ट्वीटरमा कोलम्बियाई मुद्राको चाखलाग्दो इतिहास

billetecol

@MonedasColombia को यो ट्वीटबाट लिइएको तस्वीर।

के तपाई नुमिस्म्याटिक्सको प्रशंसक हुनुहुन्छ? नुमिस्म्याटिक्स मुद्राको अध्ययन वा संकलन हो। यदि हुनुहुन्छ भने मोनेदास दे कोलम्बियालाई (कोलम्बियाई सिक्काहरू) ट्वीटरमा पछ्याउनुहोस्।

७,००० भन्दा बढी फलोअर रहेका यस अकाउन्टका संचालकले बुकारामांगा शहरबाट यस दक्षिण अमेरिकी देशको सिक्का र बैंकनोटबारे ऐतिहासिक तथ्यहरू स्पेनिशमा ट्वीट गर्छन्।

इन्टरनेशनल असोसिएशन अफ करेन्सी अफेअर्सका अनुसार सन् २०१३ मा कोलम्बियाई सिक्काहरू विश्वकै सबभन्दा सुन्दर थिए।

ट्री अफ वाकारी र यसको संरक्षणका लागि नगरपालिकाको प्रयासको सम्मानमा ५०० पेसोको सिक्का। सन् १९८९ मा यो रूख ढल्यो। #ArborDay

साथै यस सार्वजनिक अकाउन्टले विश्वका अरु देशका सिक्का र नोटबारे तथ्यहरू प्रकाशित गर्दछ। तथापि यसले टक्सारमा बनाइएका र यस देशको इतिहासभरि सार्वजनिक गरिएका ठूलो कोलम्बियाई संग्रहमा ध्यान केन्द्रित गरेको छ।

बोगोटाको कासा “दे मोनेदा” (टक्सार) मा १६२७ मा बनाइएको सिक्का। अमेरिकामा बनाइएका पहिलो सुनका सिक्का।

सन् १८९५ मा कोलम्बियाई राष्ट्रिय बैंकद्वारा जारी गरिएको कुकुरको तस्वीर भएको २५ पेसोको नोट।

यसै गरी यस अकाउन्टले संग्रहकर्ता र विज्ञबारे कौतूहल जगाउने विवरणहरू सेयर गर्दछ:

अप्रिल ९, सन् १९४८ का दिन फिदेल क्याष्ट्रो #Bogotazo [ठूलो प्रदर्शन जसले यस शहरको केही भाग ध्वस्त पार्यो] का दौरान बोगोटामा थिए। कोही भन्छन् उनी १,००० पेसोको नोटमा देखिन्छन् ।

तपाईले यस अकाउन्टलाई फेसबूकमा पनि पछ्याउनसक्नुहुन्छ। के तपाईलाई अन्य देशका यस्तै अकाउन्टका बारेमा थाहा छ? हामीलाई तिनीहरूबारे बताउनुहोस्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.