लोपोन्मुख भाषालाई कसरी पुनर्जीवन दिन सकिन्छ ?

कुसुण्डा भाषाका विद्यार्थीहरूसँग प्रशिक्षक उदयराज आले (दायाँ छेउ)। तस्वीर उदयराज आले। अनुमति लिएर प्रयोग गरिएको।

नेपालको मध्यपश्चिम क्षेत्रमा बसोबास गर्ने, कुनै समय शिकार गरेर जीवननिर्वाह गर्ने, आदिवासी जनजाति समुदाय कुसुण्डाको एकल अर्थात् पृथक् भाषा छ जुन संसारको कुनै पनि भाषासँग सम्बन्धित छैन। शोधकर्ता एवं लेखक उदयराज आले, स्रोत व्यक्ति तथा कुसुण्डा भाषाको एक मात्र सहज वक्ता कमला सेन खत्रीसँगै कुनै समय मृतप्रायः मानिएको कुसुण्डा भाषालाई पुनर्जीवन दिने अभियानमा छन्।

म्येहाक   वा गेम्येहाक (जङ्गलको राजा) भनेर पनि चिनिने २०० भन्दा कम जनसंख्या रहेको कुसुण्डाहरू नेपालको दाङ देउखुरी, प्युठान, रोल्पा, सुर्खेत, कपिलवस्तु, गोरखा र तनहुँ जिल्लामा बसोबास गर्छन्। उनीहरू सबै नेपाली भाषा बोल्ने गर्दछन्।

सन् २०२० मा कुसुण्डा वक्ता ज्ञानी मैया सेन कुसुण्डाको निधन भएपछि कुसुण्डा भाषा लोप हुने अवस्थामा पुगेको थियो। अहिले ज्ञानी मैया सेन कुसुण्डाकी बहिनी कमला सेन खत्री कुसुण्डा भाषाको एक मात्र सहज वक्ता हुन्।

यद्यपि, सन् २०१९ मा आलेले कुसुण्डा भाषा सिक्नेहरूका लागि कक्षा सञ्चालन गर्न थालेपछि कुल २७० घण्टाको चौथो चरण पूरा गरेर २० विद्यार्थीले भाषा सिकेका छन्। कुसुण्डा भाषाको भविष्य उज्ज्वल देखिन्छ।

कुसुण्डा र थारू आदिवासी जनजातिका बारेमा आफ्नो अनुसन्धानमा व्यस्त रहेका उदयराज आलेसँग भाषा पुनरुत्थान प्रक्रियाबारे ग्लोबल भ्वाइसेजका संजीव चौधरीले गरेका अनलाइन कुराकानी:

ग्लोबल भ्वाइसेज (जीभी): लोपोन्मुख भाषालाई कसरी पुनर्जीवन दिन सकिन्छ ? तपाईँले भाषा पुनरुत्थानका लागि कक्षा सञ्चालन गर्न थालेपछि कुसुण्डा भाषाको स्थितिमा सुधार आएको जस्तो लाग्छ ?

Uday Raj Aaley (URA): Revitalization of a vanishing language is a difficult job. I want to multiply the number of speakers by teaching Kusunda people to speak and write their mother tongue. But the limited duration of the Kusunda class is not sufficient to transfer the language.

The situation has improved and the learners are taking much more interest in the language classes. I started the first session in 2019. There were 20 participants of different ages studying in grades four to twelve, including three non-Kusundas in the class. Now, they have basic knowledge of the language and can speak the language.

उदयराज आले (उरा): लोपोन्मुख भाषालाई पुनरुत्थान गर्नु कठिन कार्य हो। म कुसुण्डा समुदायलाई उनीहरूका मातृभाषा बोल्न र लेख्न सिकाएर कुसुण्डाभाषीको संख्या बढाउन चाहन्छु। तर सीमित अवधिको कुसुण्डा भाषा शिक्षण भाषा पुस्तान्तरण गर्न पर्याप्त छैन।

स्थितिमा सुधार आएको छ र विद्यार्थीहरूले भाषा कक्षाप्रति धेरै चासो लिइरहेका छन्। मैले सन् २०१९ मा पहिलो चरणको कुसुण्डा भाषा कक्षा सुरु गरें। कक्षा चारदेखि बाह्रसम्म अध्ययनरत विभिन्न उमेरका २० जना सहभागी थिए, जसमा तीन जना गैर-कुसुण्डाहरू थिए। आजकल, उनीहरूलाई कुसुण्डा भाषाको आधारभूत ज्ञान छ र बोल्न सक्छन्।

Students learning Kusunda language at a hostel in Mid-Western Nepal. Photo by Uday Raj Aaley. Used with permission.

मध्यपश्चिम नेपालको छात्रावासमा कुसुण्डा भाषा सिकिरहेका विद्यार्थीहरू। तस्वीर: उदयराज आले । अनुमति लिएर प्रयोग गरिएको।

जीभी: तपाईँले कुसुण्डाहरूलाई भाषा कक्षामा सहभागी हुन कसरी प्रेरित गर्नुभयो ? भाषा पुनरुत्थान गर्न तपाईँले कस्तो विधि अपनाउनु भयो ?

URA: Among the Kusunda families, I want to acknowledge the late Gyani Maiya Sen Kusunda who generously taught me her language. In return, I taught the language to Kusunda children. Though they belong to the Kusunda tribe, they never learnt to speak their language. The participants cheerfully joined the four sessions.

Language revitalization is a life-long process. If Kusunda is to remain a living language, it needs to be spoken daily. The participants should be encouraged to speak their mother tongue with the family members.

To revitalize the language, it is essential to provide training to the participants along with teaching materials introducing them to the Kusunda orthography to read, familiarize with Kusunda words, phrases, and sentences, and practise the language. At the same time, I am trying to create an environment to speak the mother tongue among the family members.

It is necessary to develop the Kusunda orthography. So, I am attempting to write a book containing Kusunda words that are spoken in daily life, including numbers, colours, animals, trees, crops, body parts, kinship terms, greetings, Kusunda phrases, and sentences. Much is yet to be done to produce grammatical descriptions, a dictionary, and a collection of folk tales and rituals, etc.

उरा: कुसुण्डा परिवारहरूमध्ये म स्वर्गीय ज्ञानी मैया सेन कुसुण्डालाई सम्मान गर्न चाहन्छु जसले मलाई उदारतापूर्वक आफ्नो भाषा सिकाउनुभयो। बदलामा मैले कुसुण्डा बालबालिकालाई भाषा पढाएँ । कुसुण्डा जनजातिका भए पनि उनीहरुले आफ्नो भाषा बोल्न सिकेनन्। सहभागीहरू उत्साहसाथ चार चरणको कुसुण्डा भाषा कक्षामा उपस्थित भए।

भाषा पुनरुत्थान एक अविच्छिन्न प्रक्रिया हो। कुसुण्डा जीवित भाषा बन्ने हो भने दिनहुँ बोलिनुपर्छ। सहभागीहरूलाई परिवारका सदस्यहरूसँग आफ्नो मातृभाषा बोल्न प्रोत्साहित गर्नुपर्छ।

भाषा पुनरुत्थान गर्न सहभागीहरूलाई कुसुण्डा वर्णविन्यासमा परिचय गराउने शिक्षण सामग्रीको साथसाथै कुसुण्डा शब्द, वाक्यांश र वाक्यहरूसँग परिचित गराउन र भाषा अभ्यास गर्न प्रशिक्षण दिनु आवश्यक छ। यसका साथै परिवारका सदस्यहरूमाझ मातृभाषा बोल्ने वातावरण सिर्जना गर्ने प्रयास गरिरहेको छु।

कुसुण्डा वर्णविन्यासको विकास गर्न जरुरी छ। त्यसकारण दैनिक जीवनमा बोलिने कुसुण्डा शब्द, संख्या, रङ्ग, जनावर, रुख, बाली, शरीरका अंगहरू, नाता सम्बन्धका शब्द, अभिवादन, कुसुण्डा वाक्यांश र वाक्यहरू समावेश गरी पुस्तक लेख्ने प्रयास गर्दैछु। वर्णनात्मक व्याकरण, शब्दकोश, लोककथा र धार्मिक संस्कार सङ्ग्रह आदि प्रकाशनका धेरै काम गर्न बाँकी छ।

जीभी: कुसुण्डा भाषा सिक्न कत्तिको गाह्रो छ? विद्यार्थीहरूले सधैं कुसुण्डा भाषा बोल्ने र आफ्नो घरपरिवारमा बोल्न प्रोत्साहित गर्ने सम्भावना कत्तिको छ?

URA: Although Kusunda is a language isolate, I don’t think it’s too difficult to learn. There is hope because the Kusunda people are excited to learn their mother tongue. If the classes continue, the participants will become more familiar with the language and speak it fluently. Once they know the language, they will communicate in their mother tongue and transfer among the community members.

The problems that I faced were the lack of the Kusunda language’s grammar and the absence of teaching materials such as textbooks, audio, and videos. Despite the challenges, the Kusunda people hope that, with help from the government, their language can be revived.

उरा: कुसुण्डा भाषा एकल अर्थात् पृथक् भाषा भए पनि यो भाषा सिक्न धेरै गाह्रो छ जस्तो लाग्दैन। कुसुण्डा समुदाय आफ्नो मातृभाषा सिक्न उत्साहित भएकाले आफ्नो भाषामा बोल्ने र बोल्न प्रोत्साहित गर्ने सम्भावना छ। यदि भाषा कक्षाहरू सञ्चालन भइरहे सहभागीहरू भाषासँग बढी परिचित हुनेछन् र धाराप्रवाह बोल्न सक्छन्। भाषा जानिसकेपछि उनीहरूले आफ्नो मातृभाषामा संवाद गर्नेछन् र समुदायका सदस्यहरूमाझ पुस्तान्तरण गर्नेछन्।

कुसुण्डा भाषाको व्याकरण, पाठ्यपुस्तक र श्रव्य-दृश्य जस्ता शिक्षण सामग्रीको अभाव मैले सामना गर्नु परेको समस्याहरू थिए। चुनौतीका बाबजुद पनि कुसुण्डा समुदायले सरकारको सहयोगमा आफ्नो भाषालाई पुनर्जीवन दिन सकिने आशा राखेका छन्।

थप पढ्नुहोस्: दुई जनामात्र सहज वक्ता रहेका लोपोन्मुख कुसुण्डा भाषाको हालै प्रकाशित पहिलो शब्दकोष

जीभी: प्रशिक्षणको क्रममा भएको कुनै रोचक प्रसङ्ग सुनाउनुहुन्छ कि?

A book on Kusunda language authored by Uday Raj Aaley

उदयराज आलेले लेखेका कुसुण्डा भाषाको पुस्तक। फोटो -संजीव चौधरी। अनुमति लिएर प्रयोग गरिएको।

URA: Kusunda is on the verge of extinction or may die out with the death of its remaining single fluent speaker. However, the situation of language transmission has reversed now. Instead of parents teaching the mother tongue to their children, the children are now teaching the language to their parents. It is high time to standardize the language to cope with the demand of its speech community.

Kusunda community members were surprised when they heard a Kusunda song sung by Hima Kusunda at a programme. She is one of the participants who completed four sessions of the language revitalization classes.

उरा: कुसुण्डा भाषा लोपोन्मुख छ वा एकल सहज वक्ताको मृत्युसँगै लोप हुन सक्छ। तर, भाषा पुस्तान्तरणको अवस्था अहिले उल्टो भएको छ। अभिभावकले छोराछोरीलाई मातृभाषा सिकाउनुको सट्टा अहिले छोराछोरीले अभिभावकलाई मातृभाषा सिकाउन थालेका छन् । कुसुण्डाभाषी समुदायको माग पूरा गर्न भाषालाई नियमन गर्ने बेला आएको छ।

एउटा कार्यक्रममा हिमा कुसुण्डाले गाएको कुसुण्डा गीत सुनेपछि कुसुण्डा समुदाय अचम्म परे । हिमा कुसुण्डा भाषा पुनरुत्थान कक्षाका चार चरण पूरा गर्ने सहभागीहरूमध्ये एक हुन्।

जीभी: कुसुण्डा भाषाको पुनरुत्थान किन आवश्यक छ जस्तो लाग्छ? यो भाषा अन्य भन्दा कसरी फरक छ?

URA: Kusunda (ISO 693-3 kg, glottal code kusu 1250) is a critically endangered language isolate previously spoken by the nomadic forest-dwelling tribe in mid-western Nepal that has no known relation to any other language or language family of the region. It is characterized by sounds that are hardly found in the area, such as uvular. It is difficult to represent some of the phonemes of Kusunda using the Devanagari script. Each language has a unique expression of experience of the world and Kusunda can’t be left behind.

उरा: कुसुण्डा भाषा (ISO 693-3 kg, glottal code kusu 1250) मध्यपश्चिम नेपालको जङ्गलमा बस्ने फिरन्ता जातिले बोल्ने एउटा अत्यन्त सङ्कटापन्न भाषा हो जसको यस क्षेत्रको कुनै अन्य भाषा वा भाषा परिवारसँग कुनै सम्बन्ध छैन। कलनासो वा काकल ध्वनि यो भाषाको विशेषता हो जुन यस क्षेत्रमा असामान्य हो। देवनागरी लिपि प्रयोग गरेर कुसुण्डा भाषाको कतिपय उच्चारण प्रस्तुत गर्न गाह्रो छ। भाषामा संसारलाई हेर्ने अद्वितीय अभिव्यक्तिहरू हुन्छन् र कुसुण्डा भाषा पनि यसमा अपवाद छैन।

थप पढ्नुहोस्: नेपालको लोपोन्मुख कुसुण्डा भाषा बोल्न जान्ने अन्तिम व्यक्तिमध्ये एक ज्ञानी मैया सेनसँगको कुराकानी

जीभी: तपाईँले कुसुण्डा भाषा पुनरुत्थान गर्न सरोकारवालाहरूसँग कसरी समन्वय गर्नुभयो? कुसुण्डा भाषा संरक्षण गर्ने अभियानलाई निरन्तरता दिन सरकारी निकाय र कुसुण्डा समुदायले के गर्नुपर्छ ?

URA: The Language Commission supported conducting the four sessions of Kusunda language classes that started in 2019 (90 hours), 2021 (60 hours), and 2022 (60 hours) and were completed in March 2023 (60 hours). The Kusundas are also expressing great interest in learning and documenting the language and associated culture with the hope of revitalizing them.

Kusunda is still an incompletely described language. This calls for the attention of concerned authorities, linguists, and institutions who care for endangered languages.

Although the initial classes raised awareness among the community, this may not be sufficient to revitalize the language. It will take considerable time and effort to elevate the learners’ proficiency to a level where they can use their mother tongue in their daily life.

From the endangerment perspective, it is urgent to document, preserve, and revitalize the Kusunda language. So that the Kusundas are not deprived of their linguistic rights.

उरा: भाषा आयोगले २०१९ मा (९० घण्टा), २०२१ मा (६० घण्टा), २०२२ मा (६० घण्टा) र २०२३ मा (६० घण्टा) चार चरणमा कुसुण्डा भाषा कक्षा सञ्चालन गर्न सहयोग गरेको छ । कुसुण्डाहरूले पनि भाषा र सम्बद्ध संस्कृतिलाई पुनरुत्थान गर्ने आशामा सिक्न र अभिलेखीकरण गर्न ठूलो चासो व्यक्त गरिरहेका छन्।

कुसुण्डा भाषाको विवरण अझै अपूर्ण छ। यसतर्फ सम्बन्धित निकाय, भाषाविद् र लोपोन्मुख भाषाहरूको संरक्षण गर्ने संस्थाहरूको ध्यानाकर्षण होस्।

सुरुका कक्षाहरूले समुदायमा चेतना जगाएतापनि यो भाषालाई पुनरुत्थान गर्न पर्याप्त नहुन सक्छ। विद्यार्थीहरूले दैनिक जीवनमा आफ्नो मातृभाषा प्रयोग गर्न सक्ने क्षमता विकास गर्न धेरै समय र प्रयास लाग्नेछ।

सङ्कटापन्न भाषा भएकाले कुसुण्डा भाषाको अभिलेखीकरण, संरक्षण र पुनरुत्थान गर्न जरुरी छ जसले गर्दा कुसुण्डाहरू आफ्नो भाषिक अधिकारबाट वञ्चित हुन नपरोस्।

कुसुण्डा भाषाको अडियो फुटेज सुन्नको लागि यो डिजिटल संग्रह हेर्नुहोस्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.