डिजिटल पत्रकार लुइस कार्लोस दिया भेनेजुएलामा हराइरहेका छन्

“लुइस कार्लोस कहाँ छन् ?” प्रोभियाद्वारा सेयर गरिएको पब्लिक अनलाइन अभियानको तस्वीर। तस्वीरमा उनलाई अन्तिम पटक संपर्क गरिएको र उनको अन्तिम ट्वीटको समय देख्न सकिन्छ।

मार्च ११ को साँझमा राजनीतिक टिप्पणीकार नाकी सोतो एवं भेनेजुएलाका पत्रकार तथा सञ्चारकर्मी लुइस कार्लोस दियाकी पत्नीले उनी ५ घण्टादेखि हराइरहेको ट्वीट गरिन्।

पत्रकारहरुको छाता संगठन (स्पेनिशमा एसएनटीपी) ले बतायो कि लुइस कार्लोस बोलिभियन गुप्तचर बल (सेबिन) द्वारा हिरासतमा लिइएको छ:

अत्यन्त महत्त्वपूर्ण सेबिन कमीशनले पुष्टि गरेको छ कि पत्रकार लुइस कार्लोस दियालाई प्रहरी संगठनले पक्राउ गरेको छ। उनीहरूले पत्रकार [र प्रेस युनियनका सदस्यहरू] मार्को रुइज, लुज मेली रेएज र फेदेरिको ब्ल्याकतर्फ आफ्ना हतियार ताके।

केही घण्टा अघि, सोतोले ट्वीट गरेकी थिइन् कि लुइस कार्लोस दिया ५ घण्टादेखि हराइरहेका थिए:

प्रिय मित्रहरू आज साँझ ५:३० पछि @LuisCarlos सँग मेरो सम्पर्क टुट्यो जब उनले मलाई बताए कि उनी आराम गर्नको लागि घर आउँदै थिए किनभने उनी १०:०० बाट ५:०० बजे सम्म @Unionradionet मा एक विशेष प्रसारण गर्न गइरहेका थिए # DóndeEstáLuisCarlos

@LuisCarlos आफ्नो बाईकमा छन्, तर साँझ ५:३० देखि उनी संपर्कमा छैनन् र
उनी रेडियो स्टेसनमा छैनन्
उनी घरमा छैनन्
उनले ट्वीट गरेका छैनन्
उनी फोन कलको जवाफ दिइरहेका छैनन्
उनी एसएमएस वा व्हाटसएपको जवाफ दिइरहेका छैनन्
# DóndeEstáLuisCarlos

जब सेबिनका सदस्यहरूले दिया र सोतोको घरमा खानतलासी लिए  लुज मेली रेएजले उक्त्त स्थानबाट प्रत्यक्ष जानकारी दिइन्। एसएनटीपीले पनि घटना बारे जानकारी दियो:

अत्यन्त महत्त्वपूर्ण अहिले ३:३० बजे बिहान गुप्तचर बलका कमीशन पत्रकार तथा मानव अधिकारकर्मी लुइस कर्लोस दियाको घरमा आए, उनी ५:३० साँझदेखि हराइरहेका छन् #WherIsLuisCarlos

अन्य मानव अधिकार तथा वाक स्वतन्त्रता संगठनहरूले ह्यास ट्याग #DondeEstaLuisCarlos (लुइस कार्लोस कहाँ छन्) अभियान मार्फत सहभागिता जनाए जुन अहिले भेनेजुएलाको ट्वीटरमा ट्रेन्डिङ बनेको छ।

दिया एक चर्चित पत्रकार एवं मानव अधिकार तथा वाक स्वतन्त्रता पक्षधर व्यक्ति हुन् जसलाई निकोलस मादुरो सरकारप्रति उनको टिप्पणी तथा आलोचनाको निम्ति भेनेजुएला र देश बाहिर प्रशंसा गरिन्छ। उनले लामो समय सम्म सोतोसँग भेनेजुएलाको राजनीति तथा मानव अधिकारमा केन्द्रित वेबमा आधारित भिडियो तथा रेडियो कार्यक्रम उत्पादन गरेका छन्। उनले एक शिक्षक एवं नागरिक मिडिया क्षेत्र तथा स्वतन्त्र मिडिया परियोजना निर्माण संस्थापकको रूपमा पनि काम गरेका छन्। दिया एक दशकभन्दा पहिलेदेखि ग्लोबल भ्वाईसेज परिवारसँग पनि संलग्न रही आएका छन्।

मेरा लागि, लुइस कार्लोस एक प्रतिभावान व्यक्ति हुन् जो हाम्रो यो अराजक भेनेजुएलामा सूचना तथा नेटवर्कबारे पूर्ण जानकार छन्। उनी समाजसँग सम्बन्ध बनाउन सक्षम भएका छन् (आलोचनादेखि सांस्कृतिक क्षेत्रहरूसम्म) #WhereIsLuisCarlos

उनी बेपत्ता हुनु केही दिन अघि मात्र राज्य-सम्बद्ध मीडिया कार्यक्रम कोन एल माजो दान्दोले दियाको हालै प्रसारित एक भिडियो क्लिप देखायो। कार्यक्रम आयोजक, राजनीतिज्ञ डियोसदादो काबेलोले उल्लेख गरे कि दियाले देशव्यापी विद्युत निभाउने  गर्ने गोप्य योजना बनाउन मद्दत गरेका थिए जसको कारण मार्च ७ र ८ मा भेनेजुएलानहरू २४ घण्टा भन्दा बढी अँध्यारोमा बस्नु परेको थियो।

यसको विश्वास गर्न कुनै प्रमाण छैन।

#DenounceEP ५:३० देखि पत्रकार लुइस कार्लोस दियाको अवस्था अज्ञात छ। “कोन एल माजो दान्दो” को ट्वीटर अकाउन्टमार्फत उनी माथि “फासीवादी जस्तो प्रभाव राख्ने व्यक्ति” भएको आरोप लगाइएको छ।

हाम्रा मित्र लुइस कार्लोस भेनेजुएलामा असहमत पत्रकारिताको सबैभन्दा चिनिएका अनुहारमध्ये एक हुन्। केही दिन अघि दियोसदादोको #conemajodando ले लुइस कार्लोसलाई लक्षित गर्दै देशव्यापी विद्युत निभाउने अमेरिकी योजनासँग जोडेर टिनको पाताको टोपी प्रचार अभियान चलाएको थियो।

जब ठोस जानकारी बिना समय बित्दै गयो, एसएनटीपीले अभियानमा सहभागिता जनायो जसले गुप्तचार सेवा (सेबिन) मुख्यालयमा खोज शुरु गर्यो:

लुइस कार्लोस दिया हराइरहेको सात घण्टा भएको छ। [दिया] यूनियन रेडियो नोटिसियसका एक पत्रकार हुन् र उनी एक मानव अधिकारकर्मी हुन्। हामी सेबिन मुख्यालयमा छौं र तिनीहरू उनी [त्यहाँ हिरासतमा] रहेको इन्कार गर्छन् #WhereIsLuisCarlos

[दियालाई हिरासतमा लिइएको तिनीहरूले पछि पुष्टि गरे]

पत्रकार भ्लादिमीर भिल्गासले सरकारी सेनाद्वारा दियालाई हिरासतमा लिइएकामा भर्त्सना गरे:

हामीलाई सूचित गरिएको छ कि @Unionradionet पत्रकार लुइस कार्लोस दिया राज्यको सुरक्षा बलद्वारा हिरासतमा राखिएको छ। हामी उनको भौतिक अवस्था प्रति चिन्ता व्यक्त गर्दछौं। हामी उनको अवस्था बारे जानकारी र उनको मानव अधिकार सम्मान गर्न माग गर्दछौं।

ग्लोबल भ्वाईसेज परिवार लुइस कार्लोस, उनको परिवार र भेनेजुएलामा अधिकार खोज्न काम गरिरहेका सबै अन्य स्वतन्त्र पत्रकारहरूसँग ऐक्यभाव साथ खडा छ। हामी उनको सुरक्षित तथा शीघ्र फिर्ती चाहन्छौं र विकसित नयाँ अवस्थाबारे यो लेख अद्यावधिक गर्नेछौं।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.