बङ्गलादेशको दक्षिणी भेगमा एक आपसमा ठोक्किने नदी र नहरहरूले हरित भूदृश्यको सिर्जना गर्दछन्। यदि तपाई यी नहरहरू हुँदै डुङ्गामा शयर गर्दै हुनुहुन्छ भने तपाईले धेरै हरिया अम्बाका बगैंचा देख्नुहुनेछ। हजारौं किसानले यी अम्बा बेचेर आफ्नो जीविका चलाउँछन्। थाइल्याण्डका तैरिने बजारझै देखिने यस क्षेत्रका कैंयन तैरिने बजारमा किसान र थोकविक्रेता भेला हुन्छन्।
अम्बा बयर जस्तै फल हो र प्राय यसलाई एप्पल अफ द ट्रपिक्स (उष्णकटिबंधीय स्याउ) भनिन्छ। यसको उत्पत्ति उष्णकटिबंधीय अमेरिका (मेक्सिको र पेरुबीचको भूमिमा) मा भए तापनि आजकल बङ्गलादेशभरि लगाइने एक महत्वपूर्ण फलफूल बाली हो। बङ्गलादेशको दक्षिणी भेग खास गरेर बारिसल, पिरोजपुर र झालोकाठी जिल्लाहरू अम्बा उत्पादन गर्ने मुख्य क्षेत्र हुन्।
शमशीर उनी गएका तैरिने बजारका बारेमा समह्वेरइनब्लगमा लेख्छन्:
কুড়িয়ানা বাজার, আটঘর আর ভীমরুলি বাজারে বসে পেয়ারার হাট। চাষীরা বাগান থেকে পেয়ারা সরাসরি ছোট ছোট নৌকায় করে এসব হাঁটে নিয়ে আসে, পাইকাররা এখান থেকে সংগ্রহ করে পৌঁছে দেয় সারা বাংলাদেশে।
तैरिने अम्बाका बजार कुर्याना, आट्घोर र भिमरुलीमा भेटिन्छन्। यस क्षेत्रका किसान आफ्ना अम्बा बेच्न साना डुङ्गामा आउँछन् र थोकविक्रेताले पूरै बङ्गलादेशभरि वितरण गर्न यसको संकलन गर्छन्।
यो तैरिने बजार कहिलेदेखि शुरु भयो कसैले पनि यकिनका साथ भन्न नसके पनि यो परम्परा कम्तिमा सय वर्ष पुरानो हो। किर्तिपाशा नहरमाथिको भिमरुलीअवस्थित बजार यिनीहरूमध्ये सबैभन्दा ठूलो हो। जुलाईदेखि अगष्टसम्म अम्बाको मौसममा यो यो बजार सक्रिय हुन्छ। अरु फलफूल जस्तै जङ्गली आलुबखडा, कागती, नरिवल र केरा यी बजारमा बाह्रै महिना बेचिन्छन्। किसानहरूसँग उचित संचार वा कोल्ड स्टोरेजको सुविधा छैन जसले गर्दा बजार मूल्य कम हुने गर्दछ तर मोबाइल फोनको प्रचुरताले परिस्थिति बदलिदैंछ।
“जर्नी टु बङ्गलादेश” ले युट्यूबमा बारिसल ब्याकवाटर्सका तैरिने बजार र अम्बाका बगैंचा देखाउने भिडियो अपलोड गर्यो।
फोटोग्राफर मो. मोयाज्जम मोस्तकिम आफ्ना फेसबूक पेज तिमुर फोटोग्राफीमा तैरिने बजारका दर्जनौं अदभुत फोटो सेयर गर्छन्। अनलाइनमा यस पेजप्रतिको आकर्षण भाइरल भएको छ। मोस्तकिमको अनुमति लिएर हामीले उनका फोटो प्रस्तुत गरेका छौं।
तपाईले यस तैरिने अम्बाको बजारका थप फोटोहरू यहाँ हेर्नसक्नुहुनेछ।