माडागास्करमा भुईँकटहरबारे परिहास

I am #Pineapple via Mirana (with permission)

ज सुइ पाइनापल अर्थात म भुईँकटहर हुँ। मिरानामार्फत (अनुमति लिएर)

जहाँसम्म मेमको कुरा छ, कमसेकम माडागास्करमा भुईँकटहर नयाँ सुन्तला, हो।

विगत केहि दिनदेखि माडागास्करमा सामाजिक संजाल नितान्त भुईँकटहरमय बनेको छ। किन काँडादार फलको लागि अचानक उत्साह त? रेड आइल्यान्डमा वर्तमान सामाजिक अवस्थाबारे केहि सन्दर्भको यहाँ चर्चा गरिएको छ।

विश्व बैंक (साथै मिडिया आउटलेटको सूचना जस्तै रेडियो फ्रान्स इन्टरन्यासनल) ले प्रकाशित गरेको गरिबी सूचकांकमा माडागास्कर विश्वको अति गरिब देशहरुमध्येमा पर्दछ। देशको आर्थिक स्थितिको आलोचना माडागास्करको राष्ट्रपतिले स्वीकारेनन्। उनले पर्यवेक्षक, स्थानीय मिडिया र नागरिकलाई  “देश गरिब भइरहेको थियो भन्ने प्रमाण पेश गर्न” चुनौती दिए।

मालागासी नेटिजन्स (ईन्टरनेट प्रयोगकर्ता) कडाइका साथ प्रस्तुत हुनचाँडै बाध्य भए।

के यो ग्राफ पर्याप्त प्रमाण हैन र श्रीमान राष्ट्रपतिज्यू ? #Madagascar #WASH

एउटा मालागासी सामुदायिक ब्लग कूल्सैनाले  आफ्नो वेबसाइटमा तलको फोटो पोस्ट गर्‍यो:

Malagasy citizens going through trash pile ups in Antananarivo via koolsaina

मालागासी नागरिक आन्तनानारिवोमा फोहोरको थुप्रो माथितिर जाँदै। कूल्सैनामार्फत

राष्ट्रपति र मालागासी नेटिजन्सबीच पहिलो तनावपूर्ण भनाभन पश्चात अर्को मालागासी सामुदायिक वेबसाइट तानान्युजले अगाडि भुईँकटहरको नमुना भएको हरियो पहिरन लगाएकी प्रथम महिला वोअहंगी रजओनारिमाम्पिआनिनाको फोटो पोस्ट गर्‍यो :

President and first lady at independence day ceremony via Tananews

मालागासी राष्ट्रपति र प्रथम महिला स्वतन्त्रता दिवस समारोहमा । तानान्युजमार्फत

तानान्युजले एउटा लिङ्क दियो साथै कटाक्षका साथ एक टिप्पणी गर्‍यो जहाँ भनिएको थियो, “वास्तवमा, माडागास्करमा कोही पनि गरिब छैनन्।” लिङ्कमा देखाइएको पहिरन शायद महँगो वस्त्र ब्रान्ड डोल्चे ए गाब्बानाले डिजाइन गरेको थियो जसलाई डिपार्टमेन्ट स्टोर निमन मार्कस को वेबसाइटमा ७,७४५ अमेरिकन डलरमा बिक्री गरिएको थियो (प्रथम महिलाले लगाएकी पहिरनको मुल्य वास्तविक हो हैन भन्ने स्पष्ट छैन)।

मालागासी वेबमा आक्रोश तीव्र थियो। केही दिन भित्रै विभिन्न मालागासी वेबसाइटहरु र सामाजिक संजालमा मेमको हलचल ह्याशट्याग #mananasy ( भुईँकटहर) साथ देखा परे। व्यापक रुपमा सेयर भएका केहि मेम यहाँ छन्:

Spoof of a Marc Zuckerberg profile wondering about pineapple in Madagascar (with permission)

माडागास्करमा भुईँकटहरबारे उत्सुक हुँदै गरेका फेसबूकका संस्थापक मार्क जुकेरबर्गको प्रोफाइलबारे ठट्टा। मेमले भन्छ, “तपाईंलाई थाहा छ आन्तनानारिवोमा जस्तै भुईँकटहर कसरी पहिरिने ?” अनुमति लिएर प्रयोग गरिएको।

 

Beggar: "Can I have 7,000 USD please ?" First lady: " I have no pineapple for you" via POV FB page

भिखारी: “कृपया म अमेरिकन डलर ७,००० पाउन सक्छु ?” प्रथम महिला: “तपाईंलाई दिने भुईँकटहर मसँग छैन।” POV फेसबुक पेज मार्फत

"New Pineapple haircut because I want to be famous too" via Rivo Francis on Facebook

“नयाँ भुईँकटहर कपाल कटाइ किनकि म पनि प्रसिद्ध हुन चाहन्छु।” रिवो फ्रान्सिसको फेसबूक मार्फत

"Did you know that the Brand Dolce & Ananas was all the rage in Madagascar ?" via Aina Rakotoson onn FB

“तपाईंलाई थाहा थियो ब्रान्ड डोल्चे ए अनना माडागास्करमा धेरै फेशनेबल थियो ?” फ्रेन्च भाषामा “अनना” भन्नाले भुईँकटहर हो। आइना राकोतोसोनको फेसबूक मार्फत

दुर्भाग्यवस भुईँकटहरबारे सबै परिहास देशको स्वतन्त्रता दिवस समारोहमा दुःखद प्रहारको केहि दिनपछि आए। राष्ट्रिय रंगशालामा सैन्य परेड हेरिरहेको भीडमा एक ग्रिनेड विष्फोट भयो जसमा ३ व्यक्ति मारिए र ९१ घाइते भए । घटनापछिको भिडियो:

मालागासी अधिकारीहरूले अनलाइन वाक स्वतन्त्रता र नैतिकता सम्बन्धी विधेयक तयार गरिरहेका बेला “पाइनापल-गेट” बारे सम्पूर्ण वार्ता शुरु भएको छ। भित्रका व्यक्तिहरुबाट प्राप्त प्रारम्भिक विवरणले संकेत गरेअनुसार आउँनेविधेयकले गंभीर रूपमा अनलाइन स्वतन्त्रता अभिव्यक्ति सीमित गर्नेछ साथै मानहानि हुने कुनै पनि सामग्रीको लागि चर्को जरिवाना समावेश हुनेछ। विधेयक आउँदो हप्ताहरुमा अनुमोदनको लागि संसदमा पेश गर्नु पर्नेछ ।

ग्लोबल भ्वाइसेजका मालागासी सम्पादक जेन्तिलिसाले यस लेखमा उल्लेखित लिङ्क तथा ब्लगरहरूलाई इमेल गरी सहयोग गरेका छन्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.