विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

खासै चर्चामा नरहेको धानको बालासहितको परालबाट निर्मित सुन्दर कला

धानको बालासहितको परालबाट तयार गरिएको ‘झुट्टी’ । फोटो: सीके कल्याण थारू। अनुमति लिएर प्रयोग गरिएको।

धान शताब्दीयौंदेखि एसियाली समुदायमा एक मुख्य खाद्यान्नको रूपमा रहँदै आएको छ, त्यसैले यस क्षेत्रमा यो महत्त्वपूर्ण खाद्य स्रोतलाई कलाकृतिको रूपमा प्रयोग गरिनु कुनै नौलौ कुरा होइन। केही कलाकारहरूले यस अनाजलाई रेखाचित्र बनाउने र रङ्ग भर्ने गरेका छन् भने अन्य समुदायले आफ्नो घर सजाउन धानको बालासहितको परालबाट सुन्दर आकृति बुन्ने खासै चर्चामा नआएको सदीयौं पुरानो अभ्यासलाई निरन्तरता दिएका छन्।

काथिरकुला

दक्षिणी भारतीय राज्य केरलामा – धानको बालासहितको परालबाट बुनिएको झुत्तो काथिरकुला  – घर र मन्दिरमा झुण्ड्याइन्छ। यसरी झुण्ड्याइदा घरमा सु-स्वास्थ्य, उन्नति र समृद्धि ल्याउने विश्वास गरिन्छ।

केलकाथिर सुक्खा धानको बीज हो।
काथिरकुला (धानको झुत्तो) घरमा समृद्धिको निमित्त प्रयोग गरिएको परम्परागत प्रतीक।
काथिरकुला पुष्पगुच्छा जस्तो आकृतिको धानको बाला सहितको परालबाट बुनिएको झुत्तो हो र यो प्राय: केरलाका घरहरूमा झुण्ड्याउने गरिन्छ।

फेसबुक पेज, R-Aadya ले पनि केरला, भारतमा धानको बाला सहितको परालबाट बुनिएको झुत्तो झुण्ड्याइने बारेमा लेखेको छ:

“Nelkathir” is a bunch of artistically plaited bouquet of rice seeds, usually hung in front of the entrances to old ancestral homes (Tharavadu) in Kerala.

This symbolizes prosperity in homes. It is linked to a traditional custom called “Illam Nira”-(House filling with Paddy). This ritual heralds the farming and harvesting in Kerala. […] This can also be seen in front of all temples in Kerala as a symbol of opulence.

Deepthi Menon (RCP)

“नेलकाथिर” कलात्मक रूपमा धानको बालासहितको परालबाट बुनिएको पुष्पगुच्छा हो, सामान्यतया केरलाको पुरानो पैतृक घर (थरवाडु) का प्रवेशद्वार अगाडि झुण्ड्याउने गरिन्छ।
यो घरहरूमा समृद्धिको प्रतीक हो। यो “इलाम नीरा” भनिने-(धानले भरिएको घर)परम्परागत रीति-रिवाजसँग सम्बन्धित छ। यो संस्कारले केरलामा खेतीपाती र बाली भित्र्याउने समयको संदेश दिने कार्य गर्दछ। […] यसलाई केरलाका सबै मन्दिरहरूको अगाडि पनि समृद्धिको प्रतीकको रूपमा देख्न सकिन्छ।
दीप्ति मेनन (आरसीपी)

पुरानो युगको अतीतको प्रतीक #Kathirkula

झोटी

पूर्वी भारतको उडिसामा झोटी  वा चिता – चामलको पेस्टबाट बनेको परम्परागत उडिया कला – उत्सवका अवसरहरूमा भित्ता र भुईँमा कोरिन्छ। दीपावली — बत्तीको चाडको समयमा धानको मुठा वा धानको बाला सहितको परालको आकृतिहरू कोरिन्छन्। उडिया भाषा एवं संस्कृति विभाग भन्छ:

During this auspicious occasion, the mud walls and floors are decorated with murals in white rice paste or pithau. They are called jhoti or chita and are drawn not merely with the intention of decorating the house, but to establish a relationship between the mystical and the material, thus being highly symbolical and meaningful. […] For each occasion a specific motif is drawn on the floor or on the wall. For instance, in Lakshmipuja a stack of paddy or rice sheaves is drawn on the walls structured like a pyramid. […]

यस शुभ अवसरमा गिलो माटोले पोतिएका भित्ता र भुँई सेता चामलको पेस्ट वा पिठोले भित्ते चित्रहरूद्वारा सजाइन्छन्। तिनलाई झोटी वा चिता भनिन्छ र घर सजाउने अभिप्रायले मात्र चित्र कोरिने नभई आध्यात्मिक र भौतिक सम्बन्ध स्थापित गर्न पनि कोरिने भएकोले अत्याधिक प्रतीकात्मक र अर्थपूर्ण हुन्छ। […] हरेक अवसरमा भुँईमा वा भित्तामा एक विशेष आकृति कोरिन्छ। उदाहरणको लागि, लक्ष्मीपूजामा धानको मुठा वा धानको बाला सहितको परालको पिरामिड आकारको चित्र भित्ताहरूमा कोरिन्छ। […]

झुट्टी

भारतमा झोटी भित्तामा कोरिने गरिए तापनि नेपालको दक्षिणी मैदानमा झुट्टी  धानको बाला सहितको परालबाट बुन्ने गरिन्छ तर यसलाई सुन्दर आकार दिइएको हुन्छ। धान काटिसकेपछि धानको बालासहितको पराल छनौट गरेर झुट्टी बुन्ने गरिन्छ र मेह (बाँसको खम्बा जसमा गोरु नारेर दाइँ हालिन्छ) मा झुण्ड्याइन्छ। विशेष गरी थारू समुदायलाई उनीहरूले भित्र्याउने हरेक प्रकारका धान बालीको झुट्टी बनाउन सिपालु मानिन्छन्।

बाँयादेखि दायाँ: ककही – काँइयो, मौर – दुलहाको शिरपोस कौवा ठोली – कागको चुच्चो र पटिया – चटाई। फोटो: सीके कल्याण थारू। अनुमति लिएर प्रयोग गरिएको।

झुट्टी विभिन्न आकार र प्रकारका हुन्छन्। ती प्रकृति र वरपरका वस्तुहरूबाट प्रेरित भएर बनाइएका हुन्छन् जस्तैकौवा ठोली – कागको चुच्चो, पटिया – चटाई, ककही – काँइयो, झुंझुना – बच्चाको खेलौना, बेना – पंखा, भकारी – अन्न भण्डार , मौर – दुलहाको शिरपोस आदि।

धानबाली भित्र्याइसकेपछि चराहरूका लागि खाने कुरा केही बाँकी नरहने विश्वास गरिन्छ। झुट्टी थारूहरू बीचको प्रकृतिप्रतिको प्रेमको प्रतीक हो किनकि उनीहरूले मूल रूपमा चराहरूका लागि खाना उपलब्ध गराउन र उनीहरूले भित्र्याउने हरेक प्रकारका धानको बिउ संरक्षण गर्न झुट्टी बनाउँछन्।

ग्लोबल भ्वाइसेजसँगको अन्तर्वार्तामा थारू कल्याणकारिणी सभा (थारू कल्याणकारी संगठन) का सिराहा शाखाका पूर्व अध्यक्ष चन्द्र किशोर कल्याण थारूले झुट्टी बनाउने परम्परामा प्रकृतिको महत्त्व दोहोर्याए:

Our ancestors loved and worshipped nature. They weaved Jhuttis so that the birds wouldn’t die of hunger after harvest.

हाम्रा पुर्खाहरूले प्रकृतिलाई माया गर्थे र पूजा गर्दथे। उनीहरूले झुट्टी बुने ताकि फसल भित्र्याइसकेपछि चराहरू भोकले मर्न नपरोस्।

झुट्टी बनाउने परम्परालाई पुनर्जीवित गर्न बरछवार सामुदायिक विकास मञ्चले आयोजना गरेको झुट्टी प्रतियोगिता बारे नेपालको कान्तिपुर दैनिकले तयार गरेको रिपोर्टको स्क्यान गरिएको अंश। फोटो: सीके कल्याण थारू। अनुमति लिएर प्रयोग गरिएको।

यद्यपि, यस सुन्दर कलालाई नेपालमा बेवास्ता गरिँदैछ र युवा पुस्ताले झुट्टी बनाउने कलालाई लगभग बिर्सिसकेका छन्। धानको बाला सहितको परालबाट बुनिने सुन्दर कलाको यस सदीयौं पुरानो परम्पराको संरक्षण गर्नु आजको आवश्यकता हो।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.