कुनै समय एउटा ठूलो बन्दरगाह योजनाले खतरामा परेको क्षेत्रलाई वन्यजन्तु सेन्कचुअरी बनाउने जमैकन सरकारको निर्णयप्रति वर्षौंसम्म “गोट टापुहरू बचाऔं” अभियान चलाएका वातावरणविदहरुलाई खुशी बनाएको छ। संरक्षित क्षेत्रले व्यवहारमा कसरी काम गर्न सक्दछ भन्ने प्रश्नहरू खडा भएतापनि प्रस्ताव मुख्य रूपले क्रिसमसको अग्रिम उपहारको रूपमा हेर्न सकिन्छ।
वन्यजन्तु सेन्कचुअरीको उद्देश्य गम्भीर संकटमा परेको जमैकन इगुवाना (साइक्लुरा कोली) सुरक्षित राख्नु हो, जुन लोप भइसकेको ठानिएको थियो तर १९९० मा पोर्टल्यान्ड बिट प्रोटेक्टेड एरियाको हेल शायर हिल्समा अचानक पुन: पाइयो। यो जनावरको अध्ययन क्षेत्र शुरुआती कार्यक्रम किंग्स्टनस्थित होप चिडियाघर हो, जसले जनावरलाई बन्द स्थानमा राखेर रेखदेख गर्दछ र कुनै पनि सम्भावित आक्रमणकारीसँग बच्न सक्ने भएपछि तिनीहरूलाई आफ्नो प्राकृतिक वासस्थानमा छोड्दछ।
स्थानीय अभियानकर्ताहरू — तथा उनीहरुलाई समर्थन गर्ने विदेशी संरक्षण संस्थाहरुले – सेप्टेम्बर २०१६ मा अभियान स्थगित गरेका थिए, जब प्रधान मंत्री एन्ड्रयू होलनेसले घोषणा गरे कि उनले प्रस्तावित चिनियाँ बन्दरगाह योजनाको साथ अघि नबढ्ने निर्णय लिएका छन्।
जमैका पर्यावरण ट्रस्टले जमैकन इगुवाना अहिले तिनीहरूलाई जंगलमा छोडिएको क्षेत्रमा रमाइरहेका थिए भनी ट्वीट गर्यो:
“Goat Islands to be declared a Wildlife Sanctuary, JET celebrates”…Meanwhile in the Hellshire Hills…#iguanaparty #goatislandssaved #savegoatislands pic.twitter.com/gL69EsyY7r
— JET (@jamentrust) December 15, 2017
गोट द्वीप एक वन्यजन्तु सेन्कचुअरी घोषित गरिनेछ, जेईटी यसको सराहना गर्छ। यसबीच हिलशायर हिल्समा #iguanaparty #goatislandssaved #savegoatislands
विदेशी संरक्षण संस्थाहरूले पनि प्रशंसा गरे:
Great News in Jamaica! Goat Islands in the Portland Bight Protected Area (PBPA) has been established as a wildlife sanctuary for endemic and endangered species, including the critically endangered endemic Jamaican #Iguana. via @jamaicaobserver https://t.co/E3qBGJoXUX @iguanafndn pic.twitter.com/90xWUTmZyZ
— Shedd Research (@SheddResearch) December 15, 2017
जमैकाको निम्ति सुखद समाचार! पोर्टल्यान्ड बिट प्रोटेक्टेड एरिया (पीबीपीए) मा गोट द्वीप गम्भीर रूपले संकटमा परेको जमैकन इगुवानासहित स्थानिय तथा संकटमा परेका प्रजातिहरूका लागि वन्यजन्तु सेन्कचुअरीको रूपमा स्थापित गरिएको छ
फोर्ट वर्थ, टेक्सासस्थित अन्तर्राष्ट्रिय इगुवाना फाउण्डेसनले फेसबुकमा सेयर गरेको छ:
ITS OFFICIAL!! the Goat Islands will finally be designated a wildlife sanctuary that will include the Jamaican Iguana as its flagship species. This has been our ‘end game’ for many years but that dream almost vanished in 2013 when the area was on the verge of being handed over to Chinese interests for development. The IIF and our partners launched an opposition campaign that successfully fought this idea for 3 years until the Jamaican government finally bowed to public pressure. We want to thank our many supporters who helped fund this campaign that kept the pressure up to Save The Goat Islands and the Jamaican Iguana. Victories in the conservation world and few and far between these days, and this one is particularly sweet. From all of us at the IIF, we hope you will join us in celebrating this hard fought success.
यो आधिकारिक हो!! गोट टापुहरूलाई अन्ततः वन्यजन्तु सेन्कचुअरी वर्गीकृत गरिनेछन् जसले जमैकन इगुवानालाई यसको मुख्य प्रजातिको रूपमा समावेश गर्नेछ। हाम्रो धेरै वर्षदेखिको संघर्ष समाप्त भएको छ तर २०१३ मा त्यो सपना करीब-करीब भताभुङ्ग भयो जब त्यस क्षेत्र चिनियाँ स्वार्थ अनुरुपका योजनाको लागि हस्तान्तरण हुनै लागेको थियो। आईआईएफ तथा हाम्रा साझेदारहरूले विरोध अभियान शुरू गरे जसले यस योजनालाई ३ वर्षसम्म जारी राख्यो, अंततः जमैकन सरकार जनदबाबको अगाडि झुक्यो। यस अभियानलाई आर्थिक सहयोग गर्ने हाम्रा धेरै समर्थकहरूलाई हामी धन्यवाद दिन चाहन्छौं जसले गर्दा गोट टापुहरू र जमैकन इगुवाना बचाउनको निमित्त दबाब दिइराख्न मद्दत पुर्यायो। संरक्षणको दुनियाँमा आजभोलि बिरलै विजय हासिल गर्न सकिन्छ, र यो एकदम सुखद छ। आईआईएफका हामी सबै आशा गर्छौं कि यो कठिन संघर्ष पश्चात प्राप्त सफलताको खुशीयाली तपाईंले हामीसँग मनाउनु हुनेछ।
हाई प्रोफाइल पर्यावरणविद् डाना म्याकालेले जमैका पर्यावरण ट्रस्ट (जेईटी) मा उनको टोलीसँग गोट टापु अभियानको नेतृत्व गरेकी थिइन्, जो जमैकाको दक्षिणी तटमा पहिले नै सुरक्षित दलदल जमिन र टापुमा निर्माण हुन लगेको बन्दरगाहको विरुद्धमा अथक प्रयास गर्दै आएकी थिइन्। यस समूहले देशभित्र र बाहिर समर्थकहरूको साथ पायो जुन विकासको खिलाफ पर्यावरणको एउटा उत्कृष्ट उदाहरण हो। दुई टापु पोर्टल्यान्ड बिट प्रोटेक्टेड एरिया (पीबीएपी) को भाग हो, जसमा जमैकाको दुई तिहाई सदाबहार वृक्षहरू र सुक्खा चून ढुङ्गा जंगलको एक ठूलो क्षेत्र पर्दछ – दुवै अति संवेदनशील प्राकृतिक वासस्थान हुन् जुन स्थानिय तथा संकटमा परेका प्रजातिहरूका लागि वासस्थान हो। पीबीपीएको व्यवस्थापन एक अन्य पर्यावरणीय गैर सरकारी संस्था क्यारिबियन कोस्टल एरिया म्यानेजमेन्ट फाउंडेशन (सी-सीएएम) द्वारा गरिन्छ।

जमैकन पर्यावरणविद् डाना म्याकालेले (नीलो बेसबल टोपीमा), अभियानले उचाई छोएको बेला सेप्टेम्बर २०१३ मा गोट टापु नजिकै ओल्ड हार्बर बे माछा मार्ने टतमा संरक्षणवादी र समर्थकहरूसँग उक्त्त टापुको संरक्षण बारे कुराकानी गर्दै। फोटो – एम्मा लुईस। अनुमतिमा प्रयोग गरिएको।
यो घोषणा विशेष गरी म्याकालेका लागि संतोषजनक हुने थियो, जो २०१७ को अन्तमा जेईटी सीईओको रूपमा सेवानिवृत्त हुनेछिन् जसलाई उनले २५ वर्ष पहिले स्थापित गरिन्। धेरै जमैकनहरूले पर्यावरण अभियन्ताको रूपमा उनको दृढता र सफलताको प्रशंसा गरेका छन्:
#Winning @dmccaulay. Take a bow because you fought hard for these. Respect due to the #GOJ for listening & doing the right thing. Protect our #Environment #Jamaica https://t.co/q4mIzq2Z9L
— Marcia Forbes (@marciaforbes) December 15, 2017
#winning@dmccaulay श्रेय लिनुहोस् किनकि तपाईले कठिन संघर्ष गर्नुभयो। सुन्ने र सही कामको लागि सम्मान। हाम्रो पर्यावरण बचाऔं
नेग्रिलस्थित पर्यटक रिसोर्ट पर्यावरणीय मुद्दामा ध्यान दिने मेरी वेराले टिप्पणी गरिन्:
I owe much of the awareness of my environment and the importance of protecting to her, to this lady – Diana McCaulay.
Great Jamaican woman.
म यी महिला डाना म्याकालेलाई पर्यावरण संरक्षणको महत्व तथा अधिक जागरुकताका लागि आभार व्यक्त गर्दछु।
महान जमैकन महिला।
म्याकालेले भर्खरै न्यू योर्कको शम्बर्ग केन्द्रमा क्यारिबियन इन्टरनेट नेटवर्क (सीआईएन) लेक्चर सीरीज मा “द रक स्टेट” मा हाई-प्रोफाइल लेक्चर दिइन्। सीरीजमा बोल्ने पहिलो महिलाको रूपमा उनले क्यारिबियन पर्यावरणको लागि एक जोडदार तर्क प्रस्तुत गरिन् र यस क्षेत्रमा जलवायु परिवर्तनको विद्यमान खतरा प्रति जोड दिइन्।
यसबीच, प्रधानमंत्रीको जनसंपर्क अधिकारीले आफ्नो प्रशासनको पर्यावरणीय रेकर्डमा गर्वका साथ सूचीबद्ध गरे:
Environmental Agenda of JLP Gov
1. No port at Goat Island ✅
2. Goat Island to be declared sanctuary and home for endemic Iguanas ✅
3. No Coal Fired Power Plan at Alpart✅
4. Largest solar farm in Caribbean✅
5. Cockpit country declared protected area✅
6. Plastics (pending)— Robert Nesta Morgan (@NestaJA) December 15, 2017
जेएलपी सरकारको पर्यावरणीय एजेण्डा
१. गोट टापुमा बन्दरगाह हुने छैन
२. गोट टापुलाई सेन्कचुअरी तथा स्थानिय इगुवानाको वासस्थान घोषणा गरिनेछ
३. अल पार्टमा कोइलाको विद्युत् केन्द्र हुने छैन
४. क्यारिबियनमा सबै भन्दा ठूलो सौर्य संयन्त्र स्थापना
५. कॉकपिट कन्ट्री संरक्षित क्षेत्र घोषित
६. प्लास्टिक (विचाराधीन)
उपलब्धिको अलावा, वन्यजन्तु सेन्कचुअरीबारे केही प्रश्नहरू सोधिंदैछन् र के इगुवानाहरू टापुहरूबाट किनारासम्म तैरिन सक्नेछन् भन्ने प्रश्न गरिदैछ। संरक्षणवादी वेंडी लीले सोधिन्:
I am happy for any positive news on the environment, but aren't the Goat Islands already supposed to be protected as part of the Portland Bight Protected Area and proposed Biosphere Reserve?
म पर्यावरणसम्बन्धी कुनै पनि सकारात्मक समाचारको लागि खुसी छु, तर के गोट टापुहरू पहिले नै पोर्टल्याण्ड बिट प्रोटेक्टेड एरिया र प्रस्तावित बायोस्फेयर रिजर्भको भागको रूपमा सुरक्षित हुनु हुँदैन?
सी-सीएएम प्रमुख इन्ग्रिड पर्चमेन्टको प्रतिक्रिया यस्तो थियो:
I am not sure under what act the Wildlife sanctuary was declared however this is what we want. Portland Bight Protected Area was submitted for Biosphere status and was withdrawn by the government. We are hoping to resubmit in 2018. Positive environmental news. A victory for Jamaica. Now lets implement plans to establish. On to the next threatened area???.
मलाई थाहा छैन कि कुन वास्तविकतामा वन्यजन्तु सेन्कचुअरी घोषणा गरियो तथापि हामी यही चाहन्छौं। बायोस्फेयर स्टाटसका लागि पोर्टल्यान्ड बिट संरक्षित क्षेत्र निर्णयार्थ प्रस्तुत गरिएको थियो र सरकारद्वारा फिर्ता लिइएको थियो। हामीले २०१८ मा पुन: पेश गर्ने अभिलाषा लिएका छौं। सकारात्मक पर्यावरण समाचार। जमैकाको विजय। अब स्थापना गर्न योजनाहरू लागू गरौं। अर्को खतरा क्षेत्रमा।
त्यसो भए प्रस्तावित वन्यजन्तु सेन्कचुअरीको लागि अन्य कदमहरू के के हुन्? डायना म्याकालेले यसो भनिन्:
An assessment of what's on Goat Islands now will have to be done, especially of any invasive species. Also an assessment of the habitat – and then a decision taken about what can go there. Iguanas and likely other reptiles https://t.co/mrq9QYwgqB
— Diana McCaulay (@dmccaulay) December 15, 2017
गोट टापुमा के भइरहेकोछ भन्ने कुराको मूल्यांकन हुनु पर्दछ, विशेष गरी आक्रामक प्रजातिहरुका। प्राकृतिक वासस्थानको पनि मूल्यांकन गर्नुपर्दछ र त्यहाँ के के बस्न सक्छन् भन्ने बारे निर्णय लिइएको बारे। जस्तै कि इगुवाना र अन्य सरीसृपहरु
त्यसोभए टापुको कुनै स्थानमा बन्दरगाह हुनेछ? गत वर्ष, प्रधानमन्त्रीले सुझाव दिए कि त्यसको लागिअर्को स्थान हुन सक्छ, तर अहिलेसम्म यसको पुष्टि हुन सकेको छैन।