
ब्ल्याक इन टोक्योबाट लिइएको स्क्रीनक्याप (युट्युब भिडियो)।
सन् २०१७ को एक छोटो डकुमेन्ट्रीले टोक्योमा बसोबास गर्दै आएका अश्वेतहरूको जीवनीलाई समेटेको छ। नाइजेरियन अमेरिकन कलाकार अमाराची न्वोसुद्वारा निर्देशित यस डकुमेन्ट्रीले जापानको टोक्यो बसाइका विभिन्न सांस्कृतिक चुनौती तथा अवसरहरू देखाउँदै, पश्चिम अफ्रिकादेखि संयुक्त राज्यसम्मका पाँच पात्रलाई पछ्याउँछ। हजाम पसलका मालिक, कलाकार, डिजे तथा टोक्यो बाहिर कार्यरत अमेरिकी वायुसेनाका एक सदस्यसमेत यस डकुमेन्ट्रीका पात्र रहेका छन्।
My debut documentary Black In Tokyo just premiered on @thefader via. My platform @MelaninUnscript ! Watch Below✨????https://t.co/yr0rGO5wew pic.twitter.com/1o2r8ozEaS
— Amarachi Nwosu (@AmaraWorldWide) November 20, 2017
मेरो पहिलो डकुमेन्ट्री ब्ल्याक इन टोक्यो मेरो प्लेटफर्म @MelaninUnscriptमार्फत @thefaderमा भर्खरै प्रिमीयर गरिएको छ! यहाँ हेर्नुहोस्✨????
अन्तरवार्ताका दौरान यी पात्रहरूले आफूले किन टोक्यो बस्ने निर्णय गरे र जापानमा अश्वेत हुनुको अर्थ बताउँछन्। यो डकुमेन्ट्री मेलानिन अनस्क्रीप्टेडको पहिलो संस्करण हो। यस फिल्म श्रृंखलाको पहिलो प्रस्तुतिमा न्वोसुले “मूलधारका मिडियामा व्यक्त नगरिने जटिल पहिचानका सवाल खोतल्ने” प्रयाश गरेका छन्।