![This truck carries the message: If you want to pluck a flower, don’t lop off the branch; if you want to lead a life, don’t deceive [anyone]. Image by Flickr user Jana Reifegerste. CC BY-SA 2.0](https://globalvoices.org/wp-content/uploads/2016/07/TruckSahitya_flickr-800x536.jpg)
यस ट्रकमा लेखिएको सन्देश: फुल टिप्ने चाहना छ भने हाँगा भाँचेर होइन, जीवन बिताउने चाहना छ भने धोका दिएर होइन। तस्वीर: फ्लीकर प्रयोगकर्ता जाना रेइफ्गेर्स्ते। CC BY-SA 2.0
अर्को पटक जब तपाईं नेपालमा आउँनुहुन्छ, तपाईंले यहाँका सडकमा गुडिरहेका ट्रकहरुमा केहि विशेष कुराहरु देख्न सक्नुहुनेछ। पाकिस्तानमा जस्तै, नेपाली ट्रकहरुमा रमाइला, विनोदपूर्ण पद्यका साथै प्रासंगिक व्यंग्य लेखिएका हुन्छन्।
यी सन्देशहरू राजनीति र दर्शनदेखि लिएर प्रेमसम्म, अनि ठट्यौलीका साथ केही अपशब्द पनि हुने गरेका छन्। आजभोलि यस्ता सन्देशहरु ट्रकहरुमामात्र सीमित नभएर सार्वजनिक बसहरु र सफा टेम्पोहरुमा पनि देख्न सकिन्छ।
यी अभिव्यक्तिहरू सङ्कलन गर्न नेपालमा केही पहल भएका छन्। स्तंभकार सिपी अर्यालका अनुसार,, वाहनका पछाडि लेखिएका पद्यहरुको साहित्यिक मूल्य स्वीकार गर्दै धेरै वर्ष पहिले बस साहित्य, भन्ने एक पत्रिका आरम्भ गरिएको थियो। साथै सन् २०११ मा एकजना पत्रकार तथा शिक्षक, सुबिद गुरागाइँले ७०० वटा यस्ता सन्देशहरुलाई ट्रक साहित्य शीर्षकमा एक संग्रह प्रकाशित गरे । अर्याल लेख्छन्:
What drives people to scrawl these lines on their vehicles? And why do so many do it? Govinda Lamsal, who drives a truck, says that in a line of work that is so mechanical, these words or images are a way of showing some creative flair and personal philosophy. “People perceive us as hardened folk without emotions,” he says. “Well, we have feelings too, and this is usually our only means of showing them while on the road.”
आफ्ना वाहनहरुमा यस्ता पंक्तिहरु लेख्न मानिसहरुलाई केले प्रेरित गर्छ त? अनि किन धेरैले यस्तो गर्छन्? एक ट्रक चालक गोविन्द लम्साल भन्छन्, ज्यादै यांत्रिक कामको क्षेत्रमा, यी शब्दहरु वा तस्वीरहरु केही रचनात्मक प्रतिभा तथा व्यक्तिगत दर्शन देखाउने तरिका हुन्। “मानिसहरूले हामीलाई भावना बिनाको कठोर प्राणीका रूपमा बुझ्ने गर्दछन्,” उनी भन्छन्, “हामीमा पनि भावना छ, अनि हामी सडकमा हुँदा उनीहरुलाई देखाउने यो हाम्रो एक मात्र उपाय हो।”
सामाजिक संजाल यी पद्यहरुका उदाहरणले भरिएका छन्। यस ट्रकले फेसबुक र ट्विटर उल्लेख गर्दै यो सन्देश दिन्छ:
ट्रक साहित्य!! pic.twitter.com/rPiqijRzMU
— HBD@laxmeeeदि निरज (@Nijvt1) October 6, 2015
फेसबुक चलाउन सकेनौ भने चलाए हुन्छ ट्विटर
केटी पट्याउन सकेनौ भने बनाए हुन्छ सिस्टर
धेरै सन्देशहरू प्रेमातुर हुँदै लेखिएका हुन्छन् साथै सालीलाई पनि बाँकी राखिन्न:
ट्रक साहित्य । 👏👏👏👏 pic.twitter.com/M3hM3BuKyY
— भरत (@bringitonguyz) November 6, 2015
उकाली होस या ओराली होस्, डाँडैमा एउटा ससुराली होस्
काली होस या गोरी होस्, ससुरालीमा एउटी साली होस्
साथै उनीहरुले देशको राजनीति र राजनीतिज्ञलाई पनि छोड्दैनन्:
#ट्रक साहित्य
(फोटो फे.बु बाट लिएको हो) pic.twitter.com/AEK4VU2YLv— Alok Atreya (@alokforensic) January 30, 2016
अमेरिकामा युवाले देश चलाउछन्
बुढाहरुलाई पेन्सन दिन्छ
नेपालमा बुढाले देश चलाउछन्
युवाहरुलाई टेन्सन दिन्छ
केहि सन्देशहरुमा दार्शनिक आयाम हुन्छन्:

यस ट्रकले सन्देश व्यक्त गरिरहेको छ: दु:खमा न आत्तिनु, सुखमा न मात्तिनु। तस्विर प्रबिण गुरुङ (अनुमति लिएर प्रयोग गरिएको)
त्यस्तै अर्को एक सन्देश:
ट्रक साहित्य pic.twitter.com/246AYQ8uwp
— PHALANO™ (@phalano) April 23, 2013
इज्जतको लागि पैसा खर्च गर
पैसाको लागि इज्जत खर्च नगर
अन्य सन्देशहरुले ड्राइभरहरुको जिन्दगी र उनीहरुले झेल्ने कठिनाइका बारेमा बताउछन्:
Kati ramailo 🙂 #trucksahitya pic.twitter.com/bJB210Qh2t
— Sabeena Karki (@sabeenakarki) August 15, 2015
बच्चाको खानेकुरा बिस्कुट र केक
ड्राइभरको जिन्दगी स्टीयरिङ र ब्रेक
केही सन्देशहरू व्यंग्यपूर्ण हुन्छन्, जस्तै नेपाल बुद्धको जन्मस्थान हो भनेर नथाक्नेहरुप्रति लक्षित गरिएर लेखिएको यो सन्देश:
ट्रक साहित्य pic.twitter.com/sGqPGNXilf
— प्रवेश शर्मा (@prabesss) December 27, 2015
वरिपरि पहाड बीचमा ताल छ
बुद्ध जन्मेको देशमा बुद्धिकै अनिकाल छ
अधैर्य जो कोहीको लागि यहाँ एक सन्देश छ:
ट्रक साहित्य pic.twitter.com/c7vv0wQs3Z
— लुरे सरकार (@Nikamma23) December 16, 2015
कृपया हर्न नबजाउनु होला
मेरो देश सुतिरहेको छ
यदि तपाईं नेपालको राजमार्गमा लङ ड्राइभमा जाने सोचिरहनु भएको छ भने तपाईंको यात्राको नीरसतालाई अवश्य यी छोटा सन्देशहरुले हटाउनेछन् अनि तपाईंको ओठमा मुस्कान ल्याउनेछन्।