सिंगापुर स्थित मरीना बेमा ऊर्जा संरक्षण संवर्धन

मरीना बे स्याण्ड्स् लाईट शो। लाईट फेस्टिभल भवन वरिपरि पनि स्थापित छ। स्रोत: फ्लिकर/आवोतारो ( CC BY 2.0 )

नौ देशका कलाकारद्वारा निर्मित २० प्रकाश कला प्रतिष्ठानसहित मार्च ३ मा सिंगापुरको वार्षिक लाईट फेस्टिभल पुन: आरम्भ भयो। सिंगापुरले मरीना बेमा (एक लोकप्रिय पर्यटक गन्तव्य जसले शहरको अवस्थाको एक मनोरम दृश्य प्रदान गर्दछ) आयोजना गरेको यो लाईट फेस्टिभल पाँचौ थियो।

यो उत्सव, जसलाई “आइ लाईट मरीना बे” नामले पनि चिनिन्छ, प्रकाश तथा प्रकृतिमा आधारित छ जो सिंगापुरवासीहरुलाई आफ्नो दैनिक जीवनमा स्थायी अभ्यास अपनाउन प्रेरित गर्नका निम्ति प्रोत्साहित गर्दछ। यस उद्देश्यको समर्थनमा मरीना बे तटमा कला प्रतिष्ठानहरु ऊर्जा बचत गर्ने प्रकाश वा वातावरण मैत्री सामग्रीले बनेका छन्।

“स्विच अफ, टर्न अप” अभियानमा सामेल हुनको लागि मरीना बे वरिपरिका कम्तिमा ७९ भवन मालिकको पनि उत्सवलाई समर्थन प्राप्त भइरहेको छ। जसले बासिन्दा र भवन मालिकलाई अनावश्यक रुपमा बिध्युत प्रयोग नगर्न तथा कार्यालय समयमा वातानुकूलित तापमान बढाउनको निमित्त प्रोत्साहित गर्दछ।

“स्विच अफ, टर्न अप” अभियानको कारण सन् २०१४ को लाईट फेस्टिभलमा २६९,००० किलो वाट आवर ऊर्जा अर्थात १४० टन कार्बन डाइअक्साइड तीन हप्तासम्मको निम्ति बचत गर्न सफल भएको आयोजकहरुले दाबी गरे। यो एक हजार भन्दा बढी आवास फ्लैटलाई त्यती नै समयको लागि विध्युत उपलब्ध गराउनु बराबर हो।

यस वर्षको लाईट फेस्टिभलले पनि मार्च २५ मा कला प्रतिष्ठानहरुमा एक घण्टा विध्युत नबाली अर्थ आवर उत्सवमा सामेल हुनेछ।

लाईट फेस्टिभलका आगन्तुकहरूलाई पनि अत्यधिक चम्किला बल्बका साटो कम ऊर्जा खपत गर्ने लेड बल्बसँग साट्न प्रोत्साहित गरिनेछ।

उत्सवको उद्घाटन देखि नै प्रतिष्ठित मरीना बे तट स्थित कला प्रतिष्ठानहरुका फोटोहरु इन्स्टाग्राम प्रयोगकर्ताहरुले अपलोड गरिरहेका छन्। सिंगापुरको भवनहरुका स्वरुप कसरी कार्यक्रमको समयमा शानदार देखिन्छन्, हेर्नुहोस्:

A post shared by Stanley Chee (@stanley_chee) on

A post shared by Qing Jing (@qing.jing) on

A post shared by Christina Tan (@sassychris1) on

Not your average skyscraper. #ilightmarinabay

A post shared by waiswords (@waiswords) on

A post shared by Christina Tan (@sassychris1) on

A post shared by Stanley Chee (@stanley_chee) on

A post shared by HYBYCOZO (@hybycozo) on

A post shared by DoN Lau (@donlau85) on

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.