वुहानबाट कोभिड-१९ डायरी: महामारीपछिकाे भविष्य कस्ताे ?

आवासीय जिल्लामा समुदायका पुरुषहरूका लागि कपाल काट्न नाई आयो। (फोटो क्रेडिट: गुओ चिङ्। अनुमतिसहित प्रयोग गरिएको)

निम्न पोष्ट स्वतन्त्र फिल्म निर्माता र नारीवादी विद्वान एइ सियाउमिंग र नारीवादी अभियन्ता गुओ चिङ्द्वारा लिखित डायरीको श्रृंखलामा बाह्रौं हो। दुवैजना काेभीड–१९ काे उद्गमस्थल वुहानमा बसाेबास गर्दै आएका छन्। यहाँ यस श्रृंखलाका पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैठौं, सातौं, आठौं, नवौं, दशौंएघारौं भागहरूका लिंकहरू छन्।

COVID-19 को विश्वव्यापी प्रभावबारे ग्लोबल भ्वाइसेजको विशेष कभरेज पढ्नुहोस्।

यो श्रृंखला मार्च १५ र मार्च १९, २०२० बीचमा लेखिएको थियो। यी दैनिकीका सकल लेख भने ‘म्याटर न्यूज'मा प्रकाशित छन् ।

एइ सियाउमिंग: मार्च १५, २०२०

早上起来,打开冰箱,手在饺子那里停了一会儿。春节前夕,老家的侄儿儿媳给我们姐弟两家包了一千个饺子送来。家里阿姨回乡过年前也包了上百个饺子留下。这些饺子,现在只剩了二、三十个。按理,我吃掉也没有关系。但是,弟妹带着孩子回来,就尝不到亲情饺子了。
衣食无忧如我,也会叹饺子所剩无几;由此想到一些小视频里出现的居民生活匮乏的场景。有的老人不会团购,听说社区要送菜,坐在家门口等了一整天,然后失望地告诉外地子女,今天没有等到菜。
每次经历了大灾难和生死劫,我们这里,都有两种力量的角力。一种是强化和坚持我们对于权利和尊严的珍视,另一种是降低标准,每过一劫降一次。这样,灾难节节长,受难者把苟活当幸运。疫情过后,我们注定会庆幸自己的存在;但整个社会将提升对生命和权利的尊重,还是放弃或拉低了它的标准?目前各地都有以防疫为名侵犯公民权利,以及对弱者缺乏保护的情形。大难不死很可能留下长久的负面遗产,那就是满足于苟活且放任自私自利,以邻为壑。

आज बिहान जब मैले फ्रिज खोलेँ खाना खोज्दै, मेरो हात डम्पलिंगमा रोकियो। चिनियाँ नववर्ष भन्दा अघि, मेरो भान्जा भाइ र उनकी श्रीमतीले म र मेरो भाइको लागि १,००० डम्पलिंगहरू तयार पारेका थिए र हाम्रो सहयोगीले पनि मलाई छुट्टीमा घर जानुभन्दा पहिले सयौं डम्पलिंग छोडिदिइन्। अब मसँग २०-३० वटा डम्पलिंग मात्र बाँकी छन्। म यी सबै डम्पलिंगहरू समाप्त गर्न सक्दछु। तर त्यसो भए, यदि मेरो भाइकी श्रीमती र उसका बच्चाहरू मलाई भेट्न आए भने उनीहरूले यी हातले बनाएको स्वादिष्ट पदार्थहरूको मज्जा लिन सक्ने छैनन्।

म बेफिक्री भएकोले अझै पनि पर्याप्त डम्पलिंग नहुँदा चिन्तित छु। यसले मलाई केहि भिडियो क्लिपहरूको सम्झना दिलाउँदछ कि कसरी कतिपय मानिसहरु खानाबाट वञ्चित भए । केहि बुढा व्यक्तिहरू जसलाई अनलाइन किन्ने समूहहरूमा सामेल हुने कुरा थाहा छैन-तिनीहरू आफ्ना घरबाहिर बस्ने र सामुदायिक कामदारहरूले तरकारी ल्याएकाे पर्खिरहेका छन्। प्राय: दिनको अन्त्यमा, तिनीहरूले अन्य शहरहरूमा रहेका आफ्ना छोराछोरीहरूलाई कुनै तरकारी नपाएको कुरा बताउँनेछन्।

जब मानिस प्रकोप वा दर्दनाक अनुभव भोग्छन्, उनीहरू आफ्नो अधिकार र मर्यादाको रक्षा गर्न दृढ रहने वा उनीहरूका सिद्धान्तहरू छोड्नेबीच संघर्ष गर्दछन्। पछिल्लो अवस्थामा हामीले प्रत्येक पटक कुनै प्रकोपको अनुभव गर्दा हाम्रा केही सिद्धान्तहरू त्याग्यौं। केही प्रकोपपछि, पीडितहरूले केवल बाँच्नेलाई भाग्यशाली ठान्न सक्छन्। यस महामारीपछि, हामी शायद जीवित हुनुलाई भाग्यशाली महसुस गर्नेछौं। तर समग्रमा हाम्रो समाजको के छ? के यसले मानव जीवन र अधिकारको लागि बढी आदर गर्नेछ? के यसले आफ्ना आधारभूत सिद्धान्तहरू छोड्नेछ? हालसालै, हामीले धेरै नै महामारी नियन्त्रणका उपायहरू अवलोकन गरेका छौं जसले मानव अधिकारहरूको उल्लंघन गर्दछन्। कमजोरहरू असुरक्षित छन्। प्रकोपबाट जोगिंदा दीर्घकालीन नकारात्मक असर पर्न सक्छ, जस्तै केवल बाँच्नको लागि सन्तुष्टि र अन्यको खर्चमा व्यक्तिगत स्वार्थ र चासोको लज्जाबाेध।

गुओ चिङ्: मार्च १५, २०२०

今天的阳光依然很好,连续几天天气都很好,春天似乎真的来了。一个城就这样从冬天封到了春天。
今天有人在群里发了最新的无疫情小区名单,我们小区终于上榜了。大家又关心起社区别的小区有没有上榜。下午,小区门口贴了“无疫情小区”的牌子,物业主任拍照发到了群里,大家又是点赞,又是鼓掌,又是感谢。

आज घाम लाग्यो। लगातार धेरै दिनहरू घमाइला भए। यस्तो लाग्छ कि बसन्त आइपुगेको छ। यो शहर जाडोदेखि बसन्तसम्म बन्द छ। आज हाम्रो च्याटरूममा कोहीले शून्य कन्फर्मेसन केस समुदायहरूको अपडेट गरिएको सूची पोष्ट गर्नुभयो, र अन्त्यमा हाम्रो समुदाय सूचीमा छ। हामीले हाम्रो क्षेत्रका अन्य समुदायहरू पनि खोज्यौं। दिउँसो, हाम्रो जिल्लाको ढोकामा “शून्य कन्फर्मेस केस समुदाय” भएको संकेत पोस्ट गरिएको थियो। सम्पत्ति व्यवस्थापन निर्देशकले एउटा फोटो लिए र हाम्रो च्याटमा पठाए। हामी फोटोलाई ‘मनपराउँछौं’, सराहना गर्छौं र कृतज्ञ महसुस गर्दछौं।

गुओ चिङ्: मार्च १६, २०२०

前几天有网友曝光了医护人员在疫情期间拿到的工资反而比平时少。这是因为医护人员平时的收入除了基本工资,还有绩效奖金,而疫情期间医院只发基本工资加补贴,有些人的工资反而少了。

धेरै दिन अघि, केही नेटिजेन्सहरूले पत्ता लगाए कि मेडिकल स्टाफले महामारीको समयमा सामान्य भन्दा थोरै तलब पाए । चिकित्सा कामदारहरूले सामान्यतया आधारभूत तलब प्लस बोनस प्राप्त गर्दछन्, तर अस्पतालहरूले उनीहरूलाई केवल आधारभूत तलब र महामारीको क्रममा सब्सिडी प्रदान गर्दछ। नतिजा स्वरूप, तिनीहरूमध्ये कतिले आफूले कमाएको भन्दा कम पैसा कमाए।

गुओ चिङ्: मार्च १७, २०२०

湖北一些地方解封也有几天了,可是朝令夕改的现象却让人摸不着头脑。昨天群里有个麻城的朋友说:“麻城明天又要封城了”,有人问:“为什么啊”,这人也不知道,说是村里刚发的通知,还艾特了大家,说:“政策有变,高速明天早上九点将禁止通行,办理了通行证的请抓紧时间返岗”。大家都紧张起来了,让有通行证的人赶紧走。
有个湖北的朋友小区解封了几天后,突然有一天,她的家人不知从哪里收到的消息,说是不让说的秘密消息,据说他们市要再封城,她和家人赶快去囤了一些米、油之类的食物,结果几个小时后又有人说再次封城的消息是谣言。
朝令夕改会让政府失去公信力,也会让人们没有安全感,无所适从。

हुबेई प्रान्तमा केही क्षेत्रहरूले धेरै दिनका लागि लकडाउन गरेका थिए । यद्यपि नियमहरू परिवर्तन भइरहन्छन् र मानिसहरू अलमल्लमा पर्छन्। हिजो माचेङ्ग शहरका एक व्यक्तिले हाम्रो च्याटरूममा भने,”माचेङ्ग भोली फेरि लक हुनेछ।” अर्को व्यक्तिले सोधे किन, तर त्यो व्यक्तिलाई कारण थाहा थिएन। उनले भर्खरै भने कि उनीहरूले गाउँको कार्यालयबाट सूचना प्राप्त गरे, जसमा भनिएको छ: “नीति परिवर्तन भएको छ। राजमार्ग भोली बिहान ९ बजे बन्द हुनेछ। यदि तपाईंसँग [शहर छोड्ने अनुमति] छ भने कृपया छोड्नुहोस् र काममा फर्कनुहोस्। जति सक्दो चाडो।” मानिसहरू धेरै चिन्तित थिए र पास भएकालाई त्यहाँबाट गर्न आग्रह गरे।
हुबेईका अर्को साथीले उनको परिवारले अज्ञात स्रोतबाट सुनेका थिए कि उनीहरूको शहर फेरि बन्द हुनेछ। सन्देश शहर अनलक भएको केही दिनपछि प्रसारित भयो। उनी र उनको परिवार केहि चामल, तेल र केही खाना किन्न दौडे। त्यसको केहि घण्टा पछि, तिनीहरूलाई सन्देश एक अफवाह मात्र थियो भनियाे ।
नीति परिवर्तन हुँदैछ, र सरकार अब एक विश्वसनीय स्रोत छैन। व्यक्ति असुरक्षित र बेचैन छन्।

एउटा बच्चाले झ्यालबाट बाहिर हेरेकाे दृश्य। (फोटो क्रेडिट: गुओ चिङ्। अनुमतिको साथ प्रयोग गरियो।)

गुओ चिङ्: मार्च १८, २०२०

有人说:“武汉的情况在好转”,武汉的疫情确实在好转,可是疫情引发的隔离、恐慌、牺牲、创伤是否在好转呢?新冠肺炎会给一些病人带来身体的后遗症,还会造成在武汉的人的心理后遗症,这需要多久才能好起来呢?
布鲁克林创伤中心的创始人巴塞尔·范德考克博士讲到创伤的时候曾指出,经历911的人们受到的创伤相对较小。他提到三个重要的影响因素:行动、关注、讲述
行动”是指灾难发生的时候人们可以行动…“关注”是指911事件获得了全世界的关注…“讲述”则是人们能够去谈论自己的遭遇,更不会因为讲述而被指责。
这次疫情中,从封城到封小区,我们的行动空间却在逐步缩小,我们被困住。就关注而言,武汉确实获得了全世界的关注,可是人们的支持一度被阻断,医生不经医院允许不得向社会求助,志愿组织的医疗物资被官派机构所拦截。很多关注难以转化为实际的帮助。关于讲述,一些讲述在被封杀,很多网友纷纷准备了微博的备用号。
当悲剧接连发生,真话被当作谣言,“正能量”却被鼓吹。悲剧得到的社会关注遭到限制,问责得不到回应,人们的情绪就会慢慢地被消耗,愤怒在消失,无力在增强

कसैले भने, “वुहानमा अवस्था सुधार हुँदैछ।” वुहानमा महामारी वास्तवमै नियन्त्रणमा छ। जहाँसम्म, महामारीसँग सम्बन्धित आतंक, त्याग, पृथकीकरण, आघात र पीडाहरूको बारेमा के हुन्छ? के यिनीहरू निको भएका छन्? COVID-19 ले शारीरिक र मनोवैज्ञानिक दुवै क्षति ल्याएको छ। मानिस निको हुन को लागि कति समय लाग्छ?
ब्रुकलिनमा ट्रामा सेन्टरका संस्थापक डा बेसल भ्यान डर कोलले मनोवैज्ञानिक आघातको बारेमा कुरा गर्दा उनले औंल्याए कि ९११ को अनुभव गर्नेलाई अरु भन्दा कम आघात भएको थियो। मनोवैज्ञानिक आघातलाई शान्त पार्ने तीन कारकहरू छन्: क्रियाकलाप, हेरचाह, र कथा सुनाउने।
“क्रियाकलाप” को मतलब भनेको कुनै विपत्ति आउँदा मानिसहरूले कार्य गर्न सक्दछन् … “हेरचाह” को अर्थ सेप्टेम्बर ११ को आक्रमणले संसारको ध्यान खिचेको थियो … “कथा सुनाउने” भनेको मान्छेहरूका अनुभवहरूका बारेमा कुरा गर्न सक्छन् र उनीहरूलाई त्यसो गर्नका निम्ति दोष दिन मिल्दैन। यस महामारीमा, जबदेखि लकआउन्ड शहरदेखि आवासीय जिल्लाहरूमा विस्तार भयो हामीलाई कार्य गर्नको लागि ठाउँ घट्दै गइरहेको छ। हामी फसेका छौं। “हेरचाह” लाई ध्यानमा राख्दै, वुहानले विश्वको ध्यान खिच्याे, तर बाहिरी सहयोगलाई एकपटक प्रवेश गर्न अवरुद्ध गरिएको थियो – अस्पतालका अधिकारीहरूको स्वीकृति बिना मेडिकल कामदारहरूलाई सहयोगको लागि पुग्न निषेध गरिएको थियो र स्वयम्सेवक समूहहरूको चिकित्सा आपूर्तिलाई सरकार नियुक्त संगठनहरूले रोकिदियो। जनताको ध्यान कार्यमा रुपान्तरण भएको थिएन। “कथा सुनाउने” सम्बन्धमा, हाम्रा केहि कथाहरू सेन्सर गरिएका थिए र धेरैले वेइबोमा ब्याकअप खाताहरू तयार गर्नुपर्‍यो।
त्रासदीहरूको सामना गर्नुपर्दा, साँचो कथाहरूलाई अफवाहको रूपमा लेबल गरिन्छ जबकि “सकारात्मक उर्जा” लाई बढावा दिईन्छ ।जब त्रासदीहरूप्रति सार्वजनिक ध्यान प्रतिबन्धित हुन्छ र आधिकारिक जवाफदेहीताको लागि जनताको माग अनुत्तरित हुन्छ, भावनाहरू बिस्तारै कमजोर हुँदै जान्छ र रीसलाई असहायताको भावनाले जित्छ।

गुओ चिङ्: मार्च १९, २०२०


武汉今天新增病例为0,这信息可信吗?
11点多,物业的工作人员在群里发消息说:“大家好,我们联系了理发师师傅,有需要的业主,可下来理发,每人20元。”马上就有男人到物业办公室的门口剪起来头发,有四五个男人还排起了队。
我前几天问一个律师有没有接到疫情期间的家暴受害者的求助。她今天告诉我,听当地妇联讲有个单亲妈妈打死了自己的孩子。朋友说可能是生存压力太大了,没有收入,因为封锁也不能出门,各种因素夹杂在一起导致了悲剧的发生。
可怕的是,她听说不止一个这样的惨剧。孩子死了,妈妈会被判刑。孩子很可怜,可我们也不能一味地指责妈妈,因为这是一个社会性的悲剧。

वुहानमा शून्य पुष्टि भएका केसहरू छन्। के यो जानकारी भरपर्दो छ? आज बिहान ११ बिहान सम्पत्ति व्यवस्थापन कार्यालयका कर्मचारीले हाम्रो च्याटरूममा घोषणा गरे, “नमस्कार, हामीले एउटा नाईलाई हाम्रो समुदायमा आउन भनेका छाैँ। यदि तपाईहरु मध्ये कोही कपाल काट्न चाहनुहुन्छ भने कृपया आउनुहोस्। खर्च २० युआन हुनेछ (अमेरिकी डलर २.8383 डलर) प्रति व्यक्ति।” एक व्यक्ति तत्काल एस्टेट व्यवस्थापन कार्यालय गए, र चाँडै त्यहाँ लाइन मा ४-५ जना पुरुष थिए। धेरै दिनअघि मैले एक वकिललाई सोधें कि के उनले महामारीको बेलामा घरेलु हिंसाको सिकार भएकाहरूबाट सहयोग सन्देशहरू प्राप्त गरे? उनले मलाई आज बताइन् कि अखिल चीन महिला संघको स्थानीय शाखाले उनलाई बतायो कि एक एकल आमाले उनको बच्चालाई यसरी कुटिन् कि बच्चा नै मर्याे । उनले भनिन् कि शायद आमा एकदमै तनावग्रस्त थिइन् होला, हुनसक्छ उनको कुनै आय थिएन, वा हुनसक्छ ताला लगाउने बित्तिकै उनी फसेकी थिइन् – यी सबै कारणले गर्दा त्रासदी भयो, सबैभन्दा डरलाग्दो कुरा यो हो कि यो केवल त्रासदी मात्र होईन जसको बारेमा उसले सुनेकी थिइन्। बच्चा मरिसकेको छ र आमालाई सजाय दिइनेछ। बच्चाको कथा दयनीय छ तर हामी केवल आमालाई दोष दिन सक्दैनौं। यो एक सामाजिक त्रासदी हो।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.