‘विपरीत सपनाहरू': कलामार्फत नेपालमा सामाजिक मुद्दाहरूबारे जागरूकता बढाउँदै कला समूह

OppositeDreams

‘विपरीत सपनाहरू: स्थानीय राजनीति’ प्रदर्शनीको एक कलाकृति। तस्वीर-लेखक।

६ जना नेपाली कलाकारका एउटा समूह आर्टट्री नेपाल आफ्नो समकालीन कलाको माध्यमले समुदायलाई सामाजिक मुद्दाहरूमा जागरूक पार्ने र सार्थक संवादलाई प्रोत्साहित गर्ने मिसनमा छ। यस समूहले चिकित्सा क्षेत्र सुधारका लागि डा. गोविन्द के.सी.को अनशन , नेपाली युवाहरू रोजगारीका लागि विदेश पलायन, जात तथा जातीयताको आधारमा भेदभाव, र मानव तस्करी जस्ता जायज मुद्दाहरूलगायत अन्य मुद्दाहरू उठाएको छ।

आर्टट्रीमार्फत हितमान गुरुङ र मेख लिम्बुको बेजोड प्रदर्शन कला #Protest डा. के. सी. बचाऊ अभियान #IamwithDrKC #SaveDrKC

मार्च २०१९ र यसभन्दा पहिले अक्टोबर-नोवेम्बर २०१८ मा उनीहरूले ‘विपरीत समपनाहरू: स्थानीय राजनीति’ शीर्षकमा नेपालको इतिहासले सीमान्तकृत, दलित तथा आदिवासी समुदायका कथालाई कसरी उपेक्षा गरेको छ भन्ने दर्साउदै आफ्ना कला प्रदर्शन गरे।

यस समूहले फेसबुकमा लेखेको छ:

For hundreds of years, the mainstream historical narrative of Nepal has excluded the stories and experiences of numerous marginalized, underprivileged and indigenous communities. Although there have been sporadic instances of vocal demands and protests for an equal representation of diverse identities, cultures, languages, and religions, the state has consistently and strategically oppressed them.

The exhibition, ‘Opposite Dreams: The Politics of Local’, draws attention to these problematic social hierarchies and invasive international influences. It attempts to highlight the misuse of power and state sponsored violence by focusing on acutely localized situations with an empathetic eye. By using an anthropological perspective and inquiring the socio-physical environments, the exhibition seeks to unfold these deeply entrenched unjust laws.

सयौं वर्षदेखि नेपालको मूलधारको ऐतिहासिक विवरणले बहुसंख्यक सीमान्तकृत, दलित तथा आदिवासी समुदायका कथाहरू र अनुभवहरूलाई उपेक्षा गरेको छ। भिन्न पहिचान, संस्कृति, भाषा र धर्मका समान प्रतिनिधित्वको लागि मांग तथा विरोधका छिटपुट उदाहरणहरू भए तापनि राज्यले लगातार र रणनीतिक रूपमा तिनलाई दबाएको छ।

‘विपरीत सपनाहरू: स्थानीय राजनीति’ प्रदर्शनीले यी समस्याग्रस्त सामाजिक वर्गीकरण तथा अन्तर्राष्ट्रिय भाषाको अतिक्रमण प्रभावप्रति ध्यान आकर्षित गर्दछ। यसले गम्भीरताकासाथ स्थानीय परिस्थितिमा ध्यान केन्द्रित गर्दै शक्ति र राज्य प्रायोजित हिंसाको दुरुपयोगलाई प्रकाश पार्ने प्रयास गर्दछ। प्रदर्शनीले मानवशास्त्रीय दृष्टिकोणको उपयोग गरेर र सामाजिक-भौतिक वातावरणको खोजी गर्दै गहिरो जरा गाडेर बसेको अन्यायपूर्ण कानूनको उजागर गर्ने प्रयास गर्दछ।

विपरीत सपनाहरू प्रदर्शनी – यसले हामीलाई थाहा भएको, हामीलाई सिकाइएको, हामीलाई विश्वास लागेको मूलधारको नेपाली इतिहासलाई चुनौती दिन्छ। यस्तो सार्थक संवाद सहज रूपमा हेर्न पाउँदा ज्यादै राम्रो लाग्यो। शब्दले भन्दा कलाले राम्रो काम गर्न सक्छ भन्नेमा विश्वस्त भएँ!

उनीहरूका कलाकृति हेरौं:

Mahendra Mala

सुवास तामाङको ‘महेन्द्रमाला'। तस्वीर-लेखक।

कलाकार सुवास तामाङको प्रतिष्ठापन कला ‘महेन्द्रमाला’ ले एक भाषा, एक धर्म एवं एक संस्कृतिलाई प्रोत्साहित गर्ने नेपाली किताब महेन्द्रमालाको पाठहरूको गहन खोज गर्दछ। उनले ग्रामीण क्षेत्रमा घरको छाना बनाउन प्रयोग हुने स्लेट ढुङ्गामा मिहिन रूपले पाठहरू कुँदेका छन्। यी स्लेट ढुङ्गालाई सबै तिर घुमाउन सकिन्छ, ती ढुङ्गाका एकापट्टि महेन्द्रमालाको आवरण छ र अर्कोपट्टि किताबमा भएका पाठ कुँदिएका छन्।

तामाङले ग्लोबल भोइसेजसँगको कुराकानीमा भने “एक दिन लामा (तामाङ जाति) ले घाममा सुकाएको बिस्कुन डाँफे (नेपालको राष्ट्रिय पक्षी लोफोफोरस) ले खाइदिएछ।” किताबको एउटा कथाको बारेमा वर्णन गर्दै उनले थपे-“लामाले डाँफेलाई धपाउँदा डाँफे उत्तरतर्फ उडेछ। हिउँदमा लामाहरू दक्षिणतर्फको न्यानो तराइतिर झर्दछन्, तर डाँफे चाँही लामासँग डराएर कहिल्यै तराइ झरेन। किताबमा दिइएको जानकारी आफैंमा गलत छ। डाँफे हिमालमा बस्ने पक्षी भएकोले तराइमा झर्दैन, यस पाठमा लामालाई क्रुर पात्रको रूपमा प्रस्तुत गरिएको छ।”

DeatthOfCivilization

विकास श्रेष्ठको ‘डेथ अफ सिभिलाईजेसन'। तस्वीर-लेखक।

‘डेथ अफ सिभिलाईजेसन’ मा विकास श्रेष्ठले काठको टुक्रामा बसन्तपुर दरबार क्षेत्र कुँदेका छन् र त्यसमाथि बुल्डोजरको ठूलो पांग्रा गुडेको देखाएका छन्।

‘मैले कसरी बिर्सिए मेरो मातृभाषा’ मा मेख लिम्बुले उनका बुबाले पढ्नु भएको किताबहरूको एक संग्रह देखाउँछन्। उनको कलाकृतिले कसरी पाठ्यक्रमले एकल भाषा नेपालीलाई पक्षपोषण गर्यो र अन्यले आफ्ना मातृभाषा बिर्सिए भन्ने कुरा देखाउँछ।

Masinya

लभकान्त चौधरीको ‘मासिन्या'। तस्वीर-लेखक।

लवकान्त चौधरीको कलाकृति ‘मासिन्या ’ ले जातीय वर्गीकरणको विषय खोतल्ने प्रयत्न गर्दछ जहाँ थारू जातिलाई मासिन्या मतवाली (मद्यपान गर्ने कमैया) को रूपमा वर्गीकृत गरिएको थियो। अक्षर कुँदिएका १३ वटा घैला मार्फत कलाकारले कसरी वर्गीकरण, भूमिसुधार, तराइमा डिडिटी छिट्ने कार्य र पहाडबाट झरेका मानिसहरूले थारूका सबै कुरा लगे भन्ने देखाउँछन्।  “१३ वटा घैलाहरूमध्ये ३ वटामा मैले टीकापुर घटना अनुसन्धान प्रतिवेदनको सार कुँदेको छु,” उनी ग्लोबल भोइसेजलाई सुनाउँछन्। “उक्त घटनामा थारूहरूमाथि ज्यादती भएको थियो र सरकारले अझैसम्म पनि प्रतिवेदन सार्वजनिक गरेको छैन।”

हितमान गुरुङले आफ्नो कला ‘कतिसम्म जलाईरहने’ मा नेपालका शासकविरुद्ध बेलाबखत भएका आन्दोलन तथा क्रान्तिसम्बन्धी लेख छापिएका पत्रपत्रिका एक ठाउँमा ल्याई जलाए र फोटो खिचे। त्यसरी जलाइएका कागज नियालेर हेरेमा अक्षर पढ्न सकिन्छ। ती अक्षरमार्फत उनले समाजमा समस्या र असमानता रहेसम्म असन्तुष्टि रहिरहन्छ जुन विरोध र क्रान्तिमा बदलिन्छ भन्ने सन्देश दिन चाहेका छन्।

शीलाशा राजभण्डारीको ‘सांस्कृतिक उपनिवेशीकरण’ मा आदिवासी थारू, नेवार र गुरुङ समुदायले पहिरिने पारम्परिक पहिरनमा विश्वप्रसिद्ध ब्रान्डहरूका नकली ट्याग टाँसेर देखाइएको छ। कलाकृतिले युवा पीढीको मानसिकताप्रति प्रश्न उठाउँछ जसले आफ्नो पारम्परिक पहिरन लगाउँदा अपमानित महसूस गर्दछन् तर प्रामाणिक ब्रान्डको नक्कल गरिएको पहिरन सहर्ष पहिरन्छन्।

समूहका तीन सदस्यहरू मेख लिम्बु, शीलाशा राजभण्डारी र हितमान गुरुङको कलाकृतिहरू ११ अप्रिल – ६ नोभेम्बर २०१९ बाट भियनाको वेल्टम्यूजियम विनमा प्रदर्शन गरिनेछन्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.