महिला खेलाडीलाई लिई बनाइएको नाइकीको विज्ञापनमा नामको सट्टा ग्ल्यामरको बढी प्रयोग

Screenshot from Nike Advertisement Da Da Ding, which features Indian women athletes.

भारतीय महिला खेलाडीलाई लिई बनाइएको नाइकीको विज्ञापन “डा डा डिङ्ग”को स्क्रीनशट।

मुख्य अमेरिकी स्पोर्ट्सवेयर (खेलकूदका दौरान लगाइने कपडा) कम्पनी नाइकीको हालैको एक विज्ञापनमा ब्याडमिन्टन खेलाडीबाट बलिवुड नायिका बनेकी दीपिका पादुकोणका साथै अन्य महिला खेलाडीलाई देखाइएको छ। यस विज्ञापनलाई दीपिकाबाहेक अन्यको नाम नलिएको र बलिया भारतीय महिलालाई ग्लेमराइज गरेको आरोप लगाउनुका साथै भारतमा नेटिजनहरूले यसको आलोचना गरेका छन्।

“डा डा डिङ्ग” नाम दिइएको यस भिडियोले कैंयन भारतीय महिला खेलाडीले आ-आफ्ना खेल खेलिरहेको देखाउँछ र महिला एथलेटिक्सलाई प्रवर्धन गर्ने लक्ष्य राखेको छ। यस भिडियोमा प्रयोग भएको गीतका शब्दले पनि त्यहि दर्शाउँछ। पादुकोण आफैंले यसको अवधारणा प्रष्ट पार्दै फेसबूकमा यो विज्ञापन सेयर गरिन्:

And so I want to say to every girl and every boy and every woman and every man…play a sport…because it changed my life…and it will change yours too!

Sport has taught me how to survive! It has taught me how to fight! It has made me unstoppable!

र त्यसैले म प्रत्येक युवती र प्रत्येक युवक र प्रत्येक महिला र प्रत्येक पुरुषलाई भन्न चाहन्छु… कुनै खेल खेल्नुहोस्… किनकि यसले मेरो जीवन परिवर्तन गर्यो… र तपाईंको पनि परिवर्तन गर्नेछ!

खेलकूदले मलाई बाँच्न सिकाएको छ! यसले मलाई लड्न सिकाएको छ! यसले मलाई रोक्न नसकिने बनाएको छ!

पादुकोणले सेयर गरेको यो भिडियो ३६ लाखले हेरिसकेका छन् साथै यसले हजारौं लाइक तथा सेयर प्राप्त गरेको छ।

तथापि केहीले यस विज्ञापनले दीपिकालाई मात्र चर्चाको पात्र बनाएको र यसमा देखिएका अन्य महिला खेलाडीको नाम नलिएकोमा गुनासो गरेका छन्। आलोचकहरूले यसले भारतमा महिला एथलिटहरूलाई झन विलुप्त पार्न सघाउँछ भन्ने तर्क पेश गरेका छन्:

नाइकीको यस विज्ञापनले यस देशका महिला खेलाडी वा एथलिटबारे हाम्रो बुझाइ देखाउँछ।

म विश्वस्त छु नाइकीको #DaDaDing भिडियो हेर्नेले यस विज्ञापनमा देखाइएका कम्तिमा ५ जना महिला एथलिटको नाम बताउन सक्नेछैनन्। के फाइदा?

“क्या फाइदा?”को अनुवाद “के फाइदा?” हुनआउँछ।

नाइकीले यो महिला खेलाडीवाला विज्ञापन दीपिकाबिना बनाए हुने। यो झन सशक्त हुन्थ्यो। तर त्यसो भए कसले हेथ्र्यो त!

न्यूज साइट स्क्रोल डट इनका जयदीप भाटियाले नाइकीको यस कदमलाई लज्जास्पद मानेका छन्:

Nike itself does not name or feature any of the women from the ad on its website apart from Padukone, and leaves it to the media to publish the names from its press release or by themselves.

[…]

A pity, then, that despite breaking new ground in a country where brand-building hasn't really focused on women athletes, the ad drew attention to itself rather than the people it featured.

नाइकी आफैंले आफ्नो वेबसाइटमा पादुकोणबाहेक यस विज्ञापनमा रहेका महिला खेलाडीको नाम लिंदैन, र यो काम मिडियालाई छोडिदिएको छ चाहे उनीहरूले त्यो उनीहरूको प्रेस विज्ञप्तीद्वारा होस् वा उनीहरू आफैंले प्रसार गरुन्।

[…]

अनि लाजमर्दो कुरो के हो भने महिला खेलाडीहरूलाई ब्राण्ड स्थापित गर्ने कुरामा प्रयोग नगरिएको मुलुकमा यो नौलो कदम भए पनि यस विज्ञापनले यसमा रहेका व्यक्तिको सट्टा आफैंतिर ध्यान तान्यो।

खबरहरूका अनुसार नाइकीका एक प्रवत्ताले स्वीकार गरे कि अधिकतम दर्शकले शायद यस विज्ञापनका एथलिटहरूलाई चिन्ने छैनन्।

केहीले कम्पनीको प्रतिरक्षा गरे:

यदि तपाईंले नाइकीको विज्ञापनको एउटा पनि एथलिटलाई चिन्नुहुन्न भने यो तपाईंको दोष हो। न कि नाइकीको, वा विज्ञापनको, वा डी प्याड (दीपिका पादुकोण)को।

लैङ्गिक असमानतालाई भारतीय समाजमा महिला खेलकूदप्रति व्याप्त पूर्वाग्रहको कारक मानिएको छ। भारतका सफल महिला खेलाडीबारे जनचेतनाको कमी यही अन्तर्निहित संरचनागत विभेदको प्रतिफल हो। महिला डबल्स टेनिसमा हाल प्रथम वरीयताप्राप्त सानिया मिर्जाले यही कुरामा जोड दिएकी थिइन्।

‘डा डा डिङ्ग: फरक महिला’

सफल महिला खेलाडीहरूमात्र विशेष गरेर भारतमा उपेक्षित गरिएका महिला होइनन्। एपिक स्पीरिचुअल नामक एक युट्यूब च्यानलले गरीब भारतीय मजदूरवर्ग महिलाका भिडियोसँग नाइकीको विज्ञापनको फूटेज मिसाएर नाइकीको विज्ञापन डा डा डिङ्ग:द अदर विमीनको व्यंग्यात्मक नकल गरेको छ।

यस भिडियोले यो लेख लेख्दासम्म ८५,००० भ्यू पाइसकेको थियो। यसले के तथ्य दर्शाउँछ भने निम्न आय पृष्ठभूमिका परिश्रमी भारतीय महिलाहरूले खालि खुट्टाले आ-आफना कार्य गरिरहेका छन, नाइकीको ट्यागलाइन “जस्ट डु इट”लाई व्यंग्य गर्दै कुनै पनि महंगा जुत्ता वा ग्लेमरस प्रतिनिधित्वबिना। स्क्रोल डट इनका कर्मचारीले टिप्पणी गरे:

[…] the other Indian women are profiled – the thousands who are part of the labour force, engaged in activities like farming or construction (their share in both is around 50 per cent) or just household activities that require carrying water over large distances day in and day out.

[…] यहाँ फरक भारतीय महिलालाई प्रोफाइल गरिएको छ — हजारौं जो श्रमिकवर्गका हिस्सा हुन् खेतीपाती तथा निर्माणजस्ता गतिविधिमा संलग्न छन् (यी दुवैमा उनीहरूले ५० प्रतिशतको हाराहारीमा हिस्सा ओगटेका छन्) वा घरेलु कार्य जस्तै दिनभरि जसो नै टाढाटाढासम्म पानी ओसार्ने।

केही ट्वीटर प्रयोगकर्ताले उत्साहपूर्वक यस प्यारोडी भिडियोप्रति प्रतिक्रिया जनाए:

गरिरहेको छु!!!
वास्तविक @nike को डा डा डिङ्ग विज्ञापनलाई मर्मस्पर्शी बनाइएको

नाइकीको विज्ञापन डा डा डिङ्गको उत्कृष्ट ट्वीष्ट!

नाइकीको डा डा डिङ्ग विज्ञापन अभियानलाई ती महिलाहरूको लागि सुधारिएको छ जसले सयौं वर्षदेखि शान्तिका साथ आ-आफ्ना “कार्य गरिरहेका छन्”।

असमानताहरू धेरै भएका भारत जस्ता देशमा यस वर्ग र लिङ्गको जटिल प्रतिच्छेदनले शायद भविष्यमा पनि यस्ता वादविवादलाई उक्साउने कार्य गरिरहनेछ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.