेहरूका लागि हो।

सान्तोस खास गरेर ड्रागाओ दो मार (“समुद्रको ड्रागन”) र तेरेजा दे बेंग्वेला जस्ता धेरै कम थाहा भएको ब्राजिलियन ऐतिहासिक आंकडामा केन्द्रित छन्। ड्रागाओ दो मार राफ्टमा काम गर्ने कामदारका नेता थिए भने तेरेजा किलोम्बोकी रानी थिइन्। किलोम्बो उपनिवेशीय कालका यस्ता बस्ती हुन् जहाँ खास गरेर दासत्वबाट मुक्त भएकाहरू बस्ने गर्दथे। एक समयमा सान्तोसले ब्राजिलमा २०औं शताब्दीको पूर्वाद्र्धमा समुदायको श्वेतकरण गर्ने राजनीतिबारे वा सन् १९९२ मा साओ पाओलो कारागारमा १११ कैदीहरूको सामूहिक हत्याजस्ता घटनाबारे लेखेका थिए।

धेरैलाई थाहा छैन, ब्राजिलका दासता उन्मूलनवादीका कथाले कुनै पनि अश्वेतलाई कँपाउँछ र हाम्रो संघर्षको गौरवमय पैतृक क्रोधमा प्रकाश पार्दछ। यस थ्रेडमा म पौराणिक जनावर ड्रागाओ दो मार (समुद्रको ड्रागन) भनिने एक जना निडर योद्धाको बारेमा भन्नेछु।

सन् २००३ मा कानुनले अफ्रिकन–ब्राजिलियन इतिहास तथा संस्कृतिलाई राष्ट्रिय पाठ्यक्रममा अनिवार्य बनायो। सोह्र वर्षपश्चात्,साधारणतया पृथक व्यक्तिगत पहलमा निर्भर रहेको कानुन कार्यान्वयन,सबै विद्यालयहरूमा लागु गरिएको छैन।

ब्राजिल दासता उन्मूलन गर्ने पश्चिमी गोलार्धको अन्तिम मुलुक थियो। सन् १८८८ मा दासता उन्मूलन गर्दा यहाँ सबैभन्दा बढी दास बनाइएका अफ्रिकी मानिस आएका थिए। दासहरूका सामुद्रिक यात्रा डाटाबेसअनुसार सन् १५०० देखि १८७५ सम्म ५,०९९,८१६ व्यक्तिले यस मुलुकमा दासका रूपमा पानीजहाजबाट अवतरण गरे।

यहाँ उपनिवेशकका नजरले इतिहास वर्णन गर्ने दुर्भाग्यपूर्ण परम्परा रहेको कुरा सान्तोसले ग्लोबल भ्वाइसेजलाई ह्वाट्सएपमार्फत बताए। युरोपकेन्द्रित विचारले उपनिवेश भएका सबै मुलुकमा गहिरो दाग छोडेको छ। यसले ती राष्ट्रका विविधता र संस्कृति खोस्यो, उनी भन्छन्।

Contar as narrativas que vivem à margem da historiografia é dar uma nova dignidade para esses povos, recolocar eles dentro da importância, em um movimento democrático, um ambiente onde todos se sintam valorizados.

Realmente, isso impacta no indivíduo. Vai impactar como a sociedade enxerga esse indivíduo, isento de estereótipos, reconhecendo a sua ancestralidade, reconhecendo seu valor cultural dentro da sociedade, de qualquer democracia.

इतिहास लेखनको तुलनामा सीमान्त रूपमा रहेका कथा भन्नु भनेको ती मानिसलाई लोकतान्त्रिक आन्दोलनमा नव आत्मसम्मान दिनु हो, उनीहरूको महत्त्व पुनस्र्थापन गर्नु हो र सबै जनाले गौरवान्वित भएको महसुस गर्ने वातावरण प्रदान गर्नु हो।

यसले सही अर्थमा व्यक्ति विशेषलाई प्रभाव पार्दछ। यसले कुनै पनि लोकतन्त्रमा समाजले रूढिवादी सोचमुक्त भएर त्यस व्यक्तिलाई, उसको वंशावली र समाजमा उसको सांस्कृतिक महत्त्वलाई स्वीकार्दै, हेर्ने तरिकालाई प्रभाव पार्दछ।

ब्राजिलियन र्यापर एमिसिडाले सान्तोसको प्रशंसा गरेका छन्। किताबको गातामा लेख्दै उनले दास प्रथाले मेटाएको अश्वेत पहिचान र संस्कृतिलाई आफ्नो ऐनाको प्रतिबिम्बबिना छाँयामात्र हेर्न मिल्ने गरी हिंड्नुसँग दाँजेका छन्।

O racismo estrutural mira corpos não brancos, o cultural tem como alvo nosso imaginário. É ali onde ele tenta te derrubar antes que você suba no ringue. Num esforço conjunto, ambos tentam fazer com que a frase de René Descartes – “Penso, logo existo” – não faça sentido algum para você. Os seres humanos inventaram quem eles são graças à habilidade de moldar o imaginário de nossos iguais através de histórias.

सांगठनिक जातिवादले अश्वेत मानिसलाई प्रहार गर्दछ, संस्कृतिले चाहि हाम्रा काल्पनिकतालाई। यसले तपाईंलाई रणभूमिमा उत्रनु अगावै परास्त गर्न खोज्दछ। ती दुवैले रेने डेस्कार्टेजको भनाइ — “म विचार गर्दछु, त्यहिँ भएर मेरो अस्तित्व छ”— बारे तपाईंलाई कुनै वास्ता छैन भन्ने सुनिश्चित गर्ने संयुक्त प्रयास गर्दछन्। कथामार्फत आफ्ना कल्पनालाई आकार दिन सक्ने क्षमताका कारण नै मानिसहरूले आफूलाई आजको अवस्थामा उभ्याउन सफल भएका छन्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.