भाषा प्रतिको लगाव: म्रो भाषामा प्रकाशित पहिलो पुस्तक

आदिवासी म्रो समुदायका सदस्यहरू आफ्नो भाषामा लेखिएको पहिलो कथाको साथ। अनुमति लिएर प्रयोग गरिएको।

गत फेब्रुअरी २१ अन्तर्राष्ट्रिय मातृभाषा दिवस थियो, उक्त्त दिवस मनाउन एक परोपकारी संस्थाले म्यान्मार, बङ्गलादेश र भारतको सीमावर्ती क्षेत्रहरूमा बस्ने जनजातिहरूको म्रो भाषा लिपिमा पहिलो कथा प्रकाशित तथा वितरित गरेको छ।

बङ्गलादेशमा म्रो जातिको भौगोलिक भौगोलिक वितरण। तस्वीर- विकिपेडिया CC: BY-SA

म्रो आदिवासी समुदाय बङ्गलादेशको दक्षिणपूर्वी पहाडी इलाका बन्दाबन जिल्लामा बसोबास गर्दछन्। १९९१ को जनगणना अनुसार उनीहरूको जनसंख्या २२,१७८ मात्र थियो। उनीहरू चीन जातिको उप-समूह हुन्, उनीहरूको भाषा चीन-तिब्बत परिवारको तिब्बत-बर्मेली समूहबाट आएको हो।

“म्रो काल्पनिक कथा” शीर्षक राखिएको कथाले समुदायको विश्वास, रूपक, संस्कृति र प्रथासँग सम्बन्धित कहानी बताउँछ। पुस्तक बंगालीमा पनि प्रकाशित गरिएको छ ताकि अन्य समुदायहरूले त्यस्ता कथाहरू पढ्न सकून्। यांगान म्रोद्वारा लिखित म्रो भाषा लिपिमा प्रकाशित यो पहिलो कथा हो र नि:शुल्क वितरण गरिएको थियो

फेसबुकमा नियाज मोर्साद भन्छन्, संसारको सबै भाषाहरू सुरक्षित गर्न आवश्यक छ।

ম্রো ভাষায় প্রথম ছাপানো বই !!! এটাই হচ্ছে আমাদের একুশে ফেব্রুয়ারির উদযাপন।

যে দেশের মানুষ মাতৃভাষার জন্য প্রাণ দিয়েছে, সে দেশের কিছু মানুষ মাতৃভাষা হারাচ্ছে যুগে যুগে। এগুলো সংরক্ষণের কোন কার্যকর পদক্ষেপ চোখে পড়ে না।

म्रो भाषामा पहिलो पुस्तक !!! यो हाम्रो ईकुशे फेब्रुअरी (अन्तर्राष्ट्रिय मातृभाषा दिवस) उत्सव हो।
जुन देशका केही नागरिकहरू उनीहरूका भाषाको लागि लड्दा शहीद भए, त्यहाँ केही अनुपम भाषाहरू नाश हुँदै छन्। तिनलाई सुरक्षित गर्न कुनै प्रयास भएको म देख्दिन।

बिद्यानन्द फाउण्डेसनको एक स्वयंसेवक म्रो समुदायको एकजना सदस्यलाई पुस्तक हस्तान्तरण गर्दै। अनुमति लिएर प्रयोग गरिएको।

बिद्यानन्द फाउण्डेसन एउटा स्वयंसेवी संगठन हो जसले गरिबी एवं घरबार विहीन अवस्थासँग जुधिरहेकालाई विभिन्न क्षेत्रमा सहायता गर्दछ, विशेष गरी अनाथ बच्चाहरूलाई।यो ८ स्थानीय शाखाहरूको साथै ४० अधिकारीहरू र सयौं स्वयंसेवकहरूद्वारा निर्देशित छ। बिद्यानन्द प्रकाशन तिनका भगिनी संस्था हो।

ग्लोबल भ्वाईसेजले संस्थाका संस्थापक किशोर कुमार दाससँग कुराकानी गरेको थियो:

আমাদের একাধিক আদিবাসী এতিমখানায় কয়েকশ’ শিশু থাকে। তাঁদের মাতৃভাষায় বই উপহার দিতেই কাজটি করা। আর কাজটি করতে গিয়ে প্রথম সমস্যা ছিল ম্রো ভাষায় লেখক খুঁজে বের করা। এজন্য আমরা ফেইসবুকে বিজ্ঞাপন দিই।পরে আমাদের এক স্বেচ্ছাসেবকের মাধ্যমে এই লেখককে খুঁজে পাই। আর একটা সমস্যার ছিল ফন্ট।এসব ফন্টে কাজ হয় নি কোনদিন বাংলাবাজারে(বাংলাদেশের সবচেয়ে বড় বই প্রকাশনী কেন্দ্র)।আদিবাসী শিশুদের মাতৃভাষায় বই পড়ার আনন্দ উপহার দেয়ার দৃঢ় প্রতিজ্ঞা ছিল বলেই আমরা কাজটি করতে পেরেছি।

আগামী বছর আমরা আরো কয়েকটি ভাষায় বই প্রকাশ করার পরিকল্পনা করছি।এছাড়া আমরা আদিবাসী শিশুদের জন্য ভিডিও টিউটোরিয়াল তৈরির কাজ শুরু করেছি। সেটাও মাঝপথে থেমে গেছে স্বেচ্ছাসেবকের অভাবে।

हाम्रो विभिन्न अनाथालयहरूमा केही सय आदिवासी बालबालिकाहरू छन्। हामी उनीहरूलाई आफ्नै मातृभाषाको किताबहरू दिन चाहन्छौं। म्रो भाषामा लेखक फेला पार्नु हाम्रो लागि पहिलो चुनौती हो। हामीले फेसबुकमा विज्ञापन गरेका छौं र हाम्रो स्वयंसेवकहरूमध्ये एकजनाले उनलाई भेट्टाए। अर्को चुनौती भनेको लिपि सम्बन्धी थियो, जुन बङ्गलादेशको सबैभन्दा ठूलो पुस्तक प्रकाशन बजार बङ्गलाबजारमा कहिल्यै प्रयोग भएको थिएन। तर आदिवासी बालबालिकाहरूका लागि म्रो भाषामा पुस्तकहरू उत्पादन गर्न हामीले ठूलो संकल्प गरेका थियौ।

अर्को वर्ष हामी केही थप भाषाहरूमा किताब प्रकाशित गर्ने योजना बनाइरहेका छौं। हामीले आदिवासी बच्चाहरुको लागि एक भिडियो ट्यूटोरियल निर्माण गर्न सुरु गर्यौं। तर त्यो काम स्वयंसेवकहरूको कमीका कारण रोकिएको छ।

बङ्गलादेशको भाषा नक्सा। तस्विर विकिमीडिया कमन्स।

बङ्गलादेश मुख्यतः बङ्गला भाषीहरूको एउटा देश हो, जहाँ जनसंख्याको ९८% ले उक्त्त भाषा बोल्दछन् (बांग्लादेशमा १६ करोड ३० लाख, विश्वभर २६ करोड १ लाख)। तथापि, बङ्गलादेशमा बोलिने ३९ अल्पसंख्यक भाषाहरू छन् र तिनीहरूमध्ये केही लोप हुने अवस्थामा छन्। शोधकर्ता सालेक खोकोनले दुई अल्पसंख्यक भाषाहरु (कुदुख र नागोरी) पहिले नै लोप भइसकेको अनुसन्धान प्रकाशित गरे।

चुनौतिहरूमध्ये एक यो छ कि पहाडका मानिसहरू उनीहरूको भाषामा बोल्छन् तर बङ्गलामा लेख्छन् (तिमध्ये कुनै मौखिक भाषाहरू मात्र हुन्)। तथापि, केही युवा आदिवासी कार्यकर्ताहरू छन् जो आफ्नै भाषा र लिपिहरू सहित डिजिटल संसारमा प्रवेश गर्नको निमित्त नयाँ पद्धति प्रयोग गर्दै छन्।

२०१४ देखि ५ आदिवासी भाषामा प्राथमिक शिक्षा प्रदान गर्न पहल भएको छ तर आलोचकहरूको दावी छ कि यो राम्ररी कार्यान्वयन गरिएको थिएन।

बङ्गलादेशमा अहिले अन्तर्राष्ट्रिय मातृभाषा प्रतिष्ठान (आईएमएलआई) छ, एक वैधानिक निकाय जसको काम भाषाहरूको संरक्षण हो। सरकारले यी बिषयहरूमा ध्यान दिए सँगै र बिद्यानन्द फाउण्डेसनले विभिन्न भाषाहरूमा प्रकाशनको लागि सुरुवात गरे सँगै यी भाषाहरू बचाउन कदमहरू चालिने छन् भन्ने आशा गर्न सकिन्छ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.