हेइसेइ जापानको पुनरावलोकन गर्दै हारुकी मुराकामीसँगको नयाँ अन्तर्वार्ता

Haruki Murakami

सन् २०१८ नोभेम्बरमा इक्वेडरमा बोल्दै हारुकी मुराकामी। तस्वीर: इक्वेडरका संस्कृति तथा सम्पदा मन्त्री, सार्वजनिक डोमेन।

एक नयाँ अन्तर्वार्तामा जापानी उपन्यासकार हारुकी मुराकामी जापानको हेइसेइ कालतिर फर्केर हेर्छन्। यस कालको अन्त्य सन् २०१९ अप्रिल ३० मा हुँदैछ र त्यस दिन हालका जापानी सम्राटले गद्दी त्याग्नेछन्।

एक उपन्यासकारका रूपमा प्रायः गरेर मुराकामीलाई सन् १९८९ जनवरी ८ देखि शुरु भएको हेइसेइ कालको प्रतिनिधि ठानिन्छ। “बबल अर्थव्यवस्था“मा आएको गिरावट र सन् १९९० ताकाको मन्दी भोग्नुका साथै हेइसेइ कालले सन् १९९५ मा कोबे शहर ध्वस्त पार्ने भूकम्प र २०,००० भन्दा बढीको मृत्यु भएको सन् २०११ को भूकम्प र सुनामीको अनुभव पनि गर्यो। यसले ठुलो आणविक दुर्घटना पनि निम्त्याएको थियो।

उक्त अन्तर्वार्तामा मुराकामी भन्छन्:

I don’t know why, but my books seem to be read especially when what we had before suddenly collapsed or disappeared. I feel that (my books) began to be essentially accepted in Japan around the time when the Heisei era started with the death of the emperor, the asset-inflated economy collapsed and the Great Hanshin Earthquake and the sarin incident occurred.

किन हो कुन्नि मलाई थाहा छैन तर हामीसँग पहिला भएका कुरा अचानक भत्किएको वा विलीन भएको बेला खास गरेर मेरा किताबहरू पढिएको आभास भएको छ। मलाई लाग्छ मेरा किताबहरू जापानमा खास गरेर हेइसेइ कालको शुरुवातमा स्वीकारिन थालिए। त्यति खेर जापानका सम्राटको निधन भएको थियो भने अर्थव्यवस्था ध्वस्त भएको थियो र हानशिनको ठूलो भूकम्प गएको थियो र सारिन दुर्घटना भएको थियो।

आशाही शिम्बुन समाचारपत्रले हेइसेइ कालका बारे गरेको सर्वेक्षणमा १२० पुस्तक समीक्षकको समूहले मुराकामीको “1Q84″ (इचि क्यु हाचि यों) लाई सन् १९८९ र २०१८ का बीच प्रकाशित सर्वोत्तम पुस्तकका रूपमा भोट दिएपछि उनको अन्तर्वार्ता लिइएको थियो।

यस अन्तर्वार्तामा मुराकामी “इचि क्यु हाचि यों”, “आफ्टर द क्वेक”, र “अण्डरग्राउण्ड: द टोक्यो ग्याँस अट्याक एण्ड द जापानीज साइकी” लगायत आफ्ना धेरै किताबहरूका बारेमा कुरा गर्छन्।

हारुकी मुराकामीसँगको पूरा अन्तर्वार्ता आशाही शिम्बुनको वेबसाइटमा पढ्न सकिन्छ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.