आफ्ना तस्वीरमार्फत संरक्षणप्रति जनचेतना जगाउँदै एक नेपाली वाइल्डलाइफ फोटोग्राफर

आहाल खेल्दैगरेको गैंडा, चितवन। फोटो: सागर गिरी। अनुमतिमा प्रयोग गरिएको।

सागर गिरी आफ्ना वरिपरिका अस्पष्ट, विषयवस्तु ठिक ठाउँमा नमिलाई खिंचिएका तथा फिका रंगका फोटोहरू देखी कहिल्यै सन्तुष्ट हुँदैन थिए। यस स्थितिलाई सुधार्न तथा राम्रा फोटो कसरी खिच्न सकिन्छ भनी अरुलाई पनि देखाउन उनले आफ्नै क्यामेरा बोकी हिंड्ने अठोट गरे।

यो उनी सानो हुँदाको कुरो हो। आज उनी २८ वर्षका भएका छन् र अन्तर्राष्ट्रियस्तरमा नेपालका वन्यजन्तु प्रवर्धन गर्न प्रयासरत छन्। उनको गृहनगर चितवन राष्ट्रिय निकुञ्जको किनारमा रहेको छ र यो ठाउँले उनलाई नेपालका लोभलाग्दा जनावर तथा चराचुरुङ्गीका तस्वीर खिच्ने राम्रो अवसर जुराउँछ। उनले फेसबूकमा यस स्थानले उनलाई कसरी आफ्नो काममा सघाउँछ भनी लेखेका छन्:

I live on edge of the World Heritage Site Chitwan National Park, what can be better for a wildlife Photographer enthusiast!!

So, today i was resting at my place and suddenly Navaraj (Manager at Chitwan Gaida Lodge) calls me, he got my dad's call that there is the leopard at the bank of Rapti river. The River dam just a few minutes away at the touristic place of Sauraha. I immediately ran with my camera & reached within minutes. My Dad had been watching him, showed me the place across the River a long Distance where Leopard was and immediately my shutter burst began!!

म विश्व सम्पदा सूचीमा पर्ने चितवन राष्ट्रिय निकुञ्जको किनारमा बस्छु र एउटा वाइल्डलाइफ फोटोग्राफरका लागि यो भन्दा ठूलो कुरा के हुनसक्छ र!!

म आज आफ्नो ठाउँमा बसिरहेको थिए र एक्कासि नवराज (चितवन गैंडा लजका म्यानेजर) ले मलाई डाक्छन्, उनले मेरो बुवाबाट राप्ती नदी किनारमा चितुवा रहेको खबर पाएका रहेछन्। पर्यटकीय गन्तव्य सौराहाभन्दा केही पर नदीको बाँधनिर रहेछ। म तुरुन्तै आफ्नो क्यामेरा लिई कुदे र केही मिनेटमै त्यहाँ पुगे। मेरो बुवाले त्यस चितुवालाई हेर्दैहुनुहुन्थ्यो र मलाई नदीपारि टाँढा रहेको त्यो वन्यजन्तु देखाउँनुभयो अनि मेरो क्यामेराको शटरले धडाधड त्यो दृश्य कैद गर्न थाल्यो!!

सागर नेपाल सरकारसँग मिलेर यहाँका वन्यजन्तुलाई विश्वसामु चिनाउन चाहन्छन् र यी जनावरहरू देखिएझै डरलाग्दा हुँदैनन् भनी जनचेतना फैलाउन चाहन्छन्। र उनलाई यो राम्ररी थाहा छ उनको बाघसँग जम्काभेट भएको छ:

A tiger doesn't lose sleep over the opinion of sheep!!
Late evening too low on the light. Home time for all the animals & birds. I was also returning home coz of darkness, then suddenly appears the King from the Bushes, immediately sits when we both see each other & Stares at me through the sal trees!!

एउटा बाघ भेंडा भेटिएला भनी कहिल्यै जागा रहदैंन!!
अबेला बेलुकीपख प्रकाश कम थियो। सबै जनावर तथा चराचुरुङ्गीको घर फर्कने बेला। म पनि अंध्यारोले गर्दा घर फर्कन लागेको थिए, र एक्कासि झांडीबाट जंगलको राजा निस्कियो, बस्यो र जब हामीेले एक अर्कालाई देख्यौं उसले मलाई सालका रूखमाझबाट घुरेर हेर्यो!!

जनावरहरूलाई जोगाउनुपर्ने आवश्यकता देखेर उनले आफ्ना तस्वीरहरूमा “आइ क्लीक फर कन्जरभेशन” अर्थात म संरक्षणका लागि तस्वीर खिंच्छु भन्ने लोगो राख्छन्। तर नेपालको प्रकृति तथा वन्यजन्तु प्रवर्धन गर्ने उनको चाहना भने त्यति सहज छैन। उनले बर्दिया राष्ट्रिय निकुञ्जमा अट्टरका फोटो खिंच्न मुख्यतया टेन्टमा २२ दिन बिताए, र बाघका तस्वीर खिंच्न १२ दिनसम्म पर्खे, र नजिकैका लजहरूमा बस्दै ६-७ दिन लगाएर चराका चाहिने जस्ता फोटो खिंचेका छन्।

उनले खिंचेका केही फोटोहरू हेर्नुहोस्।

रेड नेप्ड इबिस। चितवन राष्ट्रिय निकुञ्ज। फोटो: सागर गिरी। अनुमतिमा प्रयोग गरिएको।

जंगली अर्ना, चितवन राष्ट्रिय निकुञ्ज। फोटो: सागर गिरी। अनुमतिमा प्रयोग गरिएको।

धनेश, चितवन। फोटो: सागर गिरी। अनुमतिमा प्रयोग गरिएको।

हिमालयन ग्रिफन, जटायु रेष्टुरेण्ट, पिठौली, नवलपरासी। फोटो: सागर गिरी। अनुमतिमा प्रयोग गरिएको।

अट्टरहरू, बर्दिया राष्ट्रिय निकुञ्ज। फोटो: सागर गिरी। अनुमतिमा प्रयोग गरिएको।

किङ्गफिशर, सौराहा, चितवन। फोटो: सागर गिरी। अनुमतिमा प्रयोग गरिएको।

इजिप्सीयन गिद्ध, पोखरा। फोटो: सागर गिरी। अनुमतिमा प्रयोग गरिएको।

ओस्प्रे, पिठौली, नवलपरासी। फोटो: सागर गिरी। अनुमतिमा प्रयोग गरिएको।

पाटे बाघ, चितवन राष्ट्रिय निकुञ्ज। फोटो: सागर गिरी। अनुमतिमा प्रयोग गरिएको।

 

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.