विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

जापान र त्यहाँका चेरी फुलेका अति मनोरम दृश्य

Cherry blossom viewing in Japan

फुकुइको सुरुगामा अवस्थित कानेगासाकी पवित्र स्थलमा चेरी फुलेको जगमगाहट। नेभिन थम्पसनले खिंचेको तस्वीर।

मार्चको अन्त्य र अप्रिलको शुरुवात जापानको धेरै जसो भागमा चेरी फुल्ने समय हो।

जापानी नयाँ वर्षको वास्तविक शुरुवात, मार्चको अन्त्य र अप्रिलको शुरुमा चेरी फुल्ने अपेक्षा गरिन्छ।

A photo posted by しぃ 。 (@shiinyanko77) on

 

नयाँ विद्यालय वर्ष अप्रिलमा शुरु हुन्छ र त्यसबेला कर्मचारीहरूले सामान्यतया उनीहरूको काम शुरु गर्छन्। फुलेका चेरीहरूले सबैलाई नयाँ वर्षमा स्वागत गरेको मानिन्छ। हालसालै, जलवायू परिवर्तनका कारण, चेरी एक वा दुई हप्ता अगावै फुलेका छन्।

This is #Yoshino #吉野 in NARA

A photo posted by JapanGram 🇯🇵 いいね!ニッポン。 (@this_is_japan) on

 

सन् २०१६ मा मौसम र चेरीले एक अर्कालाई साथ दिएका छन्। केही दिनका लागि सबैले आफ्ना काम छाडेर, भुइँमा निलो त्रिपाल ओछ्याई खाँदा, पिउँदा चेरी फुलेको मज्जा लिन्छन् र सके जति गाउँछन्।

दक्षिणी नारा प्रान्तको योशिनो जापानकै सबभन्दा प्रख्यात चेरी फुलेको हेर्ने स्थानहरूमध्ये एक हो।

पहाडका तल र माथि चेरीका फूलले ढकमक्क ढाकेका रूखहरूको बगानले ती स्थानलाई रमणीय बनाउँछन्।

A photo posted by @mao_saori on

योशिनोका विभिन्न उंचाइमा रहेका बगानहरूमा विभिन्न प्रजातिका चेरी रोपिएका छन्। यसले गर्दा वसन्त ऋतुको विभिन्न समयमा ती रूखहरूमा फूल फुल्छन्।

#yoshinoyama #吉野山 😍🌸

A photo posted by Lena 🍫🍰🍮🍵 (@lleffox) on

जापानका धेरै जसो भागमा मार्च र अप्रिलमा चेरी फुल्छन् भने चिसो मौसम भएको उत्तरपूर्वी जापानका प्रान्त र क्षेत्रहरूमा अप्रिलको अन्त्यसम्म पनि फुल्न शुरु गर्दैनन्।

क्योटोबाट दुई घण्टाको दुरीमा रहेको माझीहरू बस्ने सानो शहर ओबामानेर प्रख्यात “रुने” चेरीको रूख छ।

A photo posted by Masato Kawakatsu (@masattoh) on

जापान सीको किनारमा रहेको फुकुइ शहरको मध्यमा अवस्थित किल्लामा पंक्तिबद्ध फुलेका चेरीका रूखहरूमा रात्रीको समयमा बत्ती बालिन्छ।

टोक्योको युएनो पार्क पूरै जापानमा नभए पनि शायद टोक्योको सबैभन्दा लोकप्रिय चेरी फुलेको हेर्ने क्षेत्र हो। प्रत्येक वसन्त ऋतुमा लाखौं मानिस चेरी फुलेको हेर्न युएनो पार्क आउँछन्। 

A photo posted by yuka (@yuka_tokyoadvisor) on

परिवार र साथीभाइका समूह भुंइमा निलो त्रिपाल ओछ्याउँछन् र खान्छन्, पिउँछन् अनि साधारणतया चेरी फुलेका रूखमुनि आराम गर्छन्। धेरै कम्पनीहरूले चेरी फुलेको हेर्न भ्रमणको आयोजना गर्छन्।

A photo posted by viachesiva (@viachesiva) on

यस बेला मौसम साधारणतया अलिक चिसै हुन्छ। वर्षा भएको खण्डमा पानीले फूलका पंखुडी बगाई लाने हुनाले चेरी फुल्ने समयको चाडै अन्त्य हुन्छ।  तर सुन्दर मौसम नजिकै पर्खीबसेको हुन्छ।

A photo posted by Ichina Kurita (@ichina.k) on

The Asuwa River in Fukui City.

फुकुइ शहरको असुवा नदी।

केही दिनसम्म मात्र रहने भए पनि धेरै जापानीहरूका लागि चेरी फुल्ने अवधि वर्षभरिकै सबभन्दा प्रिय समय हो। सबैजना र सबै चीजले यो छोटो अवधिमा ध्यान केन्द्रित गरेका हुन्छन्।

A photo posted by @xiaoqiume on

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.