संयुक्त अधिराज्य बेलायतमा लोकप्रिय तर नेपालमा अज्ञात नेपाली सदावहार वनस्पति “ससेज भाइन”

होलबेलिया लेटिफोलिया। तस्वीर-फ्लिकर प्रयोगकर्ता पेगानम (CC BY-SA 2.0)

संयुक्त अधिराज्य (यूके) मा उद्यान विशेषज्ञमाझ ज्यादै लोकप्रिय भएको “ससेज भाइन” नेपालको जंगलमा पाइने लहरे वनस्पति हो तथापि उचित प्रचार तथा ज्ञानको कमीले महत्त्वहीन र अज्ञात रहेको छ। यद्यपि नेपाली तथा भारतीय वनस्पतिविदहरू अहिले अनुसन्धान र प्रचारको माध्यमले वास्नादार तर लामो समयदेखि बेवास्ता गरिएको ससेज भाइनबारे जानकारी दिने प्रयास गर्दै छन्।

नेपालमा ६,००० प्रजातिका फूल फुल्ने वनस्पति (यूके भन्दा करिब ४ गुणा बढी) पाइने अभिलेख छ र यदि ग्रामीण क्षेत्रमा खोजी गरिएमा यो संख्या ६,६०० प्रजाति पुग्ने वनस्पति विज्ञ अनुमान गर्छन्। नेपालमा विश्वव्यापी रुपमा पाइने वनस्पति प्रजातिका कुल संख्यामध्ये २.८ प्रतिशत रहेको छ र फूल फुल्ने प्रजातिका वनस्पतिमा पनि लगभग २.८ प्रतिशत हिस्सा रहेको छ।

नेपालमा “गुफाला” भनिने ससेज भाइन हिमाली भेगमा पाइने फल हो र खान मिल्ने रातो-बैजनी ससेज-आकारको फलको कारण यसको नाम ससेज भाइन रहन गएको हो। मिठो वास्नादार हल्का बैजनी, घण्टी आकारको फूल फुल्ने हुनाले पनि यो वनस्पतिले सबै उद्यान विशेषज्ञलाई आकर्षित बनाउँछ। यो भाइन पाकिस्तानदेखि दक्षिण पश्चिम चीनसम्म फैलिएको हिमालय पर्वतको १,५०० – ४,००० मिटरको उचाइमा जंगल, झाडी र छाँयादार कन्दरामा पाईन्छ।

परम्परागत रूपमा गुफाला बाथको उपचारमा प्रभावकारी  हुन्छ भन्ने मान्यता छ (सिक्किम, भारत) र यसको डाँठ चुरा जस्तो बङ्याएर हाडका समस्या उपचार गर्ने गरिन्छ (दार्जिलिङ, भारत)।

डान कुपरले बागवानी ब्लग द फ्रस्टेटेड गार्डनरमा यस सुगन्धित ‘सदाबहार लहरो’ को असाधारण सौन्दर्यबारे वर्णन गरेका छन्:

Holboellia latifolia is a fantastic evergreen climber if you want to cover a wall or pergola quickly. … What makes Holboellia especially desirable is the insignificant but deliciously scented flowers which appear in early spring and last for many weeks. The greenish male flowers and the pink female flowers appear in clusters along the twining stems. They fill the garden with a scent of gardenias, especially strong during warmer spells. All it requires in return is a bit of shelter from the worst gales, a moist soil and a feed with blood, fish and bone every spring.

होलबेलिया लेटिफोलिया एक शानदार सदाबहार लहरो हो यदि तपाईं चाँडै पर्खाल वा कुञ्ज ढाक्न चाहनुहुन्छ भने … वसन्तको प्रारम्भमा फुल्ने र धेरै हप्तासम्म रहिरहने साना तर शानदार सुगन्धित फूलहरूले होलबेलियालाई विशेषत:आकर्षक बनाउँछन् । होलबेलिया हाँगाभरि हरिया भाले फूल र गुलाबी पोथी फूलका झुप्पा झुप्पा फुल्ने गर्दछ। विशेष गरी गर्मी याममा उद्यान वरिपरि गार्डेनियाको सुगन्ध फैलिन्छ। यसलाई ठूलो हावाहुरीदेखि जोगाउने, चिस्यान बनाइराख्ने र हरेक वसन्तमा बोट वरिपरि रगत, माछा र हड्डीका टुक्रा राखेमा राम्रो हुन्छ।

उद्यान विशेषज्ञ र वनस्पतिविदहरुले ट्विटरमा पनि ससेज भाइनको विशेषता बारेमा प्रशंसा गरेका छन्:

गत हप्ता @ArchiPlants मा भेटिएको होलबेलिया लेटिफोलिया फलको रोचक वर्णन।

मणिपुर, भारतमा बढ्दै गरेको होलबेलिया लेटिफोलिया ‘ससेज’ फल ….स्वादिष्ट

औपनिवेशिक कालसँग गाँसिएको ससेज भाइनको सम्बन्ध

रोय लान्सेस्टर, एक जना ब्रिटिश बागवानी विज्ञ, लेखक र प्रसारकले १९६७ मा नेपाल भ्रमण गरे र ससेज भाइन सहित  ४०० वनस्पतिका बिउ लिएर फर्केको आफ्नो पुस्तक अ प्लान्ट्समेन इन नेपालमा उल्लेख गरेका छन्।

ससेज भाइनको अध्ययन भारतमा ब्रिटिश शासन प्रभावशाली रहेको समयमा सन् १८०० को सुरुदेखि भएको हो। नेपाली वनस्पतिविद कमल मादेन  भन्छन् – डेनिस सर्जन तथा वनस्पतिविद नाथानियल वालिच भारत कलकत्तामा बोटानिकल गार्डन स्थापित गर्ने कार्यमा संलग्न रहेको समयमा ससेज भाइन प्रजातिबारे अध्ययन गर्ने पहिलो व्यक्त्ति थिए र उनले उक्त्त वनस्पतिको नाम आफ्नो पंक्षीविज्ञ साथी कार्ल पिटर होलबेलको नामबाट राखे।

नाथानियल वालिचको नोटबुक पेजको स्क्रिनशट, #४९५० होलबेलिया लेटिफोलिया वनस्पति, १८२१। अनुमति लिएर प्रयोग गरिएको।

तथापि, वनस्पती विज्ञ रोबी ब्ल्याकहल-मिल्सको गार्जियनमा प्रकाशित हालैको लेख  अनुसार ‘होलबेल’ कोपेनहेगन बोटानिक गार्डनका निरीक्षक फ्रेड लुइस होलबेलको नामबाट लिइएको हो।

पाँच वर्षसम्म भारतीय वनस्पति सम्बन्धी अध्ययन गरेका र हार्वर्ड विश्वविद्यालयमा प्रकाशित लेख खोज्न तथा वनस्पतिको नाम पुष्टि गर्ने जिम्मेवारी पाएका उत्तम बाबु श्रेष्ठ ले ग्लोबल भोइसेजसँग कुराकानी गर्दै भने:

I don't know much about how it was named (species epithet). It was first published as Holboellia latifolia by Wallich in his Book ‘Tentamen Florae Napalensis Illustratae’ volume 1, section 24, page 16, 1824, and later, Wallich transferred it to Stauntonia latifolia in his catalogue (the name of the book is A Numerical List of Dried Specimens of Plants in the East India Company's Museum: Collected Under the Superintendence of Dr. Wallich of the Company's Botanical Garden at Calcutta)…Stauntonia latifolia is accepted name and Holboellia latifolia is basionym (synonym) and both are same species according to Wallich.

यस वनस्पतिको नामाकरण कसरी (प्रजाति नाम) गरियो भन्ने बारेमा मलाई धेरै जानकारी छैन। वालिचद्वारा सन् १८२४ मा प्रकाशित उनको पुस्तक ‘टेन्टामेन फ्लोरे नेपालेन्सिस इल्युस्ट्रेट’ भोल्युम १, सेक्शन २४, पृष्ठ १६ मा पहिलो पटक यसलाई होलबेलिया लेटिफोलिया भनियो र पछि उनले क्याटलगमा नाम बदल्दै स्टाउन्टोनिया लेटिफोलिया राखे (पुस्तकको नाम अ न्युमेरिकल लिस्ट अफ ड्राइड स्पेसिमेन्स अफ प्लान्टस इन द इष्ट ईन्डिया कम्पनी म्युजियम: कलकत्ता स्थित बोटानिकल गार्डनका डा. वालिचको मातहतमा संग्रहित)।…. स्टाउन्टोनिया लेटिफोलिया स्वीकृत नाम हो र होलबेलिया लेटिफोलिया पर्यायवाची शब्द हो र वालिचका अनुसार दुवै एउटै प्रजाति हुन्।

ससेज भाइनको विडम्बना बारेमा  मादेन लेख्छन्:

नेपालमा प्रकाशित अनुसन्धानात्मक लेख तथा पुस्तकहरूमा यो वनस्पतिको बारेमा धेरै सामाग्री भेट्न सकिँदैन तर विदेशमा धेरै जानकारी पाइन्छ। पुष्प व्यवसायीहरुले गुफालालाई एक सदावहार वनस्पति तथा पहाडी शहरहरुमा सुन्दर फूल फुल्ने लहरोको रुपमा प्रवर्द्धन गर्न सक्छन्। यसको स्वादिष्ट फल बिक्री गर्न सकिन्छ।

हामी एभोक्याडो र किवी जस्ता विदेशी फल महँगो मूल्यमा खरिद गरेर खान्छौं। तर हामीलाई यो पनि थाहा छैन कि विदेशीहरुले हाम्रै जंगलबाट लगेका स्वादिष्ट फलको व्यापार गर्दैछन्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.