
येरेभानको नाइरी होटल अजरबैजानी शरणार्थीको घर बनेको छ। फोटो: चाइखाना डट ओआरजी। अनुमतिमा प्रकाशित।
यो होटल सन् १९८० ताका देखि काराबाख द्वन्द्वका बेला अजरबैजान छोड्न बाध्य बनाइएका मानिस तथा तिनका छोरा छोरी नाति नातिना लगायत तीन पिँढीको घर भएको छ। यो पर्खाइका बावजूद उनीहरूले अझ पनि एक दिन आर्मेनियामा घर पाउने आशा मारेका छैनन्।
वर्षौदेखि मद्दतका लागि उनीहरूको माग र लिखित याचिकाको कुनै सुनुवाइ भएको छैन। अधिकारीहरूबाट जबाफ पाएकाहरूले पनि आश्वासनबाहेक केही पाएका छैनन्।
कमसल संरचनाका लागि कहलिएको भवनमा ११ वर्ग मिटरका “अपार्टमेन्ट”मा तीस वर्षको बसाइपछि केही परिवारले राज्यसँग बस्नका लागि नयाँ क्वार्टरको माग गरेका छन्। तर यसो गर्दा उनीहरू हाल होटल नाइरीमा बस्दै आएका कोठाहरू पनि गुम्न सक्ने त्रास रहेको छ।