बिरालो प्रजातिमा पर्ने लजालु स्वभावका ध्वाँसे चितुवा पहिलो पटक नेपालको लाङटाङ राष्ट्रिय निकुञ्जमा समुद्री सतहदेखि ३४९८ मिटर (११४७६ फिट) उचाइमा भेटिएका छन्। अक्सफोर्ड युनिभर्सिटीकाओज्गुन इम्रे क्यानको नेतृत्वमा गरिएको अध्ययनले उक्त तथ्यको पुष्टि गरेको छ।
(3/4) We discovered clouded leopards at 3500 m a.s.l. in Langtang National Park, Nepal. The species wasn’t known to exist in this region of the Himalayas. This altitude is also a world record for clouded leopards. @WildCRU_Ox @OxZooDept @UniofOxford https://t.co/T7t8JxLqBk
— Özgün Emre Can (@ozgunemrecan) December 28, 2019
हामीले नेपालको लाङटाङ राष्ट्रिय निकुञ्जको समुद्री सतहदेखि ३५०० मिटर उचाइमा ध्वाँसे चितुवा रहेको पत्ता लगाउन सफल भयौं। यो प्रजाति यस अध्ययनअघि उक्त क्षेत्रमा रहेको पत्ता लागेको थिएन। यस उचाइमा ध्वाँसे चितुवा पाइनु विश्वकै पहिलो अभिलेख पनि हो।
क्यान र उनका सहकर्मीहरूद्वारा प्रकाशित अनुसन्धान अध्ययनमा लेखकहरू भन्छन्:
Before this study, there was no hard evidence that clouded leopards occurred above 2300 meters above sea level, having documented them at almost 4000 meters above sea level in the Himalayas, we emphasise the importance of this extreme portion of the species’ range where climate is likely to change more rapidly and with greater consequences, than the global average.
यो अध्ययनअघि, समुद्री सतहदेखि २३०० मिटर उचाइभन्दा माथि ध्वाँसे चितुवा भेटिएको कुनै ठोस प्रमाण थिएन, समुद्री सतहदेखि लगभग ४००० मिटर उचाइको हिमाली क्षेत्रमा भेटिएको पुष्टि भएसँगै हामी यस प्रजातिको विस्तारको अधिकतम उच्च क्षेत्रको महत्त्वमा जोड दिन्छौं जहाँ जलवायु विश्वव्यापी औसतभन्दा अझ तीव्र गतिमा र ठूलो मात्रामा परिवर्तन हुने सम्भावना रहेको छ।
छालामा फुस्रो कालो धब्बा जस्तो बुट्टादार ढाँचाबाट नामाकरण गरिएको ध्वाँसे चितुवा पश्चिममा नेपालको हिमाली क्षेत्रदेखि उत्तर र पूर्वमा दक्षिणी चीन र दक्षिणमा मलेसिया प्रायद्वीपमा पाईन्छ। ध्वाँसे चितुवालाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको (आईयुसीएन) रातो सूचीमा संकटापन्न प्रजातिको रूपमा सूचीबद्ध गरिएको छ।
नेपालमा करिब १०० ध्वाँसे चितुवा रहेको अनुमान गरिएको छ र ती १९८७ सम्म लोप भइसकेको विश्वास गरिएको थियो। लाङटाङ राष्ट्रिय निकुञ्ज बाहेक अन्नपूर्ण संरक्षण क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु -बरुण, रारा र शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा ध्वाँसे चितुवा पाइएका छन्।
Achievement in wildlife conservation: Nepal is listed in Top 5 country for conservation of Clouded Leopard by European Outdoor Conservation Association ???
Photo: Charlie Marshall pic.twitter.com/nq4oOHMyA6
— Routine of Nepal banda (@RONBupdates) October 20, 2019
वन्यजन्तु संरक्षणमा उपलब्धि: ‘युरोपियन आउटडोर कन्जर्भेसन एसोसिएसन'ले विश्वभरबाट छानेको संरक्षण परियोजनामध्ये नेपालको ध्वाँसे चितुवा संरक्षण परियोजना उत्कृष्ट पाँचमा पर्न सफल भएको छ।
फोटो: चार्ली मार्शल।
प्रायजसो रातको समयमा बढी सक्रिय हुने ध्वाँसे चितुवा रुखमा सजिलै चढ्न सक्ने भएकोले यसलाई “रुख बाघ ” समेत भनिन्छ। यसको टाउकोको तुलनामा धेरै लामा दाँत हुन्छन् त्यसैले कसै कसैले यसलाई तरबार जस्तो दाँत भएको आधुनिक बिरालो भन्दछन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले नेपालमा ध्वाँसे चितुवालाई विशेष संरक्षण दिएको छ। ऐनका अनुसार ध्वाँसे चितुवालाई अवैध रूपमा मार्ने वा घाइते बनाउने, खरिद बिक्री गर्ने वा हस्तान्तरण गरी लिने दिने व्यक्तिलाई पचास हजारदेखि एक लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। तर यसले चोरी शिकारलाई रोक्न सकेको छैन – नेपाल प्रहरीले सन् २०१८ मा दुई महिनाको अवधिमा चारवटा ध्वाँसे चितुवाका छाला फेला पारेका थिए।
आकर्षक छालाका लागि ध्वाँसे चितुवाको शिकार हुने गर्दछ जुन अवैध रूपले व्यापार गरिन्छ जबकि वासस्थानको अभाव र कमी यसको संरक्षणमा प्रमुख चिन्ताको विषय बनेको छ। यसको अतिरिक्त उच्च क्षेत्रमा फेला परेका यी चितुवाहरूले तापमान वृद्धिको खतराको सामना गर्दछन् जसले अन्य उच्च भू-भागका प्रजातिहरूलाई अझ उच्च उचाइ तर्फ पुर्याइरहेको छ। यस शताब्दीको मध्यसम्ममा पूर्वी हिमालय क्षेत्रमा, वार्षिक औसत तापमान औसत २.९ डिग्री सेल्सियसले वृद्धि हुने अनुमान गरिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार, शताब्दीको अन्तसम्ममा वैश्विक उष्णीकरण १.५ डिग्री सेल्सियसमा सीमित गरिए पनि उच्च हिमाली क्षेत्र अझ तातो हुने सम्भावना छ।
पढ्नुहोस्: वनस्पति र जीवले नेपालमा मौसम परिवर्तनको प्रत्यक्ष प्रभावहरू संकेत गर्दछन्
यद्यपि ध्वाँसे चितुवा र चितुवा दुवैका लागि लाङटाङ राष्ट्रिय निकुञ्जमा रातो रतुवा, बँदेल, थार, घोरल, कस्तूरी मृग, कालोमुखे बाँदर, पहरे बाँदर, मलाया दुम्सी जस्ता आहार प्रजातिहरू प्रशस्त रहेका अध्ययनले देखाएको छ।
क्यामेरा-ट्र्यापिङ जस्ता प्रविधिले वैज्ञानिकहरूलाई यस प्रजातिको गतिशीलता र आनीबानी अध्ययन गर्न मद्दत गर्दैछन्। यसको अतिरिक्त प्रजनन केन्द्र र कृत्रिम गर्भाधान प्रविधिहरूले यी चितुवाहरूलाई संरक्षण गर्न थप मद्दत पुग्नेछ। निकुञ्जको संरक्षण तथा वन्यजन्तुको गैर-कानुनी व्यापार रोकथाम गर्न नेपाली सेना र निकुञ्ज प्रशासनसँगै मिलेर काम गरिरहेकाले उच्च क्षेत्रमा रहेका यी चितुवाको संरक्षण हुने विश्वास छ।