फोटोहरूमा नेपालमा पाइने पुतलीहरूको सुन्दरता

रेड लेसविङ्ग। फोटो सुशील श्रेष्ठ। अनुमतिमा प्रयोग गरिएको।

हिमाली मुलुक नेपालले पदयात्री, आरोही, वन्यजन्तुप्रेमी तथा साहसीहरूलाई सदैव आकर्षित गर्ने गरेको छ। यदि तपाईं लेपिडेप्टोरिष्ट हुनुहुन्छ भने नेपाल पक्कै पनि तपाईंको शौकको लागि उपयुक्त गन्तव्य हुनसक्छ। नेपालमा ६५० भन्दा बढी प्रजातिका पुतलीहरू पाइन्छन् जुन विश्वकै पुतली प्रजातिको ३.७२ प्रतिशत हुन आउँछ।

नेपालमा जतासुकै पुतलीहरू पाइन्छन् — दक्षिणी समतल भूमिमा पर्ने जंगलदेखि उत्तरी भेगका हिमालमा समेत। काठमाडौं उपत्यका वरिपरिका पहाडहरू यी सुन्दर पुतलीहरू भेटिने उत्तम स्थानमा पर्दछन्। मार्च-जून र अगष्ट-अक्टूबर अवधि पुतली अधिकतम अवलोकन गरिने मौसम हुन्।

स्वतन्त्र फोटोग्राफर सुशील श्रेष्ठले नेपालको समथर भागदेखि माथिल्लो मुस्ताङको ३८१० मीटरको उंचाइमा समेत पाइने १५० भन्दा बढी प्रजातिका तस्वीर खिंचेका छन्।

कैंयन राष्ट्रिय पुरस्कार विजेता श्रेष्ठले ग्लोबल भ्वाइसेजसँगको कुराकानीमा भने: “मानिसको बढ्दो जनसंख्याका कारण पुतलीको वासस्थान दिन प्रति दिन कम हुँदै गइरहेको छ।”

प्रकृति तथा वन्यजन्तुको फोटोग्राफीमा गहन रूचि भएका श्रेष्ठ पुतलीका फोटो खिंचिरहन्छन् र नेपालको सौन्दर्य दर्शाउन तथा यहाँको पर्यटन प्रवर्धन गर्न एक कफी टेबल बूक प्रकाशन गर्न चाहन्छन्।

उनले नेपालका विभिन्न ठाउँमा खिंचेका केही पुतलीका तस्वीर यहाँ हेर्नुहोस्।

लाइम स्वालोटेल। फोटो सुशील श्रेष्ठ। अनुमतिमा प्रयोग गरिएको।

ओरियन्टल कमन इभनिङ ब्राउन। फोटो सुशील श्रेष्ठ। अनुमतिमा प्रयोग गरिएको।

इण्डियन क्याबेज व्हाइट। फोटो सुशील श्रेष्ठ। अनुमतिमा प्रयोग गरिएको।

तोरीको फूलमा इण्डियन क्याबेज व्हाइट। फोटो सुशील श्रेष्ठ। अनुमतिमा प्रयोग गरिएको।

थ्री-स्पट ग्रास एल्लोको समूह। फोटो सुशील श्रेष्ठ। अनुमतिमा प्रयोग गरिएको।

थ्री-स्पट ग्रास एल्लोको जोडी । फोटो सुशील श्रेष्ठ। अनुमतिमा प्रयोग गरिएको।

ओरियन्टल लेमन इमिग्रेन्ट । फोटो सुशील श्रेष्ठ। अनुमतिमा प्रयोग गरिएको।

यामफ्लाइ। फोटो सुशील श्रेष्ठ। अनुमतिमा प्रयोग गरिएको।

टेल्ड जे। फोटो सुशील श्रेष्ठ। अनुमतिमा प्रयोग गरिएको।

श्रेष्ठ चाहिं नेपालका पुतलीको अभिलेख राख्ने एकमात्र व्यक्ति भने होइनन्। ब्रिटिश नागरिक कलिन स्मीथले पुतलीको अध्ययन गर्दै ५० वर्षभन्दा बढी समय नेपालमा बिताए। उनले नेपालका ४० भन्दा बढी जिल्लाको भ्रमण गरेर २५,००० भन्दा बढी पुतली संकलन गरी इलस्ट्रेटेड चेकलिष्ट अफ नेपाल्स बटरफ्लाइज पुस्तक लेखे।

पुतली बाजे उपनाम पाएका स्मीथले संकलन गरेका पुतली प्राकृतिक विज्ञान संग्रहालय, काठमाडौं; अन्नपूर्ण पुतली संग्रहालय, पोखरा; तथा धुलिखेलअवस्थित काठमाडौं विश्वविद्यालयमा संग्रहित छन्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.