साओ पाउलो वरिपरिका हेर्नैपर्ने २७ भित्तेचित्रहरू

Wall of a school in Guarulhos. Photo by: Jéssica Souza/Mural Agency

ग्वारुल्योसको एक विद्यालयको पर्खाल। जेस्सीका सूजा/म्युरल एजेन्सीको फोटो

यो पोष्ट एजेन्सीया म्युरल ब्लगमा प्रकाशित भएको थियो। अनुसन्धान तथा लेखन: एलिन काटिया मेलो, एडुआर्डो मिचेलेट्टो, ह्युम्बर्टो दो लागो मुलर, जेस्सीका सूजा, जोआओ पाउलो ब्रिटो, करिना ओलिभिएरा, लुकास ल्यान्डीन, लुकास भेलोसो, मार्टिना सेसी, प्रिसिला गोमिस, प्रिसिला पाचेको, सिड्नी परेरा, तामिरेस ताभारेस, तामिरेस गोमिस र थाइस सान्ताना। सम्पादन तथा व्यवस्थापन: तामिरेस गोमिस। सामग्री साझेदारी सम्झौताअन्तर्गत ग्लोबल भ्वाइसेजमा यो लेख पुनःप्रकाशित गरिएको छ।

भित्तेचित्र संस्कृति ब्राजिली शहरहरूको कुनाकुनामा व्याप्त छ। साओ पाउलो पनि यस मानेमा भिन्न छैन: सडक चित्रकारहरूले यहाँको खरानी रंगको परिदृश्यमा रंग र जीवन भरेका छन्। तर भिला माडालेना जस्ता मध्य छिमेकहरू अन्तर्राष्ट्रिय यात्रा पुस्तकहरूमा फिचर गरिएका भए पनि निम्न आय भएका बाहिरका बस्तीहरूका भित्तेचित्रहरू अज्ञात रहेका छन्, झण्डै २ करोड जनसंख्या भएका यी शहरका बासिन्दामाझ पनि।

यसलाई मध्यनजर गर्दै एजेन्सीया म्युरलका रिपोर्टरहरूले आफ्ना छिमेकका सर्वोत्कृष्ट सडक चित्रहरूको संग्रह तयार पारे। ब्राजिलमा यस्ता निम्न आय भएका छिमेकलाई क्वेब्राडास भनिन्छ।

माइरिपोरा, ग्रेटर साओ पाउलो

साओ पाउलोको उत्तरमा रहेको माइरिपोरामा हरेक वर्ष भित्तेचित्रकारहरूको ठूलो जमघट हुने गर्दछ। चित्रकार कार्लिन्योस रूट्सले यसको व्यवस्थापन गर्ने गरेका छन्। तलका दुई चित्रहरू सन् २०१५ मा भएका दुई सम्मेलनमा तयार पारिएका थिए। यस शहरको मुख्य सीढी पुनर्निर्माणका बेला यी चित्र बनाइएका थिए।

1-SC9eyvFeqqG6E0hEZ5ahtg

माइरिपोराको सीढी। ह्युम्बर्टो दो लागो मुलर/म्युरल एजेन्सीको फोटो

1-Vbmv1rFmv5t3apPLHl_UmQ

माइरिपोराको सीढी। ह्युम्बर्टो दो लागो मुलर/म्युरल एजेन्सीको फोटो

Mairpora

आफ्ना केही फिल्महरू माइरिपोरामा बनाएका कलाकार अमासियो माज्जारोपी सीढीको पर्खालमा चित्रित पात्रहरूमध्ये एक हुन्। ह्युम्बर्टो दो लागो मुलर/म्युरल एजेन्सीको फोटो।

ग्राजाउ, दक्षिणी साओ पाउलो

तलको भित्तेचित्र ग्राजाउको कान्तिन्यो दो चिउ लिनियर पार्कमा अवस्थित छ र यसले ब्राजिली उपनगरहरूको यथार्थ दर्शाउँछ। यहीको छिमेकमा आफ्नो भित्तेचित्रकारिताको पेशा शुरु गरेका कलाकार एनिभोले यो भित्तेचित्र बनाएका हुन्। यस चित्रमा चित्रित युवा अर्का स्थानीय कलाकार काइयो क्याटर्नम हुन्। तलको वाक्य, “जोश जगाऔं… किनकि हामी हामीले चाहेका आकारको सपनाले बनेका छौं,” ग्राजाउका –यापर मानो मनीको हो।

1-AynGe-qgEdm6K0gRoLp1cw

कान्तिन्यो दो चिउ लिनियर पार्कमा अवस्थित भित्तेचित्र। प्रिसिला पाचेको/म्युरल एजेन्सीको फोटो

लागो अजुल, दक्षिणी साओ पाउलो

लागो अजुलमा हामी कलाकार माउरो नेरीका पहेला घरहरू देख्छौं। उनी पनि ग्राजाउमा हुर्किएका भित्तेचित्र कलाकारहरूका समूहमा पर्छन्।

ZN3

लागो अजुल, शहरको दक्षिणी भाग। प्रिसिला पाचेकोको फोटो

तुकुरुभी, उत्तरी साओ पाउलो

पारानाबी मार्गको कुनामा अवस्थित भित्तेचित्रले सुसज्जित एउटा घर। अज्ञात कलाकार।

1-GitvEMcJDw062HrZGR4yEw

साओ पाउलो शहरको उत्तरी भेगमा अवस्थित एउटा घर। प्रिसिला गोमिस/म्युरल एजेन्सीको फोटो

आन्हान्गुएरा जिल्ला, उत्तरी साओ पाउलो

आन्हान्गुएरा जिल्लाअवस्थित पब्लिक सेकेण्डरी स्कूल जार्डेम ब्रिटानियाको पर्खालमा बनाइएको खुल्ला आर्ट ग्यालरी। आर्ट फेस्टिवल “आर्ट एट होम” (घरमा कला) को छैठौं संस्करणका बेला यी चित्र बनाइएका हुन्।

1-EHLZiV53lIBgd3D-SvdsDw

जार्डेम ब्रिटानिया स्कूलका पर्खालहरू। थाइस सान्ताना/म्युरल एजेन्सीको फोटो

त्रेमेम्बे, उत्तरी साओ पाउलो

त्रेमेम्बे छिमेकको उम त्रेयास मार्ग भित्तेचित्रहरूले भरिएको छ।

ZN1

त्रेमेम्बेमा रंगीन फूल, अज्ञात कलाकार। करिना ओलिभिएरा/म्युरल एजेन्सीको फोटो

ZN2

त्रेमेम्बेमा भित्तेचित्र कलाकार कबेलो र म्याजिकले पेन्ट गरेको पर्खाल। करिना ओलिभिएरा/म्युरल एजेन्सीको फोटो

भिला नोभा क्याशवेरिन्या, उत्तरी साओ पाउलो

शहरको उत्तरी भेगस्थित साँस्कृतिक केन्द्रको छेवैमा पेन्ट गरिएको भित्तेचित्र। यसका सिर्जनाकार मोन्स्टर एक्टोप्लाज्माका नामले चिनिन्छन्।

ZN6

साओ पाउलोको उत्तरी भेगमा मोन्स्टर एक्टोप्लाज्माको भित्तेचित्र। ग्याब्रिएला मोन्टेरो/म्युरल एजेन्सीको फोटो

जार्डेम अतालिबा लियोनेल, उत्तरी साओ पाउलो

बोआभेन्चुरा कोलेटी मार्गस्थित पब्लिक स्कूल पेड्रो मोराइस भिक्टरको पर्खालहरूमा स्थानीय कलाकार ब्राउन, मार्सिया, कबेलो तथा अन्यले भित्तेचित्र कोरेका छन्।

ZN7

शहरको उत्तरी भेगको एक स्कूलको पर्खाल। करिना ओलिभिएरा/म्युरल एजेन्सीको फोटो

ZN8

शहरको उत्तरी भेगको एक स्कूलको पर्खाल। कबेलोद्वारा हस्ताक्षर गरिएको भित्तेचित्र। करिना ओलिभिएरा/म्युरल एजेन्सीको फोटो

जार्डेम ब्रासिल, उत्तरी साओ पाउलो

जार्डेम ब्रासिलमा बस्ने कलाकार काटिया सुज्वेलाई मामाघरका हजुरबुवा हजुरआमाले हुर्काए। उनीहरू आफैं जापानी आप्रवासीका सन्तान थिए। उनका कला पूर्वीय विषयवस्तुका लागि चिनिन्छन्। यी कलाकारका बारे थप जानकारी पुर्तगालीमा यहाँ उपलब्ध छ।

ZN9

फोटो सौजन्य काटिया सुज्वे, अनुमति लिएर प्रयोग गरिएको।

क्यारण्डरु, उत्तरी साओ पाउलो

क्यारण्डरु छिमेकअवस्थित यो शहरी चित्रकला सिप्रोसले जुभेन्च्युड पार्कमा बनाएका थिए।

1-JCsvElHxwoCrxQ_zxrKG0A

जुभेन्च्युड पार्कमा कलाकार सिप्रोसले बनाएको भित्तेचित्र। सिड्नी परेरा/म्युरल एजेन्सीको फोटो

जसाना, उत्तरी साओ पाउलो

जसाना अभेन्यूअवस्थित यो भित्तेचित्र कलुजका नामले चिनिने क्यारोलिना लुजले बनाएका हुन्। उनका कलाहरू प्राय गरेर नारी विषयवस्तुमा आधारित हुन्छ। उनको सौन्दर्यपरक पहिचान उपनगरका महिला र तिनका दैनिकीले प्रभावित छ।

1-ytmMBTBfj5MqG_emCPVC3g

जसाना छिमेकअवस्थित क्यारोलिना लुज (कलुज) को भित्तेचित्र। एलिन काटिया मेलो/म्युरल एजेन्सीको फोटो

जसाना छिमेकमै अवस्थित तलका दुई भित्तेचित्रहरू कलाकार कास्का (जुरन्डिर रामोस) द्वारा हस्ताक्षरित छन्। उनी छिमेकी जिल्ला जोभा रुरलभरि छरिएर रहेका उनका गाईका चित्रहरूका लागि चिनिन्छन्।

ZN4

जसानामा कास्काको भित्तेचित्र। यस चित्रले उत्तरपूर्व ब्राजिलको परम्परागत लोककला कोर्डलका केही विशेषता प्रष्ट्याउछ। एलिन काटिया मेलो/म्युरल एजेन्सीको फोटो

ZN5

जोभा रुरल छिमेकमा कास्काका गाईहरूमध्ये एक। एलिन काटिया मेलो/म्युरल एजेन्सीको फोटो

मोहो दोसी, पश्चिमी साओ पाउलो

आर्ट एट होम फेस्टिवलबाट लिइएको भित्तेचित्र। साओ पाउलोको पश्चिमी भेग मोहो दोसीमा रहेको देब्रेपट्टिको भित्तेचित्र कलाकार मलाका (ओ.सि.ए.) ले बनाएका हुन्।

ZO1

पश्चिमी साओ पाउलोको मोहो दोसीअवस्थित भित्तेचित्र।

ग्वारुल्योस, ग्रेटर साओ पाउलो

स्थानीय कलाकारहरूको बैठक अटाक ग्यादरिङ्गका बेला ग्रेटर साओ पाउलोअन्तर्गत ग्वारुल्योस शहरको छिमेकमा पर्ने जार्डेम कुम्बिकाअवस्थित मानाकापुरु पथ भित्तेचित्रले भरिएको थियो।

GSP

क्रिश्चियानो इग्नोटो र ग्यालभानी गालोको चित्र। तामिरेस ताभारेस/म्युरल एजेन्सीको फोटो

GSP2

मानाकापुरु पथमा थप भित्तेचित्र। तामिरेस ताभारेस/म्युरल एजेन्सीको फोटो

GSP3

मानाकापुरु पथ, कलाकार जाइरकको चित्रकला। तामिरेस ताभारेस/म्युरल एजेन्सीको फोटो

तल ग्वारुल्योस शहरको अर्को भित्तेचित्र छ, यसपालि जार्डेम फ्लोर दा मोन्टाना छिमेकअवस्थित बार्तोलोम्यू दे कार्लोस अभेन्यूको एक स्कूलको पर्खालमा। यसको पछाडि बच्चाहरूले बनाएका चित्रकला छन्।

GSP4

ग्वारुल्योसको एक स्कूलको पर्खाल। जेस्सीका सूजा/म्युरल एजेन्सीको फोटो

इताक्वाकेसेतुबा, ग्रेटर साओ पाउलो

साओ पाउलोको ठीक बाहिर इताक्वाकेसेतुबा शहरको रान्चो ग्रान्दे जिल्लाको मारिङ्गा मार्गअवस्थित यो चित्र जे आल्भेसले बनाएका हुन्।

GSP5

जे आल्भेसको चित्रकला। लुकास ल्याण्डिम/म्युरल एजेन्सीको फोटो

मोजि दास क्रुजिस, ग्रेटर साओ पाउलो

साओ पाउलोको ठीक बाहिर मोजि दास क्रुजिसको आन्टोनियो बोभोलेन्ता टाउनहाउसको भित्तामा भित्तेचित्र समुदायका लागि एउटा सन्देश छ: “प्राय सधैं, सिर्जनशील समर्पित अल्पसंख्यकले विश्वलाई झन राम्रो बनाएका छन्,” अमेरिकी नागरिक अधिकार अधिकारकर्मी मार्टिन लूथर किङ्ग, जुनियरलाई श्रेय दिइएको उद्धरण।

Mogi

मार्टिना सेसी/एजेन्सीया म्युरलको फोटो

पोआ, ग्रेटर साओ पाउलो

तलको उल्लू शहरी बासिन्दा जोन नाजाले पेन्ट गरेका हुन्। ग्रेटर साओ पाउलोको पोआमा रहेको काल्मोन भियाना छिमेकको अरेलियो फुगा चोकमा यो भित्तेचित्र देख्न सकिन्छ।

GSP6

तमिरिस गोमिस/म्युरल एजेन्सीको फोटो

ग्वायानाजिस, पूर्वी साओ पाउलो

तलका चित्रकला तोद्योने नाम गरेका कलाकारका हुन्। यसका नयाँ रंगहरूले गर्दा ग्वायानाजिसको ट्रेन स्टेशनको फूटब्रीजबाट ओहोर दोहोर गर्ने बासिन्दाहरूको संख्यामा वृद्धि भएको छ। यहाँ ग्याल्भानी गालोका कृतिहरू पनि छन्।

1-PIYeJ_63hVpGgDqALW-P0A

लुकास भेलोसो/म्युरल एजेन्सीको फोटो

र ग्वायानाजिसको सबवे स्टेशनमा तोद्योनेले सबवेका झ्यालवरिपरि रेलका डब्बा बनाएका छन्।

1-Jnfo6NouiugMgi3qGfKfSQ

ह्युम्बर्टो दो लागो मुलर/म्युरल एजेन्सीको फोटो

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.