ल्याटिन अमेरिकाको अप्रकाशित तथा उपेक्षित वैज्ञानिक सिर्जनालाई उजागर गर्दै ब्लगरहरु

Logotipo principal de la re bloggers científicos que publican bajo #CienciaLatina. Imagen publicada con permiso.

#CienciaLatina (“ल्याटिन साईन्स”) मातहत लेख्ने ब्लगरहरुका वैज्ञानिक सञ्जालको मुख्य लोगो। अनुमति लिएर प्रकाशित गरिएको तस्वीर।

संचार माध्यमहरूले ल्याटिन अमेरिकामा भएका वैज्ञानिक प्रगतिहरूका बारे कति लेख्छन् ? अनलाइन प्रोजेक्ट सिएन्सिया ल्याटिना ( “ल्याटिन साईन्स” ) का ब्लगरहरु भन्छन् यो पर्याप्त छैन। अन्तर्राष्ट्रिय संचार माध्यममा जस्तै क्षेत्रीय स्तरमा पनि विश्वमा ल्याटिन अमेरिकाको वैज्ञानिक प्रगतिका सम्बन्धमा आफ्नो उपस्थिति अझै पनि सीमित छ। भ्रष्टाचार र सरकार परिवर्तनका समाचार प्रशस्त भए पनि हालै चिलीका खगोलविदहरुले गरेका अवलोकन, वा युकातान, मेक्सिकोमा गरिएको अध्ययन जसले हामीलाई  डायनासोर लोप हुनुको कारणहरू बारे जान्न नजिक ल्याइरहेको बारेमा तपाईं खासै केही सुन्न पाउनु हुन्न।

ह्याशट्याग् #CienciaLatina को मातहतमा त्यस क्षेत्रका वैज्ञानिकहरुद्वारा सिर्जना गरिएको सञ्जालमा वैज्ञानिक समाचार फैलाउन पहल हुँदैछ। यसको उद्देश्य वैज्ञानिक ब्लगहरुको सञ्जाल सिर्जना र विस्तार गर्नुका साथै वैज्ञानिक ज्ञान फैलाउने प्रयासका निम्ति योगदान दिनु हो। सिएन्सिया ल्याटिना को धारणा के हो भने यो जानकारी बोलचालको परिचित भाषामा सर्वसाधरणसम्म पुग्न आवश्यक छ, ता कि यो पनि संसारभरि आविष्कार र नयाँ खोजहरू साझेदारी गर्ने अंग बन्न सक्नेछ। आफ्नो ब्लगमा, सिएन्सिया ल्याटिना  स्पष्ट गर्छ:

La Red Latinoamericana de Blogs de Ciencia nace con el propósito de reunir esfuerzos de divulgación científica realizada por blogueros de diversos países latinoamericanos que, desde sus distintas disciplinas e inquietudes, intentan reponer el valor de la ciencia en las redes sociales.

ला रेड ल्याटिनोअमेरिकाना दे ब्लगस दे सिएन्सिया [ विज्ञान ब्लगहरूको ल्याटिन अमेरिकी सञ्जाल ] भिन्न ल्याटिन अमेरिकी देशका ब्लगरहरूद्वारा वैज्ञानिक रहस्योदघाटनको प्रयासलाई एकत्रित गर्ने उद्देश्यकासाथ जन्म भएको थियो। उनीहरुले आफ्ना पृथक अनुशासन र अभिरुचिसँगै सामाजिक सञ्जालमा विज्ञानको मूल्य प्रतिस्थापन गर्ने प्रयास गर्दछन्।

स्रोत साधनका मामलामा धेरै संस्थाहरूले भोग्ने गरेका कठिनाइका बावजुद यी वेबसाइटहरू सिर्जना गरेर उनीहरुले ल्याटिन अमेरिकामा विज्ञानको भार उठाउन असम्भव छैन भन्ने देखाउँछन्। वास्तवमा पछिल्लो दशकमा त्यस क्षेत्रका अधिकांश देशहरूमा अनुसन्धानात्मक क्षमता र सूचकमा पर्याप्त सुधारहरु भएका छन्।

लगभग सम्पूर्ण ल्याटिन अमेरिकाले वर्षेनी आफ्नो वैज्ञानिक उत्पादन वृद्धि गरेको छ । उदाहरणको निम्ति ब्राजिल, प्रारम्भिक आँकडाका अनुसार, अनुसन्धान र विकासमा समर्पित बजेटको आकार र प्रकाशनहरूका संख्या, दुवैमा यस क्षेत्रमा अग्रणी रहेको छ। अर्जेन्टिनामा आफ्नो पूरा जनसंख्याको अनुपातमा शोधकर्ताहरुका संख्या उच्च (हरेक १००० कामदार बराबर ३ जना शोधकर्ता – चीनको भन्दा उच्च आँकडा ) छ। चिली, अर्कोतर्फ, बौद्धिक सम्पत्ति संरक्षणमा अगाडि छ। यहाँ प्रति वर्ष सबैभन्दा ठूलो संख्यामा पेटेन्ट अधिकार दर्ता गरिन्छ।

#CienciaLatinaको प्रयोग गरेर यस सञ्जालले विशिष्ट स्थानीय वैज्ञानिक कार्यहरुको व्यापक प्रचार गर्न र प्रसारण गर्न मद्दत गर्दछ। साथै यस क्षेत्रमा वैज्ञानिक साक्षरतालाई बढावा दिन वेबसाइट समर्पित हुँदै यहाँका वैज्ञानिक प्रगतिलाई संसारभरि अझ स्पष्ट नमुनाको रुपमा प्रस्तुत गर्दछ। यस्तो गरिरहँदा, ब्लगरहरुले युवा र वृद्ध ल्याटिन अमेरिकीहरु, दुवैको ध्यान खिच्ने आशा राख्छन्। थप वैज्ञानिकहरू नियुक्त गरेर विद्वानहरू र अनुसन्धानकर्ताहरूको महत्वपूर्ण समूह सिर्जना गर्न सकिन्छ। यसले राज्य परियोजनामा राम्रो अनुसन्धान र राज्य विकास योजनाका निम्ति राम्रो डाटाका लागि जोड दिंदै राष्ट्रिय निकायहरू समक्ष बढी माग राख्न सक्छन्।

यस सञ्जाल र यसको समाचार RedLBCको ट्विटर अकाउन्ट र ह्याशट्याग् #CienciaLatina मा पनि पछ्याउन सकिन्छ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.