नेपालमा केही जाति तथा समुदाय सीमान्तकृत पारिएका छन् र यो क्रम जारी छ। तीमध्ये नेपालकै चौथो ठुलो समुदायका थारू पनि एक हुन्। थारू कलाकार लवकान्त चौधरीले थारू जातिको सीमान्तकृत इतिहासका नभनिएका र नलेखिएका कथाहरू आफ्नो कला प्रदर्शनी ‘मसिन्या दस्तुर ’ मार्फत भन्ने जमर्को गरेका छन्।
चौधरीले आफूले भाग लिएको छ महिने कला अनुसन्धान परियोजनाबाट आफ्नो आँखा खुलेको अनुभव गरे र त्यसले आफ्नो समुदायबारे व्याप्त रहेको एकतर्फी जनधारणाबारे घोत्लिन बाध्य गराएको उल्लेख गर्छन्।
जति पनि विचार ठोक्किन आए, घुमीफिरी थारूहरूबारे व्याप्त त्यहीँ जनधारणा वरिपरि नै पाएँ। हामी त्यहीँ घोंघी खाने, जंगलमा बस्ने, मद्यपान गर्ने, र सोझो जाति भनेर चिनिदा रहेछौं। त्यहीँ नै हाम्रो पहिचान रहेछ।
ग्लोबल भ्वाइसेजका लेखक संजीव चौधरीले लवकान्त चौधरीसँग भेटी थारूहरूको इतिहास र त्यसले कसरी उनको सिर्जनालाई प्रभावित गरेको छ भन्नेबारे गरेको कुराकानीको सम्पादित अंश:
संजीव चौधरीः तपाईं कसरी सामाजिक मुद्दामा आधारित कलाकारितातर्फ लाग्नुभयो, कुन कुराले प्रेरित हुनुभयो?
Lavkant Chaudhary (LC): I came to know about the marginalization of Tharus and other indigenous peoples only after completing my Bachelors of Fine Arts. Searching the history of Tharus, I came across the preconceived notions about the Tharus — like people living in the jungle and eating water snails, alcohol drinkers and honest tribe among others. However, the question kept hovering in my mind: Why was the history of Tharus always kept in dark in Nepal? So, I thought of asking this through my artworks.
लवकान्त चौधरीः मैले थारू र अन्य आदिवासी जनजाति सीमान्तकृत भएकोबारे ललितकलामा स्नातक सकेपछि मात्र थाहा पाएँ। थारूहरूको इतिहास खोज्दा, उनीहरूबारे पूर्वकल्पित र पूर्वाग्रहपूर्ण घारणा मात्र पाएँ जस्तो कि जंगलमा बस्ने र घोंघी खाने मानिस, मद्यपान गर्ने, र सोझो जाति आदि। यद्यपि मेरो दिमागमा एउटा प्रश्न घुमीरह्योः नेपालमा थारूहरूको इतिहास किन सधैं अँध्यारोमै राखियो? त्यसैले, मैले यो प्रश्न मेरो कलामार्फत सोध्ने सोच बनाएँ।
संजीव चौधरीः मसिन्या दस्तुर भनेको चाहिँ के हो? तपाईंका सिर्जना के–का बारे हुन्?
LC: My artwork revolve around displacement and resistance of Tharus, and the discrimination the community has faced at the hands of the state. Various ethnic groups including the Tharus were categorized as masinya matwali, which literally means enslavable alcohol drinkers, by the state through the Muluki Ain (National Code of 1854). The installation ‘Masinya’ comprises 13 ghaila (clay pots) with texts from different periods carved on their surfaces. The text ranges from statements from King Prithvi Narayan Shah who is credited for unifying Nepal to the Constitution of Nepal, 2015 – all of them have helped marginalize the indigenous peoples.
The ‘Tamasuk’ series tells the stories of systematic marginalization of Tharus. During the regime of autocratic rulers, the land belonging to Tharus were distributed and rewarded to different royal administrators and bureaucrats, leaving the Tharus landless in their own place. The kamaiya and kamalari system were introduced by which Tharu men, women, and their children could be traded as commodities.
In the ‘Dastoor’ series I have used official documents from different time periods in Nepali history as a backdrop for portraits of day-to-day Tharu activities. The documents, issued by the Sen, Shah and Rana rulers of Nepal, record the way different rulers issued dastoor (legal orders) to control native people in their own land by enforcing taxes. Heavy taxes, imposed on nearly everything, from land to water, forest to agriculture, and crops to animals, impoverished the Tharus and others.
लवकान्त चौधरीः मेरा कलाकृति थारूहरूको विस्थापन र प्रतिरोधका वरिपरि घुमेका छन् र यस समुदायले राज्यबाट खेपेको विभेद्बारे बोल्छन्। राज्यद्वारा मुलुकी ऐन (मुलुकी ऐन १८५४) अन्तर्गत थारूसमेत कैयन् जातिलाई मसिन्या मतवाली भनी वर्गीकरण गरिएको थियो जसको शाब्दिक अर्थ किनबेच हुने वा दास-दासी बनाउन पाइने मद्यपान गर्ने जाति हुन्छ। प्रतिस्ठापन कला मसिन्यामा १३ वटा घैला (माटाको भाँडा) रहेका छन् जसमा विभिन्न कालखण्डबाट लिइएका अक्षर कुँदिएका छन्। घैलामा नेपाल एकीकरणको श्रेय पाएका राजा पृथ्वीनारायण शाहका उक्तिदेखि लिएर नेपालको संविधान २०७२ सम्म कुँदिएका छन् – ती सबैले आदिवासी समुदायलाई सीमान्तकृत गर्न सहयोग पुर्याएका छन्।
‘तमसुक’ श्रृंखलाले थारूका सुनियोजित सीमान्तीकरणको कथा बताउँछ। निरंकुश शासकहरूको शासनकालमा थारूहरूका भूमि विभिन्न शाही प्रशासकहरू तथा नोकरशाहहरूलाई बाँडियो तथा बक्सिस दिइयो, जसले थारूहरूलाई आफ्नै ठाउँमा भूमिहीन बनायो। कमैया र कमलरी प्रथा लागू गरियो जसले थारू पुरुष, महिला र उनीहरूका बच्चाहरूलाई जिन्सी वस्तुको रूपमा किनबेच गर्न सकिन्थ्यो।
‘दस्तुर’ श्रृंखलामा मैले नेपाली इतिहासको विभिन्न कालखण्डका आधिकारिक दस्तावेजहरूलाई चित्रमा थारू दैनिक क्रियाकलापको पृष्ठभूमिको रूपमा प्रयोग गरेको छु। नेपालका सेन, शाह र राणा शासकले जारी गरेका दस्तावेजहरूमा भिन्न शासकहरूले आदिवासीलाई कर थोपरेर उनीहरूका आफ्नै भूमिमा नियन्त्रण गर्न जारी गरेका दस्तुर (नियम) प्रणालीबारे लेखिएका छन्। जमिनदेखि जलसम्म, जंगलदेखि कृषिसम्म, र बालीनालीदेखि जनावरहरूसम्म सबै कुरामा थोपरिएको भारी करले थारू र अन्यहरू प्रभावित बने।
यो पनि पढ्नुहोस्: ‘विपरीत सपनाहरू: स्थानीय राजनीति': कलामार्फत नेपालमा सामाजिक मुद्दाहरू बारे जागरूकता बढाउँदै कला समूह
संजीव चौधरीः तपाईंको कलाकृति ‘अस्ट्रासिज्म’ मा अन्नका दाना र गोलीहरू प्रयोग भएका छन्। यसको आशय के हो?
LC: The cereals and grains symbolize the traditional land of the Tharus. The bullets then are placed on top of the grains to connote the systematic violence through which these lands were taken away. Although the grains get older and decompose, they still have the power to procreate. Perhaps resistance functions in a similar manner, growing out of centuries of violence.
लवकान्त चौधरीः अन्न र अन्नका दानाले थारूहरूको परम्परागत भूमि जनाउँदछन्। प्रणालीगत थिचोमिचोको माध्यमले थारूका भूमिलाई हडप्ने काम भयो भन्ने देखाउन राखिएका हुन्। अन्नका दाना पुरानो हुँदै जाने र सड्ने भए तापनि तिनमा टुसाउन सक्ने क्षमता हुन्छ। सायद शताब्दीयौँ देखिको थिचोमिचो बढ्दै जाँदा प्रतिरोधले पनि यस्तै प्रकारले कार्य गर्दछ।
संजीव चौधरीः तपाईंले एउटा भिन्न र कम आकर्षक विषयवस्तु, कीटनाशक विषादीलाई तपाईंको ‘डीडीटी’ शीर्षकमा कलाकृतिको लागि सृजनात्मकताको रूपमा रोज्नु भएको छ। किन तपाईंले यसलाई छनौट गर्नुभयो?
LC: DDT, also popularly known as ‘Dangerous Dose to Tharus’, is based on one of the silenced histories of the Tharu community.
During the 50s and 60s, with support from the United States of America and the World Health Organization (WHO), the Nepali Government led a campaign to eradicate malaria in the Terai region. This led to a mass migration of hill people to Terai and large scale of deforestation in the region. The spraying of DDT not only eradicated malaria and the Anopheles mosquitoes but also reduced the Tharus to a minority in their own land. In this painting, I have used a Tharu wall relief technique to paint various objects including images of humans. Each image is approximately the same size as a mosquito.
लवकान्त चौधरीः “डेन्जरस डोज टु थारूज” भनेर पनि चिनिने चर्चित डीडीटी, थारू समुदायको एक मौन इतिहासमा आधारित छ।
५० र ६० को दशकमा संयुक्त राज्य अमेरिका र विश्व स्वास्थ्य संगठनको सहयोगमा नेपाल सरकारले तराइ क्षेत्रमा औलो उन्मूलन अभियानको नेतृत्व गर्यो। जसको कारण पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरूको ठूलो संख्या तराइमा बसाइँ सर्यो र यस क्षेत्रमा ठूलो मात्रामा वन फँडानी गरियो। डीडीटी छर्नाले औलो र एनोफिलिस लामखुट्टेको मात्र उन्मूलन गरेन थारूहरूलाई उनीहरूको आफ्नै भूमिमा अल्पसंख्यक बनायो। यस चित्रमा मैले मानव चित्रसहित विभिन्न वस्तुहरू चित्रित गर्न थारू भित्ते चित्रकला प्रविधि प्रयोग गरेको छु। प्रत्येक चित्र लगभग लामखुट्टेको समान आकारका छन्।
संजीव चौधरीः तपाईं टीकापुर घटनाको बारेमा अत्यन्त स्पष्टवादी हुनुहुन्छ र मूलधारको मिडियाले वास्तविक कथाहरू नसमेटेका दावी गर्नुहुन्छ। ‘असमानताको भूमिका नागरिकहरू श्रृंखला’ले के भन्छन्?
LC: During the Tikapur incident of August 24, 2015, and its aftermath seven police officers, a young child, and more than fifty people from the area were killed. The state played a big part in terrorizing the Tharu community by performing targeted arrests, killings and burning their houses. The Tharu community was portrayed as being ‘violent’ by the Nepali media, while the violence the community faced at the hands of state forces was ignored.
My artwork ‘Once There was a Village’ comprises a video of a miniature traditional village recreated using clay, bamboo, cardboard, ceramic pots, printed maps, glass, plywood, LED tubes. This work questions indigenous identity, rights, equality, and social discrimination. In the aftermath of the Tikapur incident, more than 88 houses were burnt, specifically targeting the houses of Tharus. The video begins with a Tharu folk song while eye witness accounts of the harsh suffering faced by Tikapur locals is heard as the houses burn.
लवकान्त चौधरीः अगस्त २४, २०१५ को टीकापुर घटना र त्यसपश्चात् सात पुलिस अधिकारी, एक बच्चा र त्यस क्षेत्रका पचास भन्दा बढी व्यक्ति मारिए। राज्यले थारू समुदायलाई आतंकित तुल्याउन लक्षित गिरफ्तार, हत्या र उनीहरूका घरहरू जलाउन ठूलो भूमिका खेलेको छ। नेपाली मिडियाले थारू समुदायलाई ‘हिंस्रक’ भनेर चित्रण गरेको थियो, जबकि राज्यको प्रहरी बलबाट थारू समुदायले भोगेको हिंसालाई वेवास्ता गरियो।
मेरो कलाकृति ” एकादेशमा एउटा गाउँ थियो” मा माटो, बाँस, कार्डबोर्ड, माटाका भाँडा, मुद्रित नक्सा, गिलास, प्लाईवुड, एलईडी ट्यूबहरू प्रयोग गरी बनाइएको परम्परागत गाउँको लघु भिडियो समावेश छ। यस कलाकृतिले आदिवासीको पहिचान, अधिकार, समानता र सामाजिक भेदभावमाथि प्रश्न खडा गर्दछ। टीकापुर घटनापछि विशेष गरी थारूका घरहरूलाई लक्षित गरेर ८८ भन्दा बढी घरहरू जलाइए। यो भिडियो थारू लोक गीतबाट सुरु हुन्छ, टीकापुरका स्थानीयहरूले आफ्ना घरहरू जल्दै गर्दा भोगेका कठोर पीडा प्रत्यक्षदर्शीले गरेको वर्णनमा सुन्न सकिन्छ।
यो पनि पढ्नुहोस्: नेपालको सुदूरपश्चिमका थारू समुदायविरुद्धको प्रतिशोधबारे अनुसन्धान गर्न माग उठ्दै
संजीव चौधरीः तपाईंले आफ्नो कलाकृतिमा सीमान्तकृत थारू समुदायको मुद्दा सम्बोधन गर्नुभयो। के तपाईंले थारू समुदायको व्यक्तिहरूका कथा सुनाउने प्रयास पनि गर्नुभयो?
LC: My artwork ‘The Diary: Barefaced Truth of the Suppressed’ tells the story of Jokhan Ratgainya, a Tharu journalist, writer and revolutionary. I have recreated his diary by etching the texts and images on wood. Jokhan was murdered on June 11, 2001, by the then Royal Nepal Army at the time of the Civil War. This series depicts the situation of that period. It is rooted in the instability and killings faced by the Tharus of Far-Western Nepal at the hands of the Government of Nepal. People were arrested, murdered, and forcefully disappeared by the government in what came to be known as the ‘Operation Kilo Sera II’.
लवकान्त चौधरीः मेरो कलाकृति ‘डायरी: दमनको नाङ्गो सत्य’ ले एकजना थारू पत्रकार, लेखक एवं क्रान्तिकारी जोखन रत्गैँयाको कथा बताउँछ। मैले काठमा शब्दहरू र तस्वीरहरू कुँदेर उनको डायरी पुन: सिर्जना गरेको छु। ११ जुन, २००१ मा तत्कालीन शाही नेपाली सेनाले जनयुद्धको समयमा जोखनको हत्या गरेको थियो। यस श्रृंखलाले त्यस अवधिको अवस्थालाई चित्रण गर्दछ। यो नेपाल सरकारबाट सुदूरपश्चिम नेपालका थारूहरूले सामना गरेको अस्थिरता र हत्यामा आधारित छ। सरकारद्वारा मानिसहरूलाई गिरफ्तार गरियो, हत्या गरियो, र बलपूर्वक बेपत्ता पारियो जसलाई “अपरेशन किलो सेरा २” भनेर चिनिन्छ।
लवकान्तका केही कलाकृतिहरू उनको इन्स्टाग्राम पृष्ठमा हेर्न सकिन्छ।