बिर्सिइएको मध्य एशियाली बाजा जेटिजेनको सुमधुर संगीत सुन्नुहोस्


तारजडित बाजा जेटिजेन। Kloop.kg बाट लिइएको फोटो। क्रियटिभ कमन्स।

किर्गिज मिडिया पोर्टल Kloop.kg ले वाद्यवादन सामग्री जेटिजेनसम्बन्धी छोटो फिचर प्रकाशित गरेको छ। साथै ‘दोस्तुक (मित्रता) लोकसंगीत समूह'का निर्देशक जुसुप आसायेभले सो बाजा बजाउँदै गरेको भिडियो पनि समेटेको छ।

यस लेखका रचनाकारका अनुसार १५ वटा तारजडित जेटिजेन हालको समयमा कजाखस्तान र किर्गिजस्तानमा कम लोकप्रिय भएको छ।

किर्गिजस्तानमा हजारौंले बजाउने टिनटिन गरी बज्ने सारंगी जस्तै कोमुज वा त्यस्तै खालको कजाखी दोम्ब्राभन्दा जेटिजेनको लय धेरै प्रभावशाली भए तापनि जेटिजेनको लोकप्रियता खस्कदो छ। यसो हुनु पछाडिको प्रमुख कारण यसलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान गाह्रो हुनु हो।

डेढ मीटर भन्दा लामा यी सुमधुर जेटिजेनहरू एक ठाउँबाट अर्को ठाउँमा लैजान अप्ठ्यारो हुन्छ जबकि माथि उल्लेखित अरु दुई बाजालाई सजिलै बाकसमा राखी काँधमा झुण्ड्याउन सकिन्छ।

जेटिजेन अझै पनि लोकप्रिय भएको ठाउँ चाहि रसियाली गणतन्त्र खाकासिया हो जहाँ टर्किक खाकास जनजाति बसोबास गर्दछन्।

यस क्लीपले यस बाजाको बहुमुखी आयामको आभास गराउँछ।

तर राजधानी बिश्केकको एक संगीत विद्यालयमा यस वाद्यवादन सामग्रीको प्रदर्शन गरेपश्चात् जुसुप आसायेभले किर्गिजस्तानमा जेटिजेनलाई फेरि लोकप्रिय बनाउन कक्षाहरू संचालन गर्दैछन्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.