किर्गिजस्तानमा नवीकरणीय ऊर्जाको प्रवर्द्धन

unnamed (1)

एमिल तुर्सुनोभले तयार पारेको हावाबाट चल्ने टर्बाइनको क्रियाशील मोडल। नीजि फोटो आर्काइभ। अनुमति लिएर प्रयोग गरिएको।

ऊर्जाको कमीले किर्गिजस्तानमा नवीकरणीय ऊर्जाको नित्य प्रयोग तथा उपयुक्त खपतमा भइरहेको वृद्धिलाई प्रोत्साहित गर्दैछ, तर परिवर्तन भनेजति चाडो आउने छैन।

कहिलेकाही अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा र कहिले आफ्नै लगानीमा यहाँका व्यवसायी तथा व्यक्तिहरूले देशको वायु, सौर्य तथा जलश्रोतका संभावना रहेका कैयन नौला परियोजनाहरूको शुरुवात गरेका छन्।

हावाबाट चल्ने बेग्लै किसिमको टर्बाइन

यस लेखको माथि फोटोमा देखाइएको नौलो किसिमको हावाले चल्ने टर्बाइन एमिल तुर्सुनोभले डिजाइन गरेका हुन्।

यसका फाइदाहरू स्पष्ट छन्: बनाउन र स्थापना गर्न सजिलो, चलायमान, कम संचालन लागत तथा वायुको वहाव कम र धेरै भएको दुवै अवस्थामा चल्नसक्ने क्षमता।

यस यन्त्रको विभिन्न मौसमी अवस्थामा अनुकूलन गर्न सक्ने क्षमता तथा सौर्य प्यानेलसँगको चुस्त एकीकरणले भरपर्दो र प्रभावशाली ऊर्जा रुपान्तरण सुनिश्चित गर्दछ।

यसको भुगतान अवधि (पेब्याक पिरियड) तीन वर्ष जतिको हुन्छ — कम निर्माण लागत (१००० देखि २००० अमेरिकी डलर, उत्पादन संख्यामा भरपर्ने) ले गर्दा तुलनात्मक रुपमा छोटो अवधि — यद्यपि उक्त टर्बाइनले घरेलु उपकरण चलाउन तथा एउटा सानो अपार्टमेन्टलाई तताउन र चाहिने बिजुली पर्याप्त मात्रामा उत्पादन गर्नसक्छ।

यसको सम्भावित व्यापक उत्पादनतर्फ जानु अगाडि तुर्सुनोभ उक्त मोडललाई छिमेकी मुलुक कजाखस्तानमा हुने ‘भविष्यको ऊर्जा’ विषयवस्तुमा आधारित अन्तर्राष्ट्रिय प्रदर्शनी एक्स्पो–२०१७ मा प्रदर्शन गर्न चाहन्छन्।

वायु ऊर्जाले किर्गिजस्तानको आधा जनसंख्या ओगटेको ग्रामीण समुदायको ७ प्रतिशत ऊर्जा आवश्यकता पूर्ति गर्नसक्ने भए तापनि यहाँ यो ऊर्जा तुलनात्मक रुपमा दोहन गरिएको छैन।

तथापि विशेषगरी उत्तरी भेगमा घरेलु खपतका लागि बिजुली उत्पादनका लागि होस् वा खेतमा पानी तान्ने पम्पका लागि, वायु ऊर्जाको लोकप्रियता बढ्दो छ।

वर्षौदेखि बिजुलीतविहिन गाउँमा सस्तो र सरल उपकरण बनाउने ग्रामीण अन्वेषक बेशेनबेइ सादाबाएभको कथा स्थानीय मिडिया Kloop.kg ले हालसालै प्रकाशित गर्यो।

IMG_2868-1 (1)

तापावरोधन (इन्सुलेशन) तथा सौर्य ऊर्जाबाट ऊर्जा प्रभावशाली विद्यालय लाभान्वित भएको छ।

IMG_6653

आक तिलेकको विद्यालयको छतमाथि सौर्य ब्याटरीहरू। फोटो: BIOM

यद्यपि सरकारले कोठा तताउनका लागि प्रयोग हुने ऊर्जाको खपत कम गर्न जाडो विदा बढाउँदै विद्यालय तालिकामा नयाँ परिवर्तन ल्याएको छ, किर्गिजस्तानको दक्षिणी भेगको एक प्रयोगात्मक विद्यालयले ऊर्जा बचत गर्न भिन्दै पहल अपनाएको छ।

बिगत चार वर्षदेखि विद्यालय नंबर ५२ उर्जा प्रभावशाली संरचना तथा छानामाथि राखिएका सौर्य ब्याटरीहरूबाट लाभान्वित भईरहेको छ।

ती ब्याटरीहरू महंगो भए तापनि विद्यालयको ऊर्जा खपत बापतको बिलमा उल्लेख्य रुपले कमी आएको छ।

सौर्य ऊर्जा क्यान्टिन, बाथरुम र जीमका शावरका लागि पानी तताउन प्रयोग गरिन्छ।

यूएनडिपिको पाइलट परियोजना इम्प्रूभिङ्ग इनर्जी एफिसियेन्शी इन बिल्डिङ्गस् (भवनहरूमा ऊर्जा प्रभावकारिताको सुधार) की तत्कालीन संयोजक एलेना रोडिनाले उक्त विद्यालयको जीर्णोद्धार पश्चात् सरकारी अधिकारीहरूसँगको बैठकमा भनिन्:

During the heating season in 2012-2013, the school spent 600,000 soms [approximately 8,000 USD], whereas similar schools had expended around 2,500,000 soms [approximately 33,600 USD], and achieved a 53% reduction in energy use.

२०१२–२०१३ को जाडो याममा (वरपरको वातावरण न्यानो पार्नुपर्ने बेला) सो विद्यालयले ६००,००० सोम ८,००० अमेरिकी डलर जति खर्च गर्यो, जबकि त्यस्तै विद्यालयहरूले २,५००,००० सोम ३३,६०० अमेरिकी डलर जति खर्च गरेका थिए, साथै ५३ प्रतिशत कम ऊर्जा खपत गर्यो।

यी नवीन उपकरण तथा पद्धतिहरूले नौ वर्षभन्दा कम समयमा प्रारम्भिक लगानी चुक्ता गरिसक्ने आशा गरिएको छ।

विश्वविद्यालयमा जमीनमुनिबाट निकालिने ऊर्जा पद्धति

auca

अमेरिकन युनिभर्सिटि अफ सेन्ट्रल एशिया, नयाँ पर्यावरणमैत्री क्याम्पस। युनिभर्सिटि आर्काइभ। अनुमति लिएर प्रयोग गरिएको।

२०१५ मा नयाँ क्याम्पसको उद्घाटन गरेको अमेरिकन युनिभर्सिटि अफ सेन्ट्रल एशिया मध्य एशिया क्षेत्रमा जियोथर्मल हिटिङ्ग शुरुवात गर्ने पहिलो प्राइभेट कम्पनी थियो।

जियोथर्मल हिटिङ्ग पद्धतिको प्रयोगात्मक महत्व थाहा भएर पनि खास गरी किर्गिजस्तान र पूरै मध्य एशियामा उपेक्षा गरिएको छ।

गत वर्ष उक्त क्याम्पसको उद्घाटनमा अमेरिकी सेक्रेटरी अफ स्टेट जोन केरीले भने:

This new campus is special because it is the first private construction project in Central Asia that is clean green all the way –- that means geothermal heating and cooling, state-of-the-art sewage, irrigation systems, and the highest standard of energy efficiency in the entire region.

यो नयाँ क्याम्पस विशेष छ किनकि यो मध्य एशियाकै पहिलो पूर्ण रुपले स्वच्छ र सफा प्राइभेट निर्माण परियोजना हो — यसको मतलब सम्पूर्ण क्षेत्रमा जियोथर्मल हिटिङ्ग र कूलिङ्ग (तताउने र चिस्याउने), अत्याधुनिक मलप्रवाह पद्धति, सिंचाई पद्धति तथा ऊर्जा प्रभावकारिताको उच्चतम मापदण्ड।

साधारण शब्दमा जियोथर्मल पम्पले भवन र जमीनबीच ताप आदान–प्रदान गर्दछ।

जाडो महिनामा यसले जमीनबाट सोसेको ताप प्रयोग गर्छ र त्यसलाई भवनमा स्थानान्तरण गर्छ। चिसो पार्नका लागि यसले अर्को तरिका अपनाउछ: भवनबाट ताप निकाल्ने र त्यसलाई चिसो पार्न जमीनमुनि लाने।

जियोथर्मल हिटिङ्गको प्रभावकारिता र मर्मत लागत कम लाग्ने हुनाले आर्थिक दृष्टिकोणले यो आकर्षक रहेको छ। पम्पको महंगो प्रारम्भिक लगानीलाई उचित सिद्ध गर्दै आउँदो समयमा यस विश्वविद्यालयले ऊर्जा खपतलाई ८७ प्रतिशतले कम गर्ने आशा राखेको छ।

अहिले त्यस्ता परियोजनाको प्रारम्भिक लागत तथा सोभियत संघताका देखिनको अनुदानमा दिइने बिजुलीले धेरै व्यवसायहरूलाई यो बाटो पछ्याउन निरुत्साहित गरेको छ।

तथापि यस देशमा सोभियतकालीन पद्धति हराउँदै गएकोले र ग्रिडको असफलतासँगै किर्गिजस्तानको ऊर्जा भविष्य अफ ग्रिडले निर्धारित गर्ने देखिन्छ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.