
“हाम्रो अतीत प्रतिबिम्बित र गहिरो पश्चातापको भावनालाई ध्यान दिंदै (मलाई आशा छ कि युद्धका विध्वंस कहिल्यै दोहोऱ्याइनेछैन)।” जापानी सम्राट अकिहितो तथा सम्राज्ञी मिचिको युद्धमा मृतकका लागि श्रद्धांजलि समारोहमा सम्बोधन बक्सदै, अगस्त १५, २०१७। स्क्रीनक्याप: एएनएन अफिसियल यूट्यूब च्यानल।
अगस्त १५ दोस्रो विश्वयुद्धको अन्त्यको ७२ औं बर्षगाँठको रुपमा मनाइयो। यस अवसरमा, सन् १९३७ मा भएको चीन जापान युद्ध को सुरुवात र सन् १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्यको बीचमा मृत्यु भएका २३ लाख जापानी सैन्यकर्मि तथा सैन्य कर्मचारी र ८ लाख जापानी नागरिकलाई जापानले स्मरण गर्यो।
युद्धलाई कसरी स्मरण गर्न सकिन्छ भन्ने बारेमा सात दशकदेखि जापानमा कुनै स्पष्ट राजनीतिक सर्वसम्मति नभएको कुरा युद्ध अन्त्यको जापानको वार्षिक स्मृति समारोहले देखाउँछ। कोही देखावटी रुपमा युद्धको सन्दर्भदेखि टाढा रहदैं मृत्यु भएका ३१ लाख मृतकका सम्झना गरेजस्तो गर्दछन् जब कि अन्य युद्ध कति विनाशकारी हुन सक्छ र जापानलाई शान्ति मार्ग अपनाइराख्न आवश्यक छ भन्ने कुराको स्मृति जोगाइराख्न प्रतिबद्ध छन्।
टोकियोस्थित निप्पोन बुदोकान रंगशालामा ६,२०० भन्दा धेरै मानिसले स्मृति समारोहमा भाग लिए, जहाँ प्रधानमन्त्री अबे सिन्जो तथा जापानका सम्राट अकिहितोले आफ्ना मन्तव्य राखेका थिए। अबेका शब्दहरु महत्वपूर्ण थिए, उनले युद्ध शुरु गरेकामा जापानको अपराध व्यक्त गरेनन्, जब कि सम्राटले लगातार तेस्रो वर्ष पनि युद्धको “गहिरो पश्चाताप” को भावना व्यक्त गरिबक्स्यो।
अन्य देशहरुमा भएका युद्ध मृतकका बारेमा दुवैले कुनै प्रसंग उल्लेख गरेनन्।
全国戦没者追悼式 天皇陛下のお言葉・全文です。https://t.co/cjPpgMs6Ho #終戦記念日 #終戦の日 pic.twitter.com/cHF4JRysZl
— 産経ニュース (@Sankei_news) August 15, 2017
युद्धमा मृतकका लागि स्मृति समारोहमा सम्राटद्वारा बक्सेको विस्तृत मन्तव्य: http://www.kunaicho.go.jp/page/okotoba/detailEn/14#92
यस बाहेक, युद्ध मृतकलाई सम्मान जनाउन हजारौं व्यक्तिहरुले टोकियोस्थित यासुकुनी धाम र नजिकैको चिदोरिगाफुची राष्ट्रिय समाधि स्थल को भ्रमण गरे। यासुकुनी धाम पूर्वी एशियाको धेरै व्यक्तिहरुको लागि विवादास्पद रहेको छ किन भने दोषी ठहराइएका जापानी युद्ध अपराधीसँगै अन्यलाई यस धामले स्मरण गर्दछ। यसका साथै यासुकुनीमा राखिएका तलवारहरु सन् १९३३ र १९४५ का बीच एशियाको युद्ध मैदानमा प्रयोग गरिएका थिए।
बजफिड जापान सम्वाददाता कोता हतिचीले यस दृश्यको रिपोर्ट गरे:
72年目の終戦の日。取材のため、靖国神社と千鳥ヶ淵戦没者墓苑に。
小雨が降り、蒸し暑い靖国神社の境内には、参拝のための大行列ができています。 #終戦記念日 pic.twitter.com/o12E3GlKrC
— はたちこうた Kota Hatachi (@togemaru_k) August 15, 2017
युद्ध अन्तको ७२ औं वर्षगाँठ। जिम्मेवारी वहन गर्न मैले यासुकुनी धाम र चिदोरिगाफुची राष्ट्रिय समाधि स्थलको भ्रमण गरें। हल्का वर्षाको रूपमा, यासुकुनी धामको उकुस मुकुस वातावरणमा आगन्तुकहरूको एक लामो लाइन फैलियो।
यस बीच, यासुकुनी बाहिर प्रदर्शनकारीहरू र अन्य समूहहरू जम्मा भए। सान्केइ सिम्बुन अखबारको अनुसार समूहहरुले जापानको “शान्ति संविधान” संशोधन गर्ने प्रयासको विरुद्ध साथै विभिन्न प्रकारका मुद्दाहरु जस्तै कि ताइवान स्वतन्त्रताको बारेमा जागरुकता बढाउन प्रदर्शन गर्दै थिए ।
यासुकुनी धाममा आगन्तुकहरूको भीड र नजिकै रहेका धेरै प्रदर्शनकारीहरू तथा अन्य समूहहरुका कारण टोकियो प्रहरीले भीडलाई नियन्त्रण गर्न अवरोध खडा गर्यो।
【終戦の日】靖国神社周辺では多くの団体が集結 警視庁が警戒強めるhttps://t.co/DJ7yDU9tla pic.twitter.com/p3e5LAKMox
— 産経ニュース (@Sankei_news) August 15, 2017
युद्ध स्मृति दिवस अन्त्य: यासुकुनी धाम वरपर धेरै मानिसहरु भेला भए। टोकियो महानगरीय प्रहरीले चेतावनी जारी गर्यो [अमन चयन कायम राख्न]।
सान्केइ सिम्बुनले दक्षिणपन्थी तथा परम्परावादी शक्तिहरु यासुकुनी प्रदर्शनकारीहरूका विरुद्ध देखा परे जसका कारण दुई समूहलाई छुट्याउन प्रहरीलाई प्रेरित गर्यो भन्ने जानकारी पनि दियो।
अन्य समूहहरुले टोकियोको अन्य स्थानहरूमा यस दिवसलाई जापानको संविधानको अनुच्छेद ९को समर्थनमा भएको मूल्यांकन गरे जसमा जापानले युद्ध अस्वीकार गर्छ र जसलाई अबे सरकारले संशोधन गर्न वा रद्द नै गर्न खोजेको छ।
8月15日 #終戦記念日
17:00~雑色駅で宣伝を行います。みなさんぜひ、お越し下さい!雑色 #九条の会 pic.twitter.com/ea8X4aX3pG
— 藤田りょうこ (@ryokofujitajcp) August 14, 2017
अगस्त १५, युद्ध अन्त्य भएको दिन
हाम्रा आवाज (संविधानको अनुच्छेद ९ को समर्थन गर्न) पुन: पुष्टि गर्न हामी साँझ ५ बजे जोशिकी स्टेशनमा भेट्नेछौं।
युद्धको विपत्तिका स्मृतिहरू युद्ध पुस्ताको उमेरसँगै लुप्त हुन गइरहे जस्तो देखिन्छ भन्ने दिवसको मुख्य विषयवस्तु थियो।
戦没軍人の妻の平均年齢は94歳を超えました。記憶の継承が年々難しくなっています。 #終戦記念日 #太平洋戦争https://t.co/XtX9FRb2XS
— 毎日新聞 (@mainichi) August 15, 2017
युद्दमा मृत्यु भएको सैनिकहरुका जीवित पत्नीको औसत उमेर अहिले ९४ वर्ष पुगेको छ। युद्दको स्मृति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न गाह्रो हुँदै गइरहेको छ।
終戦時に8歳だった人はもう80歳。徴兵検査を受けていた人は92歳。戦争を生々しい体験として知る人はわずかになった。今の政治家も経営者も学者も所詮戦争を知らないのだ。それを自覚し、意識して生きた歴史を学ぶ姿勢を保たなければならない。https://t.co/d9xPh2bofP
— 鮫島浩 (@SamejimaH) August 15, 2017
युद्ध अन्त्य हुँदा ८ वर्षको व्यक्ति अहिले ८० वर्ष पुगे। त्यस बेला सैनिक सेवाको लागि योग्य जवान अहिले ९२ वर्षका भए। अब केही मानिसहरू मात्र जीवित छन् जोसँग युद्धमा जीवन बिताएको अनुभव छ। आजका नेताहरु र व्यवसायीहरु तथा विद्यार्थीहरुलाई युद्धबारे थाहा हुँदैन। हामीले युद्धको इतिहास बोकेका ती व्यक्तिहरुका अनुभव र जागरुकता अध्ययन गर्ने आकांक्षा जीवित राख्नु पर्दछ।
लेख: “जापानको पराजयको उदाहरण” — इतिहासकार इसोदा मिचिफुमीका अनुसार जापानी नागरिकका लागि “गहन रुपले सोच्न” महत्वपूर्ण छ।
तथापि, यी जापानी ट्विटर प्रयोगकर्ताको लागि दिवसको महत्व घटेको छैन:
平和を #終戦記念日 #あたしンち pic.twitter.com/djYRDX4B2g
— あたしンち/けらえいこ公式 (@atashinchi_new) August 15, 2017
सधैं शान्तिमा जिउन पाउँ।