विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

नयाँ आयाम कोर्दै झारखण्डको सोहराइ चित्रकला

सोहराइ चित्रकलाका उदाहरण। बुलु इमामको ट्राइबल आर्ट अफ हजारीबाग पेजको स्क्रीनशट।

अलंक्रिता आनन्दद्वारा लिखित यो लेख भारतअवस्थित पुरस्कार विजेता अन्तर्राष्ट्रिय सामुदायिक मिडिया संस्था भिडियो भोलन्टियर्समा प्रकाशित भएको थियो। ग्लोबल भ्वाइसेजसँगको साझेदारी अन्तर्गत यसको सम्पादित संस्करण यहाँ प्रस्तुत गरिएको छ।

भारतको झारखण्ड राज्यमा महिलाद्वारा स्थानीय रीतिरिवाजअन्तर्गत बनाइने सोहराइ तथा कोहबर परम्परागत चित्रकलाका नमुना हुन्। हालका वर्षमा यस राज्यको कला तथा संस्कृति विभागले आदिवासी चित्रकार तथा विशेषज्ञहरूलाई परिचालन गरी सरकारी भवन, रेल्वे स्टेशन, तथा विमानस्थलका भित्ताहहरू रङ्गीचङ्गी भित्तेचित्रले सुसज्जित गर्न थालेपछि यस चित्रकलाले धेरैको ध्यानाकर्षण गराएको छ। यस कार्यले आदिवासी चित्रकारहरूमा पहिचानको भावना जागृत गराएको छ भने उनीहरूको आत्मविश्वास फर्काएको छ।

सोहराइ चित्रकला सोहराइ (अनाज भित्र्याउने) पर्वको चित्रकला हो। झारखण्डमा घरका माटे भित्तमा माटोबाट बनाइएको

सोहराइलाई दिवालीताका सुरु हुने सोही नामको अनाज भित्र्याउने पर्वको नाम दिइएको छ। अनाज भित्र्याउने बेला महिलाहरू आफ्ना घर तथा भित्ता सफा गर्छन् र सोहराइ चित्रकलाले सुसज्जित गर्छन्। महिलाहरूद्वारा मात्र बनाइनु नै यस पौराणिक कलाको विशेषता हो। सोहराइले बाली चक्र दर्शाउँछ भने कोहबर अथवा औंलाले बनाइने चित्रकलाले विवाह तथा उर्वरता जनाउँछ र यो परम्परागत रूपमा विवाहका लागि बनाइन्छ।

विभिन्न प्रकारका माटा तथा ढुङ्गाबाट बनाइएका प्राकृतिक रंगका साना भाँडाबाट रंग चोपल्दै भित्तामा चित्र कोर्दै गरेकी चर्चित सोहराइ कलाकार पुतली देवी सामुदायिक संवाददाता बसन्ती सोरेनसँग यस चित्रकलाबारे कुरा गर्छिन्।

यस भिडियोमा पुतली देवी भन्छिन् :

What is special about the art form is that it is only made by women and passed on by women, and a handful of them at that. Most of them belong to the Kurmi community and live in Hazaribagh.

यस कलाको विशेषता नै केवल महिलाहरूले बनाउनु हो र एकबाट अर्कोमा हस्तान्तरण हुँदै केहीमात्र यसमा संलग्न छन्। यसमध्ये धेरै जसो कुर्मी समुदायका छन् र हजारीबागमा बस्छन्।

पुतली देवी हजारीबागको छोटा नागपुरमा हुर्किइन् र आफ्नी आमालाई औंलाद्वारा भित्तेचित्र बनाएको देखेर आफूले पनि यो चित्रकला सिकिन्।

I used to see wolves and wild cats run away with hens in the forest, so I started depicting them in my paintings.

मैले ब्वाँसा र बनबिरालाहरू कुखुरा चोरेर जंगलतिर भाग्दै गरेको देख्थे, त्यसैले मैले तिनीहरूलाई आफ्ना चित्रमा उतार्न थाले।

यी चित्रहरू रातो, कालो, पहेंलो र सेतो रंग प्रयोग गरी बनाइन्छन् र यिनीहरूमा प्रशस्त पाइने जनावरहरू समेटिन्छन्। देवी भन्छिन्:

I paint from memory, things I have seen growing up and things that I see around me.

म आफ्नो स्मरणका आधारमा चित्र कोर्छु, हुर्कदैं गर्दा मैले देखेका तथा मेरा वरिपरिका चीजहरू कोर्छु।

तर पुतली र उनका सहकर्मीहरूलाई उनीहरूको कार्यका लागि सम्मानित गरिएको थिएन र उनीहरूले पनि यसलाई व्यावसायिक रूपले लिएका थिएनन्। यद्यपि आफ्नो कला अष्ट्रेलिया र जर्मनी जस्ता मुलुकमा प्रदर्शित गरेकोमा पुतली देवी दंग छिन्।

One day, Bulu Imam came this way and really liked my paintings. I was reluctant to meet him but my sisters-in-law insisted. He encouraged me to paint on paper and took my paintings to a global audience

एक दिन बुलु इमाम यतातिर आउनु भयो र मेरो चित्रकला निकै मन पराउनु भयो। म उहाँलाई भेट्न हिच्किचाइरहेको थिए तर मेरा नन्दहरूले जोड गरे। उहाँले मलाई कागजमा चित्र कोर्न उत्साहित गर्नुभयो र मेरो कलालाई विश्वव्यापी श्रोतामाझ पुर्याउनु भयो।

७५ वर्षीय बुलु इमाम झारखण्डमा जनजातिका कला तथा संस्कृति संवद्र्धन गरिरहेका वातावरणविद् हुन्। उनी भन्छन्:

Indigenous peoples, the world over, have rights over the lands that they historically inhabit, but in India, there are limitations on these rights.

विश्वभरि जनजातिलाई आफूले ऐतिहासिक रूपमा बसिआएको जमीनमा अधिकार प्राप्त छ तर भारतमा यस अधिकारका सीमितता छन्।

भारतले आदिवासी जनजाति अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्र (युएनड्रीप) को पक्षमा मतदान गरे पनि ‘आदिवासी जनजाति’ शब्द मात्रलाई चाहिं मान्यता दिएको छैन जसका कारण यो घोषणापत्र भारतमा लागू हुनसक्दैन

आम जनतामाझ यसले आदिवासी जनजाति समुदायको अधिकार उल्लंघन भएको व्याख्या गर्दछ। उदाहरणका लागि इमाम इंगित गर्छन् कि भारतीय जनजाति वा आदिवासी आफ्नो जीविकोपार्जनका लागि आफ्ना जमीनमा निर्भर छन्, तर “जमीनमा भएको बाली”मा उनीहरूको अधिकार छैन। “म खननको बारेमा कुरा गर्दैछु”, खनिज पदार्थमा धनी छोटा नागपुर पठारतर्फ संकेत गर्दै, उनी भन्छन् ।

आदिवासी जनजातिका कला तथा संस्कृति पहिचान र अधिकारसँग एकदमै प्रभावशाली ढंगले जोडिएको छ, इमाम भन्छन्:

I found proof of Jharkhand’s adivasis’ indigeneity in their art, the caves in the region bear similar art from thousands of years ago. For indigenous communities to claim their rights, we have to establish that they have been living on the land historically.

मैले झारखण्डका आदिवासीका कलामा उनीहरूको आदिमता रहेको प्रमाण भेटे, यस क्षेत्रका गुफाहरूमा यस्तै प्रकारका हजारौं वर्ष पहिलेका कलाकृति रहेका छन्। आदिवासी जनजाति समुदायले आफ्ना अधिकारमा हक दावी गर्न हामीले उनीहरू यस स्थानमा ऐतिहासिक रूपले बसोबास गरी आएका छन् भनी प्रमाणित गर्नुपर्छ।

आदिवासी समुदायकी बसन्ती कला र संस्कृतिको जगेर्ना गर्नु महत्वपूर्ण भएको धारणा व्यक्त गर्छिन्।

The newer generation does not know much about its history, which is why it is important to promote local cultures. We must be aware of our traditions, it is a matter of identity.

नयाँ पुस्तालाई आफ्नो इतिहासबारे त्यति थाहा छैन, त्यसैले स्थानीय संस्कृतिको प्रवर्धन गर्नु महत्वपूर्ण भएको छ। हामीले आफ्ना परम्पराबारे अवगत हुनु जरुरी छ, यो पहिचानको मामिला हो।

गोवामा आदिवासी संस्कृतिको अभिलेख राख्ने सम्वाददाता देवीदास गाँवकर पनि कला, संस्कृति र पहिचानबारे समान धारणा राख्छन्।

अहिले सोहराइ चित्रकलालाई झारखण्डको राजकीय कलाको रूपमा स्थापित भएको छ। यसले राज्य सरकार तथा टाटा स्टीलजस्ता राज्य बाहिरका कर्पोरेटहरूको प्रश्रय पाएको छ। हजारीबाग र जम्शेदपुर जस्ता शहरहरूका रेल्वे स्टेशनहरूमा कोहबर तथा सोहराइ भित्ते चित्रहरूले यात्रीहरूलाई स्वागत गर्दछन्। केही अघिसम्म यी चित्रकला गाउँका घरहरूमा सीमित थिए।

हजारीबाग रेल्वे स्टेशनमा आदिवासी कलाकारहरूले बनाएका सोहराइ चित्रकला

बिरसा मुण्डा विमानस्थलबाट शहरतर्फ जाँदै गर्दा तपाईंको देब्रेतर्फ भित्तामा रहेका सोहराइ चित्रकलाका भित्ते चित्रहरू हेर्न नभुल्नुहोला

राँची विमानस्थलमा आउँदै हजारीबागको झन सुन्दर सोहराइ चित्रकला। हाम्रा प्रतिभाशाली चित्रकारहरू बर्कागाँव र कट्कामसाण्डीका हुन्।

के यस कलालाई गाउँबाट विश्वव्यापी तथा व्यावसायिक स्तरमा पुर्याउदा यसका अभ्यासकर्तालाई लाभ भएको छ? बसन्तीका अनुसार यसले पक्कै पनि देवीको आर्थिक अवस्था उकासेको छ तर यो पर्याप्त छैन र कसैले पनि यो कला सिक्ने इच्छा गर्दैनन्। यद्यपि इमाम यसले देवीमा ल्याएको पहिचान र आत्मविश्वासको भावनातर्फ संकेत गर्छन्। “यो अमूल्य छ,” उनी भन्छन्।

भिडियो भोलन्टियर्सले अत्यन्तै गरीब, मिडिया नपुगेका जिल्लाहरूलाई व्यापक कभरेज प्रदान गर्नमा पूर्ण रूपले केन्द्रित भारतको एकमात्र रिपोर्टिङ सञ्जाल संचालन गर्दछ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.