विश्वभर नस्लवाद विरुद्ध अभियान व्यापक हुँदै गर्दा दास प्रथा र औपनिवेशिकतासँग जोडिएको ऐतिहासिक व्यक्तित्वका मूर्तिहरू के गर्ने भन्ने विषयमा फ्रान्स कैयौँ हप्तादेखि विभाजित बनेको छ।
संयुक्त राज्य अमेरिकामा मे २५ मा जर्ज फ्लोयडको मृत्युको साथसाथै ब्ल्याक लाइभ्स म्याटर (बीएलएम) आन्दोलनको विश्वव्यापी पुनर्जागरणले पश्चिमी समाजमा अश्वेत नागरिकहरूप्रतिको प्रणालीगत नस्लवाद सम्बन्धी बहसलाई पुनःस्थापित गर्यो।
फ्रान्समा हालै भएको बीएलएम प्रदर्शनले माली मूलका फ्रान्सेली एडामा ट्राओरेप्रति न्यायको आवाज पुनर्जीवित गर्यो जो २०१६ मा प्रहरीले सोधपुछ गरे पश्चात मारिएका थिए। तर यस पूर्व-औपनिवेशिक शक्तिको विरासतको बावजुद विवादास्पद मूर्तिहरूको सवालले फ्रान्समा मिडियाको ध्यान कम खिँचेको छ।
हाल विश्वव्यापी बीएलएम विरोध प्रदर्शनले फ्रान्सेली इतिहासमा विवादास्पद मूर्तिहरू हटाउने अभियानलाई बढाइएको र तीव्र पारिएको छ।
प्रदर्शन पश्चात विश्वभर विवादास्पद मूर्तिहरू हटाउने क्रम सुरु भयो। १७ औं र १८ औं शताब्दीको प्रमुख दास व्यापार क्षेत्र ब्रिटेनको ब्रिस्टल बन्दरगाहमा रहेको दास व्यापारी एडवर्ड कोलस्टनको मूर्ति जून ७ मा ब्ल्याक लाइभ्स म्याटर प्रदर्शनकारीहरूले ढालिदिए । बेल्जियममा १८८५ र १९०८ बीच कंगोली नागरिक माथि गरिएको अत्याचारका लागि जिम्मेवार राजा लियोपोल्ड द्वितीयका कैयौँ मूर्तिहरू जून महिनाभर तोडफोड गरियो र अब तिनलाई हटाइनु पर्ने सशर्त माग राख्दै आवेदन गरिएको छ।
फ्रान्समा विवादास्पद ऐतिहासिक व्यक्तित्व तथा मूर्तिहरू
फ्रान्सेली साम्राज्य १६ औं र २० औं शताब्दीको बीचमा खडा गरिएको थियो र यसले विवादास्पद ऐतिहासिक व्यक्तित्वको कुनै कमी हुन नदिई एक समय सम्पूर्ण महाद्वीपमा कुल १२,०००,००० वर्ग किलोमिटरसम्म फैलिएको थियो।
लिलमा “फिदेर्बे हटाउनै पर्छ” आन्दोलन जनरल लुइस फेदेर्बेप्रति केन्द्रित छ, एक सैनिक जसलाई १८७० को फ्रान्स-पर्सिया युद्धमा उनले गरेका उपलब्धिको लागि तारिफ गरिन्छ तर उनी “सेनेगलको विजयमा प्रमुख भूमिका निर्वाह गर्ने व्यक्ति” पनि थिए र १९ औं शताब्दीको मध्यमा खुनी “शान्ति स्थापना” अभियानको नेतृत्व गरे।
पेरिसमा प्रदर्शनकारीहरूले १७ औं शताब्दीमा राजा लुइस १४ औंको मातहतमा रहेका मन्त्री जाँ बाटिस्ट कोलबर्टको मूर्तिलाई पनि लक्षित गरेका थिए जुन अहिले फ्रान्सेली राष्ट्रिय सदन अगाडि विराजमान छन्। सन् १६८५ मा प्रकाशित “कोड नोयर,” वा “फ्रेन्च वेस्ट इंडीजका लागि ब्ल्याक कोड,” का लेखक कोलबर्टले दासहरूलाई “चल सम्पत्ति” को रूपमा वर्णन गर्दै उनीहरूमाथि दास मालिकको अधिकारलाई निर्दिष्ट गरे।
त्यसपछि दास प्रथालाई मुख्य भूमि फ्रान्समा प्रतिबन्धित गरिएको थियो तर अझै उपनिवेश राष्ट्रहरूमा अभ्यास गरिएको थियो।
सन् २०१७ मा, फ्रान्सको ब्ल्याक एसोसिएसन प्रतिनिधि परिषद (सीआरएएन) का अध्यक्ष लुइस-जर्ज टिनले भने: “कोलबर्ट स्वतन्त्रता, समानता र भ्रातृत्वको दुश्मन थिए” [फ्रान्सेली गणतन्त्रको आदर्श वाक्य]। हालसालै फ्रान्सेली पूर्व प्रधानमन्त्री जाँ -मार्क एराल्टले कोलबर्टको नाम राखिएका स्थानहरूको नाम बदल्नका लागि आह्वान गरे।
१९ औं शताब्दीका प्रकृतिविद् एवं एनाटोमिस्ट जर्जस कुभियरको एउटा प्रतिमा पनि धेरै फ्रान्सेली शहरहरूमा प्रदर्शन गरिएको छ। त्यस समयका नस्लवादी वैज्ञानिक सिद्धान्तमा विश्वास राख्ने कुभियरले “हटेन्टोट भेनस” भनेर चिनिने सारतजी बार्टमेनको शरीर चिरफार गर्ने प्रयास गरे। अश्वेत स्वायत्त कार्य समन्वय विशेष रूपले यस विवादास्पद व्यक्तिको आलोचक रहेको छ:
“La France n'est pas raciste” il faut vraiment être né avant la honte pour le penser et le dire dans un pays où l'apologie d'esclavagistes est partout: rues, statues et bâtiments.
Du 8 au 30 juin sortons les de leur anonymat confortable! #EsclavagistesPartoutRéparationsNullePart pic.twitter.com/fjCBIQbuF0— C.A.A.N Coordination Action Autonome Noire (@ActionNoire) June 15, 2020
“फ्रान्स नस्लवादी होइन”। वास्तवमा तपाईं यो सोच्न लाज मान्नुपर्ने र सडक, मूर्ति तथा भवनहरू जताततै दास-व्यापारीहरूको प्रशंसा हुने मुलुक भन्नु पहिले जन्म भएको हुनुपर्छ।
जून ८ देखि ३० सम्म, उनीहरूको सुरक्षित गोपनीयताबाट मुक्त होऔं!
एनाटोमिस्ट एवं प्रकृतिविद्। वैज्ञानिक नस्लवाद सिद्धांत। हटेन्टोट भेनसको नामले चिनिने साउत्चे, सारा बार्टमेनको शरीर चिरफार गरियो।
दास व्यापार जहाँतहीँ। प्रतिकार कहीँ पनि छैन।
विदेशमा फ्रान्सेली पूर्व औपनिवेशिक क्षेत्रहरूमा जसले अझै पनि फ्रान्ससँग सम्बन्ध राख्दछन् मुद्दा विशेष गरी बोझिलो छ।
मे २२ मा मार्टिनिकमा स्थानीय अधिकारीहरूले औपनिवेशिक दास मालिकहरूलाई क्षतिपूर्ति दिने पक्षमा रहेका दासप्रथा -विरोधी भिक्टर शोल्च (१८०४-१८९३) का दुई मूर्तिहरू हटाए । फ्रेन्च गुयानामा, स्थानीय अधिकारीहरूले उनको मूर्तिलाई पुलिस संरक्षणमा राखेका छन्:
⚪️ #Guyane : Une nuit à la place Victor #Schoelcher de Cayenne où la statue mémorielle de l’abolitionniste est sous protection policière depuis plus de 24 heures, à l’aube des commémorations locales de l’abolition de l’#esclavage pic.twitter.com/8BNFuBJKBs
— Journaleuse en Katouri (@jielem__) June 10, 2020
⚪️ #गुयाना: #शोल्च स्क्वायर कायेन्नेमा एक साँझ, जहाँ दास प्रथा उन्मूलनको लागि स्थानीय समारोहको सुरुवातमा दासप्रथा-विरोधी स्मारक मूर्ति २४ घण्टा भन्दा बढी पुलिस संरक्षणमा रहेको थियो।
हिन्द महासागर स्थित फ्रेन्च ओभरसिज टेरिटोरी रियुनियनमा नागरिकहरूले यस टापुको पूर्व गभर्नर माहे दे ला बोर्डोनाइसको मूर्ति प्रतिस्थापन गर्न मांग गरेका छन् जसले दास व्यापारबाट नाफा कमाएका थिए र सार्वजनिक कामका लागि दासहरू प्रयोग गर्थे।
Moi j’ai une vraie question : quand est-ce qu’on renverse la statut de Mahé de La Bourdonnais ? Qu’on enlève cette merde.
— zenfan larényon?? (@Laroussoly) June 10, 2020
मेरो एउटा गम्भीर प्रश्न छ: हामी माहे दे ला बोर्डोनाइसको मूर्ति कहिले ढाल्न सक्छौं र त्यस फोहोरबाट छुटकारा पाउन सक्छौं?
प्रसंग र प्रगति: मध्यम मार्ग छनौट
केही कार्यकर्ताहरूले उपनिवेश र दासत्वसँग जोडिएका मूर्तिहरूलाई पूर्णरूपले हटाउनका लागि आह्वान गरिरहँदा अन्यले ऐतिहासिक विवरणहरूको चिह्नसहितको संरक्षणले यी तथ्यांकहरूलाई समीक्षा गर्न सहयोग पुर्याउँछ भनी तर्क गर्छन्।
लामो समयदेखि मेमोरीज एन्ड सेयरिङ एसोसिएशनका निर्देशक कर्फा डायलोले औपनिवेशिक सडकका नामहरू पुनर्विचार गर्नको लागि वकालत गरे। फ्रान्सको इन्टर रेडियो नेटवर्कमा उनले भने:
[Nous demandons] que quelques symboles tombent et que le reste des rues soit accompagné d'un dispositif explicatif qui permette de sauvegarder la mémoire que nous avons de ce crime contre l'humanité.
[हामी यसका लागि आह्वान गर्दैछौं] केही प्रतीकहरू हटाउने र बाँकी सडकहरूलाई व्याख्यात्मक सुविधा दिइने छ, जसले मानवताविरूद्धको यो अपराधको हाम्रो स्मृतिलाई सुरक्षित राख्न सम्भव तुल्याउँछ।
फेदेर्बे हटाउनै पर्छ आन्दोलन जस्तै यो सबै सान्दर्भिकतामा निर्भर गर्दछ:
Si c’est pour raconter que le colonialisme a des aspects « positifs », […] pas sûr que cela soit la solution. S’il s’agit en revanche d’indiquer clairement, sur ces statues elles-mêmes, ce qu’est fondamentalement le colonialisme, à savoir un crime abominable dans son principe même, alors une telle solution pourrait se défendre.
यदि यो कसरी उपनिवेशवादको केही “सकारात्मक” पक्षहरू हुन्छन् भन्ने भनाइ बारेमा हो भने […] यो समाधान हो भन्ने हामी विश्वस्त छैनौं। अर्कोतर्फ, यदि मूर्तिमा मूलतः कुन उपनिवेशवाद थियो भन्ने बारेमा स्पष्ट रूपले बताउने हो जुन मूल सिद्धान्तमा घृणित अपराध हो भने त्यस्तो समाधानको रक्षा गर्न सकिन्छ।
मूर्तिहरू: इतिहास वा स्मृति?
केही नागरिकहरूले यी मूर्तिहरूको हटाउनु एक प्रकारको नियन्त्रण हो भन्ने आधारमा वकालत गर्छन्। इतिहासकार दिमित्री कासालीका लागि ऐतिहासिक मूर्तिहरू भत्काउनु भनेको समाधान होइन। सन् २०१७ मा उनले लेखेका थिए:
On ne réécrit pas l'Histoire. Déboulonner les statues de nos Grands Hommes c'est ouvrir la boîte de Pandore du révisionnisme historique. […] L'Histoire, on doit l'assumer. C'est autant glorieux qu'honteux.
हामी इतिहास पुनःलेखन गर्न सक्दैनौं। हाम्रो राजनीतिज्ञका मूर्तिहरू हटाउनु भनेको पान्डोराको ऐतिहासिक संशोधनवादको बाकस खोल्ने जस्तै हो। […] हामीले इतिहास स्वीकार्नुपर्दछ। यो त्यत्ति नै गौरवशाली छ जति यो लाजमर्दो छ।
यद्यपि, डिकोलोनियल नारीवादी कार्यकर्ता फ्रान्स्वाइज भेर्गेसको तर्क छ कि यी मूर्तिहरु हटाउनु भनेको “स्मारक न्याय” को कुरा हो, र “इतिहास मेटाउनमा कुनै सरोकार छैन।” हिस्टोअर्स क्रुपेजलाई अन्तर्वार्ता दिँदै उनले भनिन् कि फ्रान्सेली सहरहरूमा प्रदर्शन गरिएको प्रतिमा “राजनीतिक छनौट” को नतिजा हो।
फ्रान्स्वाइज भेर्गेसका अनुसार, नस्लवादी र औपनिवेशिक मूर्तिहरू हटाउनु स्मारक न्यायको कुरा हो। सार्वजनिक स्मारकहरू “इतिहास” होइनन्। ती राजनीतिक अभिरुचिका स्मारक हुन्। विकल्पहरू माथि हामीसँग प्रश्न गर्ने अधिकार छ। मूर्तिहरू हटाउने आह्वानहरू एउटा उल्लेखनीय नस्लवाद विरोधी लडाइँको हिस्सा हो, जुन हाम्रो औपनिवेशिक इतिहासको असल शिक्षाद्वारा विस्तार गर्नुपर्दछ।
जून १४ मा राष्ट्रको नाममा गरिएको टेलिभिजन सम्बोधनमा फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले स्पष्ट रूपमा भने:
La République n’effacera aucune trace ni aucun nom de son histoire. Elle n’oubliera aucune de ses œuvres, elle ne déboulonnera pas de statue. Nous devons plutôt lucidement regarder ensemble toute notre histoire, toutes nos mémoires.
गणतन्त्र फ्रान्सले आफ्नो इतिहासबाट कुनै पनि संकेत वा कुनै नाम मेटाउने छैन। यसले आफ्नो कुनै पनि कलाकृति बिर्सदैन र यसले कुनै पनि मूर्ति हटाउने छैन। हामीले यसको सट्टामा हाम्रो इतिहास र सम्झनाहरू एकसाथ स्पष्ट रूपमा हेर्नुपर्दछ।
यसैबीच, फ्रान्सेली नेटिजनहरूले सार्वजनिक स्थानहरूमा अश्वेत ऐतिहासिक व्यक्तित्वहरू हेर्न चाहेको समर्थन गर्न #JeVeuxUneStatueDe (“म मूर्ति चाहन्छु”) ह्यासट्याग प्रचार गर्दै छन्।
वोक विच लेख्छन्:
#JeVeuxUneStatueDe Anarcha, l'esclave noire exploitée sans anesthésie par le médecin américain James Marion Sims, inventeur du spéculum. pic.twitter.com/1iKOhFgbUe
— Woke Witch (@stoner_fem) June 15, 2020
मलाई अनार्चाको मूर्ति चाहिन्छ, एक अश्वेत दास जसलाई अमेरिकी डाक्टर जेम्स मेरियन सिम्स स्पेकुलमका आविष्कारकले बिना एनेस्थेसिया परीक्षण गरे।
ब्ल्याक लुलाबी भन्छन्:
#JeVeuxUneStatueDe Suzanne Belair dite Sanite Belair,
femme qui s'est battue contre le rétablissement de l'esclavage en Haïti. Elle fut capturée, jugée par un tribunal colonial et décapitée. pic.twitter.com/VenBg2s5BX— Black Lullaby (@MyWords_JustMe) June 15, 2020
मलाई सुजैन बेलेयरको एउटा मूर्ति चाहिन्छ जसलाई सेनिट बेलेयरको नामले चिनिन्छ, एक महिला जसले हाइटीमा दासत्वको पुनर्स्थापनाको बिरूद्ध लडिन्। उनी समातिए, औपनिवेशिक अदालतले सुनुवाई गर्यो र शिर छेदन गरियो।.