गाजरको सिरप, आलुको कम्प्रेस र जाइफलको माला: विभिन्न देशका हजुरआमाका घरेलु उपचार विधि

Photo by Flickr user Chris Marchant. CC BY 2.0

तस्वीर: फ्लीकर प्रयोगकर्ता क्रिस मर्चेन्ट। CC BY 2.0

यो आलेख लारेन फिन्च, जर्जिया पपल्वेल तथा ग्लोबल भ्वाइसेज समुदायद्वारा संकलन र सम्पादन गरिएको हो।

हामी हाम्रा प्यारी हजुरआमालाई ज्ञानगुनका कुरा, सल्लाह सुझाव र कहिलेकाहीँ मिठाइ माग्न गुहार्छौै। तर विश्वका फरक ठाउँका हजुरआमाहरूसँग फरक किसिमका र फरक स्वादका असंख्य उपहार छन्।

विभिन्न देश र संस्कृतिमा हजुरआमाहरूले गर्दै आएका उपचार विधिबारे जान्न हामीले ग्लोबल भ्वाइसेजका सम्पादक, लेखक र अनुवादकर्ताहरूसँग सोध्यौँ : “तपाईंको हजुरआमाले के–के उपचार विधि अपनाउनु हुन्थ्यो?” हामीले पाएका विविध उत्तरले हामी विश्वको जुनसुकै कुनामा बसे पनि हाम्री हजुरआमाहरूलाई हामी अगाध माया र विश्वास गर्छौ भन्ने कुरा देखाउँछ।

तलको सूचीमा विभिन्न सम्मिश्रण बनाउने तरिका दिइएको छ र इन्टरनेटमा पाइने चिकित्सकीय सल्लाहझै यी विधि अपनाउनु अघि सोचविचार गर्नु चाहि जरुरी छ!

नुनको कुरा गरौं न त

नुनको कुरा गर्दा नुनिलो पानी हजुरआमाहरूको उपचार विधिमा धेरै जसो परिरहने प्रसंग हो। सान हुआन, पोर्टो रिकोबाट ग्लोबल भ्वाइसेजको स्पेनिश भाषाकी सम्पादक फिरुजेह शोकुह भाल अत्तालिएको बेला उनकी हजुरआमाले प्रयोग गर्न सुझाउने विधिबारे लेख्छिन्:

My beautiful and wise abuela, Guillermina Ferrer, is from Cabo Rojo, Puerto Rico. One of my grandmother’s most famous remedies is one teaspoon of salt mixed into a glass of water for curing anxiety and nervousness. I have used it many times in my life, the first time was before taking my drivers license test when I was 16 years old. Since then, I drink a glass of water with salt right before any event or occasion that might make me nervous. It works miracles!

मेरी सुन्दर अनि विदुषी हजुरआमा गिलेर्मिना फेरर काबो रोहो, पोर्टो रिकोकी हुन्। चिन्ता र तनावका बेला उनी सधैं एक गिलास पानीमा एक चियाचम्चा नुन हालेर पिउने सल्लाह दिन्थिन्। मैले कैयन् पटक नुनिलो पानी पिएकी छु, पहिलोपल्ट म १६ वर्षकी हुँदा चालक अनुमतिपत्रको परीक्षा दिंदा। त्यस बेलादेखि म अत्तालिन सक्ने कुनै पनि कार्यक्रम शुरु हुनु अघि एक गिलास पानीमा नुन मिसाएर खाइहाल्छु। र यसले जादूजस्तै काम गर्छ!

Photo by Flickr user craig willford. CC BY-NC-ND 2.0

नुन पानी। तस्वीर फ्लीकर प्रयोगकर्ता क्राइग विलफोर्ड। CC BY-NC-ND 2.0

पाकिस्तानी लेखिका अनूशे नूर फाहिम जाडो मौसममा प्रत्येक दिन बिहान एक गिलास मनतातो पानीमा एक चिम्टी नुन घोलेर कुल्ला गर्न सुझाउँछिन्। सियालकोटमा बस्ने उनकी हजुरआमाको यस उपायले घाँटी बस्न दिंदैन। “अनि गाडि चढ्दा मात लाग्न नदिन मुखमा एक टुक्रा सखर राख्नुपर्छ,” अनूशे लेख्छिन्, “मेरो लागि यसले सधैं काम गर्ने गर्छ।”

पोर्ट अफ स्पेन, ट्रिनिडाड एण्ड टोबागो बस्ने ग्लोबल भ्वाइसेज क्यारेबियनकी सम्पादक जेनिन मेन्डेस फ्र्यान्को आफ्नी आमा पट्टिकी हजुरआमा ग्रानी पेट्राले पेट खराब वा कब्जियत भएको बेला खान सुझाउने गरेकी बेग्लै खालको नुन सम्झिन्छिन्:

Mix 2 teaspoons of Epsom Salts in a 1/2 teacup of water. Gulp it down fast because it tastes terrible. Then, have a sliced orange on hand to munch into (helps get rid of the awful aftertaste)

दुई चियाचम्चा एप्सम सल्ट आधा कप पानीमा मिसाउनुहोस्। यसलाई घुटुक्क निल्नुहोस् किनकि यो एकदम नमिठो हुन्छ। त्यसपछि काटेको सुन्तला चपाउनुहोस्। यसले अघिको टर्रो स्वादलाई दबाउन मद्दत गर्छ।

अब गहिरो निद्रा र सुन्दर सपनाको कुरा गरौं

ग्लोबल भ्वाइसेज लिंग्वा संयोजक, सामुदायिक ब्लग प्रबन्धक तथा अनुवादकर्ता मारियाना ब्रेतम्यान कफ शान्त पार्न उनकी युक्रेनियन हजुरआमाले दिएकी उपाय बताउछिन्। आलु उमालेर त्यसमा अलिकति तेल छर्कने अनि त्यसलाई न्यानो कपडामा बेरेर कम्प्रेस बनाई आफ्नो छातिमा टाँसेर सुत्ने। “यसो हेर्दा मुर्खतापूर्ण लागे पनि यसले पक्कै काम गर्छ!”

जीउको अन्य भाग न्यानो पार्न रसियाको मस्कोमा बस्ने लिंग्वा रसियनकी सम्पादक आन्ना शेतनिकोभा साइबेरियाकी आफ्नी हजुरआमाको सल्लाह सम्झिन्छिन्:

They could give you a lot of advice about how to cure a sore throat or a cold, but one of the most interesting of them is this one, and it works especially good for children. Rub your feet down with fir oil, then put on some really warm socks and go to sleep under a really warm blanket. It usually makes you feel much better in the morning!

उहाँहरूले बसेको घाँटी वा चिसो लागेको सञ्चो पार्ने टन्नै सल्लाह दिनुहुन्छ तर तीमध्ये यो चाहि अत्यन्तै फरक छ र खास गरेर बच्चाहरूका लागि उपयुक्त हुन्छ। तपाईंका खुट्टा सल्ला जातका रूखका बीँयाबाट बनेको तेलले मालिस गर्नुहोस् र न्यानो मोजा लगाएर न्यानो सिरक ओढेर सुत्नुहोस्। यसले भोलि बिहान उठ्दा तपाईंलाई स्वच्छ अनुभूति दिनेछ।

Coconut husks. Photo by Flickr user Dennis S. Hurd. CC BY-NC-ND 2.0

नरिवलको बोक्रा। तस्वीर: फ्लीकर प्रयोगकर्ता डेनिस एस हर्ड। CC BY-NC-ND 2.0


यहाँ हजुरआमाले दिएका सुझावमात्र संकलन गरिएका छैनन्। नेपालका संजीव चौधरी उनका हजुरबुबाले बनाउने दुई थरी सम्मिश्रणका बारे कुरा गर्छन् जसमध्ये एउटा अपचका लागि हो भने अर्को चाहि चर्म रोगका लागि:

The first one was a mixture of orange peel, coconut husk fibre, carom seeds and rock salt. He used to dry the orange peel, roast the carom seeds, coconut husk and orange peel and grind them together with the rock salt. It works wonders for curing indigestion.

Another was a remedy for eczema and other skin diseases. He used to collect trifoliate-like herbs—called Musakani in the local Tharu language—from the grasslands, and cook them in mustard oil over a cow-dung cake fire. The concoction was an amazing cure for different skin diseases, especially loved by poor people.

मेरो हजुबुबाले सुन्तलाका सुकाएका बोक्रा, नरिवलको सुकाएको बोक्रा, ज्वानो र बीरेनुन मिसाएर औषधि बनाउनु हुन्थ्यो। यसका लागि उहाँले यी सबलाई भुटेर बीरेनुनसँगै पिंध्नुहुन्थ्यो र पाचक बनाउनुहुन्थ्यो। यसले जस्तोसुकै अपच पनि क्षणभरमै ठिक पार्छ।

अर्को औषधि चाहि दाद र अन्य चर्मरोगका लागि हो। उहाँले थारू भाषामा मुसाकानी भनिने तीनपाते झार खरघारीबाट बटुल्नुहुन्थ्यो र त्यसलाई तोरीको तेलमा डढाएर लेदो जस्तो बनाउनुहुन्थ्यो। तेल चाहि गुँइठाको आगोमा तताउनुहुन्थ्यो। त्यो लेदाले चर्मरोगहरूका लागि अचूक औषधिको काम गथ्र्यो भने खास गरेर गरीबहरूले यो लेदो बनाइदिन अनुरोध गर्दथे।

सबै खाले बिमारीकोे एउटै उपचारबारे पनि कुरा गरौं

पकिस्तानमा जन्मिएकी लण्डनमा बस्ने लेखिका एन्नी जमान भन्छिन् उनकी जालन्धर, भारतकी बुबापट्टिकी हजुरआमाले मासिक श्राव हुँदाको दुखाइ कम गर्न एक गिलास तातो दुधमा बेसार र काँचो प्रांगारिक अण्डा मिसाएर खान सुझाउथिन्। “मान्नुस्, यसले पहिला काम गथ्र्यो र अहिले पनि काम गर्छ।”

Turmeric root. Photo by Flickr user Steenbergs. CC BY 2.0

बेसारको जरा। तस्वीर: फ्लीकर प्रयोगकर्ता स्टीनबर्गस्। CC BY 2.0

प्रसवोत्तर पीडा सञ्चो पार्नका लागि माथिको उपचार विधिमा अन्य सामग्रीका साथ घ्यु पनि थप्नुपर्छ।एन्नी भन्छिन् उनकी छोरी जन्मिएपछि उनले यहि उपचार विधि अपनाएकी थिइन्।:

Warm half teaspoon of desi ghee (organic), add a pinch of turmeric (freshly grounded at home), then add full cream milk, almonds and dates — bring it to a boil and drink it hot.

एक चियाचम्चा देशी घ्यु उमाल्नुस्। त्यसमा एक चिम्टि भर्खर घरमै कुटेको बेसार, तर ननिकालेको दुध, बदाम र खजुर थपेर उमाल्ने र तात्तातै खानुस्।

इरान सम्पादक माहसा अलिमर्दानी भन्छिन् अघिकै सामग्रीहरू प्रयोग गरेर उनकी हजुरआमाले बनाउने सम्मिश्रणले “सबै किसिमका बिमारीको लागि एउटै उपचार”को काम गर्दछ:

My paternal grandmother has an “all problems solved in one” remedy for any pain or health issue. Put a mixture of turmeric and egg yolk on it!

मेरी बुबापट्टिकी हजुरआमासँग हरेक किसिमका पीडा वा स्वास्थ्यसम्बन्धी समस्याको एउटै उपचार छ। बेसार र अण्डाको पहेंलो भागको सम्मिश्रण प्रयोग गर्नुहोस्!

एक चम्चा चिनीले औषधि निल्न सजिलो बनाउँछ

एलर्जीका लागि जाइफलको माला? मेक्सिकोको हिदाल्गो बस्ने हाम्री लेखिका एलिजाबेथकी हजुरआमा त्यसै भन्छिन्। उनले सुझाएका अन्य उपचारमा कफका लागि लसुन र दालचीनीको सम्मिश्रण, लामखुट्टे वा माकुराले टोकेको ठाउँमा लसुन दल्ने (“यो चाहि एकदम अचूक उपचार हो,” एलिजाबेथ भन्छिन्), र अनिद्रा भएको बेला सिरानीमुनि लेटसको पात राख्ने आदि पर्दछन्।

अर्कातिर पेरुमा बस्ने उनकी हजुरआमाले पेट दुख्दा पाइकोको सम्मिश्रण, पेटसम्बन्धी रोगहरूका लागि पुदिनाको सम्मिश्रण र मूत्रथैली र गुर्दाका रोगका लागि आलस र आलुको छालाको सम्मिश्रण खान सुझाउछिन्। “म सधै यी परम्परागत उपचार शैली अपनाउछु र मलाई यसले धेरै मद्दत गरेको छ,” भन्छिन् एलिजाबेथ। मेक्सिको सिटीकी एलिजाबेथ हाल चिलीको सान्टियागोमा बस्छिन्।

Garlic. Photo by Flickr user rfduck. CC BY-ND 2.0

लसुन। तस्वीर: फ्लीकर प्रयोगकर्ता rfduck। CC BY-ND 2.0

पेरुको लिमा बस्ने लेखिका ग्याब्रिएला गार्सिया क्याल्डेरन सानो छँदा उनकी जिजुबज्यैकी बहिनी एन्जलिटासँगै बसिन्। “पेरुको अमेजन क्षेत्रकी एन्जलिटालाई थुप्रै उपचार विधिहरूबारे ज्ञान थियो,” ग्याब्रिएला भन्छिन्। तीमध्ये एउटा निल्न पनि गाह्रो हुन्थ्यो:

I remember especially her medicine for sore throats: she sliced garlic and mixed it with onions and some water. She would leave that mix to stand for some hours and then she’d add some sugar and give that to us with a spoon. She had to add TONS of sugar for the preparation to have at least some sweetness. After all our moans, we finally swallowed it (I can even remember its taste, yikes!). The thing is, our cough was over in less than an hour, our throats were grateful.

घाँटी बसेको बेला उनले दिने औषधी म अझै बिर्सन सक्दिन उनी लसुनका साना टुक्रा पारेर प्याज र अलिकति पानीसँग मिसाउथिन्। त्यसलाई केही घण्टासम्म त्यतिकै रहन दिएर उनी त्यसमा चिनी मिसाउथिन् र हामीलाई चम्चाले त्यो सम्मिश्रण दिन्थिन्। त्यस औषधिलाई गुलियो बनाउन टन्न चिनी हाल्नुपथ्र्यो। नाइनास्ती गर्दागर्दै अन्त्यमा हामी त्यो औषधि निल्थ्यौ (मलाई अझ त्यसको स्वाद याद आउँछ, आत्थु!)। राम्रो कुरा के भने हाम्रो कफ र घाँटी घण्टाभरमा सञ्चो हुन्थ्यो।

पोर्चुगलकोे पोर्टो बस्ने पोर्चुगिज भाषाका सम्पादक म्यानुएल रिबेरो भन्छन् उनकी हजुरआमा जुलिया ओलिभिएराले बनाउने कफ सिरप चाहि केही गुलियो हुन्थ्यो:

Chopped carrots in a container, add heaps of yellow or cane sugar on top with a bit of Port. Leave it resting for one day or two. Take two spoons of the syrup two times per day! It used to work fine for us! 😉

गाँजर काटेर एउटा भाँडामा राख्नुस्, त्यसमा टन्न चिनी हाल्नुहोस् र माथिको भाग अलिकति खुल्ला राख्नुहोस्। त्यसलाई एक वा दुई दिनसम्म त्यतिकै रहन दिनुस्। दुई चम्चा सिरप दिनको दुई पल्ट खानुस्। हाम्रालागि यो औषधीले काम गथ्र्यो।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.