फेब्रुअरी २०१९ मा सुरुवात भएको एक नयाँ अनलाइन डाटाबेसले जापानद्वारा कब्जा गरिएको उत्तरपूर्वी चीनको युद्धकालिन जीवनको एक झलक प्रदान गर्दछ। खोजी सूचीमा ३९,७७५ फोटोग्राफहरू व्यवस्थित गर्ने उत्तरी चीन रेलवे अभिलेख द्वितीय विश्वयुद्धको अन्त्यमा धेरै जापानी अनुसन्धान संस्थानहरू र यी फोटोहरूको स्वामित्वभएको क्योटो विश्वविद्यालयबीचको सहयोग हो।
अहिलेसम्म २०१९ मा, क्योटो विश्वविद्यालयले सञ्चालन गरेका थुप्रै प्रदर्शनीहरूमा संग्रहमा भएका फोटोहरूबाट सानो संख्यामा मात्र फोटोहरू प्रदर्शन गरिएका छन्। उत्तरपूर्वी चीनमा जापानीहरूकाे कब्जा झल्काउने वा लुकाउने उद्देश्यले प्रदर्शन गरिएका फोटोहरूको प्रकृति र फोटो प्रदर्शनीको सामान्य टोन दुवैले जापान बाहिर, चीनमा कडा प्रतिक्रियाहरू निम्त्याएका छन्।
प्राथमिक स्रोतको रूपमा, स्क्यान गरिएका तस्वीरका संग्रहमा रहेका तस्वीरका मूल म्याट ब्लकिंग, साथसाथै तस्वीरको स्थानको बारेमा विस्तृत कागजातहरू, कहिले तस्वीर लिइएको थियो, फोटोग्राफरको नाम र चित्रण गरिएका बारेमा नोटहरू रहेका छन्।
यी तस्वीरहरू मूल रूपमा प्रचारक स्टक तस्वीरहरू हुन् र उत्तरी चीन ढुवानी कम्पनीका (華北 交通) कर्मचारीहरूद्वारा लिइएको थियो। यो कम्पनी गणतान्त्रिक चीनको तथाकथित अस्थायी सरकार (中華民国 臨時 政府, जापानीमा)द्वारा नियंत्रित क्षेत्रमा क्षेत्रमा सञ्चालित थियो । उत्तरपूर्वी चीनको सो
कठपुतली राज्य राज्य कब्जा गर्ने जापानी सेनाद्वारा समर्थित थियो र चीन-जापान युद्धको बेला सो सेनालाई सहयोग गर्दथ्यो ।
उत्तरपूर्वी चीनको अर्को जापानी कठपुतली राज्यमा सो कम्पनीले उत्तरपूर्वी चीनमा पेइचिङ्ग वरपर चिङ्गचिनचीको क्षेत्रलाई हर्बिन र मन्चुरियाका अन्य शहरहरूसँग जोड्ने हजारौं किलोमिटर बस र रेल लाइनहरूको व्यवस्थापन गर्दथ्यो।
यस क्षेत्रमा आधारभूत संरचनामा जापानी लगानी देखाउन र जापानद्वारा गरिएको कब्जाको सुव्यवस्था र शान्तता देखाउनुको साथै यी तस्वीरहरूले उत्तरी चीन ढुवानी कम्पनीद्वारा संचालित रेल नेटवर्क (नक्सा) मा पर्यटक स्थलहरूको पनि प्रचार गरे।
यस संग्रहका फोटोहरूमा सन् १९३० र १९४० ताकाको जापानी कब्जाका बेलाको बेइजिङ (अहिले पेइचिङ्ग) र उत्तरपूर्वी चीनका अन्य भागहरूका शहरिया जीवनका थुप्रै दृश्यहरू हेर्न सकिन्छ।
यी फोटोहरू उत्तरी चीन ढुवानी कम्पनीको प्रवर्द्धन गर्न फोटोग्राफरहरूले फोटो खिचेका थिए। त्यसैले यी फोटोहरूमा चीन-जापान युद्धको समयमा चिनियाँ नागरिकहरूले सन् १९३७ देखि १९४५ सम्म लडाइ र जापानी कब्जाका बेला भाेगेका कठिनाईबारे कुनै दस्तावेज छैन। यी वर्षहरूमा न्यानजिंग नरसंहार जस्तै जापानी आक्रमणकारीहरूको अत्याचार र क्रूरताहरू सहदैअनुमानित २ करोड २० लाख चिनियाँ नागरिकहरूले ज्यान गुमाएका थिए।
उत्तर चीन रेलवे अभिलेखको अनलाइन परिचयले कब्जा गर्ने उपनिवेशकको रूपमा जापानको भूमिकाको उल्लेख गर्दैन, र यसको सट्टा फोटो संग्रहद्वारा प्रस्तुत विगतमा ध्यान केन्द्रित गर्दछ:
日中戦争のさなかに発足した華北交通が広報用に撮った写真には、戦闘状況はほとんど描かれておらず、地域の交通インフラの整備、資源開発、産業の育成をはじめとして、風土、民俗、文物など多様かつ多彩なイメージが盛り込まれています。グラビア雑誌や新聞、各種博覧会で公表された写真は軍などの検閲が必要でしたが、未使用の写真はそうした規制を経てはいません。そのため、この膨大なストックフォト全体を注意してみれば、80年近く前の中国の風景を読み取ることも可能なのです。その一部には、いまの中国で失われたランドスケープも含まれています。
चीन-जापान युद्धको बीचमा उत्तर चीन ढुवानी कम्पनीद्वारा लिइएका तस्वीरहरू सार्वजनिक सम्बन्धको लागि थियो, र यिनमा युद्धको अवस्थाका गतिविधि समावेश छैन, बरु फोटोहरूले संस्कृति, (त्यस समयमा चीनको) लोकगीतलाई संरक्षण गर्दछन्, साथै साथै क्षेत्रीय परिवहन आधारभूत संरचना, संसाधन विकास र औद्योगिक विकासको झलक प्रदान गर्दछन्। पत्रिकाहरू, समाचारपत्रहरू र अन्य ठाउँहरूमा प्रकाशित गरिएका फोटोहरू सेनाद्वारा सेंसर गरिएका हुन्थे भने सेंसर नगरिएका अप्रकाशित तस्वीरहरूको यो विशाल संग्रहमा ध्यान दिनुभयो भने लगभग ८० वर्ष पहिलेकाे चीन बुझ्न सम्भव छ । केही फोटोहरूले अहिले चीनमा हराइसकेको परिदृश्य चित्रण गर्दछन्।
क्योटो विश्वविद्यालयद्वारा राखिएका “८० वर्ष पहिलेकाे चीन“(80年前の中国)भनिने प्रदर्शनीले अतीतलाई बुझ्नको लागि एक स्रोतको रूपमा फोटोहरू प्रस्तुत गर्दछ र जापानको युद्धकालको भूमिकाबारे केही पनिउल्लेख गर्दैन।
साउथ चाइना मर्निङ्ग पाेष्टमा काशित अंग्रेजी-भाषा आलेखसँग सहमत, चीनमा ध्यान केन्द्रित गर्ने जापानी समाचार साइट रेकर्डचाइनाका लागि लेख्ने एक टिप्पणीकारले उल्लेख गरे:
「中国メディアの参考消息によると、両国のネットユーザーの注目点は大きく異なり、中国のSNS上では『歴史を心に刻み、国辱を忘れるな』との声が次々に上がったのに対し、日本のネットユーザーのコメントは鉄道沿いの風景などに集中していた。NHKも日中両国のネットユーザーの注目点の違いに触れ『多くの中国人にとって、中国に対する日本の侵略とその後の占領は記憶から消えない痛みのようだ』と伝えている」と紹介した。
इन्टरनेट प्रयोगकर्ताहरूको ध्यान निकै भिन्न भयो (जापान र चीन बीच)। चिनियाँ सामाजिक सञ्जालमा, टिप्पणी पछि टिप्पणी छ कि “हाम्रो इतिहास नबिर्सनुहोस् र नबिर्सनुहोस् (चीनको) राष्ट्रिय अपमान”। जापानी इन्टरनेट प्रयोगकर्ताहरूका टिप्पणीहरू रेल र यसका साथ दृश्यहरूमा केन्द्रित रहे।
उत्तरी चीन रेल अभिलेखमा ३,९७७ चित्रहरू ट्याग, वर्ष, र तस्वीर लिईएको नजिकैको रेल स्टेशनका अनुसार व्यवस्थित गरिएका छन्। उत्तर चीन रेल अभिलेखलाई क्रेडिट र एट्रिब्युशन दिएर यी तस्वीरहरूलाई स्वतन्त्र रूपमा साझेदारी र अनुकूलित गर्न यस इजाजतपत्रले अनुमति दिन्छ।