विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

प्रदूषणको कारण प्राणघातक बन्दैछ इरानको अहवाज क्षेत्र

तस्विर: पब्लिक डोमेन पिक्जबेबाट लिइएको

गत हप्ता पुन: इरानको अहवाज क्षेत्र भारी बालुवा सहितको आँधीले ढाकेको छ, वायुमण्डलीय धुलोको मात्रा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सुरक्षित मापदण्ड भन्दा ५७ गुणा बढी हुन पुगेपछि मानिसहरुलाई श्वास फेर्न कठिनाई भइरहेको छ। जनवरीको अन्त्यमा श्वास फेर्न कठिनाई तथा श्वास प्रश्वास सम्बन्धी समस्याको सिकायत गर्दै मुख्यतः अरब क्षेत्रका प्राय: अस्पतालहरूमा नागरिकको भीड लागेको समाचार फैलियो-यस क्षेत्रमा ९५ प्रतिशत भन्दा बढी तेल र ग्यास संसाधन भण्डार रहेको इरानले दाबी गरेता पनि अत्यन्तै  अभावग्रस्त  छ। जनवरी २१ र २५ बीचमा, तीन जना व्यक्तिहरू गम्भीर श्वास प्रश्वास बिरामीको कारण मरे।

यस क्षेत्र बालुवाको बाक्लो तुवाँलोले ढाकेको छ र भिजिविलिटी २०० मिटर भन्दा कम छ। कुनै बेला हराभरा भएको प्रदेशमा सबैतिर सरकारले क्षेत्रीय हवाईअड्डाहरूमा उडान बन्द गरेको छ र विद्यालयहरू, कार्यालयहरू तथा बैंकहरू बन्द गरेको छ।

सन् २०१३ मा, क्षेत्रीय राजधानी अहवाज शहर विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको सबै भन्दा प्रदूषित शहरहरुको सूचीमा अगाडि थियो। प्रतिवेदन अनुसार, अहवाजको औसत वायु गुणस्तर सूचकांक ३७२ थियो – विश्वव्यापी औसत ७१-वा “खतरनाक” हो। ३०० भन्दा माथिको औसत परिमाणको सूचीमा एकमात्र शहर यो थियो।  त्यस समयको अवस्था बारे विवरण दिँदै , अन्तर्राष्ट्रिय लोकतन्त्र-समर्थक संगठन, द अन प्रेजेन्टेड नेशनस एण्ड पिपल्स अर्गनाईजेसन (यूएनपीओ) ले लेख्यो “अहवाज क्षेत्र तथा आसपासका नदीको बहाव परिवर्तन, दलदल भूमि दोहन र तेल, पेट्रोकेमिकल, धातु, चिनी तथा कागज प्रोसेसिङ प्लान्टका परिणामस्वरुप मरुभूमिकरण हुँदै जानु यसका प्रमुख कारणहरु हुन्।”

चार वर्षभन्दा धेरै समयपछि पनि अहवाजको अवस्था जस्ताको त्यस्तै छ, र सबैभन्दा प्रभावित समूह यस क्षेत्रको आदिवासी अहवाज अरबहरू हुन् जसलाई लामो समयदेखि लगातार हरेक इरानी सरकारद्वारा भेदभाव हुँदै आएको छ

हाशमी रफसानजानी १९८९ मा राष्ट्रपति बने पश्चात व्यापक रुपमा नदीमा बाँध बाँध्ने तथा बहाव परिवर्तन गर्ने परियोजना आरम्भ भयो जसको परिणामस्वरुप नदी तथा दलदल भूमि पूर्ण रुपमा सुक्दै गएको कारण यस क्षेत्रमा तीब्र मरुभूमिकरण हुँदै गएकोले प्रदूषणको मात्रा उच्च भएको हो। परियोजनाले इरानको अन्य भागहरूमा लाखौं ग्यालन पानी पुर्याएको छ र यस क्षेत्रमा पहिलेदेखि रहेको प्रदूषण र पर्यावरणको उच्च दरलाई बढाइ दिएको छ।धुलो सहितको आँधी यस क्षेत्रको पेट्रोकेमिकल प्रशोधनशाला तथा कारखानाबाट लगातार वायुमण्डलमा निस्केको श्वास फेर्न कठिनाई गराउने धुवाँ सँग मिसिन पुग्दछ। ती मध्ये कुनै उद्योग कुनै पनि पर्यावरणीय नियम वा निरीक्षणको अधीनमा छैनन् – उखु बारीमा आगो लगाउदा हुने प्रदूषण बारे पनि कुनै वास्ता गरिएको छैन।.

इरानी शासनद्वारा हुन सक्ने प्रतिशोधको भयले आफ्नो परिचय गोप्य राख्दै एकजना माद्यमिक विद्यालयको अहवाजी छात्रले ग्लोबल भोईससलाई भने ““जलाउने काम दिनमा हुन्थ्यो तर पछि स्थानीय अरबहरुद्वारा हामी पिउने पानी किन्न सकौंला तर हामी शुद्द हावा किन्न सक्दैनौं! भन्ने नारा सहित प्रदर्शनमा उत्रेपछि उनीहरुले राती जलाउन थाले। आज बिहान, स्कूलको मैदान उखु बारीबाट उडेको खरानीले कैयौं सेन्टीमिटरसम्म ढाकिएको थियो। मलाई पहिले नै दम भएको छ, र यसले मेरो हालत अझ खराब गर्दैछ।!”

अहवाज क्षेत्रमा उखु

उखु इरानको स्थानीय बाली होइन, तर यस क्षेत्रमा यो बाली सन् १९६० को दशकदेखि खेती हुँदै आएको छ। हाशमी रफसानजानीको कार्यकालको समयमा  राज्यको अनुदानमा सरकारले महत्वाकांक्षी उखु-खेती परियोजना आरम्भ गर्यो, उक्त्त परियोजनाको लागि अहवाजी किसानका पुर्खाहरुले पुस्तौदेखि खेती गर्दै आएका हजारौं हेक्टर जमिन कब्जा गरिएको थियो। । जब उनीहरुका जमिन विशाल उखु खेतीमा परिणत भयो, हजारौं परिवार अभावग्रस्त दयनीय अवस्थाबाट गुज्रनु पर्यो

यी प्रयासले लाभ कम गर्यो: स्थानीय उत्पादन भन्दा आयात धेरै सस्तो पर्न गए सँगै उखु खेती परियोजना आर्थिक रुपमा विनाशकारी साबित भयो। तथापि,अझ ठूलो चिन्ता, यस क्षेत्रमा पुर्याएको व्यापक प्रदूषण तथा वातावरणीय विनाश हो जुन क्षेत्र कुनै समय खाडी क्षेत्रको निम्ति अन्न भण्डार थियो। अहवाज क्षेत्रको आसपास फलाहियेह, मुहमराह र अबादान जस्ता शहरहरुमा  व्यापक मात्रामा लगाइएका खजूरको रूखका उत्पादन मध्य पूर्वभर प्रसिद्ध थियो, ती रुखहरुलाई या त जानीबुझी नष्ट गरियो या यत्तिकै सुकेर मर्न दिइयो। फलाहियेह दलदल भूमि र होर-अजिम दलदल भूमि लगभग पूर्ण रुपमा नष्ट भएका हुनाले, यस क्षेत्रको वनस्पति तथा जीव जन्तु पनि गम्भीर जोखिममा छन्।

चिनी प्रशोधनशालाहरु ले धेरै पानी खपत गर्ने हुनाले पहिलेदेखि अभाव भइरहेको नदीको पानी आपूर्तिलाई घटाइरहेका छन् र चिनी सफा गर्ने तथा प्रशोधन गर्ने प्रक्रियामा प्रयोग गरिएका फोहोर भएको रसायनलाई पम्प गरेर पुन: पानीमा विसर्जन गर्ने कार्यले यस क्षेत्रको अन्य नदी तथा खोला नालाहरुलाई प्रदूषित बनाइरहेका छन्। यसले गर्दा पानी प्रयोग गर्नै नहुने र नुनको मात्रा उच्च हुन्छ, जसले यस क्षेत्रको गरीब अहवाज किसानका कृषि योग्य भूमि नष्ट गर्दछ।

यस बाहेक, मे-नोवेम्बर महिनाको फसल अगावै अहवाजी राजाधानी तथा यस क्षेत्रको अन्य शहरहरु वरपर उखु बारीमा आगो लगाइन्छ। सुगर र अल्कोहोलको मात्रा सघन हुने भएकोले उखु बारीको धुँवा गाढा तथा भारयुक्त्त हुन्छ; माथि तिर उड्नुको साटो जमिन तर्फ उड्छ, जसले जन समुदायमा गम्भीर र कहिलेकाँही श्वास प्रश्वास तथा छालाको घातक समस्या गराउँछ ।

स्वास्थ्यमा गम्भीर क्षति

जनवरीको अन्त्यमा, कम्तीमा तीन अहवाजी अरबहरूको श्वास प्रश्वास समस्याको परिणामस्वरूप वा यस क्षेत्रको गम्भीर वायु प्रदूषणको कारणले गर्दा मृत्यु भएको थियो। तीमध्ये एक, सुसा शहरका ४३ वर्षीय करीम अब्दुल खानी जो दमको दीर्घ रोगी थिए, यस क्षेत्रमा सामान्य स्तर भन्दा धेरै प्रदूषणको कारण उनले चक्कर लागेको र श्वास फेर्न गाह्रो भएको समस्या बताएपछि जनवरी २१ मा शहरको माफी अस्पताल पुर्याइएको थियो। भोलिपल्ट उनको निधन भयो।

दोस्रो व्यक्ति, अहवाज शहर नजिकैको मोलासानी काउन्टीका ४७ वर्षीय हामिद हाम्दियान केही समय पहिलेदेखि श्वास प्रश्वास रोगबाट पीडित भएका थिए। श्वास प्रश्वासको गम्भीर समस्याबाट मुक्त हुनासाथ अचानक उनको मृत्यु भयो।

तेस्रो व्यक्ति, अहवाजबाट ३० किलोमिटर पश्चिम हमिदिह शहरका ३४ वर्षीया अहमद चेनानी यस क्षेत्रमा फैलिएको वायु प्रदूषणको कारण श्वास फेर्न कठिनाई भए पश्चात जनवरी २५ को रात श्वास प्रश्वासको पुरानो समस्याबाट मृत्यु भयो। अहवाज शहर स्थित गोलेस्टान अस्पताल पुगेका परिवारका सदस्यहरुले बताए कि पर्याप्त चिकित्सा सुविधा तथा चिकित्सा कर्मचारीहरुका लापरवाहीले उनको मृत्युमा सघाउ पुर्यायो।

यस क्षेत्रमा क्यान्सरको समस्या पनि बढ्दो छ। अन्तर्वातामा सहभागी अन्य झैं आफ्नो नाम बताउन नचाहने अहवाज अस्पतालका एक जना चिकित्सा कर्मचारी सदस्यले भने कि १० वर्ष अघि अस्पतालमा ४० बेडहरु थिए ती प्राय प्रयोगमा आउँदैन थिए। हालैका वर्षहरूमा अस्पताल क्यान्सर रोगीहरूले भरिने गर्छ।

यी सम्पूर्णको ठूलो मूल्य चुकाउनु पर्छ, विशेष गरी आदिवासी अहवाज अरबहरूको लागि, जो अझै पनि उखु र तेल उद्योगमा प्राय: सानातिना काम बाहेक अन्य कामहरू गर्न वञ्चित छन् – दुई उद्योगहरूले उनीहरुको आफ्ना घर रहेको क्षेत्रमा विनाश निम्त्याउदैछन् – जबकि जातीय फारसीहरू इरानको अन्य भागहरूबाट ल्याइएका छन् र उनीहरुलाई आकर्षक तलब तथा आधुनिक, खास उद्देश्यले निर्माण गरिएका छुट्टाछुट्टै आवासको व्यवस्था छ। संसाधनको सन्दर्भमा इरानको सबैभन्दा सम्पन्न क्षेत्रको वासिन्दा हुनुको बावजूद अधिकांश अहवाजी जनता वास्तवमा रंग भेद प्रणाली भित्र मध्ययुगीन अवस्थामा बस्दछन्

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.