सगरमाथा , विश्वको सबैभन्दा अग्लो पर्वतले साहसी र रेकर्ड राख्न खोज्नेहरूका लागि हरेक वर्ष चुनौती दिन्छ।
Each year, the determination to trek to the summit of Mt.Everest brings thousands of adventurous travelers to Khumbu pic.twitter.com/u299yDVJGB
— AmiPlanet (@AmiPlanet) January 9, 2016
सगरमाथाको शिखरसम्म ट्रेक गर्ने संकल्पले हजारौं साहसिक यात्रीलाई प्रत्येक वर्ष खुम्बु ल्याउँछ
यद्यपि सन् २०१५ मा सगरमाथा अजेय रह्यो – सन् १९७४ पछि पहिलो पटक कसैले पनि शिखर आरोहण गर्न सकेनन् । नेपालमा गएको विनाशकारी भूकम्प जसले करीब ९००० जनाको ज्यान लियो, विश्वको सर्वोच्च पर्वत र यसका आकांक्षीहरुलाई समेत छोडेन।
फलस्वरूप, हरेक मे महिनामा मिल्ने सातदेखि दस दिन बीचको मौकामा कसैले पनि सगरमाथाको आरोहण गर्न सकेनन्, किनभने सुरक्षित पहुँच दिने भर्याङ् र बाटो भूकम्पले खसाइदिएको थियो। अन्य समयमा शिखर आरोहणको प्रयास अझ खतरनाक हुन्छ किनकि त्यहाँ तापमान माइनस ३२ देखि माइनस ४१ डिग्री सेन्टीग्रेडसम्म र हावाको गति १५० माइल प्रति घण्टा भन्दा बढी हुने भएकोले चुचुरोको अवस्था अत्यन्त कठोर हुन्छ।
For the first time in 41 years, nobody reached the summit of Mount Everest. 22 died. Via @SCMP_News @NatGeo pic.twitter.com/fcmkTdVnP4
— Patrick McGee (@PatrickMcGee_) December 28, 2015
४१ वर्षमा पहिलो पटक सगरमाथाको चुचुरोमा कोही पनि पुग्न सकेनन्। २२ जनाको मृत्यु भयो।
हरेक वर्ष आरोहणको क्रममा कठिन परिस्थिति र मृत्युको वाबजुद मानिसहरु सगरमाथा आरोहणको रोमान्चदेखी टाढा हुन सक्दैनन्।
Historically, for every 100 climbers who have made it to the summit of mount everest, 4 have died
— bharat (@BeingStupid1) December 30, 2015
ऐतिहासिक दृष्टि अनुसार सगरमाथाको आरोहण गर्ने हरेक १०० जना आरोहीहरूमध्ये ४ जनाको मृत्यु भएको छ
भूकम्प र हिमस्खलनसँग अलिकति पनि विचलित नबनी यो वसन्तमा फेरि एकपटक पर्वतारोहिहरु,साहसी र सगरमाथा आरोहण गर्न तम्सिनेहरुको भीड लाग्नेछ।
सगरमाथा आरोही एलान आर्नेटले आफ्नो ब्लग सम्मीटस् डोन्ट म्याटर (आरोहणले फरक पार्दैन) मा देशको भलाईको कामना गरेका छन् कि यो फरक हुने थियो:
हो सयौं जना शायद अर्को वसन्तमा सगरमाथा आरोहणको प्रयासका निम्ति फर्कनेछन्। केही संचालक चुपचाप वा केही अवस्थामा ठूलो स्वरमा उत्तरतर्फ सुरक्षित छ भन्दै त्यतातिर लाग्नेछन्। कुनै गड्बडी नभएसम्म किलिमान्जरो आरोहणको मात्रै अनुभव भएका मानिसहरुले पनि विशेस अनुभवको दावी गर्नेछन्। गाइड आफ्नो जिम्मेवारी अनुसार जीवन बचाउन लागिपरेकै हुनेछन् र सगरमाथाको लक्ष्य कायमै हुनेछ, अहिलेको समय नेपाललाई सामान्य अवस्थामा फर्कन दिनु पर्ने स्पष्ट भएतापनि।
सगरमाथाको व्यापार
सर एडमन्ड हिलारी र तेन्जिङ्ग शेर्पा ( शेर्पाहरू हिमालका जातीय समुदाय हुन् ) ले सगरमाथाको पहिलो आरोहण गरेदेखि ४,०९३ जना मानिसहरु शिखरमा पुगिसकेका छन्, एक अभुतपूर्ण ७,००१ पटकसम्म।
Sir Edmund Hillary and Sherpa Tenzing become the the first people to reach summit of Mount Everest (May 1953) pic.twitter.com/NqoL3BRqLN
— Photos of Change (@photosofchange) December 25, 2015
सर एडमन्ड हिलारी र तेन्जिङ्ग शेर्पा सगरमाथाको शिखरमा पुग्ने पहिलो व्यक्ती भए ( मे १९५३ )
तेन्जिङ्गका छोराले ” सगरमाथा शब्दजाल बनेकोछ” भन्दै पर्वतको रक्षा र निष्ठाको वास्ता नगरी पश्चिमी आरोहीहरूको ठूलो भीडको प्रबन्ध गर्नेका आलोचना गरेका छन्। सगरमाथा एउटा व्यापार भएको हुन सक्छ तर अझै पनि यसले धेरै ग्राहकहरुलाई आकर्षित गरिरहेको छ।
पर्वतीय इतिहासमा सबैभन्दा डरलाग्दो हिमस्खलन मध्ये एक सन् २०१४ मा प्रकोपमा परेर मृत्यु भएका नेपालीका परिवारले उनीहरुको मृत्युमा अति कम क्षतिपूर्ति पाएपछि शेर्पाहरूले सगरमाथामा आफ्नो गाइड सेवाहरूको लगभग बहिष्कार गरे। नेपालमा भूकम्पको कारण हिमस्खलन भएर अप्रिल २०१५ मा धेरै जनाको मृत्यु भयो । सगरमाथा आरोहणको सुअवसर प्राप्त गर्न आरोहीहरूले तिरेको ठुलो धनराशीको तुलनामा शेर्पाहरूलाई आफ्नो विशेषज्ञताको लागि नाम मात्रको भुक्तानी गरिन्छ – पैसाको ठुलो हिस्सा टुर कम्पनी र नेपाल सरकार बीच भागबण्डा हुन्छ।
संसारको सबभन्दा अग्लो पर्वत आरोहण गर्दा कस्तो हुन्छ त ?
सगरमाथा विजय प्राप्त गर्न कति कठिन छ बुझ्न चाहनेहरुका निम्ति दुई पटक सगरमाथा आरोहण गरिसकेका पी के शेर्पाले उनको गर्वका क्षणहरु तस्वीरहरुमा सेयर गरेका छन्। सगरमाथासम्मको यात्रा सामान्यतया लुक्ला विमानस्थलमा अवतरण गरेपछि शुरु हुन्छ – संसारमा सबैभन्दा खतरनाक विमानस्थलहरुमध्ये एक – त्यसपछि नाम्चे बजारको गाउँमा ट्रेकिङ।

माथिबाट नाम्चे बजारको दृश्य। अनुमतिमा प्रयोग गरिएको।
नाम्चे बजारदेखि सगरमाथा आधार शिविर ( ई बी सी ) सम्मको पदयात्रा मनोरम छ – साथै जीवन भरको अनुभवमा एक पटक। सगरमाथा क्षेत्रमा ट्रेक कठोर हुन सक्छ, तर यो रोमांचले भरिएको पनि छ।
लुक्लादेखि लगातार ११ दिनको ट्रेक पश्चात करिब ५४०० मिटर स्थित सगरमाथा आधार शिविरमा पुग्न सकिन्छ। ५५०० – ६१०० मिटर बीचमा खुम्बु आइसफल पर्दछ। यस खतरनाक खण्ड पार गर्न आरोहीहरू साधारणतया भर्याङ् र डोरिको सहारामा भर पर्छन्।

आरोहीहरू खुम्बु आइसफलमा । अनुमतिमा प्रयोग गरिएको।

पी के शेर्पा खुम्बु आइसफलमा तस्वीरको लागि पोज दिदै। अनुमतिमा प्रयोग गरिएको।
एलान आर्नेटले बताए:
The Khumbu Icefall is a 2,000 foot climb on a moving glacier complete with deep crevasses and towering seracs. Climbers step over the crevasses on aluminium ladders with crampons on their boots. More people have died in the Icefall than anywhere else on Everest's south side in recent years.
खुम्बु आइसफल गहिरा खर्पसहरु र अग्ला सेरक भएको चलायमान हिमनदी भएको क्षेत्र हो । यसलाई पार गर्न २००० फुट माथि उक्लनुपर्छ । आरोहीहरु आफ्नो क्रम्पोन भएको जुत्ता लगाएर खर्पसमाथिका अलुमिनियमका भर्याङ्हरुमा हिड्छन्। हालैका वर्षहरूमा सगरमाथाको दक्षिण मोहडाको अन्यतिर भन्दा बढी मानिसहरुको मृत्यु आइसफलमा भएको छ।
यस खतरनाक खण्ड पार गरेपछि आरोहीहरू शिविर १, शिविर २ र शिविर ३ हुँदै ८००० मिटर स्थित शिविर ४ पुग्छन् – यस क्षेत्रलाई “डेथ जोन” भनेर पनि चिनिन्छ।

आरोहीहरू शिविर ३ तर्फ जादै। अनुमतिमा प्रयोग गरिएको।

शिविर ४ मा फोहोर संकलन गर्दै। अनुमतिमा प्रयोग गरिएको।
पी के शेर्पाका व्यक्तिगत अनुभवले उनलाई आरोहणको यस खण्ड प्रति धेरै सम्मान जागेको छ: “जब म शिविर ४ अर्थात् डेथ जोन पुँगे, जताततै मृत शरीर छरिएको देखेँ। यस दुःखद दृश्य हृदयविदारक थियो। दुःखद क्षण शब्दमा व्यक्त गर्न सकिदैन।”
आरोहीहरू सामान्यतया मध्यरातमा आरोहणका लागि यात्रा शुरु गर्छन्। माउन्ट एभरेष्ट डट नेटले सेयर गरेको सानो अनुभव:
It’s completely silent. Nobody talks. If you do, you whisper. It is absolutely terrifying and you climb and climb, awaiting [the] first ray of dawn. It’s desperately cold. It's steep and at parts very icy. The ice axe and the crampons cut skin deep into the ice.
यहाँ पूर्ण मौन छ। कोही पनि बोल्दैनन्। यदि गर्नुहुन्छ भने, तपाईं कानेखुशी मात्र गर्नुहुन्छ। यो अत्यन्त आतंकित बनाउने हुन्छ र तपाईं उक्लिरहनु हुन्छ उक्लिरहनु हुन्छ उषाकालको पहिलो किरण प्रतिक्षा गर्दै। यो नितान्त चिसो छ। यो भिरालो र कुनै भाग धेरै चिसो छ। आइस एक्स र क्रम्पोनले हिउँ चिर्दै जान्छ ।

आरोहीहरू शिखरमा खुशीको क्षण कैद गर्दै। अनुमतिमा प्रयोग गरिएको।
शिखरमा पुग्दा कस्तो महसुस गर्नुभयो त ?
पी के शेर्पाका अनुसार संसार नै विजय गरेको जस्तो अनुभव भएको थियो।
1 कमेन्ट
Thanks Dilli, for translating my post into Nepali.