विगतका १०० वर्षमा जापानी सौन्दर्य ट्रेन्डहरूमा भएका परिवर्तन

Japan Beauty

वाचकट भिडियोको युट्यूब प्रोफाइलको स्क्रीनशट।

वाचकटले आफ्नो भिडियो श्रृंखला “१०० इयर्स अफ ब्युटी” (सौन्दर्यका १०० वर्ष) मा जापानलाई समेटेको छ। यसले जापानमा विगतको शताब्दीमा महिलाहरूका लागि सौन्दर्य ट्रेन्डहरू कसरी परिवर्तन भएको छ भन्ने देखाउँछ।

यस श्रृंखलाले टाइम ल्याप्सको उपयोग गरी विगतका १०० वर्षका दौरान विभिन्न सँस्कृतिमा महिलाहरूको लागि मेकअप तथा हेयरस्टाइलमा भएका परिवर्तनलाई ट्र्याक गरेको छ। जापानका अलावा यस श्रृंखलामा इरान, कोरिया, तथा फिलिपिन्स लगायतका मुलुकहरू समेटिएका छन्।

जुन्को र मरिना टेलरले यस भिडियोका लागि अनुसन्धान गरे तथा उनीहरूका नोटहरू पिन्टरेस्टमा डकुमेन्ट गरिएका छन्।

उनीहरूले “रूपरंगपछाडिको अनुसन्धान”बारे जानकारी दिंदै एउटा भिडियो प्रस्तुत गरेका छन्:

१०० इयर्स अफ ब्युटीको सम्पूर्ण श्रृंखला यहाँ हेर्न सकिन्छ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.