किलिशी – नाइजेरियन व्यंजनको मज्जा

Kilichi au Niger via Ali avec sa permission नाइजेरियन किलिशी, सौजन्य-अली महमान। (शीर्ष बायाँ तर्फको क्याप्सन: बदामको पेस्ट तथा मसालेदार किलिशी ) ( तल दायाँ तर्फको क्याप्सन: “रुमुजु” एक प्रकारको किलिशी )

नाइजरको कुरा गर्दा प्राय: आफ्नो शानदार साहेलियन भू-दृश्य, आफ्नो अतिवादी हिंसा विरुद्ध युद्द साथै आफ्नो युरेनियम स्रोतसाधन बारे कुरा हुन्छ। शायदै अझै पनि कसैले यहाँको विशिष्ट व्यंजनको कुरा गरेको होस्, जुन राष्ट्रिय जनसंख्या सांस्कृतिक रूपमा विविध भएजस्तै विविधतामा धनी छ। नाइजरका लागि वेबसाइट नक्साङ्कन ब्लगर तथा पूर्वी नाइजेरियन शहर मादाउदा निवासी अली दोउका महमान आफ्नो देश बाहिर कमै चिनिने यस खाना बारे प्रस्तुत गर्छन्।
किलिशी नाइजेरियन मौलिक खाना हो। यसको नाम हाउसा भाषा बाट राखिएको हो जसको अर्थ हुन्छ “ कमलो मासुको टुक्रा ( गोरु वा खसीको हड्डी बिनाको मासु ), सुक्खा अनि मसालेदार।“ अन्तिम पदार्थ घाममा सुकाएको मासुको पातलो टुक्रा हुन्छ जसको धेरै समय लाएर तयार गर्न अनिवार्य बुँदाहरु:

- मासुको टुक्राको चयन;

- टुक्राको छालालाई खैरो अर्थात हाउसा भाषामा ले-लया बनाउने;

- मासु घाममा सुकाउन बाहिर राख्ने;

- टुक्रालाई रातो रंगको बदाम पेस्टको लेपन लगाउने;

- आगोमा पकाउने र अन्त्यमा यसलाई मसला तथा बदाम राखेर स्वादिष्ट बनाउने।

Kilichi avec épices avec la permission de l'auteur मसालेदार किलिशी ( लेखकको अनुमतिमा )

नाइजरमा किलिशी उत्पादन केन्द्रहरु धेरै जसो देशको दक्षिणी भागमा अर्थत् मुख्यतया मादाउ, गुइदन- रोम्जी र राजधानीमा पनि अवस्थित छन्। यस खानाको उत्पादनमा मुख्य उत्पादकहरु बाङरोउ वा कसाई जसले मासु जानकारको रुपमा समुचित ख्याति आर्जन गरेका छन्।
किलिशी मुख्य दुई प्रकारका हुन्छन्:

–  जा: बदामको पेस्ट तथा रातो रंगको किलिशी

– रुमुजु: बदामको तेल सहितको सादा किलिशी।

किलिशी उत्पादन गहन श्रम प्रकृयामा हुन्छ जुन धेरै हदसम्म नाइजरको विशाल अनौपचारिक अर्थव्यवस्थाको विशेषता हो।

यहाँ एक भिडियोमा किलिशी कसरी बनाउने देखाइएको छ:

यसबाहेक, अधोगति उन्मुख आर्थिक पारिस्थितिका कारण नाइजरले व्यापक बसाई सराईको सामना गरिरहेको हेर्दा किलिशी लगातार सीमाना हुँदै तटीय छिमेकीहरू आइभोरी कोस्ट, क्यामेरुन, नाइजेरिया र ग्याबोन तर्फ बढिरहेको छ।

नियामे नगरपालिका द्वारा आयोजित एक अध्ययनले शहरमा हरेक वर्ष ७०० र १००० किलोग्राम को बीचमा किलिशी उत्पादन हुने अनुमान गरेको छ। यो उत्पादन प्याजको टुक्रा र मसलासँग आनन्द लिन सकिन्छ साथै स्वादिष्ट र आरामदायक डेजर्ट।

यस लेख  अली दोउका महमानको ब्लग इन्ट्री अन द म्यापिङ फर नाइजर वेबसाइटदेखि अनुवाद र पुन: प्रकाशित गरिएको हो। नाइजर परियोजनाका लागि नक्साङ्कन राइजिङ भोइसेस अनुदान प्राप्त एउटा परियोजना हो।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.